जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २ चैत्र २०८१, आईतवार
सर्जक बिशेष भित्र
0
शब्दबिम्बमा हरिराम जोशी

म पागल, तिमी पागल, पागल यहाँ को छैन ?
जता हेर्‍यो भोका, नाङ्गाहरुको ताँती छ
उनीहरुको करुण रोदन छ
उनीहरुको चित्कार छ
यस्तो समय छ त कसको दिल पागल हुँदैन ?

यी माथिका मार्मिक कविता पङ्क्तिहरु ‘…. त पागल हुँदैन ?’ शीर्षकमा रचित भएको वरिष्ठ संस्कृतिविद् हरिराम जोशीका काव्य मर्महरु हुन् । हरिराम जोशी कविता पनि लेख्नुहुन्छ । उहाँका कविताका पुस्तकहरु पनि प्रकाशित छन् भन्दा सबैजसो आश्चर्य व्यक्त गर्छन् । तर उहाँ समसामयिक विचारका राम्रा कविताहरु लेख्नुहुन्छ । इतिहास र संस्कृति विषयका प्रखर विद्वान, खोजकर्ता, लेखक आदि जे नाम र विशेषण दिँदा पनि उपयुक्त हुने हरिराम जोशीका इतिहासभित्रका मर्मशील संस्कृतिका प्रसङ्गहरु चर्चा गर्न लायकका छन् । इतिहासकार स्वतन्त्र हुनुपर्छ, इतिहास पक्षपातरहित हुनुपर्छ भन्ने मान्यतामा इतिहासलाई पढ्न र लेख्न रुचाउने उहाँ इतिहासले विश्वलाई सही बाटो प्रदर्शन गर्नुपर्छ भन्नुहुन्छ । सुरुदेखि अनुसन्धानमा संलग्न उहाँका महत्वपूर्ण कार्यहरु भनेको अनुसन्धान गर्नुहुँदै इतिहास र संस्कृतिको खोजी गर्नु नै हो ।

संस्कृति विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका उहाँले २८ वर्षसम्म तत्कालीन श्री ५ को सरकारका विभिन्न कार्यालयहरुमा कार्य गर्नुभएर आफ्नो दक्षता प्रदर्शन गर्न सफल हुनुभएको देखिन्छ । उहाँका धेरै वर्षसम्मको सेवाक्षेत्र नेपाल म्युजियम र रक्षा मन्त्रालय रह्यो । जागिरे जीवनबाट अवकास प्राप्त रहनुभएपछि उहाँ संस्कृतिको खोजीमा निरन्तर लागिरहनुभएको देखिन्छ । पुस्तकहरुको अध्ययन गर्ने, टिपोट बनाउने र लेख्ने कार्य नै उहाँका जीवनकालका लागि महत्वपूर्ण कार्य रह्यो । ठोस अध्ययन गरेर पनि इतिहास र संस्कृतिका आवश्यक ग्रन्थहरु तयार हुन नसकेको सन्दर्भ सम्झेर उहाँ चित्त दुखाउने गर्नुहुन्छ ।

अभिनव संस्कृति कोष ग्रन्थका लागि २०५९ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल संस्कृतिविद् लेखक हरिराम जोशी गुणराज पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ । बनेपामा पनि इतिहासकार केदारनाथ प्रधान प्रतिष्ठानबाट उहाँको सम्मान भइसकेको र भक्तपुरका विभिन्न संघ संस्थालगायत गणेशमान सिंह अध्ययन प्रतिष्ठान, संस्कृति शिक्षक समाज, श्री महालक्ष्मी गुठी, जोशी समाज, कुमारी प्रकाशन, योगी नरहरिनाथ ट्रष्ट, जनमत वाङ्मय प्रतिष्ठान नेपालबाट पनि सम्मान भइसकेको देखिन्छ ।

तारी र कदम कवितासङ्ग्रह प्रकाशित गराइसक्नुभएका उहाँका थुप्रै समसामयिक कविताहरु विभिन्न पत्र–पत्रिकामा अप्रकाशित रहेको पनि देखिन्छ । समसामयिक स्थितिमा काव्यात्मक भावना पोख्न सक्षम कविका रुपमा परिचय दिन सकिने उहाँका भावना र अनुभूतिहरु कवितामा छरपष्ट छन् । संस्कृतिका वरिष्ठ लेखकका रुपमा राष्ट्रमा पहिचान देखाइसकेका उहाँका कविताका हरफहरु संस्कृतिका अजगङ्का चित्रपटले थिचिएका जस्ता छन् अर्थात् किचिएका छन् । हाम्रो प्राचीन संस्कृति, इतिहासको खोजी गर्ने कार्यमा उहाँको योगदान र अनुसन्धान उल्लेखयोग्य देखिन्छ । अभिनव संस्कृति कोषको निर्माण गरी प्रकाशन गर्ने जुन महत्वपूर्ण कार्य उहाँबाट भयो, त्यो ऐतिहासिक हुनाका साथै गौरवपूर्ण कृतिको रुपमा प्रमाणित भएको देखिन्छ । नेपाललाई विश्वमा चिनाउने ग्रन्थका सङ्ग्रहकर्ता एवं रचयिता उहाँको जन्म वि.सं. १९९२ चैत्र कृष्ण द्वितीयका दिन पिता भारथराम जोशी र माता हेमकुमारी जोशीका छोराका रुपमा ललितपुर न्हागलटोलमा जन्मिनुभएको हो ।

सत्यमा आधारित प्राचीन इतिहास तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्य बनाई हरिराम जोशीले आफ्नै सक्रियतामा जोशी रिसर्च इन्ष्टिच्यूट नामक संस्था २५ औं वर्षअगाडि स्थापना गर्नुभएको थियो । यस संस्थाबाट नै २४ वर्ष अगाडि रोलम्ब नामक अनुसन्धानात्मक त्रैमासिक अंग्रेजी जर्नलका रुपमा प्रकाशित भएको थियो । नेपालबाट प्रकाशित भएको, विश्वलाई नेपालको परिचय दिने यस पत्रिकाको सम्पादन र प्रकाशन गर्ने कार्य गर्नुभएर हरिराम जोशीले उचित ठाउँमा श्रम र पसिना बगाउनुभएको देखिन्छ । उहाँबाट भएका अध्ययन, अनुसन्धानका ठोस कार्यहरु भनेको प्राचीन अभिलेख, प्राचीन मुद्रा, ग्रन्थपुष्पिका, धर्म, संस्कृति, इतिहास, कोष आदि विषयका अनेकौं महत्वपूर्ण ग्रन्थहरु नै हुन् ।

अनुसन्धान गर्नु उहाँको दिनचर्या हो । अध्ययनमा डुब्नु उहाँको भावना र उद्देश्य हो । लेखनमा मर्म पोख्नु उहाँको कर्मशीलता हो । प्राचीन इतिहास र संस्कृति हरिराम जोशीका लागि गौरवपूर्ण विषय हुन् । कविताहरु पनि उहाँका लागि भावनाशील मर्म–प्रसङ्गहरु बनिदिएका छन् । हरिराम जोशीले आफूलाई धेरै थोकमा रम्न दिनुभएर धेरै खालका अनुभवहरुमा आफूलाई सँभाल्न लगाउनुभएर बाङ्गाटिङ्गा जीवनका जङ्घारहरु तरिसक्नुभएको छ । परिपक्व र गम्भीर ढङ्गले विषयलाई केलाउँदै संस्कृतिका हरफहरु इतिहासमा खोज्न सिपालु लेखक हरिराम जोशीले बहिनीपूजाको प्रसङ्ग चलाउनुभएर नारी मन र कर्मलाई अभिवादन गर्नुभएको छ । उहाँले वि.सं. २०१० सालमा नै समाजको विकास भन्ने पुस्तिका अनुवाद गरेर रुसका प्रसिद्ध लेखक लियोण्टियोबलाई नेपाली पाठकमाझ चिनाइदिनुभएको थियो ।

‘वसन्त’ उपनाम आफ्नो नाममा जोडेर देखापरेका लेखक हरिराम जोशीले इतिहास, संस्कृति र साहित्यका कृतिहरु लेख्नुभएर, ग्रन्थहरु प्रकाशन गर्नुभएर, अनुवाद गर्नुभएर आफ्नो पहिचान दह्रो ढङ्गले राष्ट्रमा देखाउन सफल रहेको देखिन्छ । हरिराम जोशीका प्रकाशित इतिहास र संस्कृतिका कृतिहरुमा १. समाजको विकास (२०१०), २. बहिनी पूजा (२०१५), ३. तारी (२०२३), ४. प्राचीन नेपाल (२०२२), ५. श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको व्यक्तित्व (२०२३), ६. कदम (२०२५), ७. नेपाली संस्कृति (२०२८), ८. हेमा ज्वाला (२०२८), ९. नेपालको प्राचीन अभिलेख (२०३०), १०. उत्तरप्राचीनकालीन मुद्रा (२०३३), ११. हाम्रो संस्कृति (२०३७, २०४०), १२. हिन्दु देवीदेवता (२०४०), १३. मध्यकालीन अभिलेख (२०३२, २०३७),१४. :भमष्बभखब िऋययिउजयलक (ई.सं. १९९१), १५. एबनभक या तजभ ायचनयततभल उबकत (ई.सं. १९९१, १९९८), १६. अभिनव संस्कृति कोष (२०५८), १७. नेपालका चाडपर्व (२०६०), १८. त्रिदेव स्वरुप ब्राह्मण, कर्माचार्य, जोशी (२०६१), १९. जोशी भोज (जोशी भोय्, २०६१) २०. न्ष्mिउकभक या ब्लअष्भलत उयष्तिथ (ई.सं. २००८), २१. लोक गणतन्त्र, २२. उपहार (२०६६), २३. प्रदीप: अभिनव संस्कृति विश्वकोष (२०७०), २४. पञ्च पल्लव (२०७३), २५. प्राककालमा नवयौवनामा बहिनीलाई चिठ्ठी आदि ग्रन्थहरु प्रकाशित भएको देखिन्छ ।

बालकृष्ण समले उहाँको तारी (खण्डकाव्य) पढेपछि २०१७ साल जेठ १४ गते आफ्नो प्रतिक्रियामा यसरी लेख्नुभएको थियो –‘म चाहन्छु उहाँ धेरै कविता रचिरहनुहोस् । कवितामा मन दिनुभएर पनि कवितामा उहाँ जम्न सक्नुभएन तर इतिहास र संस्कृतिका लागि त उहाँको बखान जति गरे पनि नपुग्ने भएको छ ।’ यसै सन्दर्भमा यहाँ म हरिराम जोशीबारे डिल्लीरमण रेग्मीले लेख्नुभएका केही ऐतिहासिक उद्धरणहरु अगाडि सार्न चाहन्छु । उहाँले लेख्नुभएको छ –‘देशको इतिहास लेखनमा श्री हरिराम जोशीबाट भएको अनवरत सेवाका जति बखान गरे पनि थोरै हुन्छ । रोलम्बा त्रैमासिक पत्रिका र उहाँबाट तयार पारिएका अनेक कृतिहरु नेपालको इतिहासमा चिरस्मरणीय रहने छन् । रोलम्बा एकमात्र उच्चकोटीको इतिहास प्रधान पत्रिकाको रुपमा निक्लिरहेको छ जसको तुलनामा रोलम्बाले हामीलाई इतिहासमा मात्र होइन तत्सम्बन्धी अन्य विषयमा पनि गहकिला, महत्वपूर्ण लेखहरु दिएको छ । श्री हरिराम जोशीका कृतिहरु पनि विद्वतापूर्ण बेजोड रुपमा प्रस्तुत गरिएको पाउँदछु । श्री हरिराम जोशी आफ्नो क्षेत्रमा उच्चकोटीका विद्वान हुनुहुन्छ ।’

हरिराम जोशी एकताकाका कम्युनिष्ट । हरिराम जोशी एकताकाका इमान्दार कर्मचारी । हरिराम जोशी – कवि । हरिराम जोशी – इतिहासकार । हरिराम जोशी – अन्वेषक । हरिराम जोशी सफल संस्कृतिविद् … नेपालको इतिहासमा उहाँ इतिहासभित्रका उल्लेखयोग्य इतिहास भइसक्नुभएको छ । केही वर्ष अगाडि उहाँका जीवनसँगिनी कदमकेशरी मास्केले पनि उहाँलाई छोडेर जानुभयो । तर पनि उहाँ निरन्तर अक्षर–यात्रामा लागिरहनुभएको छ । इतिहास, संस्कृति र साहित्यका हरफहरुमा आफूलाई भुल्न लगाउनु भई अक्षरपथका अनन्य यात्री हुनुभएर उहाँ कृयाशील रहिरहनुभएको छ । श्रीमतीको नाममा र आफ्नो नाममा पनि पुरस्कार स्थापना गर्नुभएर कर्मठपथका सिर्जनशील पथयामीहरुलाई सम्मान गर्न पाउँदा खुसी रहन सिक्नुभएको छ । उहाँले नेपाली साहित्यका उत्कृष्ट साहित्यिक पत्रिका जनमतको प्रकाशन र सम्पादन गरेर नेपाली साहित्यलाई स्वदेश र विदेशमा समेत संप्रेषण गरेर जुन ऐतिहासिक कार्य गर्न सफल व्यक्तित्वका रुपमा मोहन दुवाललाई हरिराम जोशी संस्कृति पुरस्कार र नेपाली इतिहासलाई खोज–अनुसन्धान गरेर प्रकाश पार्दै ऐतिहासिक इतिहास लेखनमा सक्रियता देखाउन सफल व्यक्तित्वका रुपमा प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई कदमकुमारी जोशी पुरस्कार हालैमात्र प्रदान गर्नुभएर आफूले गर्नुपर्ने कर्तव्यमा पनि उत्कृष्ट प्रतिभाहरुको सम्मान गर्नुभएर सम्मान परम्परालाई पनि उचित सेवा प्रदान गर्नुभएको छ । यस्तै खालका उहाँका सिर्जना र सम्मानले उहाँको व्यक्तित्व उजागर भएको छ । उहाँमा शुभकामना !


अघिल्लो पोष्ट

वासु शशी साहित्य सम्मानको घोषणा

पछिल्लो पोस्ट

जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग
सर्जक बिशेष

संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

२३ श्रावण २०८१, बुधबार
पछिल्लो पोष्ट
जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव बनेपामा सम्पन्न

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नीला आँखा नीलो हिउँ

नीला आँखा नीलो हिउँ

२ जेष्ठ २०८०, मंगलवार
संस्कृतिविद् सत्यमोहन जोशी र गिरिश गिरीलाई उत्तम शान्ति पुरस्कार

संस्कृतिविद् सत्यमोहन जोशी र गिरिश गिरीलाई उत्तम शान्ति पुरस्कार

२ जेष्ठ २०७९, सोमबार
गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

३ जेष्ठ २०८१, बिहीबार
फिङ्गरप्रिन्ट

फिङ्गरप्रिन्ट

२ जेष्ठ २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक