जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

सर्प र लाम्कीरोको सम्वाद

स्तानिस्लाभ आइदिन्यान स्तानिस्लाभ आइदिन्यान
प्रकाशित १८ मंसिर २०७९, आईतवार
अनुवाद भित्र
0
सर्प र लाम्कीरोको सम्वाद


किम्बदन्तीको रुपमा दार्शनिक कथाहरुका लेखक, बौद्धिक गद्यसाहित्यका एक प्रतिनिधि रचनाकार, दार्शनिक प्रतीकहरुको आधारमा रचिएका उनका कथाहरुलाई पखेटादार गद्यको नमूना भन्नु अत्युक्ति हुँदैन । ऐटलान्टिक रिंग (मास्को, ई.सं. १९९४) शीर्षकको संग्रहित उनका कथाहरु यसका उदाहरण हुन् । प्रस्तुत छ कृष्णप्रकाश श्रेष्ठको अनुबादमा कथाकार स्तानिस्लाभ आइदिन्यानका एउटा प्रतीकात्मक कथा ।

तेजपातको झ्याम्म परेको रुखबाट अररा पातहरु तल ढुंगामाथि झरिरहेका थिए । त्यसै ढुंगामा मिश्रको सिंहासनमा जस्तै एउटा बूढो सर्प बसिरहेको थियो । त्यो सर्प पहरोको साँगुरो आश्रयस्थलबाट घिस्रँदै आएर आप्mनो चिसो रगतलाई शरद्को न्यानो घाममा तताउँदै थियो । यसरी ऊ जाडो शुरु हुनुभन्दा पहिले अन्तिमपल्ट आप्mना धमिला आँखाले विश्वलाई नियालेर हेरी जमीनमुनिको आफ्नो गहिरो आश्रयस्थलमा घुस्ने तरखर गर्दै थियो ।

त्यो सर्प निकै समयदेखि मजासित ढुंगामाथि गुल्टिरहेको थियो । उसको वरिपरि मुर्झाएर मनै थालेका भ,ारपातहरु सरसराइरहेका थिए । तिनको माझमा स्वयं सर्प समेत हावाको झोक्काले हल्लिरहने कत्ले बोक्रा भएको कुनै झारको डाँठ जस्तो प्रतीत हुन्थ्यो । सर्प घाम ताप्दै विचार गर्दै थियो ः

सूर्यको किरणद्वारा न्यानो पारिएकी पृथ्वी माताले ससाना बीउबाट यी झारपात उमारेकी हुन् जो अहिले मुर्झाएर सुक्न थालेका छन् । पृथ्वी र सूर्यले मिलेर नै झारपातका कलिला हरिया बिरुवाहरुलाई हुर्काएका हुन् । तिनै बोटबिरुवाहरुले जीवनका बालाहरु फलाएका हुन् । पृथ्वीले तिनलाई आप्mनो रसरुपी दूधले पोसेकी हुन् । घाँसपातहरु हुर्केर फलेफुलेपछि सूर्यले दैविक रोषको तापले पृथ्वीलाई सुकाइदियो र मुर्झाएका झारपातहरुलाई न्यानो र उज्यालोबाट वंचित तुल्याएर ऊ लामो समयका लागि क्षितीजपारि बिलायो । झारपातहरु आप्mनो बीजका गेडा सुकेका जराहरुको काखमा झारेर मरे । यसरी एक वर्ष बितेपछि सूर्यले फेरि र्पथ्वीलाई न्यानो प्रदान गर्यो र पृथ्वीले फेरि झारातहरु उमारिन् । तर फेरि सूर्याको रोषको तापले झारपातहरु मुर्झाएर मरे । सूर्यको रोष अति प्रचण्ड र अनन्त छ ।,,

कुण्डली पारिएकोआफ्नो शरीरमाथि बिस्तारै मुन्टो हल्लाउँदै बुद्धिमान् सर्प विचार गर्दै थियो ः

मेरो जन्म सूर्यकै रोषबाट भएको हुनुपर्छ । यथा समयमा उदाउने र अस्ताउने सूर्यकै किरणको प्रचण्ड रापमा मेरो बुद्धिमत्ताको कुन्जी रहेको छ ।,,

सुकेका मसीना झारहरुको सर्सराहट सुनियो । सर्प बिजुली गतिले पछिल्तिर हट्यो र सतर्क भएर आक्रमणका लागि तम्सियो । झारपातका डाँठहरुलाई आप्mनो लामो शरीरको नागवेलीले ढलाउँदै एउटा लाम्कीरो घिस्रँदै आइपुग्यो । सर्पले भयंकर त्रास उत्पन्न गर्दै युद्धघोषको हुँकार गर्यो । यत्तिकैमा लाम्कीरोले घाँसबाट टाउको केही माथि उचालेर भन्यो ः

अभिवादन छ, विषधर सर्प ।,,

,नमस्ते, विषविहीन, भ्यागुतो संहारक लाम्कीरो ।,, सर्पले सुसाउँदै अभिवादन फर्कायो ।

हामी दुवै भ्यागुताहरु खान रुचाउँछौं, हैन र ?,, लाम्कीरोले भन्यो । ,,धापका छाउराहरु हामीबाट त्रस्त छन् र हामीलाई मन पराउँदैनन् ।,,

अलिकति भय नै त प्रेमको रहस्य हो ।,, सर्पले सुस्केरा हालेभैंm खासखुस गर्दै तर्क झिक्यो । ,,तँसंग भ्यागुताहरु मात्र डराउँछन्, मसंग चाहिं मानिसहरु पनि तर्सन्छन् । मानिसहरुको त्रास र सम्मानमा नै त उनीहरुउपर मेरो उत्कृष्टता झल्कन्छ । मानिसहरुबाट सम्मान पाउनु भनेको नै प्रेममिश्रित त्रासको द्योतक हो ।,,

तँलाई त्रासबाट उत्पन्न हुने प्रेम मन पर्दो रहेछ, हैन ? यस्तो प्रेममा घृणाभाव अन्र्तर्भुत हुन्छ । मलाई चाहिं कुनै अनिष्टको सम्भावना नभएको हुनाले सम्मान गरिन्छ । लाम्कीरो देखेर मानिसहरु विरलै तर्सन्छन् ।,,

भूलले मात्र तर्सन्छन् ।,, सर्पले स्पष्ट पार्यो । ,,तँलाई देखेर उनीहरु डराउनुको कारण पनि म नै हुँ । तँसंग डराउनु नै किन र ? ,तँलाई मानिसहरुले मन पराउनुमा पनि सर्पको डंस अर्थात् मप्रति नै उनीहरुको भय लुकेको हुन्छ । तँ को होस् र ? तँ मेरो सार बेगरको मेरो रुप मात्र त होस् नि । तँ विष नभएको सर्प होस्, क्रोध बेगरको जीव होस् । तँसंग विष पनि हुँदो हो त तँ पनि मजस्तै भयावह र महान् हुने थिइस् । म जस्तै बन्न चाहन्छस् भने म तँलाई के कस्तो घाँसबाट मृत्युदायक रस चुस्नुपर्छ भन्ने सिकाइदिन सक्छु । चाहन्छस् ?,,

यसरी सर्पले लाम्कीरोलाई लालच देखायो । सर्पको टाउकोमाथि फणामा सर्पको हाँसोको झन्कारमयी संगीतको कठोर गेडा गुडेको प्रतीत भयो ।

के महान् बन्नको लागि अनिष्टकर हुनै पर्छ भन्ने तेरो ठनाइ छ ? लाम्कीरोले प्रश्न राख्यो ।

मानिसहरुको माझमा त्यही नै महान् देखिन्छ जसले बढी भय संचार गर्दछ । क्रुर मान्छेको नै युगानुयुगसम्म गौरवगाथा गाइन्छ । उनीहरुको विजयद्वार कहिल्यै ध्वस्त हुँदैन ।

लाम्कीरोले अस्वीकृति व्यक्त गर्दै जवाफ दियो

ख्यातिमा होइन, बरु सत्यको बोधमा महानता सन्निहित हुन्छ । बुद्धिमत्ताको बलले नै संसारचक्र संचालित हुन्छ ।

सर्पले तर्क गर्यो ः

आखिर क्रुरता नै सर्वेसर्वा बन्दछ क्या रे ।

पृथ्वीमा सबैले संहार मात्र गर्दैनन् ।
,कसरी यो हुन्छ ? सर्पले आश्चर्य प्रकट गर्दै भन्यो । ,,चारैतिर एकपल्ट नजर पिराएर हेर् न । आकाशको मुक्त हावामा विचरण गर्ने चराहरु भुइँका गडेउला र कीराफटेंग्रालाई झम्टन्छन् । चराहरुको राजा भनिने बाजले चराहरुकै संहार गर्दछ र त त्यो उनीहरुको राजा बन्न पुगेको छ । धरतीमा सिंह पशुहरुको राजा मानिन्छ, किनभने सबै जन्तुहरु उसको दाह्रामा पिसिन्छन् । खरायोले झारपात मात्र खान्छ र त ऊ यति निरीह छ कि म पनि उसको शिकार गर्दछु । मलाई हतपत कसैले मार्न सक्तैन । म राजा त होइन, तर म क्रोधको रहस्यमय अधिपति अवश्य हुँ ।,,

मानिसहरुले तँलाई बुद्धिमत्ताको प्रतीक मानेका छन् त ।,, थोप्ले टाउको हल्लाउँदे लाम्कीरोले सम्झना गरायो ।

हो । यसको कारण के हो भने उनीहरु मेरो विषको डाहा गर्दछन्, मेरो धूर्तता र अलभ्यताको द्वेष गर्दछन्, मेरो सतर्कता र मोहशक्तिको ईष्र्या गर्दछन् । उनीहरु आप्mनो मुखबाट अदृश्य शाव्दिक विषवमन गर्न तत्पर रहन्छन् । उनीहरुको मुस्कान पनि मेरै दुईजिब्रे दाँतसमान हुन्छ । मानिसहरु धरतीका राजा बन्नुको कारण के हो भने उनीहरुले विकासको स्तरमा आपूmभन्दा मुनि रहेका सम्पूर्ण जीवजन्तुहरुको मात्र संहार गरेका होइनन् कि आप्mनै मानवजातिको पनि विषालु वाणप्रहारद्वारा संहार गर्दैआएका छन् । उनीहरुलाई क्रोधले हाँकेको हुन्छ । के यसै क्रोधमा मानिसहरुको सुख निहित छैन र ? क्रोधको दृष्टिले मानिस र ममा अन्तर पाइँदैन ।,,

क्रोधको महत्व यति नबढा न ।,, लाम्कीरोले आपत्ति जनायो । ,,मान्छे र सर्प दुवै त्यतिखेर मात्र हमला बोल्दछन् जब कसैले उनीहरुलाई हाँक दिन्छ । अर्को पक्ष्यबाट हमला होला भन्ने डरले वा भोक मेट्ने उद्देश्यले मात्र उनीहरु आक्रमण गर्दछन् । गर्वले फुलेर तैंले क्रोधको महिमा गाइरहेको छस् । बुद्धिमान्हरु मनको आक्रोशलाई कठोरतापूर्वक दबाउँछन् र निरपेक्ष बन्दछन् । नियन्त्रण गर्न नसकिने स्वभाव भएको आक्रोशको ठाउँ विवेकले लिन्छ । अनन्तताको चक्रलाई क्रोधले गतिशील तुल्याउने होइन । सूर्यले तापशक्तिद्वारा पृथ्वीलाई न्यानो प्रदान गर्दछ, क्रोधको रापले विरलै मात्र जलाउँछ । सूर्यको किरणबाट नै पृथ्वीमा सत्यको जन्म भएको हो ।,,
सर्प खिसिक्क हाँस्यो । उसको फणामा चिसो व्यंग्यात्मक हाँसोको लहर संचार भयो । तर सर्पको हाँसोको स्वर गुन्जेको थिएन । उसले भन्यो ः

सूर्यको मुनि जीवन्त हुन पुगेको सृष्टिको मुकुटमा कलहको स्याउ र अनिष्टको पूmल पनि बेरिएको छ । म त्यस्तै एउटा पूmल हुँ । मलाई कसैले छुनेबित्तिकै म आक्रमण गरिहाल्छु । मलाई कसैले छोएको जस्तो लाग्नेबित्तिकै पनि म हमला गरिहाद्यछु । मलाई कसैले छाएको जस्तो ठानेर पनि म धावा बोल्छु । अनि भोक लागेको वेला पनि म आक्रामक बन्दछु । कहिलेकाहिं … कसले मलाई उत्प्ररित गर्दछ कुन्नि, मलाई थाहा हुँदैन । के मानिसहरु मजस्तै छैनन् र ?,, जीवनकालमा प्रशस्त रगत बगाउनेहरुको त्यक्त शवपेटिकामा बस्न म रुचाउँछु । उनीहरुको शवपेटिका निकै सिंगारिएको हुन्छ । शवपेटिकाको बिर्कोमुनि घुस्रन्छु र त्यहाँ रहेको हाडखोडमा बेह्रिएर तिनलाई मुसार्छु । बुद्धिमान् र क्रुर दुवै थरीलाई म मन पराउँछु र प्रेमपूर्वक डंक मार्दछु … ,,
सर्पको बखान सुनिरहेको लाम्कीरोले भन्यो ः

म लाम्कीरो वंशको हुँ र मेरो वंशउपर रिनपराधहरुको हत्या गर्ने सराप परेको छैन । जो भ्यागुतो खाएर बाँच्न सक्छ उसले मानिसहरुलाई मार्नुपर्ने जरुरतै छैन ।

तेरो सामु भ्यागुताहरुले के बिराम गरे नि ?,, सर्पले सुसाउँदै सोध्यो ।

मानिसहरुको निम्ति भेडाबाख्रा र सुंगुरहरुजस्तै मेरो आहाराको रुपमा उनीहरुको सृष्टि भएको हो ।,, सर्पको तर्कको खण्डन गर्दै लाम्कीरोले जवाफ दियो ।

आहाराको निम्ति मात्र मानिसहरु हत्या गर्दैनन्, बुझिस् ? आहारा बनाउनको लागि मात्र अरुको ज्यान लिइन्छ भन्ने कुरा होइन । मुटुमा रगत उम्लँदा रगतको तिर्खा मेट्न हत्याकाण्ड मच्चाउँछन् । संग्राममा भाला र खड्गको प्रहार हुँदा योद्धाहरुको टाउकामाथि बैमनस्यको कठोर ज्वाला बिजुली झै
चम्केको देखिन्छ । क्रोधमा ने अनिष्टको सुख सन्निहित हुन्छ ।तैले यो कुरा बुभ्mनै सक्तिनस् । यस्को बोध तिनैलाई मात्र थियो जो खड्ग र तरवारले घेरिएर शवपेटिकामा निश्चल भई पल्टिरहेका छन् । अनिष्टको सुख कस्तो हुन्छ, म बुभ्mछु । क्रोधमा नै भविष्य छ ।

यस्ता मानिसहरु पनि त छन् जसले कहिल्यै कुनै हत्या गरेका छैनन् । उनीहरु मासु समेत खाँदैनन् । ह्र्रिसकताको उपचार हुन सक्छ … अनि केही सम्झेजस्तै गरी लाम्कीरोले थप्यो झिस्, सर्प ? मानिसहरुले तेरो प्राणघातक विषबाट रोग निको पार्ने मलम समेत बनाउन जानेका छन् ।
थाहा छ ।सर्पले क्रुद्ध हुँदै भन्यो ,मेरो विष झार्न भनेर मलाई पक्रने छन् । जो पक्रन आउला त्यसैलाई टोक्नेछु । उसले भाँडोमा होइन कि आफ्नो रगतमा मेरो विष पाउनेछ ।
देख्यौ, मानिसहरुको हातमा परेपछि तेरो विष पनि अमृत बन्दो रहेछ । लाम्कीरोले जोड दियो ।

जुन कुरा पनि नष्ट भएपछि आप्mनो प्रतिपक्षमा परिणत हुन्छ । पहेंलो मिश्रित रातो आँखा झिम्क्याउँदे सर्पले जवाफ दियो । उपकारले जहाँ गुँड लगाउँछ, त्यहीं नै अपकारले आफ्नो टाटेपांग्रे फुल पार्दछ … कुनै दिन यस्तो आउनेछ, जतिखेर मानिसहरुको माझमा आक्रामक अनिष्टको जगजगी हुनेछ । अति सूक्ष्म र सचेत क्रोधको त्यहाँ शासन चल्नेछ । कसैप्रति दया राखिने छैन, न त कसैलाई क्षमा नै गरिनेछ । सूर्यास्तको जस्तो रक्तिम क्रुरताको राज्य कायम हुनेछ ।,,

हेर्, सर्प । तँलाई थाहै रहेनछ , तेरो विषबाट जसरी औषधि बनाइन्छ, त्यसै गरी विषालु क्रोधको समय बितेर जानेछ र र त्यो क्रमशः विषनाशक साधनमा परिणत हुनेछ । लाम्कीरोले जवाफ दियो । ,,मेघको गर्जन साम्य हुनेछ । तरवारहरुमा खिया लाग्नेछ । सूर्यलाई स्नेहले परिवेष्ठित गर्नेछ । त्यसले जताततै समान प्रकाश छर्नेछ र कैयौं वर्ष बितेपछि कुनै समयमा मृत जरामुनि झरेका असल बीउहरु सूर्यको छत्रछायामा उम्रेर ढकमक्क फुल्नेछन् । फेरि पृथ्वीको नशा नशामा उपकाररुपी बिजुलीको जीवन्त शक्ति संचार हुनेछ । क्रोधद्वारा मलजल गरिएको माटोमा प्रेम र सहानुभूतिको बास्नादार गुणकारी जडीबूटीहरु उम्रेर फुल्नेछन् । आपूmभित्र शत्रुताको शमन गरेर तँलाई पनि आफ्नैभित्रै दबाइनेछ । मानिसको देह र आत्मा सर्पको पहूँचबाट टाढा भएपछि तैंले पशुहरुलाई मात्र डंक मार्नेछस् । हाम्रो प्राचीन वंश त्यस सुदूरवर्त समयसम्म कायमै रह्यो भने म चाहिं पूर्ववत् निर्बुद्धि भ्यागुताहरुलाई खाएर बाँच्नेछु । हुन सक्छ, हामी उत्कृष्ट बन्नेछौं… ,,

लाम्कीरोको भाषण समाप्त भएपछि सर्पको दाँतदेखि पुच्छरसम्म प्रचण्ड क्रोधको सुइरो गोपियो । धमिला आँखाहरुमा काला टाटाहरु प्रज्वल्लित भए । उसले सोच्यो ,यस नकच्चरो अपमानकर्तालाई डँसेर मारिदिनु पर्ला ।,, तर कुन्नि, कुन कुराले हो, उसलाई हमला गर्न रोकेको थियो । ऊ विचारमग्न भयो । लाम्कीरोले उच्चारण गरिरहेको भावी क्रोधको भण्डाफोडका शव्दहरुमासत्यको लठ्ठ पार्ने मोहक स्वर सुनिन्थ्यो ।

यस धरतीमा जे पनि हुनु सम्भव छ । सर्पले बिस्तारै फुसफुस गर्यो, तर तत्कालै यस विवादमा आप्mनो तर्कप्रति अर्थात् सर्पको बुद्धिमत्ताप्रति नै निष्ठावान् रहने निधो गरेर उसले भन्यो ः

जतिखेर सिंहको सृष्टि गरिएको थियो, उसको भयंकर र ह्रिंसक हाब्रोमा मृगको मृत्यु पनि देखिएको थियो । एउटा जीवले अर्को जीवलाई निलेर नै सृष्टि चलिरहेको छ । मेरो लागि विखालु झारपातहरु नै उम्रून् । क्रोधको शासन अनन्त कालसम्म रहँदैन रे ? तर के त्यो शासन अटल रहला त, जहाँ उपकारको पल्ला क्रोधको पल्लाभन्दा गह्रौं हुनेछ ? पछि के हुने हो, कसलाई थाहा … जीवनको चक्र चलि रहोस् न । तर अहिले … ,,

ढुंगाको सतहमा हावाको झोक्का जोडले चल्यो र सर्पको टाउको जमीनतिर ढल्कियो । झरीको थोपा पर्न थालेको देखेर चिन्तित हुन पुगेको लाम्कीरो बिदाबारी नै नभई नजिकैबाट घिस्रेर गयो । बालुवामा परेको लाम्कीरोको घिस्राइको लामो डोबतिर हेर्दै सर्प विचारमग्न भयो । उसले टाउको ठाडो गर्यो र उठ्ने जमर्को गर्यो । जमीनबाट उठेको उसको बेरिएको शरीर हल्लिरहेको थियो । दुईजिब्रे डंक फट्फटाउँदै ऊ सुल्ल सर्कंदै गयो र भ्रम मात्र हो कि भनेझैं
गरी पहराको साँगुरो छिद्रबाट जमीनमुनि अलप भयो ।


अघिल्लो पोष्ट

‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

पछिल्लो पोस्ट

सञ्जाल

स्तानिस्लाभ आइदिन्यान

स्तानिस्लाभ आइदिन्यान

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
सञ्जाल

सञ्जाल

रङ्गविनोदहरू

रङ्गविनोदहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

मंसिर ९ मा काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभल

५ जेष्ठ २०८१, शनिबार
उफान

उफान

४ जेष्ठ २०७८, मंगलवार
‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

५ जेष्ठ २०८१, शनिबार
उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

उषा शेरचनको कथासङ्ग्रह ‘बेग्लै म’ फेसबुक लाइभ मार्फत् सार्वजनिक

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक