एउटा पात म
हराएको छु पातहरुमा
हराएको छु रुखहरुमा
झुन्डिएको छु तुर्लुङ्ग
घरी यता घरी उता
पर्ल्याक पुर्लुक्क
पल्टाइ रहन्छ
यी हावाले
रातमा जुन रुदा
सोर्छु उसको आँखाहरु
दिनमा राप बढ्दा
सेक्छु सकि नसकी
पार्छु छाँयाहरु
आफ्नो लागि या अरुको लागि
सहज या असहज
जीवन जिउने
जीवनको कलामा
एउटा पात म