पत्रकार बबिता बस्नेतको संस्मरणात्मक पुस्तक‘समय साक्षी’ पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणा, आख्यानकार भुवन ढुंगाना, बबिता बस्नेतका आमाबुबाले पुस्तक लोकार्पण गरे ।
लामो समयदेखि पत्रकारिता एवं साहित्य लेखनमामार्फत महिला अधिकार र समानताको पक्षमा दरिलो रूपमा उभ्याएकी बस्नेतले पुस्तकमा आफूले बाँचेको समय र समाजलाई संस्मरण शैलीमा उतारेकी छन् । उनले देश तथा विदेशमा गरेको यात्रा, त्यसैमा देखेको समय, समाज र पुस्तालाई आफ्नो दैनिकी विवरणमा उतार्दै पुस्तकको रूपमा ल्याएकी हुन् ।
बस्नेतको यसअघि ‘सम्बन्धहीन सम्बन्धहरु’कथासंग्रह प्रकाशित भइसकेको छ।