जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १७ भाद्र २०८१, सोमबार
विविध, स्मृतिमा स्रस्टा भित्र
0
चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

“आमा ! म तिम्रो मर्ने छोरा हुँ । मैले जे जति नेपाली राष्ट्रभाषाको लागि सेवा गरेको छु, ती मेरा कृतिहरु नै तपाईंका छोराहरु हुन् । यिनैलाई हेरी चित्त बुझाउनुहोस् ।” कवि मोतिराम भट्टले मृत्युको अवस्थामा माथि उल्लेख भएका उद्गारहरु आफ्नी आमालाई मर्मस्पर्शी ढङ्ले पोखेका हुन् । ३० वर्षसम्म मात्र बाँच्न पाएका मोतिरामले नेपाली भाषा साहित्यको उत्थानमा महत्वपूर्ण योगदान गरेका छन् । काठमाडौं भोंसीको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवीका छोरा भई वि.सं. १९२३ भदौ कुशेआंैसीमा मोतिराम भट्टको जन्म भएको हो । थोरै समयमा धेरै साहित्यिक गतिविधि, सिर्जना गरेर गएका मोतिरामले साहित्यिक क्षेत्रमा आफूलाई बहुमुखी प्रतिभाशाली व्यक्तित्वका रुपमा चिनाउन सफल छन् । क्षयरोगका बिरामी भएर पनि आफ्नो यात्रामा विश्रान्ति नलिएकै कारणले समय नपुग्दै वि.सं. १९५३ भाद्र २९ गते यिनको अवसान भयो ।

१४० वर्षअगाडि जन्मेका मोतिरामले राणाकालीन कालरात्रिमा साहित्यको लाल्टिन बाल्न निकै प्रयत्न गरेकै कारणले साहित्यिक प्रकाश फिँजाई छाडे । भानु माविमा अध्ययन गर्दै पछि भारतको कलकत्तामा अध्ययन गरी एफएसम्मको शिक्षा यिनले उतीर्ण गरे । उर्दू, हिन्दी, संस्कृत, अङ्ग्रेजी, बङ्गाली र नेवारी भाषाका पनि अध्येता भएको कारणले यिनी त्यसताकाका विद्वान् साहित्यकारका रुपमा रहेको समीक्षकहरुले औंल्याएका छन् । यिनी आदिकवि भानुभक्त आचार्यको मात्र प्रचारक नभई आफ्नै क्षमता र बर्कत्ले साहित्यमा सेवा पुर्‍याउँदै आएका त्यसताकाका सबल मूल्याङ्कनकर्ता पनि हुन् ।आफ्नै क्षमता, बर्कत् र संसर्गबाट आफूलाई साहित्यमा ढाल्दै आएका यिनले आफूलाई सफल साहित्यकारका रुपमा नेपाली साहित्यका चर्चित अन्वेषकका रुपमा पनि चिनाएर गए । मित्रमण्डली खोलेर साहित्यका प्रचारक रहेका यिनी कवि मण्डलीका तर्जुमाकार तथा संगठक पनि हुन् । सर्जकहरुका प्रेरणाका स्रोत रहेका यिनले पाशुपत मुद्रण मन्त्रालयमार्फत् प्रकाशकको भूमिका पनि निभाएर गएको देखिन्छ । मोतिकृष्ण पुस्तकालयका संस्थापक रहेर यिनले पुस्तकालय खोले । नाटक लेखे, नाटक खेले र नाटक मञ्चन गर्न, गराउन दिलोज्यान दिएर लागे ।

साहित्यिक चेतनाका युग प्रवर्तक । नेपाली भाषालाई साहित्यमार्फत् सम्वृद्धि गर्ने युगपुरुष पनि हुन् मोतिराम भट्ट । नेपाली साहित्यको इतिहासमा राष्ट्रव्यापी रुपले साहित्यिक अभियान चलाउने पहिलो जागरुक नेपाली युवा । चेतना फिँजाउन आफूलाई सधैं समर्पित राख्दै आएका नेपाली भाषा साहित्यका एउटा धरोहर । भानुभक्तजस्तो ऐतिहासिक कविलाई फिँजाउन सफल एकजना मूल्याङ्कनकर्ता । भानुभक्तको रामायणलाई जनमनमा फिँजाउँदै भानुभक्तको जीवन स्वरहरु फिँजाउन सफल यिनी जीवनी लेखक । साहित्यमा मात्र विस्तारित भइरहेका कारणको परिणाम हो – सिङ्गो मोतिराम भट्ट ।

मोतिराम भट्ट एकजना साहित्यकार, अन्वेषक, प्रेरणाका स्रोत, संगठक, प्रकाशक, नाटककार, कलाकार, सफल गजलकार, सम्पादक, साहित्य प्रचारक आदि साहित्यिक अङ्गप्रत्यङ्गका समष्टि रुप भएर आफूलाई सफलतापूर्वक देखाए ।श्रृङ्गार रसका सफल गजलकार । नेपाली गजलका प्रथम प्रयोगकर्ता मोतिराम भट्टले गोरखा भारत जीवनपत्रिका प्रकाशन गरी पत्रपत्रिकाको सुरुवात गरेर पनि आफूलाई सक्षम सम्पादकका रुपमा चिनाउन सफल रहे । साहित्यका धेरै विधामा र साहित्यको धेरै आयाममा आफूलाई फिँजाउन सफल मोतिरामले नेपाली भाषाको साहित्यिक गोरेटो बनाए र उक्त गोरेटोमा उनी सफलतापूर्वक हिँडेर आफूलाई सबल र सामथ्र्यवान् साहित्यकारका रुपमा चिनाएर आफूलाई नेपाली भाषी सबैका लागि मोतिराम बनेर देखाए ।
यात्रामा सफलता चुम्न मनमा सङ्कल्प, धैर्य, निरन्तरता धेरैथोकको जोहो गर्नुपर्छ । त्यही जोहो गर्न जानेकै कारणले मोतिराम भट्टले आफ्नो यात्रामा सफलता चुम्न सफल भए । केही वर्षको अन्तरालमा युवाछँदा नै अहिले पनि महत्वपूर्ण सबै खालका साहित्यिक क्रियाकलापहरु यिनले गर्न भ्याए ।आफ्नो काममा एक ढङ्गले लागिरहने उनको समर्पित भावनाले रोग, भोक र सबै खालका झन्झन्टहरुसँग पनि नलत्री उनी लागिरहे आफ्नो साहित्यिक यात्रामा । यही त हुन् साहित्यिक मर्मज्ञ मोतिरामका साहित्यिक पद्चापहरु । त्यसैले भन्न सकिन्छ मोतिराम भट्ट नेपाली भाषा साहित्यको ऐतिहासिक श्रृङ्खलामा एउटा युग हुन्, जुन युगमा उनले भाषा साहित्यको गोरेटो बनाएर नेपालीहरुलाई हिँडाउन प्रयत्न गरिरह्यो ।

मोतिराम भट्टले आफूले लेखेर, अरुले लेखेका कृति फिँजाएर, व्यक्तित्वशाली व्यक्तिलाई राष्ट्रमा चिनाउन लागिरह्यो । पत्रिका चलाए, प्रेस खुलाए, पुस्तकालयको स्थापना गराए, मित्र मण्डलीबीच साहित्य फिँजाए । यिनीद्वारा लिखित पुस्तकहरुमामनोद्वेग प्रवाह (कविता), गजेन्द्रमोक्ष (काव्य), पञ्चक प्रपञ्च (काव्य), गफास्टक (हास्यब्यङ्ग्य)प्रल्हाद भक्तिकथा (काव्य), प्रियदर्शिका (नाटक), सङ्गीत चन्द्रोदय (गजल), उषाचरित्र (काव्य), पिकदूत (काव्य), कमल भ्रमर संवाद (काव्य), शकुन्तला (नाटक)आदि प्रकाशित छन् । भानुभक्तको रामायण प्रकाशन गराउँदा यिनी २१ वर्षको युवा थिए ।यसैगरी भानुभक्त आचार्यको जीवन चरित्र पनि लेखेर यिनले प्रचार गरे ।

मोतिराम भट्टको साधना र सेवाले नेपाली भाषा र साहित्यको एक नयाँ युगको निर्माण गरेको देखिन्छ । यसैले राष्ट्रिय विभूतिका रुपमा राष्ट्रले मोतिरामको नाम इतिहासमा अङ्कित गरेर एउटा सार्थक मूल्याङ्कन भए गरेको देखिन्छ । जंगबहादुर राणाको निरंकुशताको राज्य व्यवस्थामा जन्मेका यिनले वीर शमशेरको पालाको राजकाजमा आफ्नो साहित्यिक यात्राका मर्मस्पर्शी पाइलाहरु चालेका थिए । मोतिरामले यही समयमा आफ्नो जीवनका उत्सर्गका क्षणहरु साहित्यमा एकोहोरिएर लगाएका कारणले उनी साहित्यमा सफल भए र एउटा नयाँ युग नै निर्माण गरेर गए ।

मोतिराम भट्टको हृदय पूर्णत: प्रेममय देखिएको कारणले उनका गजलहरु प्राय: श्रृङ्गारिक खालका छन् । गजलका प्रथम प्रणेता यिनले नेपाली भाषामा गजलको प्रारम्भ गरेको देखिन्छ । कवि लेखकहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने स्तुत्य कार्यको यिनले थालनी गरे र साहित्य लेख्न सर्वसाधारणलाई पनि घच्घच्याउन यिनी लागिरहे । नेपाली भाषाका सबै विधाको साहित्यिक लेखनमा, साहित्यिक गतिविधिमा यिनी सङ्लग्न रहँदै भाषा साहित्यलाई समृद्धशाली बनाउन लागिरहेकै कारणले आजको परिस्थितिसम्म पनि यिनी मोतिराम भट्टका रुपमा बलशाली ढङ्गले आफ्नो बिम्ब देखाएर बाँच्न सफल रहेका छन् ।

मोतिराम भट्ट (१९२३–१९५३) माध्यमिक नेपाली साहित्यका चर्चित तथा उल्लेख्य अगुवा कवि हुन् । यिनी श्रृङ्गारधाराका प्रवर्तक कवि पनि हुन् । कवितामा आफ्नो दृष्टि पनि पोख्दै आएका यिनले कविताको परिभाषामा यसरी कविता लेखेका छन् :
धनले हुँदैन कविता न त हुन्छ मनले
ज्ञान्ले हुँदैन कविता न त हुन्छ तन्ले
इन्ले भयाकि कविता कविता समान् हो
आफै भयाकि कविता कविता बहुतै असल हो ।

राणाकालीन अँध्यारो अवस्थामा निरङ्कुशताको त्यो कालरात्रिमा कविता लेख्नु खतरापूर्ण कार्य हुन्थ्यो र साहित्यलाई मित्र मण्डली बनाई साहित्यको प्रचार–प्रसार गर्नु पनि डरलाग्दो कार्य मानिन्थ्यो होला । त्यस्तो अवस्थामा साहित्यका सबै खालका गतिविधिहरुमा लाग्नु भनेको निकै जोखिमपूर्ण कार्य नै हो भन्न सकिन्छ । त्यसैले यिनी शिक्षित रहेर पनि देशको अवस्थाको जानकारी राखेर पनि कवि कर्ममा भक्तिरचना र मूलत: श्रृङ्गारिक कवितामा मात्र एकोहोरिएजस्तो गर्दा यिनले त्यति खतरा मोल्नु परेन ।
००
जीवनलाई सार्थक तुल्याउन आफ्नो गतिविधि देखाउन यिनले साहित्य तथा संस्कृतिको क्षेत्र नै आफ्नो लागि उपयुक्त मानेर यस मार्गमा निरन्तर लागिरहन सक्नुकै कारणले ३० वर्ष मात्रै बाँचेर पनि नेपाली भाषा, साहित्यको उत्थानमा निकै महत्वपूर्ण कार्यहरु गरेर मात्र गएनन्, उनले हात हालेर गएका सबै विधा र क्षेत्रमा आफ्नो पहिचान देखाएर जान सफल रहे ।साहित्यमा यिनले पुर्‍याएर गएका उच्चतम गतिविधिहरु नै मोतिरामले कोरेर गएका साहित्यिक गतिविधिहरु हुन् । आफ्नो युगका साहित्यिक सारथी मोतिरामले त्यस युगका महान् साहित्यिक योद्धाका रुपमा आफूलाई चिनाएर गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ, मोतिराम भट्ट नेपाली भाषा साहित्यको क्षितिजमा सधैं चम्किरहने तारा बिम्ब हुन् । साहित्यिक पत्रिका सुधासागर निकालेर यिनले आदि साहित्यिक पत्रकारका रुपमा पनि आफूलाई चिनाएर गएको देखिन्छ ।


अघिल्लो पोष्ट

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

पछिल्लो पोस्ट

बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

कविजीको जुत्ता

कविजीको जुत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

विप्लव प्रतीकले अनुवाद गरेको नाटक ‘यौटा सपनाको अवसान’

२४ फाल्गुन २०८०, बिहीबार
अन्धकारभित्रको अन्धकार – ५

अन्धकारभित्रको अन्धकार – ५

२३ फाल्गुन २०७७, आईतवार
साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

२३ फाल्गुन २०८१, शुक्रबार
देशको नक्सा

देशको नक्सा

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक