जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

सानो शीश महल

अरुणा सब्बरवाल अरुणा सब्बरवाल
प्रकाशित २९ भाद्र २०७९, बुधबार
अनुवाद, कथा भित्र
0
सानो शीश महल

हैरान थिई, ऊ । मनमा एक पीडाले स्थान जमाएको थियो । पग्लिँदैन पनि । आकाशबाट बर्फ खस्छ । दुई तीन दिनमा पग्लिन्छ । तर कस्तो पीडा हो जसको फ्रिजिङ प्वाइन्टको कुनै पत्तो हुँदैन । पग्लिएर त्यो किन बग्दैन, पानी जस्तै ? घोल्लिइ रहेकी थिइन् केवल आशा, रविकी पत्नी ।
आज रविको व्यवहारले उसको मनको व्याकुलता बढ्न लाग्यो । उसले रविको यस्तो रूखो व्यवहार पहिले कहिल्यै देखेकी थिइन । मिठो वचन र नम्रताले सोध्दा पनि रविले सुनेको नसुनै गरिरह्यो । आशा भुनभुनाई रही । आज पनि यो क्रम दोहोरियो । कुरा टालेर उसलाई सान्त्वना दिएर रवि नुहाउन गयो । आशा बेचैन भई । खाजा खाँदा फेरि त्यही प्रश्न दोहोर्‍याई जुन पछिल्ला पच्चीस वर्षदेखि दोहोर्‍याउँदै आइरहेकी थिई । के भयो यदि सोधी हाली भने ? किन सोध्दिन ? बारबार सोध्नेछु कहाँ छ मेरो छोरो लव ? के गर्‍यौ त्यसलाई ? किन बोल्दैनौ ?
रिसले चुर भएको थियो रवि । पलमै दन्किएको थियो ज्वाला । उसले दबिएको रिस एकै सासमा ओकल्यो र चिच्यायो, “के गर्‍यौ…? के मैले गरेँ…? अरे गर्नेवाला कुनै अर्कै छ… । कहिलेसम्म रोइरहन्छ्यौ प्रेममा । थाहा छैन, कहिले छुटकारा मिल्ला यी प्रश्नहरूबाट…? अघि बढ । यो दु:खबाट ।”
“दुख…?” “अँ, अँ, त्यही ।” “तिमी के जान्दछौ, आमाको दु:ख ? तिमी त आमा होइनौ उसकी,” आशा रिसले चिच्याई । “अँ, ठिक भन्दैछौ तिमी । म आमा बन्न सक्दिन तर तिमी पनि त बाउ होइनौ । यो किन बिर्सिन्छौ यो दु:ख दुवैको हो । भगवानका लागि बाहिर निस्क, यस दु:खको पुरानो खण्डहरबाट ।”

रवि बडबडाई रह्यो । आशा घुँक्कघुँक्क गरेर रोइरही । रविले फेरि भन्यो, “जान्दिन के गरौं । यही राग सुनिरहेको छु पच्चीस वर्षदेखि । विशेषगरी जब कुनै उत्सव अथवा खुशीको मौका हुन्छ, तिमी पुरानो सन्दर्भ लिएर बस्छ्यौ । त्यही खण्डहरमा गुम, पुराना घाउ कोतर्न थाल्छ्यौं । थाकिसकेको छु, तिम्रो गोडाको तलबाट काँडा निकाल्दा निकाल्दै । चार कदम अघि बढ्छ्यौ भने दस कदम पछि सछ्यौ । यस्तो लाग्दछ, हामी फरकफरक दुनियाको चौबाटोमा उभिएका छौं । देख्नमा त एकअर्काको समीप तर भित्री रूपमा एकअर्कादेखि धेरै टाढा । तिम्रो रूझान एकातर्फ मेरो अर्कोतर्फ । यो बाँझो क्षणलाई झेल्न गारो लाग्दछ । आजकै कुरा लिऊँ । कत्ति सजिलै भनिदियौ, तिमीले कि तिम्रो विचार छैन जाने । यो जान्दाजान्दै पनि कि मिसेज अरोडासँग हाम्रो पुरानो सम्बन्ध छ जुन हामी तोड्न सक्तैनौं । आज तिमी जुन ठाउँमा उभिएकी छ्यौ, यो सब उनकै कारणले हो । बिहे पनि सधँै थोरै न हुन्छ र । सम्बन्ध बनाएर राख्नुपर्दछ । त्यसलाई सिञ्चन गरिरहनुपर्दछ । हिँड, उठ । यो समय रूने कराउने हैन । यो बिहेमा हामीले अवश्य जानुपर्छ । कुशलाई पनि फोन गरेर भनिदेऊ कि ऊ पनि त्यहीँ आओस् । होटलमा राति बस्ने बन्दोबस्त म गरौंला नेटमा । न्यूकासलबाट एडिनबरा–चार घण्टाको ड्राइभ पनि छ, तैयारी गर्नु । यति भनेर रवि गयो ।

सामान आधि बाँधेको बेलामा आशा केही आश्वस्त थी । रविको डाँट निरर्थक थिएन । उसलाई सम्झना भयो– जब ऊ भारतबाट नयाँनयाँ आएकी थिई । यू.के.मा नयाँ मान्छे, नयाँ वातावरण । त्यसमाथि डाक्टरको मुखबाट आफ्नो आमा बन्ने खबर सुनेर उसको मनमा खुशीको लहर दौडियो । तर, जब थाहा भयो कि उसको जुम्ल्याहा बच्चा हुनेछ तब उसको उत्साह नै हरायोे । रविले आश्वासन दियो कि यस देशमा केही मुश्किल छैन, चिन्ता किन लिन्छ्यौ ? म छु नि । मिलेर सम्हालौंला । यहाँ त सबै पुरूषले आफ्नो परिवारको लालनपालन तथा घरको काममा बराबरको सघाउँछन् । मेरा साथी सुभाष अरोडाको पनि चार वर्षका जुम्ल्याहा छोरा छन् । उनकी पत्नी सिमरनबाट तिम्रा सबै दुविधाको समाधान हुनेछ र सिमरनले उसलाई उत्साहित गर्दै भनेकी थिइन् के डराउँछौ ? उत्सव मनाओ । दुईदुई आइरहेका छन् । बाई वन, गेट वन फ्री…तुरन्त शापिङ शुरू गरिहाल । आशा प्रफुल्लित भएर हाँसिन् । भनिन्, दुवैलाई चिकित्साशास्त्रमा प्रोफेसर बनाउँछु । सिमरन उनलाई पाइला पाइलामा सल्लाह दिन्थिन्, छोराहरूको नाम, नर्सरीको रंग, आफ्नो हेरचाह आदि ।

आज यही कुरो बिझ्दछ, उनलाई । जुम्ल्याहा शब्दको प्रसंग आउँदैमा उसको छाती धड्किन थाल्दछ । उसलाई लाग्दछ, जस्तो कि लव दूधका लागि रोइरहेको छ ।
अचानक फोनको घण्टीले उनलाई अतीतबाट वर्तमानमा लिएर आयो । उनले घडीमा दृष्टि दिइन्, रविको घर आइपुग्ने समय भइसकेको थियो । लाजले आफ्नो शिरमा हातले हिर्काउँदै भनिन्, “मूर्ख कहीँ की, किन बारम्बार आफ्नो मस्तिष्कमा चौबीस वर्षपहिले त्यहीं दिनमा आएर अड्किन्छ । आपैmलाई सराप्दै आफ्नो दिनचर्यामा व्यस्त भई । रविको दिन पनि कार्यालयमा त्यसै उसै बित्यो । ऊ आपैmप्रति रूष्ट थियो… । किनकी उसमा त्यति साहस छैन कि आशालाई साँचो बताइदेओस् ! आफ्नो आक्रोश उसमाथि निकालिदियो । किन आफ्नो क्रोधमा नियन्त्रण गरेन ? दिनमा कत्तिपटक मनमा आयो कि घर फोन गरेर आशालाई मायाको दुई शब्द सुनाइदिऊँ । तर हरेकपटक उसको अहंले तगारो हालिदियो । पुरूष जो ठहर्‍यो ।

अघिल्लो दिन शनिबार थियो । रवि र आशा समयमै गुरूद्वारा पुगे । कुश पनि त्यहीँ आयो । थ्री पीस सूट लगाएको ऊ राजाजस्तै लागिरहेको थियो । मिस्टर अरोडा, सिमरन र उनका जुम्ल्याहा छोरा अर्शी र कँवल आनन्दले बसेँ । क्षणभरमा आशालाई लाग्यो जस्तै उसका दुवै छोरा लव–कुश बसेका हुन् । तर क्षणमै ऊ सम्हालिई । कुशको हात उसको काँधको छेउमै लपेटिएको थियो । ऊ कुनै चुटकुलामा हाँसिरहेको थियो । प्रेमपछि बधाई र आशीर्वाद । त्यसपछि भोज । बेलुका दुलहीको स्वागत एक नाम चलेको बैंक्वटको हलमा थियो । नवविवाहित जोडीको मंगलकामनाका लागि जामसँग जाम टकराए । गाना–बजाना, भाँगडा, शोर । आशा यसमा केहीबेर मग्न रही, यसैबीच कसैले आशालाई सोध्यो । आशा, कुशको बिहे कहिले गर्दैछ्यौ ?
फेलोशिप गर्न चाहन्छ, त्यसपछि । आशा सोच्न थाली, मेरा पनि त दुई छोरा थिए । समयमा दुवैको बुहारी सँगसँगै ल्याउँदी हुँ । नातिनातिनाको चहल पहल हुन्थ्यो । उसको मनमा दु:खदायी स्मृतिको चोट लाग्यो । उसलाई उसभित्रको उदासी र बाहिरको अन्धकारले घेर्‍यो । आँसुको वर्ष नै हुनलागेको थियो। उसले मुस्किलले रोकी । दु:ख सहने अनन्त शक्तिलाई उसले तबमात्र जानी सोच्न थाली, के यो घाउ साँच्चै पुरिन्छ त ? चौबीस वर्षको अधुरोपना पीडा बनेर उत्रन थाल्यो । पलकमा छाएको आँसुलाई समेट्न ऊ बाथरूमतिर लागी । आशाको मनमा के चलिरहेको थियो भन्ने रवि भलिभाँती जान्दथ्यो । बाथरूमबाट आउँदै गर्दा उसले उसलाई डान्स फ्लोरमा तानेर ल्यायो । आशा कहिलेकाहीँ फिरंगीहरूको जस्तै नाच्दथी । रविको इच्छा थियो, उसको साथ नाच्ने । दुई धुनपछि आशा थाकेर बसी । मान्छेहरूको कुरा, वातावरणको कोलाहलले उसको कान चिरिन लाग्यो । उसभित्रको बेचैनीले उसलाई उठ्न विवश बनायो । ऊ दबिएको स्वरमा बोली, जाऊँ । रवि उसको दु:खबाट अनजान कहिले थियो र । उसले मायाले हात अघि सार्दै भन्यो, हिँड ।
होटलको अपरिचित पलङगमा सुतेर दुवै आआफ्नो दु:ख समेट्दै मिहिन रेखालाई एकअर्काबाट लुकाइरहे । “आशा ! के सोचिरहेकी छ्यौ ?” बितेको रात रविले कोल्टे फेर्दै नरम आवाजमा सोध्यो । “केही हैन,” आशाले जवाफ दिई । “केही त अवश्य चल्दै छ, तिम्रो दिमागमा ?” रविले भन्यो । आशाले पनि, “अनि तपाईंंको ?” सोधी । “त्यही जो तिम्रो दिमागमा…” भन्दै रविले आशालाई मायाको अँगालोमा बेर्‍यो ।

स्नेह र सहानुभूतिको स्पर्श पाउँदै आशा रविसँग लपेटिएर सुँक्कसुँक्क गर्न थाली । अतीतका सम्झनाहरू यताउता सलबलाउन थाले । कत्ति खुशी थिई त्यो दिन ती दुई छोराकी आमा । अघि सरेर नर्सले सोध्नुअघि नै बडो उत्साहका साथ दुवै बच्चाहरूको नाम यसरी भनिदिएकी थिई उसले–लव र कुश । यही त दुई नाम किशोर अवस्थादेखि सोच्तै आई । लव अघिअघि र दस मिनेट पछि कुश पछिपछि । लव शान्त, शालीन र कुश–तेजिलो, चञ्चल । मुख बिगारीबिगारी कोल्टे फेरी सुतिरहेको थियो । लवलाई मायालु हातले सुम्सुम्याउँदै रविले भन्योे, ‘ठूलो छोरो बाउतिर गए छ ।’ ‘हैन हैन, यो त आफ्नी सोझी आमातिर गएको छ, कुश तपाईंं जस्तो छ, चकचके,’ आशाले पनि जवाफ दिइहाली । सबै हाँसे ।

रातिको आठ बजेको थियो । दिनभरि अफिसमा थाकेर आएकाले रवि त घर गइसकेको थियो । आशाले देखी लव धेरै बेरसम्म हलचल गरेको छैन । दूध पिइरहँदा सास फेर्दा अचम्मको आवाज निकालिरहेको थियो । घबराएर उसले नर्सका लागि घण्टी बजाई । नर्सले लवलाई हेरेर डाक्टरलाई खबर गरिन् । मिनेटमै त्यहाँ डाक्टर नर्सको भीड लाग्यो । लवलाई तुरन्त आई.सी.यू.मा लगे । आशा अनजान आशंकाले कामी । आशा जान्नलाई छटपटाइरहेकी थिई कि छोरोलाई के भएको हो । उसको मन अति नै तड्पिएर रहेको थियो । उसलाई आफ्नो मुटु नै बाहिर आइरहेको जस्तो भइरहेको थियो । ऊ बारम्बार नर्सहरूलाई सोध्थी । उसले एक दुईपटक उठ्ने कोसिस पनि गरी तर पोस्टनैटल होमेजले गर्दा उसलाई हिँडडुल गर्न निषेध थियो । नर्स उसलाई निद्राको हल्का टेबलेट दिएर गइहालिन् ।

बिहानै रविलाई खबर दिएका थिए । आशाको हालत देखेर उसले पनि आशालाई केही भन्न ठीक सम्झेन । लवलाई एक हृदयरोग थियो, जुन हजारमा एक बच्चालाई जन्मजात हुन्छ । उसको हृदयको बाँया कोष्ठक अविकसित रहेको थियो र यसको उपचार लगभग असम्भव थियो । रविले यो आघात एक्लै झेल्यो । डाक्टरले लवको सानो हृदयमा आफ्नो समस्त योग्यता र खोज खर्च गरिरहे । यता आशा व्यथित भई । सबैको मौनता र टालटुलले जवाफले उसलाई विह्वल बनायो । चौबीस घण्टा भइसकेको थियो । लवलाई आईसीयूमा राखिएको थियो तर उसको कुनै खबर थिएन । आशाको छटपटाहट बढ्न थाल्यो । जे भए पनि उसकी आमा थिइन् ऊ । आफैलाई रोक्न सकिन । आखिरमा आधा रातमा नर्सहरूको आँखा छलेर ऊ आईसीयूतर्फ बढी तर कमजोरी र घबराहटले गर्दा रिङ्गटा आयो । ऊ आफ्नो सन्तुलन थाम्न नसकेर भुइँमा लडी । ऊ धेरै दिनसम्म अर्ध अचेत अवस्था परी । यही उसलाई भनिएको थियो । यो सब सम्झँदासम्झँदै कतिखेर उसका आँखा लागे, उसलाई थाहै भएन ।

अघिल्लो दिन झिसमिसे बिहान थियो । झ्यालबाट हेरिरहेको घामको झुल्काले उसलाई जगायो । कुश पनि आमाबुबाको साथमा त्यहीँ खाजा मगाएर बस्यो । उनीहरू अबेरसम्म कुराकानी गरिरहे । उनीहरू पछि सुभाष र सिमरनसँग बिदा भएर आफ्नो घर न्यू कासलका लागि निस्किए ।
तीन वर्ष बिते । कुशले फेलोशिप पनि गर्‍यो । चारैतिरबाट बधाईको ओइरो लाग्यो । उसले टाढाटाढासम्मका साथीहरूलाई मिठाई बाँड्यो । कलेजको डीनका तर्फबाट बधाईपत्रको साथमा फेलोशिपको अवार्ड सेरेमनीको डिनर र डान्सको निमन्त्रण थियो । बिहान शिक्षार्थीहरूको सम्मानोत्सव, राति डिनर डान्स, अघिल्लो दिन रविवार कलेजको नयाँ प्रयोगशालाको उद्घाटन र प्रदर्शनी । आशा र रवि दुवै खुशीले प्रत्फुल्लित भए । छोरो उनीहरूको सपनाभन्दा पनि माथि पुगिसकेको थियो । उनीहरूको उत्साहको सीमा रहेन । “आशा तिमी डिनर डान्सका लागि आफ्नो गुलाबी शिफनको सारी अवश्य प्याक गर । असाध्यै सुहाउँछ तिमीलाई,” रविले अनुरोध गर्दै भन्यो । “अँ, अँ, तपाईंं पनि नयाँ डिनर शर्ट, कालो ट्रिमिङ्गवाला टसकिडो र मैचिङ बो टाई पहिरनु । कुशलाई राम्रो लाग्नेछ,” आशाले पनि भनी ।

“कुशलाई राम्रो लाग्नेछ ? अनि तिमीलाई हैन ?” रविले हाँस्दै भन्यो । त्यो दिन पनि आइपुग्यो । ती अनमोल क्षणहरूलाई सदा स्मरणका लागि रविले नयाँ कैमकार्डर किनेको थियो । छोराको कार्यक्रममा सहभागी हुने उत्सुकता र उत्साह दुवैका कारण उनीहरूलाई रातभरि राम्रोसँग निद्रा पनि लागेन । बिहान अफिस जाने बेलामा रविले भन्यो, ‘दुई बजेसम्म तैयार हुनु । शुक्रबार हो, ट्राफिक जाम बढी हुनेछ । एडिनबरा पुग्नमा चारदेखि पाँच घण्टा पनि लाग्न सक्छ । र, सुन…त कैमकार्डर राख्न न भुल्नु ।’

घडीको सुई बढ्दै बढ्दैनथ्यो । उसलाई घर पनि बन्द गर्नुथियो । सामानको प्याकिङ जसोतसो गरी । कैमकार्डर राख्न लागेकी थिई कि फेरि त्यही सम्झनाले उसलाई पूर्वस्मृतिको गहिराइमा धकेलिदियो । रविले लव र कुशको थुप्रै फोटो खिचेको थियो । कहाँ गए ती सब ? उसले मलाई कहिल्यै देखाउँदैन किन ? बस उसको सबै हाँसो आँखाको कुनामा वाफ बनेर अट्किएको छ । जहिले पनि सोध्दा, उही पुरानो कुरा दोहर्‍याइदिन्छ, जवाबमा– तिमी कोमामा थियौ । त्यस रात कत्ति बर्फ परेको थियो । साइबेरिया बनिसकेको थियो न्यूकासल, यत्रो हिमपात । चारैतिर बर्फको मोटो तह अझै मोटो हुँदै गइरहेको थियो । तीन दिनको प्रतीक्षा पनि फेरि चर्चको जमीनमा गाडिदियौ, जग्गा थाहा छैन । भूmट ! के बिना निशानको चिहान पनि हुन्छ ? उसको त नाम थियो । कति दिन बाँचेको थियो, मेरो बाबु ? केही कारण छ जुन मबाट लुकाइएको छ । रविबाहेक यो कुरा अरू कसले भन्न सक्छ ?
ती दुवैको मौन पनि कहिल्यै शान्त रहेन । रवि मनमनै बोल्दथ्यो, आशा राम्रोसँग जान्दछु तिम्रो मनमा अथाह प्रश्नहरू उठेका छन्…, तिमी रिसाउनु पनि सही नै हो…तर त्यस समयमा जुन मलाई सबभन्दा ठीक लाग्यो मैले त्यही गरेँ ।

आशा सोच्तछे, तिमी बुझ्दैनौ…सबथोक अधुरो…अधुरो अज्ञातको भुमरीमा फँसेको जस्तो लाग्दछ । किन लवको बिना कुश पनि अधुरो लाग्दछ ? …पूरै सच्चाइ नजानीकन मलाई सधैँ यो किन लागिरह्यो कि मेरो बच्चा अहिले पनि छ…मलाई बोलाइरहेछ…दूधका लागि तिखाएको छ… ।
रवि घर पुगेको आधा घण्टाभित्रै दुवै एडिनबराका लागि दुवै निस्के । मोटरबाटोमा पुग्नेबित्तिकै उसले कारको गति तेज गर्‍यो । नब्बे मिलको गतिले गाडी कुद्न थाल्यो । छोराको सफलताको उत्सुकतामा डुबेका उनीहरूलाई कतिखेर एडिनबरा आइपुग्यो थाहा नै भएन । रविले भन्यो, “आशा, आमाबाबुका लागि यो भन्दा अधिक गौरवको कुरा अरू के हुन सक्छ…?” साँच्चै भन्ने हो भने बच्चाहरूको सफलता नै आमाबाबुको सफलता हो । आज म रवि भल्ला आफैलाई सफल पिता घोषित गर्दछु । रवि गौरवले चिच्यायो । “एक्लै सबै श्रेय तिमी नै लिइहाल्छौ कि क्या हो ? आमा त पहिलो शिक्षक हुन्छे, तिमीलाई थाहा छैन र,” आशाले हसिलो अनुहार पार्दै भनी । उसको मनमा अनायास कुशको पहिलो मुस्कान दौडियो । ऊ अतीतबाट खुशीको मोती उठाएर माला गुथ्न थाली–कुशको पहिलो दाँत, पहिलो कदम, पहिलो शब्द, पहिलो जन्मदिन, पहिलो स्कुलको दिन…अन्त्य नै थिएन । कैयन् वर्षदेखि सजाउँदै आइरहेकी थिई यी सुखदायी क्षणहरूलाई, तर कहिल्यै खुलेर यसको उत्सव मनाएकी थिइन..आज पनि हैन ।

कार चलाउँदा चलाउँदै रविले उसको मुस्कान हराउँदै गएको महसुस गर्‍यो । उसको निर्बाध खुशीमा तुषारापात भएजस्तै भयो । एकदमसँग बौलाएजस्तो गरी बोल्यो, “कमसे कम आज त बिदा गरिदेऊ आफ्नो व्यथालाई । के पायौ जो अब मिल्दै छ ? जो जीवित छ, तिम्रो अगाडि खडा छ, के तिमी उसको सुखका लागि उठ्दै गरेको बादललाई पन्छाएर मुस्कुराउन सक्दिनौ…? हर खुशीको अवसरमा नयाँ मुस्किल खडा गरेर उसलाई नरमाइलो बनाइ दिन्छौ । के कुशलाई खारेको सुनजस्तो शुद्ध आशीर्वाद दिन सक्दिनौ ? उसले हामीलाई जे दियो, त्यसको बदलामा यो खोट मिलेको नकली मुस्कान ? आमा हौ– अब सिर्फ उसकी आमा ।”

के गरौं, कोखले आफ्नो हक माग्दछ । कोसँग ? रोक्न सक्थ्यौ त तिमी उसलाई ? या म रोक्ने थिएँ । सम्हाल आपैmलाई । हाम्रो कुश…तिम्रो सन्तान– दुई त के आज दसको बराबर छ । अबदेखि हरपल उसको खुशीका लागि बाँच्नु नै तिम्रो धर्म हो । योभन्दा बढी अरू के महŒवपूर्ण छ, तिम्रो लागि ? केही पल दुवैमा मौन संलाप चलिरह्यो । आशा मनैमनमा बडबडाई रही । अँ, अँ, सोध्छु, बारबार सोध्छु…तर, हर बार उही पुरानो मनगढन्ते कथा सुनाइ दिन्छन्, तिमी कोमामा थियौ…चारैतिर बर्फ नै बर्फ जमेको थियो…आदि आदि ।

रवि पनि मनमनै बडबडाई रह्यो । आशा, म राम्रोसँग जान्दछु तिमीमा प्रश्न उठ्नु, हराउनु स्वाभाविकै हो । तिमी बुझ्दैनौ, सबैथोक अधुरो अधुरो अज्ञातको भुमरीमा फँसेजस्तै लाग्दछ । निक्ल त्यो भुमरीबाट, धेरै भयो । रविले आफ्नो देब्रे हात आशाको हातमा राख्यो । आशाले उसको हात आफ्नो हातमा लिएर चुमी । आज पहिलोपल्ट आशालाई आफ्नो कमजोरीमा दु:ख लाग्यो । हैन, अब रून्न । जुन जिउँदो छ, उसैका लागि बाँच्नेछु, खुशीले ।
रविले उसको मूक प्रतिज्ञालाई पढ्यो । दुवैले एकअर्कातर्फ फर्की मुस्कुराइदिए । कार कलेजको छेवैमा पुगेर रोकियो । अगाडिबाट कुश आउँदै गरेको देखियो । दुवैले उसको पिठ्यूँ सुम्सुम्याए र स्याबासी दिए । आउने जाने अनजान मान्छेहरूले उसलाई बधाई दिइरहे । दोस्रो बिहान समारोह निश्चित समयमा शुरू भयो । अनगिन्ती श्रोता । पूरै क्याकल्टी आफ्नो कालो गाउन र टोपी लगाएर परेड गर्दै जब आआफ्नो स्थान ग्रहण गर्न लागे, तब स्काटिश बैग पाइप बैंडले स्वागत धुन बजायो । आशालाई जिरिङ्ङ भयो । यसपछि शिक्षार्थीहरूलाई उनीहरूको सफलताका लागि प्रमाणपत्र दिइयो । आशा र रविको हात कसिएर एउटा मुठीमा बाँधिए । खुशीको आँसु निस्कियो । अगाडि कुशलाई प्रथम श्रेणीको विशेष मैडल उपहारमा दिइयो । विभिन्न जाति, विभिन्न देश, विभिन्न भाषा भाषीहरूले सभाहल खचाखच भरिएको थियो । तर आज यस बेला उनीहरू सबै समान रूपले यस वैश्विक परिवारको सदस्य थिए । सबैको एक उद्देश्य थियो, एक जात थियो– त्यो सब सफलताको सर्वोत्तम शिखरमा उभिएका चिकित्सकका अभिभावक थिए– गौरव र आत्मसम्मानका अधिकारी । समारोहपछि रविले कुशलाई सोधे, “अगाडि के गर्ने इच्छा छ छोरा ?’”

“पापा, म पढाउन चाहन्छु । प्रोफेसर बन्न चाहन्छु । डाक्टरी र बिमारीको उपचार त सँगसँगै चलिनै रहन्छ,” कुशको नम्र स्वरमा भन्यो । बेलुका डिनरका लागि रवि र आशा राम्रोसँग सजिएर तैयार भए । “वाह, यो हो नि काइदा । कहिलेकाहीँ त हाम्रा लागि पनि यसरी तैयार हुने गर,” रविले आशालाई खुशी बनाउनका लागि जिस्किँदै भन्यो । “तपाईंं पनि…,” आशाले लजाउँदै मन्द मुस्कान छोडी ।
डिनर हलको सजावट अद्वितीय थियो । दुवै आश्चर्यचकित भए । यत्रो आतिथ्य, यत्रो गहमागहमी– पहिले कहिल्यै देखिएको थिएन । प्रत्येक अतिथिलाई यो भान हुन्थ्यो कि ऊ नै खास पाहुना हो । नम्रता, देखावटी र इमानदारी सबै भरपूर । के शान थियो । खानापछि कलेजको टीमका तर्फबाट डीनले सबै अतिथिलाई धन्यवाद दिए र नयाँ प्रयोगशालाको उद्घाटनको उद्घोष गरे । अघिल्लो दिन बिहान दस बजे सबैलाई उद्घाटन समारोहका लागि आमन्त्रण गरियो । मेरो तपाईंंहरू सबैसँग अनुरोध छ कि तपाईंंहरू सबै आउनुहोस् र हेर्नुहोस्, तपाईंंहरूका छोराछोरीहरूलाई यस अवस्थासम्म पुर्‍याउनमा पर्दापछाडि कत्ति मान्छेहरूको सहयोग रहेको छ । तपाईंंहरूलाई यहाँ आएकोमा धन्यवाद । अब तपाईंंहरू बेलुकाको आनन्द लिनुहोस् ।

समारोह सकिँदा बाह्र बजेको थियो । त्यसपछि सबै आआफ्नो होटलतर्फ गए । रविको रात छटपटीमै बित्यो । रातभरि उसको मनमा त्यही कालो रात घुमिरह्यो । उसको मनमा अलग्गै सागर मन्थन चलिरह्यो । सधैँ आशाको भावनालाई महŒवहीन करार दिएर ऊ आफ्नो मनमा बसेको चोरलाई भगाउन सक्छ, कहिल्यै ? आशाको मूक आश्वासनले उसलाई आफ्नो अपराधबोधसँग लड्नलाई छोडिदियो । कत्ति कमजोर थियो ऊ जो यत्तिका वर्षसम्म उसलाई साँचो भन्ने आँट गर्न सकेन । कोसँग डराउँदथ्यो ऊ ? आशासँग कि– उनी सहन सक्तिनन् भनेर ? या आफ्नो त्यो भूmटको महानतासँग । जसको झोकमा उसले आफ्नो नवजातलाई मानव सेवाका लागि अर्पण गरिदियो । उफ ! के गुज्रियो होला त्यस नाजुकसँग शवमा ? कसकसले चिरफार गरे होलान् ? किन उसले डा. फर्युसनको प्रस्तावलाई नकार्‍यो । लवलाई जन्मजात हृदयरोग थियो, जुन हजारमा एक हुन्छ । लव चिकित्साशास्त्रका लागि एक अमूल्य उदाहरण थियो । उसमाथि अन्वेषण गरेर धेरै थोक सिक्न वा जान्न सकिने थियो । त्यस समय आशा आफ्नै कक्षामा थिई, निस्पट बेहोश । रवि लवको छेउमा आई.सी.यू.मा गएको थियो । डा. फर्युसन त्यस कोमल ज्यानलाई अक्सिजन दिइरहेका थिए । दुई अन्य प्रोफेसर उनका वरिष्ठ चिकित्सक त्यहाँ आए, त्यसबेला रात्रिको एघार बजेको थियो । सबै प्रयोग विफल भइरहेका थिए । चारैतिर नलीहरूमा लवको कोमल ज्यान अड्किएको थियो ।
डाक्टर फर्युसनले रविको काँध थपथपाएका थिए । दुविधामा उनको आँखामा आँसु थियो । क्षोभ, असफलता र विवशताको । रवि उनको छातीमा लपेटिएर भक्कानियो । “न रोऊ । ईश्वर नै यो सब नाटकको रचयिता हो, मित्र । उसले आज यस मञ्चमा यो आफ्नो नयाँ रचना पठाएको थियो । सायद त्यसैले हामी यो अचम्मको रचनालाई बुझ्न सकौं र भविष्यमा यसबाट शिक्षा लिन सकौं,” फर्युसनले भने । “सिक्नुभयो डाक्टर ? के सिक्नुभयो ? उसकी आमालाई सिकाउन सक्नुहुन्छ ?” रविले हताश हुँदै सोध्यो । “हैन, तर कत्ति डाक्टरले त्यसबाट अनुभव लिन सक्छन् यदि तिमीले चाàौ भने,” फर्युसन थपे । “के मतलब ?” रविको आश्चर्यले भरिएको प्रश्न तेस्र्यायो ।

“तिमीले चाàौ भने तिम्रो बच्चा अमर रहनेछ । यसलाई बेजान हिरो बनाऊ । यो बच्चालाई चिकित्साशास्त्रका लागि उपहारमा देऊ । युगयुगसम्म अनेक विद्यार्थी तिम्रो आभारी रहनेछन् र यो मरेर पनि जीवित रहनेछ । हामीसँग समय धेरै कम छ,’ लेखिएको पर्चा डाक्टर फर्युसनले उसको अगाडि छोडेर गए । धेरै आत्ममन्थनपछि उसको मनमा उपकारको भावना जाग्यो । आशासँग कुरा गर्र्न चाहन्थ्यो । तर, आशा होशमा कहाँ थिइन, केही सोधे पनि त्यो भन्न सक्ने अवस्थामा थिइन । यो उसको जीवनको सबभन्दा ठूलो परीक्षा थियो । त्यस समयमा उसले केही सोच्न सकेन । उसले लवको सबै शरीरका छियाछिया बनाएको कसरी हेर्न सक्थ्यो र ! त्यहाँ रहेका फर्ममा हस्ताक्षर गरेर चुपचाप ऊ घर फर्कियो । ऊ यो पनि जान्दैन, उसलाई लाग्छु ऊ आशाको अपराधी हो । म पनि त त्यही आगोमा जलिरहेको छु । उसले आजसम्म न त्यस शून्यलाई भर्न सक्यो र न त्यसलाई प्रकट गर्ने आँट नै गर्न सक्यो । कति सजिलै आशाले उसलाई हृदयहीन करार दिएकी थिई । त्यो दिन कसरी ऊ आफ्नो हृदय र हातमा खालीपनको अनुभव लिएर फर्केको थियो । यो सोच्दासोच्दै थाहा छैन उसको आँखा कतिखेर निदाए उसलाई थाहै भएन ।

भोलिपल्ट बिहान कुश चाँडै नै त्यहाँ आइपुग्यो । तीनै जना समयमै रिबन काट्ने समारोहमा उपस्थित भए । यसपछि एक वरिष्ठ प्रोफेसरले उनीहरूलाई निर्देश दिँदै भित्र लिएर गए । चारैतिर सिसाको ठूल्ठूला आलमारीमा हड्डीको मानव आकृति, फोरमेलिनमा सुरक्षित मानव शरीर, अत्यन्त सफा तरिकाले दर्शनार्थ सजाइएको थियो । प्रोफेसरको धीर गम्भीर स्वर उँचा छत भएको त्यो विशाल हलमा गुञ्जिरहेको थियो । यो म्युजियम हो, मानवताको । यसलाई मृत्युकक्ष न सम्झिनुहोस् । यिनी मानवताका ती पुजारी हुन् जसले सहर्ष आफ्नो शरीर चिकित्सा शोधका लागि दान गरे । यी अवयवहरू जुन ससाना शीश महलमा सुरक्षित छन् । तपाईंं एक सम्पूर्ण नागरिकका रूपमा चिन्नुहोस्, जसका तपाईंंहरूका जस्तै आमाबुबा थिए अथवा अहिले छन् । जो रून्थे अनि हाँस्दथे, नाच्तथे अनि गाउँथे, खान्थे अनि पिउँथे । आफ्नो मृत्युमा पनि यिनीहरू अमर छन् र हामी यिनीहरूको अन्तर्मनबाट आभारी छौं । किनकि प्रोफेसर आए र गए तर यी मानव कंकालले वर्षौंदेखि तपाईंंहरूका बच्चाहरूलाई चिकित्सक बनाउनमा आफ्नो अमूल्य सहयोग दिइरहेका छन् । कृपया मुक्त मनले यिनलाई आफ्नो श्रद्धाञ्जलि दिनुहोस् । चारै तिरबाट ताली गडगडाहट आयौ । तर त्यो कर्णभेदी तालीको गडगडाहट रविले सुनेन । ऊ अतीतमै हराएर यिनै शब्दहरूलाई वर्षौं पछिबाट सुनिरहेको थियो । यो हुन सक्दैन…कहाँ न्युकासल, कहाँ एडिनबरा…पच्चिस वर्षको अन्तराल…प्रो. फर्युसन ?

एकाएक उसको दृष्टि एक सानो जारमा अड्किएको थियो । मुश्किलले दुई इञ्चको एक हृदय उसमा तैरिरहेको थियो । आफ्नो समस्त स्नायु संस्थानसँग टाँसिएर । तल उसको जन्मको तारिख र बिमारीको नाम लेखिएको थियो, बस । यो पनि लेखेको थियो कि यो सानो बालक जन्मदेखि यस्तो थियो र केही घन्टामात्रै जीवित रह्यो । यो देखेर रवि स्तब्ध रह्यो । उसको कलेजो धपधप गर्न लाग्यो । ऊ मन मनै गायत्री मन्त्र जप्न थाल्यो ।
रविले देख्याmे आशा वेगले अघि बढ्दै थिई । ऊ अचानक एक शिशी देखेर रोक्किई…फेरि अघि बढी, रविको ज्यानमा सास आयो । थाहा छैन के सोचेर आशा पछिल्तिर मोडिई र त्यही शिशीको अगाडि गएर उभिई, जसमा लेखेको थियो, १२–०२–१९८९ । तारिख देखेरै उसका आँखा त्यसमा गडिनैरहे । गोडा त्यहीँ जमिरहे । उसको शिर घुमानउन लाग्यो । उसका आँखा धमिलो हुन थाले । उसको मस्तिष्कमा डाक्टरको त्यही शब्द गुञ्जन लाग्यो । ‘अनडेवेलप हार्ट…’जुन शिशीमा लेखिएको थियो । उसले आफ्नो आँखा मिचेर फेरि राम्ररी हेरी…, उसलाई केही क्षण दृष्टि स्थिर गर्नमा लाग्यो । अगाडि उसले पढ्न सकिन । ऊ सोच्न सकिरहेकी थिइन । ऊ थिई कि थिइन ? यो हुनु र नहुनु के हुन्छ, उसले आफैलाई सोधी, उसको ममता रोइरहेथ्यो । उसको छाती चिरिन लाग्यो । उसको अतीतको पीडाको आवाज ऊँचा भएर आयो । उसले बिर्सिएकी थिई कि ऊ कहाँ उभिएकी छ । रोइरोईकन ऊ त्यो शिशीलाई कोतर्थी…, ठोक्थी…,चुम्थी,…समाउँदैै, बडबडाइरही– मेरो नानी…! मेरो नानी…! मेरो मुटुको टुक्रा…! तिमी यहाँ ? …किन…? तिम्रो यो हालत कसरी ? रवि र कुशले उसलाई भुइँ लड्न लाग्दालाग्दै बचाए । रविले उसलाई कोठाबाहिर लिएर गयो । उसलाई सम्झाउने कोसिस गरिरह्यो । आशा रिसले रविलाई कलरमा समातेर हल्लाइरही, तिमी त भन्दै थियौ– लवलाई वर्तमानसँग हैन, अतीतसँग सम्बोधन गर्ने गर । ऊ हेर लव तिम्रो सामुन्ने छ, मेरो छोरो…यहाँ कसरी…? किन…के तिमी जान्दैनौ…मरेर पनि मान्छे मर्दैन, जबसम्म उसको अन्तिम चिजहरूलाई पूरा गर्दिदैनन् । यहाँ हेर झुन्डिरहेको छ, हाम्रो छोरो । न बाँचेको न मरेको । उसको अनुहार बलिरहेको थियो । रवि नि:शब्द थियो । उसको घाँटीमा दोषको भावनाको गाँठो पर्न लाग्यो । ऊ जान्दैन, आशाको बिवचलित मनलाई कसरी शान्त पार्ने । रविले प्रेमले आशालाई अंकमाल गरेर सुम्सुम्यायो । उसले आप्mनो सुँक्कसुँक्कलाई शान्त पार्दै भन्यो– “आशा म अपराधी हुँ, तिम्रो । तिमी दुवै छोरालाई प्रोफेसर बनाउन चाहन्थ्यौं । हेर न, लव त कुशभन्दा पहिले नै प्रोफेसरको प्रोफेसर बनेर कत्ति प्रोफेसर बनाइसकेको छ ।

तीनै जना शान्त थिए । केवल रवि नै जान्दथ्यो कि ऊ पनि त्यही आगोमा जलिनै रहन्छ । यो उसको जीवनको कठिन र कठोर फैसला थियो । लवको कोमल अनुहारले अहिलेसम्म उसभित्र पीडा भरिहेको छ । ऊ बाउ पनि त हो । जाँदाजाँदै आशाको हेराइबाट जोगिएर उसले पछि फर्किएर लवमाथि दृष्टि लगायो र भन्यो, आशा ! सुन तिमीले…,उसले तिमीलाई बोलायो, आमा

कथाकार: अरुणा सब्बरवाल, बेलायत
अनुवाद: बैद्यनाथ उपाध्याय, भारत


Tags: अरुणा सब्बरवालबैद्यनाथ उपाध्याय
अघिल्लो पोष्ट

ऊ हराएको सूचना

पछिल्लो पोस्ट

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

अरुणा सब्बरवाल

अरुणा सब्बरवाल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पछिल्लो पोष्ट
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

बालबालिका, विज्ञापन र मिडिया शिक्षाको सवाल

बालबालिका, विज्ञापन र मिडिया शिक्षाको सवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही अनुहार – केही क्षण

केही अनुहार – केही क्षण

२२ फाल्गुन २०७७, शनिबार
देवकोटासँग एउटा साँझको कायान्तरण

देवकोटासँग एउटा साँझको कायान्तरण

२२ फाल्गुन २०७९, सोमबार
“साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई

“साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई

२२ फाल्गुन २०७९, सोमबार
अमेरिकासित साक्षात्कार – २ ( न्यूयोर्कमा सोलोखुम्बुको आतीथ्यसत्कार )

अमेरिकासित साक्षात्कार – २ ( न्यूयोर्कमा सोलोखुम्बुको आतीथ्यसत्कार )

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक