जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १४ भाद्र २०७९, मंगलवार
संस्कृति भित्र
0
नेवारहरू समुदायमा आदिकालदेखि नै मनाउँदै आएको चथाः

कला–संस्कृतिमा धनी समुदाय हो– नेवार । यदि नेवार समुदायभित्र खोज्दै जाने हो भने हरेक दिनजसो कुनै न कुनै पर्व पर्छ । चथाः पनि त्यसैमध्ये एक हो । र, यो पर्व दसैंसँग पनि जोडिएर आउँछ । चथाः जति राम्रोसँग मनाइयो, त्यति नै दसैं पनि राम्रो हुने जनविश्वासले जनस्तरमा यो चाड विशेष बनेको छ । साथै नेवार समुदायमा चथाः पर्वको दिन पानी परे दशैंमा पनि पानी पर्छ भन्ने जनविश्वास रहेको पाईन्छ ।

प्रकृतिको पूजा
मूर्तिपूजाको चलन सुरु हुनुभन्दा अघि नै नेवार समुदायमा पूजाको चलन थियो । बज्राचार्यको संस्कृति ज्ञानले भन्छ– मानवजाति प्रकृतिकै अंग भएकाले पूजा पनि प्रकृतिको गरिन्छ । सबैभन्दा भव्य पूजन पृथ्वीको हुन्थ्यो, जहाँ हामी बसिरहेका छौं । अनि हामीलाई जीवन दिने पानीको पूजन गर्ने चलन उत्तिकै अर्थपूर्ण छ ।
त्यसैले कुवा, इनार, खोला, धारा–पँधेरा पूजनको संस्कृति अझैं छ । प्रकृतिका अन्य अंगहरू पुजिन्छन् नै, कहिले नाग, कहिले भ्यागुता, कहिले काग त कहिले कुकुर । गाई पनि पुजिन्छ, अनि आफ्नै दाजुभाइ पुजिन्छ । कुमार पुजिन्छ अनि कुमारी पुजिन्छ । स्वयम् आफ्नो पनि पूजा गरिन्छ ।
आदिवासीहरूको प्रकृतिसँग अधिक निकट सम्बन्ध हुने हुँदा प्रकृतिपूजकको प्रवृत्ति हुने बज्राचार्य संकेत गर्छन् । आकाश, सूर्य, चन्द्रमा, रुख, जङ्गल, पहाड आदि सबैलाई पुज्नु र त्यसका लागि चाड निर्माण गर्नु आदिवासी विशेषता हो । चथाः पनि चन्द्रमा पूजनसँग सम्बन्धित छ, सूर्यको पूजा पनि हुन्छ नै ।

रमाइला कथा–मिथक
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको अध्ययनले भन्छ– चथाः नेवारहरूले आदिकालदेखि नै मनाउँदै आएका हुन् ।
मानवजातिले भलो गर्ने सबैको पूजा गर्ने चलन चलाएको हुन्छ । तर जीवनमा सधैं राम्रै मात्र हुन्छ भन्ने छैन । नराम्रो पनि त्यतिकै भइरहेको हुन्छ । यी दुवैलाई समान रूपले लिएर जीवन बिताउनु नै सुखमय जीवन हो । त्यसैले नेवार जातिले समाजका राम्रा मात्र होइन, चोरजस्तो नराम्रो तत्त्वलाई पनि पूजा गर्ने चलन रहेको छ । चोरलाई पुजेर मनाइने चाड हो चथाः ।

चथाःलाई चतुर्थी वा चौथी पनि भनिन्छ । ‘चौथी’ शब्द नै पछि गएर ‘चथाः’ भएको हो । चथाःलाई गणेश चौथी र मंगल चौथी पनि भनिन्छ ।यससँग जोडिएको एउटा कथा यस्तो छ– पार्वतीले आफ्नो रक्षाका लागि गणेशको सृष्टि गरिन् । त्यही दिन हो– भदौं शुक्ल चतुर्थी, बार मंगलबार । त्यसैले चौथी र मंगलबारलाई गणेशको बार मानिन्छ । चतुर्थी मंगलबारका दिन पर्दा शुभ मानिने प्रचलन यही कथामा आधारित छ । चौथीमा गणेशको मात्रै होइन, चन्द्रमाको पनि पूजा हुन्छ । तर चोर देवताको रूपमा । चन्द्रमालाई किन चोर देवता भनियो भन्ने कथा अर्कै छ ।

देवलोकमा विष्णुको नेतृत्वमा सभा भइरहेको थियो । सभामा पार्वतीपुत्र गणेशलाई चन्द्रमाले ‘सबै देवताको सुन्दर रूप तर गणेशको भने हात्तीको टाउको’ भनेर जिस्क्याइरहेकी थिइन् । यसरी जिस्क्याउँदा गणेशलाई रिस उठ्यो, अनि चन्द्रमालाई ‘तिम्रो अनुहार हेर्ने जति सबै चोर कहलाउन्’ भनेर श्राप दिए । श्रापका कारण स्वर्गका देवताहरूले चोर भइने डरका कारण चन्द्रमाको मुख हेर्न छाडे । कसैले पनि अनुहार नहेरेपछि चन्द्रमालाई अति लाज भयो ।

यसरी चन्द्रमालाई अप्ठ्यारो भएको थाहा पाई महादेव र अन्य देवीदेवताहरूले लड्डु, दूध, मूला, दुबो आदि चढाई चन्द्रमालाई क्षमा गरिदिनुपर्याे भनी गणेशसँग निवेदन चढाए । यसरी महादेवसमेत सबै देवताले अनुनय–विनय गरेकाले गणेशले पनि श्राप घटाए र भदौ शुक्ल चतुर्थीका दिनमात्रै श्राप लाग्ने गरी चन्द्रमालाई क्षमा दिए ।
भदौ शुक्ल चतुर्थीका दिन चन्द्रमालाई हेर्यो भने नचोरे पनि चोरको दोष लाग्छ भनेर चन्द्रमा नहेर्ने लोकचलन यही कथामा आधारित छ । यसै कथनमा आधारित भएर गणेशले चन्द्रमालाई दिएको श्रापको प्रभावले आफू चोर होइन्छ वा चोरको दोष लाग्छ भनेर भदौ शुक्ल चतुर्थीको दिन गणेशको पूजा गरी व्रत बसी चन्द्रमा नहेरी लुकेर बस्ने गर्दछन् ।
त्यतिमात्र होइन चन्द्रमा देखिनुअघि बिहानैदेखि तितो फल, खुर्सानी आदि शरीरमा बाँधेर आफूलाई चोरीको दोष नलागोस् भनी सतर्क भएर बस्नेहरू पनि छन् । सूर्य अस्ताउनेबित्तिकै झ्याल ढोका बन्द गरी गणेश पूजा गर्ने गरिन्छ ।

ग्वंग त्यसमा तर्क थप्छन्, ‘शीतलता प्रदान गर्ने, अँध्यारोलाई उज्यालो पारिदिने चन्द्रमालाईसमेत त्यतिकै चोरको दोष लाग्छ भने मानिसको जीवनमा जानी–नजानी चोरीको काम भएको होला वा नभए तापनि पछि हुन सक्ला । यसकारण वर्षमा एकपल्ट मात्रै भए पनि चोरीको कामलाई पनि सम्मान गर्नुपर्छ । यसलाई स्वाभाविक रूपमा लिइनुपर्छ भन्ने भावनाले चोर देउतालाई पूजा गरिएको हो ।’ त्यसो त, सांस्कृतिक रूपमा चन्द्रमालाई चोर देउता मान्ने र नमान्ने पनि छन् ।

चन्द्रमासँगै सूर्यको पूजा
नेवारहरूले सधैं पूजा गर्ने देवीदेवतामै पर्छन्– सूर्य र चन्द्रमा । सूर्यलाई बिहान र चन्द्रमालाई बेलुकी अक्षताले पूजा गरी बत्ती बाल्ने गरिन्छ । चथाःका दिन भने फूल र अबिर राखी विशेष रूपले पूजा गर्ने चलन छ ।

जुनसुकै चाड पर्व मनाउँदा पनि पूरै घर चोखो गर्नुपर्ने नेवारी संस्कृति यस दिन पनि लागू हुन्छ । नुहाएर शुद्ध भएपछि चन्द्रमा देखिने ठाउँ कौसीमा पूजा गरिन्छ । पूजा गर्ने थलोमा भुइँ लिपेर शुद्ध पारिन्छ । पूजामा चन्द्रमासँग सूर्यको मूर्ति राखी पूजा गरिन्छ ।

सूर्यको ढुंगाको मूर्ति प्रायः सबै नेवारको कौसीमा राख्ने चलन छ । चन्द्रमासँगै सूर्य राखी पूजा गर्नुको अर्थ चन्द्रमाले जस्तो मलिन किरण छरेर होइन, सूर्यले जस्तो तेज छरेर जीवन अघि बढाउनुपर्छ भन्ने अर्थ लगाउन सकिने संस्कृतिविद्को तर्क छ ।

चथाःको दिन बेलुकी चन्द्रमाको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । यस दिन चन्द्रमाको पुजा गरे वर्ष भरि चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाईन्छ । चोर देवतालाई पुजा गर्नेक्रममा साँझ चन्द्रमा देखिएपछि र सूर्यास्त हुने समयमा कमलको पातमा अनार, विमिरा, बोट सहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउ, बदाम लगायतका गेडागुडी राखेर पुजा गर्ने प्रचलन रहँदै आएको छ । पूजापछि देउतालाई भोज चढाइन्छ । चौथी पूजा सकिएपछि प्रसादसँगै भटमास, फलफूलका साथै समय बजी पनि खाने गरिन्छ । यो भोजमा घर परिवार समावेश नभएमा दसैंमा पनि छुट्टै बस्नुपर्ने हुन्छ भन्ने मान्यतालाई विश्वास गरेर सबै परिवार भेला भइ चाड मनाउने गरिन्छ ।


Tags: चथाः
अघिल्लो पोष्ट

उत्तरार्धको प्रेम

पछिल्लो पोस्ट

नचिनेको मान्छेसँग जाँदिनँ सार्वजनिक

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
नचिनेको मान्छेसँग जाँदिनँ सार्वजनिक

नचिनेको मान्छेसँग जाँदिनँ सार्वजनिक

अनिदो रात

अनिदो रात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गोपाल पौड्याल ‘मण्डने’को मुक्तकसंग्रह ‘झरनाको पानी’ विमोचित

गोपाल पौड्याल ‘मण्डने’को मुक्तकसंग्रह ‘झरनाको पानी’ विमोचित

५ जेष्ठ २०८१, शनिबार
हिन्दी भाषामा लिम्बू लोककथा

हिन्दी भाषामा लिम्बू लोककथा

४ जेष्ठ २०८०, बिहीबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

५ असार २०८१, मंगलवार
आइमाई

आइमाई

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक