डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह लोकार्पण गरिएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकार्पण गरिएको हो। विगतमा अन्य विभिन्न बिषयमा पुस्तकमार्फत ज्ञान दिँदै आएका दम्पतीले यस पटक भने यो कृति मार्फत जीवनलाई सफल बनाउने सूत्र समेटेको छ।
दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनमा साहित्यकार प्रा. डा. बासुदेव त्रिपाठी, प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्वसचिव शंकर प्रसाद पाण्डे र दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए । प्रा. डा. भागवत ढकालले कृति माथि समालोचना गरेका थिए ।