जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

अतृप्त प्रेम

दीपक शर्मा समीर दीपक शर्मा समीर
प्रकाशित ६ श्रावण २०७९, शुक्रबार
कथा भित्र
0
अतृप्त प्रेम

विज्ञान भन्छ, चार कोठा हुन्छन् मुटुमा । तर भन्न सकेन कुनै डाक्टरले माया मुटुको कुन कोठामा हुन्छ, भनेर ? न सक्छ, बताउन विज्ञान । आखिरी थियो माया सीमाको मुटुको कुन कोठामा रनेका लागि । कसरी भुल्न सकिन्छ र फेरि, गाउँको माटो, सानोमा हिँडेको बाटो । एकै–एकै समयमा एकैखालका सपना देख्दै हुर्केका हर्के र सिमा । जब–जब हिंड्छन् सानो छँदा सँगसँगै । हिँड्छ जवानी पनि सँगसँगै आफ्नै छायाले पछ्याएझैँ । जात नमिले पनि के भो ? मन त एउटै थियो । मन मिलेपछि न बूढो न तन्नेरी । सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको जिन्दगी हो आखिर ।

उमेर अलि पाकेको हर्के र भर्खरै जवानीले छोएकी सीमा । जब हुन्छ, एउटै मन मुटु दुवैको अनि पो छरपष्ट हुन्छ दुवैको प्रेम । फैलिन्छ गाउँभरि ढ्याङ्ग्रो ठोकेझै हल्ला । अनि गरिदिन्छन्, माइतीले त्यही हर्केसँगै विवाह । फरक छ जात । फरक छ उमेर । हर्के माथिल्लो जातको । सीमा तल्लो जातको । तर मेटेर कहाँ मेटिन्थ्यो, लेखेको भावीले छैठौं दिनमा । सुम्पिदिए हर्केको साथ माइतीले । अनि पो दु:खका दिन सुरु भए, दिन दोगुणा रात चौगुणा भनेझैँ सीमाका ।

खाँदैनथे छोएको सीमाले कैयौं समय घरपरिवार । सीमा तल्लो जातको रे । बरु दिंदैनथे खाना पेटभरि सीमालाई । गर्थे गाली । गर्न लगाउँथे काम सीमालाई हेला गरेर । सर्वस्व सम्झेर, जिन्दगीभर हर्केलाई साथ दिन हिँडेकी सीमा । धेरै समयसम्म बरु रुन्थी र आफै मन बुझाउँथी । दु:ख, सुखमा साथ दिने कसम खाएको त्यो हर्के । विवाह पछि गर्दै–गर्दैनथ्यो वास्ता सीमालाई । थियो रगत आखिर उसमा माथिल्लै जातको । जीवन संघर्षै संघर्ष हो भनेर सीमा रमाई रही हर्केले दिएको पीडामा ।

घरधन्दाले च्यापेको त्यो छिन । जब दुई जिउकी हुन्छे सीमा । बित्दै जान्छ समय । संघर्षै संघर्षको दोभानमा सुत्केरी हुन्छे सीमा । जन्मिन्छिन् छोरी लक्ष्मी वास्ता गर्दैन श्रीमान् र घरपरिवार । तातो न्यानो त कहाँ–कहाँको कुरा, दिंदैनथे पेटभरि खाना सुत्केरी हुँदा समेत । जे होस्, जेनतेन दु:खमै रमाउन जानेकी सीमा । दु:खमै रमाउँदै, हुर्काउँछे छोरी लक्ष्मी । फेरि जन्मिन्छन् केही वर्षको अन्तरालमा छोरा विजय । वास्ता गर्दै गर्दैनन् घरपरिवार पहिलेझै सीमालाई । हुर्काउँछे दु:ख, पीडा र संघर्षमै । छोरी लक्ष्मी र छोरा विजय । रम्छ श्रीमान् हर्के स्वार्थमा । माया के हो ? पीडित छे मायामा । थाहा छैन, श्रीमान र घरपरिवारको माया कस्तो हुन्छ सीमालाई । थाहा छ सीमालाई केवल दोभान हो, जीवन संघर्षै संघर्षको । भन्थी, हाँस्न र बाँच्न सिक्नुपर्छ । तर पनि पुग्थी ऊ कयौंपटक आत्महत्या गर्ने सोंचमा । तर सम्झन्थी सीमा जीवन संघर्षै संघर्षको भकारी हो भनेर । अनि सोच्थी छैन कायर हुनु जीवनदेखि, बहकाउँथी मन । छोराछोरीका लागि । किनकि भन्थी, बाँच्नुपर्छ र हाँस्नुपर्छ बाहिरी हाँसो । तर पनि गरिरहन्थ्यो हर्के कुटपिट बारम्बार सीमालाई । जे होस् चलिरहेकै थिए दु:खका दिनचर्या । संघर्षै संघर्षका एक दशक ।

जब जीवनमा एक दुर्घटना आईपर्छ । लाग्छ ठेस आत्मसम्मानमा सीमालाई एक दिन । श्रीमान हर्केको कुटाइ र सिन्दुर पखालिदिएको त्यो पीडा । अनि सोच्न बाध्य बनाउँछ सीमालाई । के जीवन संघर्षै–सघर्ष मात्र हो ?

तेस्र्याइ प्रतिप्रश्न आफैप्रति । भौतारिरही बारम्बार सीमा त्यही प्रश्नको जवाफ खोज्न । झस्काइरह्यो, पलपल उलाई त्यो प्रश्न । तर पनि धेरै दिन बितिसक्दा सकिन भेटाउन प्रश्नको उत्तर । थियो रित्तिसकेको दु:ख, सुखमा साथ दिने उसको आँसु । थिई केवल सीमा एक्ली । एक्कासी घण्टी बज्छ मोबाइलमा, त्यो पनि मिसकल । हो कि ? कुनै आफन्तको फोन । उत्सुकता जाग्छ, मनमा सीमालाई । फोन गर्छे सीमा । हुन्छ अपरिचित पुरुष । थिच्छे मोबाइलको रातो बटन । फेरि दोहोरिरहन्छ, मोबाइलको घण्टी । बाध्य बनाउँछ फोन उठाउन सीमालाई । हुन्छ सामान्य बोलचाल । फोन गरिरहन्छ, त्यो अपरिचित पुरुष । गरिरहन्छ भेट्न अनुरोध । नकार्न सक्दिन सीमा । कुनै दिनको अपरिचित बन्दै जान्छ, अत्यन्त सुपरिचित सशस्त्रको रने हवल्दार । सुख–दु:खका कुरा साटासाट गर्दै जाँदा साटिएको हुन्छ, एक अर्कामा मन मुटु । भेट्न आइरहन्छ, रने बारम्बार । भन्छ, धेरै माया गर्छु सीमालाई । र सीमा पनि बिसाउँछे भारी पीरको उसैसँग । सम्झाउँछ रने, रुन्छे मन हलुङ्गो नहुँदासम्म सीमा । खान्छ कसम र भन्छ रने, साथ दिन्छु जुनीजुनी ।

अपसोच । बित्छ धेरै दिन यसरी नै, खेल न हो समयको । कति दिन लुक्छ र सम्बन्ध । श्रीमान र घरपरिवारको केरकार । सीमाको स्वीकारोक्ति । कुटपिट गर्छ हर्के र घरपरिवार । मुर्छित हुन्छे सीमा । पुर्‍याउँछन्, छिमेकी र आफन्तले अस्पताल । ब्युँझिन्छे अस्पतालको बेडमा सीमा । रुन्छे, कराउँछे र भन्छे, हुँ मायाको घाइते । नसोध कहाँ दुख्छ । फर्कन्छे फेरि पनि त्यही घरमा र अँगाल्छे बाँकी सपनाहरु । संघर्षका दिन गनेर । थाहा हुन्छ सबै कुरा रनेलाई । लिन आउँछ, तर अस्वीकार गर्छे सीमा । अझैँ चाहना राख्थी सीमा, दाग नलागोस् इन्जतमा घरपरिवार र माइतीको । सीमा कहाँ छोड्न सक्थी, छोरा विजय र छोरी लक्ष्मीको मुटुभरिको माया । आखिर रुन्थ्यो रने, सीमाको दु:ख सुन्न र हेर्न सक्दिन भनेर । पठाउँथी सीमा सम्झाई बुझाई रनेलाई । दिन प्रतिदिन खेपिरहन्थी सीमा शारीरिक र मानसिक पीडा । जब थाहा हुन्छ सबै–सबै र फेरि लिन जान्छ रने । रनेसँगै जान मान्दिन सीमा । ढाँट्न खोज्छे सीमा अर्को जान्छु भनेर । तर रने भइसकेको हुन्छ, सीमाको मायामा पागल । सीमा रनेसँग जान नमाने पछि मायामा पागल भइसकेको रने राखिदिन्छ, सीमाको घर छेऊमै पत्र लेखेर । लगाउँछ, जिन्दगीको गोरेटोमा पूर्णविराम झुण्डिएर नजिकैको सिमलको रुखमा, गर्छ आत्महत्या । उडाउँछ, त्यही सिमलको रुखको भुवाझै बाँकी सपनाहरु । फैलिन्छ सनसनी क्षितिज पारि–पारिसम्म । सीमालाई फेरि एउटा अर्को घात ।

पीडित छे मायामा । तर पनि श्रीमान हर्के, छोरा विजय, छोरी लक्ष्मी र परिवारसँगै छे सीमा । पिट्दैन हर्के सीमालाई पहिलेझै । रनेको त्यो घटनापछि । तर भोकी छ मायामा सीमा अझै पनि । चाहँदिन सुन्न समाजका अनावश्यक टीका–टिप्पणी । तर, तयार छे बरु मर्न । चाहन्छे सीमा नलागोस् इज्जतमा दाग माइती र घरपरिवारको ।

मायामा कमी, श्रीमान हर्केको । सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको रनेको मायामा पागलपन । आज फेरि, भौतारिन बाध्य बनाएको छ सीमालाई । मानसिक र शारीरिक पीडामा । मायामा अतृप्त भएर ।


Tags: दीपक शर्मा समीर
अघिल्लो पोष्ट

सर्वनाममा ‘सपना अनेक-अनेक’

पछिल्लो पोस्ट

नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

दीपक शर्मा समीर

दीपक शर्मा समीर

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार : केदारनाथ प्रधान

लाकोजूका दुई कृति लोकार्पित

लाकोजूका दुई कृति लोकार्पित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

किन हो मानिस बाँचिरहन्छ ?

किन हो मानिस बाँचिरहन्छ ?

३ जेष्ठ २०७९, मंगलवार
आगोको पाइला

आगोको पाइला

४ जेष्ठ २०८१, शुक्रबार
मेसिनको आवाज

मेसिनको आवाज

३ जेष्ठ २०७८, सोमबार
कुन अवतार लिऊँ म?

कुन अवतार लिऊँ म?

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक