मेरी आमाले थिरिरि नानी थिरिरि … गर्दै हिँडाएको बाटोमा वामे सर्दा तिम्रो माटोमा टेक्ने सुसौभाग्य पाएकी हुँ । तिम्रा कर्मठ सुपुत्रद्वय (श्रीराम श्रेष्ठ र मधुसूदन पाठक) सँग यही बाटोमा युगान्तर पत्रिकाको माध्यमबाट भेट भएको थियो २०६१ सालतिर । युगान्तरको लागि एउटा लेख–रचना केही चाहियो भनी सम्झ्ेका रहेछन् । आमासँगको विछोडको रनाहा, मृत्युले दिएको दनक यति दर्दनाक थियो, केही लेख्नै सकेकी थिइनँ । तर नाईं भन्न पनि नसक्ने केही लेखिहाल्न पनि नसक्ने मेरो हालत थियो । आखिर केही सीप नलागेर बिदा म दिन्नँ आमा जान्छ्यौ तिमी कसोरी भन्ने एउटा सानो कविता जानी–नजानी कोरेर दिएँ । हाम्रो सम्बन्ध यसले झ्न् बढायो, आपसी स्नेह बढ्यो । यसैको सन्दर्भले २०६३ असोजतिर एकदिन नुवाकोटबाट श्रीराम श्रेष्ठको फोन आयो,– दिदी तपाईंलाई एउटा दु:ख दिन्छु, मङ्सिर २२ र २३ गते दुई दिवसीय नुवाकोट साहित्य महोत्सवमा साथ दिन आइदिनुपर्छ, नाई नभन्नुहोला ।
नुवाकोट ! तिमीलाई थाहा छ ? म कति खुसी भएँ । आफ्ना दुईचार साथीहरू पनि आमन्त्रण गर्न सक्छु भन्ने सुनेपछि मलाई झ्न् सजिलो भयो । अनि मैले साहित्यकार हिरण्यकुमारी पाठक, शुभ श्रेष्ठ, गोपी शर्मालाई जाने होइन त भन्दै सँगै जान तयार गराएँ । सबै खुसी थियौं । जाडोको मौसम, मङ्सिरको महिना जाडोले बेस्करी सताउला कि भन्ने पीर पनि लागेन । स्नेह र श्रद्धा कति मीठो हुन्छ आस्वाद लिन जान्नेलाई थाहा हुन्छ ।
मङ्सिर २२ गते शुक्रबार विहान गोंगबु माछापोखरीमा जम्मा भएर जानु थियो । त्यो दिन क्याम्पसमा एक पिरियड मात्र कक्षा लिनुपर्ने भएकोले हिरण्यकुमारी पाठक र शुभ श्रेष्ठलाई म कक्षा लिएर ७:२५ तिर जमल चेम्बर अफ कमर्स अगाडि आइपुग्छु । हामीमध्ये जो पहिला पुगे पनि त्यहीँ कुरिरहने अनि तीनैजना सँगै जाने निर्णय गरेका थियौं । उहाँहरू त त्यहाँ चाँडै पुग्नुभएछ । मेरा श्रीमान् भगीरथ काफ्ले त्यहाँ पुग्नुभएको देखेर लौ माइक्रो पनि आयो, तपाईं गार्गीलाई लिएर आउनुहोस्, हामी जाँदै गर्छौं भन्दै हिँड्नुभएछ । माछापोखरी कहाँ छ हामी तीनैजनालाई थाहा थिएन । तैपनि माइक्रोमा जानुभएको, पुग्नुहुन्छ होला भन्ने लाग्यो । मचाहिँ काफ्लेजीले पुर्याइदिनुभएकोले सजिले पुगेँ । तर झ्न्डै आधा घण्टाजति अगाडि हिँड्नु भएका दुवैजनालाई त्यहाँ देखिनँ बरु मैले नै जाऊँ नुवाकोट भनेर दुईचार दिनअगाडि मात्र बोलाइएका मेरा क्याम्पसका सहकर्मी डा. चन्द्रमान बज्राचार्य त्यही पुग्नुभएको रहेछ । उहाँलाई देखेर खुसी लाग्यो । तर जतिबेर कुरे पनि हिरण्यकुमारी, शुभ र अझ् गोपा एक्लै त्यहीँ पुग्छु भन्नेलाई पनि देखिनँ । परेन कि फसाद ! मैले नै पहल गरेर उहाँहरूलाई बोलाएकी । कस्तो झ्ुटो ! जाऊँ एक्लै कसरी जाऊँ ? नजाऊँ पनि कसरी ! अनि उहाँहरूलाई खोज्न जाऊँ पनि कहाँ खोज्न जाऊँ, आफूलाई त्यताको बाटो कतै केही थाहा छैन । मेरो गल्ती होइन नपर्खनेहरूकै हो भन्ने लागे पनि रुन्चे अनुहार लिएर म बसमा बसेँ । आधा मन त्यहीँ वरिपरि छोडेर शरीर बसमा राखेर म बसिरहेँ ।
बस बालाजु हुँदै गुड्यो । एक्कासि उहिले सुनेको गीतको रन्को मनमस्तिष्कमा गुञ्जियो – बालाजुको बाइसे धारामा, धारामा कति मीठो पानी … । यसैबेला बसबाट नागार्जुनको ओसो तपोवनको प्रवेशद्वार देखेँ । अनि सम्झ्ेँ बालाजुमाथिको नागार्जुन वन । सानै उमेरदेखि उक्त नाम सुनेकी भए पनि दक्षिणभारत विदर्भ जनपथ ई.पू. ८३ अर्थात् बुद्धको जन्मभन्दा ४०० वर्षपछि जन्मेका नालन्दा महाविहारका (नालन्दा विश्वविद्यालय) महायान बौद्धदर्शनका महान् दार्शनिक नागार्जुनको तपोभूमि हुनाले उनैको नामबाट पछि त्यो ठाउँको नाम नागार्जुन रहन गएको भन्ने कुरा भर्खर मात्र मैले थाहा पाएकी हुँ । अहिले त्यही भूमि ओसो तपोभूमि बनेको सुनेर मन झ्न् रमायो । साँच्ची नै नेपाल प्रकृतिको रमणीय भूमि, कैयौं महात्माको तपोभूमि बनेको छ, सुन्दर शान्त यो भूमि । त्यही भूमिकी एउटी छोरी हुन पाएकोमा कहिलेकाहीँ म आफूलाई पनि धन्य सम्झ्न्छिु ।
बस आफ्नै गतिमा गुडिरहेको थियो, मैले नचिनेको र नदेखेको ठाउँ हुँदै । तैपनि स्कुल, रिसोर्ट अझ् भनौं वरिपरि विभिन्न फलफूलका रुखबिरुवा, बीचमा साना चिटिक्क परेका घरहरू देख्दा मनै लोभिन्थ्यो । थुम्कैथुम्काबाट बाटो बनाउँदै नागबेली हुँदै गइरहेको बाटोले यात्रा रमाइलो बनेको थियो । अकस्मात मेरो कान बेस्करी दुख्न लाग्यो, उचाइको हावाले हो कि ! एकपटक छोटो दूरीको हवाई यात्रामा पनि यस्तै भएको थियो । समुद्र सतहदेखि कुनै उचाइमा पुग्दा यस्तो हुने हो अथवा अन्य कारणले हो मलाई थाहा भएन । केही छिनपछि एकैचोटि निको पनि भयो । मैले सोचेकी थिएँ, नुवाकोट तिमीकहाँ पुग्न पनि नदी किनारैकिनारको बाटो होला, पोखरा जाने बाटोजस्तै । तर त्यस्तो रहेनछ । अनि सम्झ्ेँ सायद यो उहिलेदेखिकै गोरेटोको विकसित बाटो हुनुपर्छ । हामीमध्ये कसैबाट पनि नदीको किनारैकिनार बाटो बनाउने योजना सायद बनेको छैन ।
बसको झयालबाट आँखाले भ्याएसम्म परपर हेरिरहेँ । अनि बेलाबेलामा ती छुटेका साथीहरूको सम्झ्नाले मनै भरङ्ग भइरह्यो । यसरी नै तादी खोलाको पुल पार गरेछौं । त्यहीँ बेला बैरागी जेठाले दिदी तपाईंलाई भन्दै एउटा किताब दिए – शची । जी.के. चेस्टरटनले लेखेको मैले खल्तीमा के पाएँ९ध्जबत क्ष् ायगलम ष्ल mथ उयअपभत० भन्ने निबन्ध सम्झ्ेँ । उक्त निबन्धको सार के थियो भने बस या रेल जेमा पनि यात्रा गरिरहेको बेला सानो कुनै लेखोट मात्र पाउँदा पनि त्यसलाई ओल्टाइपल्टाइ दोहोर्याइ तेहर्याइ पढ्दा समय बिताउन धेरै सजिलो हुन्छ । नभन्दै शचीले त्यही काम दियो मलाई । एक सय बीस श्लोकमा जापानी शैली तान्कामा लेखिएको रहेछ उक्त शोककाव्य । गुडिरहेकै बसको बसाइँमा उक्त पुस्तकको भूमिकादेखि लिएर सिङ्गै पुस्तक पढिसकेँ । साथीकी छोरीको बाह्र वर्षकै उमेरमा असामयिक मृत्यु भएकोले वैरागी जेठाले शोक तान्कामा छताछुल्ल गरेर पोखेका रहेछन् । तान्का शैलीमा लेखिएको यो प्रथम शोककाव्य रहेछ । वैरागी जेठालाई हृदयदेखि नै बधाई दिएँ, उनको कलम जुनसुकै विषयमा पनि यति नै सशक्त र प्रवाहमयी बनोस् भन्ने शुभकामना दिएँ । बरु यो काव्य पढिसकेपछि कताकता म पनि अब यस्तै लेख्छु भन्ने हिम्मत बटुलेँ । थाहा छैन भोलिको कुरा के हुन्छ । तैपनि जीवनको कुनै क्षण कति महत्वपूर्ण भएर हाम्रो सामु आउने रहेछ । आज एकैछिनपछि राष्ट्र कविबाट उक्त पुस्तक विमोचन गर्न लागिएको रहेछ । तर उनले बसमा पहिले नै मलाई दिए । बसका अरू यात्रीहरूले पनि मागे तर वैरागी जेठाले विमोचन गरेपछि दिउँला, दिदी त समालोचक भएकोले पहिल्यै दिएको पो भने ।
झ्न्डै तीन घण्टाजतिपछि बस गन्तव्यमा पुगेछ – रोकियो । बसबाट ओर्लने बित्तिकै नुवाकोट ! तिम्रो भूमिको माटो उठाएर शिरमा लगाएँ । यो जिल्ला मेरी हजुरआमा पवित्रादेवी (जमुनादेवी) को पावन जन्मभूमिको जिल्ला हो, अनि मेरी आमा गोमाले पनि २०१३/१४ सालतिर टेकेको यो जिल्ला हो । एउटी नर्स र दुईतीनजना खोपाउन तालिम प्राप्त गरेका महिलाहरूसँग उहाँ पनि तिम्रो कुनै एउटा गाविसमा जानुभएको थियो । त्यो गाउँ मलाई सम्झ्ना छैन । तिमीलाई थाहै होला त्यसबेला विफरको खूब महामारी चल्थ्यो नेपालमा । यसले गर्दा कतिको ज्यानै जान्थ्यो भने कति कुरूप (छ्याकटे) बन्दथे । त्यसैले बेलाबेलामा केटाकेटीलाई र ठूलालाई पनि खोप दिने चलन थियो सहरतिर । गाउँमा भने को गएर खोप दिनु ? कतिपय गाउँमा स्वास्थ्य चौकी के हो, थाहै हुँदैनथ्यो । बाटोघाटो तथा सवारीसाधनको कमीले गर्दा गाउँलेहरू स्वास्थ्यसेवाबाट साह्रै ठगिएका हुन्थे । रोगव्याधिबारे देवीदेवतामा आस्था राख्दै बाँच्ने ती ग्रामीण जनता विफरलाई ‘शीतलामाता’को कृपा अथवा आक्रोश सोचेर बाँच्दथे । गोमाजी त्यसबेला स्वास्थ्य मन्त्रालयमा सामान्य कर्मचारी हुनुहुन्थ्यो र वीर अस्पतालको परिसरभित्र उक्त अफिसको एक शाखा थियो । त्यहीँ गर्मी मौसम सुरु हुने बेला वरिपरिका केही गाउँलेहरू आएर खोप लिने गर्दा रहेछन् पाखुरामा खोप लिएको देख्दादेख्दै उहाँलाई यो काम त्यति गाह्रो लागेनछ । त्यसैले आफूले पनि एकदुई दिनमा सिकेर वरिपरिको गाउँमा गई जनसेवा गर्न सके धेरैको भलो हुन्थ्यो भन्ने लागेछ । मान्छेमा कुनै पनि काम गर्न आँट हुनुपर्दछ । त्यसैअनुसार उहाँले खोपाउन सिकेर दुईतीनजना साथीहरूका साथ त्यो जिल्ला पुग्नुभएको थियो । यसरी मेरी आमाबाट पवित्र उद्देश्यले टेकिएको यो जिल्लामा मैले पनि टेक्न पाउँदा निकै खुसी लाग्यो । यो खुसीको श्रेय युवा जोस र जाँगरले भरिएका साहित्यकार तिम्रा सन्ततिहरू श्रीराम श्रेष्ठ र उनका साथीहरूलाई दिन्छु ।
अतिथि स्वागत कस्तो बिर्सिनसक्नुको स्वागत ! बसबाट ओर्लनेबित्तिकै धिमेबाजा र पञ्चेबाजा बजाउँदै हामीलाई डोर्याइयो । आफ्नै बाजा, आफ्नै भाका, क्या मीठो वातावरण । बट्टार युवा क्लबको आँगनमा पुग्ने बेलामा त झन् रमाइलो । रातो टीका लगाइदिँदै एक–एक वटा झेला दिँदै स्वागतद्वारबाट छिराइयो । दसैँको टीकाजस्तै सबैको निधारमा रातो टीको छ । सबै–सबै रमाएका छन्, यताउता फर्याकफुरुक गर्छौं । कति रमाइलो वातावरण । यही बेला अन्तिम बसबाट मित्रहरू पनि आइपुग्नुभयो । अब बल्ल म खुसीले धपक्कै भएँ । धन्य नुवाकोट, मेरा छलिएका मित्रहरूलाई भेट्टाइदियौ तिम्रो आगनमा । कतिपय साहित्यकारहरू त बालाजु माछापोखरी भनेर पर्खंदापर्खंदा कसैलाई नभेटेर आफ्नै घर पनि फर्केछन् ।
खाना तयार छ । जसलाई जे मन लाग्छ खाऊ । नेपाली भान्छाघरको परिकार छ – दाल, भात, तरकारी, अचार आदि । जो निरामिस छन्, जो उक्त भान्छाको खाना नखाने छन् उनीहरूका लागि फलफूल छ । तिम्रा सन्तान सबैजना पाहुनाप्रति यति आस्थावान् छन् कि कसले खायो खाएन खूब निगरानी राख्दछन् । जे खानुहुन्छ भन्नोस् हामी खुवाउँछौं भन्छन् । धन्य तिम्रा बट्टारका सन्तानहरू !
खाना खाइसकेपछि एक बजेतिर सीडीओ कार्यालयको हलमा यस महोत्सवको कार्यक्रम हुने रहेछ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रकविको फोटो बाटोभरि ठाउँठाउँमा टाँसिएको छ, बाटोको दुवै किनारामा जलघडा छ, उही पञ्चेबाजा र धिमेबाजाको स्वागत अनि विद्यार्थीहरू अघिअघि छन् । हामी पनि लाइन लागेर बाजाको तालमा पाइला सार्दै हिँड्यौं, झ्न्डै एक घण्टा लाग्यो उक्त स्थलमा पुग्न ।
शिक्षण पेसा पनि तिम्रो आँगनमा पुग्दा झ्न् आकर्षक र मर्यादित लाग्यो मलाई । नमस्कार मा’म भन्दै शिर झ्ुकाउँछन् तिम्रा सीडीओ साहब । मलाई अप्ठ्यारो लाग्छ, प्रशासनको त्यति ठूलो पदमा पुगेका उनले पो नमस्कार गर्छन् । हुन त हिजो आज शिक्षण पेसा केही नपाए पनि अपनाउनु भन्दछन् । तर यो मर्यादित पेसामा सबै शिक्षक अथवा शिष्य एकै ड्याङका हुँदैनन् भन्ने हामीले बुझनुपर्छ । दुवैथरि आ–आफ्नो मर्यादाभित्र बस्ने गरे नराम्रो परिणाम भोग्नुपर्ने अवस्था कमै आउन सक्छ । म त जहाँ मेरा विद्यार्थीहरू भेट्छु सबै शिष्ट, सभ्य र अनुशासित नै पाउँछु । जतिसुकै उच्च दर्जामा पुगे पनि उनीहरूमा पदको मद मैले पाएकी छैन । त्यही सुखद अनुभव मैले त्यहाँ पनि पाएँ ।
राष्ट्रकविबाट दीप प्रज्ज्वलन गरी साहित्यिक महोत्सवको उद्घाटन भयो । मञ्चमा केही साहित्यकारहरू, तिम्रो जिल्लाका विभिन्न निकायका पदाधिकारीहरू बट्टार युवा क्लबका केही पदाधिकारी सदस्यहरूबाट आसन ग्रहण गराइयो । त्यति ठूलो हल खचाखच भरिएको थियो । पुष्कर लोहनी, खगेन्द्र सङ्ग्रौला आदिबाट यो महोत्सवको लागि शुभकामना दिएपछि मदन पुरस्कार विजेता कृष्ण धरावासीबाट कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्रले कतिलाई चित्त बुझयो अथवा बुझएन म भन्न सक्दिनँ तर निष्पक्षमा भन्ने हो भने मलाई चाहिँ राम्रो लाग्यो । निश्चय नै कुनै पनि कार्यपत्रले सम्पूर्ण तथ्य समेट्न सक्दैन, सबैले आफूले खोजेको जस्तो पाउन सकिन्न । अनि झ्न् आफ्नो नाम र प्रशंसा खोज्नेहरूले उक्त कुरा पाउन सकेनन् भने रिसले आगो हुने रहेछन् र धेरै दिनसम्म दागा धर्ने पनि रहेछन् । त्यसबेला उनीहरूले पन्ध्र–बीस मिनेटमा वाचन गरिसक्नुपर्ने कुनै पनि कार्यपत्रमा सबैलाई समेट्न सकिन्न भन्ने बुझ्दििनुपर्दछ ।
अतिथिहरूबाट केही कविता र गजल वाचन भयो । नुवाकोट ! तिम्रा सन्ततिहरू धेरैजसो गजलप्रेमी रहेछन् । तिमी पनि कति प्रसन्न भयौ होला होइन ? गजलको होली खेलिरहेछन् नवकलीहरू । गजलकार अलीहरू भुनभुनाइ रहेछन् । बैँस राताम्य भएर फुलेको छ, बैँसालु मनका धनीहरूले सर्वत्र रङ्गीन बनाएका छन् तालीका ताली बजिरहेछ, हाँसोको फोहरा छुटिरहेछ । वर्षौंवर्ष घामपानीले पाका बनेकालाई पनि त्यसको प्रेममय शृंगारिक रङ्गले मुहारभरि हल्का गुलाफी मुस्कान छर्दिएको छ । अनौठो वातावरण छ, अनौठो परिदृश्यले स्वप्नवत् बनेका छन् सबै स्रोताहरू । जीवन डालीडालीमा पातपातमा पलाइरहेछन्, हरियालीको वहार भोगिरहेछन् गजलको आस्वादमा । कतै मोरीलाई छेड हान्छन् त कतै मेरीलाई सम्झ्न्छन् । आहा ! झ्न् नुवाकोटका स्थानीय भाइको सुरिलो गलाबाट गीतको प्रवाह निस्रित हुँदा पूरा सभाकक्ष स्तब्ध भएको थियो । कति मार्मिक गीतका गेडा अनि कति मीठो गला र भाका ! राष्ट्रकवि पनि उक्त गलाबाट विमुग्ध भएर आफ्नो गीतको गेडा दिँदै त्यसमा सङ्गीत र गला दिन उनलाई आग्रह गर्नुहुन्छ । सभाको अन्त्यमा प्रमुख अतिथिको आसनबाट आफ्नो अठार वर्षे यौवनको बेला त्यही तिम्रो भूमिमा टेक्दै काठमाडौं पुगेर अहिलेसम्म काव्यसाधना गरेको कुरा उहाँले सुनाउनुभयो । गीतका फाँकी, भाका र कला यति मिलेको थियो कि त्यहाँ सायद कसैको पनि आँखा ओभानो रहेन । गायकको गलाबाट त्रिसुलीको प्रवाह बगेको थियो, गीतको बोलबाट एउटी नारीको कथा–व्यथा चीत्कार गुञ्जिरहेको थियो । गीत गुञ्जिएको त्यो क्षण हामी सबैको लागि जीवन्त क्षण बनेको थियो ।
हिजोआज नेपालीहरू एउटा सङ्क्रमणकालबाट गुज्रिरहेका छौं, सबै नयाँ नेपालको परिकल्पनामा डुबिरहेका छौं । नयाँ नेपालको योजनामा लागिपरेका छौं । यस्तैमा कसैले कविलाई राष्ट्रकवि उपाधिबारे केही प्रश्न गर्न खोजे । तर नुवाकोट, तिम्रो सुसंस्कृत र मर्यादित परिवेशमा यसबारे लामो गन्थनमा अल्झ्निु परेन । सुन्नेले सुनिहाल्यो, बुझनेले बुझ्हिाल्यो र बुझउनेले पनि विना आक्रोश शिष्ट भएरै बुझए ।
कार्यक्रमपछि फेरि हामी बट्टार युवा क्लबको आँगनतिर फक्र्यौं । पानी सिमसिम पर्न खोजेको थियो । सुशीतल जलले एकक्षण अभिसिञ्चित भयौं । अनि क्लबको आँगनमा पुग्दा खानाको मीठो बास्ना हरहर मगमगाइरहेथ्यो । यस्तो बेला म अलि अमिल्दो पनि हुन्छु साथीहरूसँग । शाकाहारी हुनु पनि कतिपय बेला अप्ठ्यारो आइपर्ने रहेछ । यसैले गौतम बुद्धले भनेका होलान् आफ्नो दानपात्रमा जे हालिदिन्छन् त्यही खानुपर्छ । किन हो मैले यो उपदेश मनन गर्न सकेकी छैन । तैपनि यसबेला म ग्रीसेली दन्त्यकथाका पात्र पान्डोरा र इपिमेथसको जीवनकाल सम्झ्न्छु – न कमाउने झ्न्झ्ट, न पकाउने चिन्ता । क्लब परिवारले सबै–सबै तयार गरेका छन् ।
साँझ् झ्मक्क परेको छ, परपरसम्म पनि गाउँ झ्लमल्ल देखिन्छ । आकाशमा ताराहरू झ्लमलाएका छन् । हामी पनि त्यो आँगनमा यतिका जना सबैसँग बसेर खाना खान पाउँदा रमाएका छौं – एकै परिवारका हामी एउटै राष्ट्रका सन्तति । मन खुसीले बिछट्टै फुरफुरिएको छ । यसैबेला मेरा साथैमा बस्ने साथीलाई आजको यो क्षण जीवनभर बिर्सिन्न होला भनी सुनाउँछु । उनी पनि उत्फुल्ल हुँदै स्वीकार्छन् । अनि सम्झउँछन् पनि, झ्ण्डै दसएघार वर्षदेखि माओवादीको सङ्घर्षले पेलिएका क्षेत्रमध्ये यो नुवाकोट हाल वार्ताबाट शान्त र सुरक्षित भएको छ । यसैले प्रत्येकको मुहारमा खुसी छाएको छ, यो भूमिको कणकणमा शान्ति छाएको छ, न्यानो घाम लागेको छ । उनको अभिव्यक्ति यति मार्मिक शैलीमा थियो कि मेरो मनमझ्ेरीको एक कुनो विगतमा भएको हिंसा, हत्या रोदन, चीत्कार, रगतको आहाल र जीवन–मृत्युको सन्त्रासले भरियो भने अर्को छेउ आज अहिले आनन्दपूर्वक मनाइरहेको साहित्य महोत्सवका बैंसालु क्षणले उमङ्गियो । एकैछिन घोरिँदै सोचेँ मानव–इतिहास परापूर्वकालदेखि यस्तैले बनेको छ – कहिले शान्ति कहिले युद्ध । एकै परिवेशमा हामी कहिल्यै लामो समयसम्म सायद टिक्न नसक्ने मानवस्वभाव हो कि ? कहिले आगो, कहिले पानी । इतिहास भन्नु नै यी दुई तत्वको सङ्घर्ष । एउटाको जीत अर्कोको आँसु, निर्धनको आँसु बलियोको हाँसो, जीवनको परिभाषा ! इतिहासको यही शृङ्खला ।
यो दिनको अझ् केही क्षण बाँकी रहेकाले हामीलाई नजिकैको हलमा एउटा नाटक देखाउन लगियो – महापात्र । नाटक लेखकहरूकै बारेमा थियो र मनोवैज्ञानिक पनि ।
सबै आमन्त्रितहरू एउटै होटलमा नअटाउने भएकाले ठाउँठाउँमा छरिनुपरे पनि सबैलाई राम्रो व्यवस्थित गरिएको थियो । कोही कहीँ अलपत्र परेनन् । होटल लजमा मात्र नभई क्लबका सदस्यहरूको घरघरमा पनि सौहार्द्रपूर्ण स्वागत गरिएको थियो । नुवाकोट ! ‘अतिथि देवो: भव’को पाठ आफ्ना सन्तानलाई राम्ररी पढाएका रहेछौ । त्यसैले हामी आ–आफ्नो आरामकक्षमा मस्त निदायौं ।
मीठो निद्राले स्वस्थ र स्वच्छ बनेको थियो हाम्रो तन र मन । अनि २३ गते बिहान चरीको चिरबिरसँगै बिउँझ्यिौं । चियानास्ताको लागि उही क्लबको प्राङ्गण पुग्यौं, बिहान अलिअलि चिसो थियो, माटो ओसिएको थियो, दुवोमा अलिअलि शीत टल्केको थियो । सूर्यस्नान पाएपछि माटोको सुगन्ध चारैतिर व्याप्त भयो । अहा ! सूर्यको किरण साथै माटोबाट निस्केको सुगन्ध कति मनेमोहक हुने रहेछ, बल्ल पो थाहा पाएँ । माटोबाट हुसुस्स वाफ उडेको दृश्य झ्न् रमाइलो ! वरिपरि रुखहरू छिचोल्दै घामका छिर्काहरू जाली बन्दै छिरेको थियो हाम्रो आँगनमा ।
आफ्नो रुचिअनुसार बिहानको चियाचमेना खाएर तिम्रो ऐतिहासिक साततल्ले दरबार हेर्न जाने तरखरमा लाग्यौं । नौ बजेको रमाइलो पहारिलो घाममा नुहाएको प्रकृतिले सबैलाई कलिलो घामको आस्वाद चखाइरहेको थियो । वरिपरि हरिया–नीला डाँडाकाँडा, ठाउँठाउँमा देखिने हिमाली चुचुरा ! सिपालु अनि भावुक चित्रकारले बनाएको चित्रकलाजस्तो विचित्रको दृश्य ! अनि त्यसैको बीचमा विशाल फाँट । नुवाकोट ! तिम्रा आकृति नै अरूभन्दा भिन्न लाग्यो – हिमाल, पहाड र मधेशको सङ्गमस्थल । त्यहीबेला मैले सुनेँ तिम्रो त्यहाँ नौवटा कोट भएकोले नौकोट, अनि नवकोट हुँदै नुवाकोट नामकरण भएको रहेछ ।
हामीलाई तिम्रो ऐतिहासिक साततल्ले दरबार हेर्न जानु थियो । कालोपत्रे सडकमाथि हामी फेरि गुड्न थाल्यौं । त्यति अग्लो डाँडाको सिरानीमा पुग्नुपर्ने रहेछ । बस घुम्दै–घुम्दै माथि–माथि हुँदै गइरहेको थियो, त्रिभुवन राजपथलाई सम्झउने बाटो रहेछ । बाटोको दुवै छेउमा अग्ला–अग्ला सल्लाका रुखहरूले पहरा दिइरहेका थिए, बताससँगै सुसाउँदै थिए । प्रत्येक यात्रीलाई स्वस्थ हावाले स्वच्छ र ताजा बनाइदिन्थे भने अनेक पंक्षीलाई आफ्नै वक्षस्थलमा आश्रय दिइरहेका थिए । यो रमाइलो वातावरण देख्दा मनले भन्थ्यो तिम्रै प्रकृतिको साथमा वरिपरि रुखको घेराबीच घाम र जूनमा नुहाउने वनपाखाको काखमा जीवनका केही दिन बिताउन पाए अथवा यिनै चराहरूसँग डाँडाकाँडामा पुग्न पाए, डालीडालीमा नाच्न पाए अनि थुम्काथुम्कामा टेक्न र घुम्न पाए ! मनै न हो, जे पनि खोज्ने रहेछ, जे पनि सोच्ने रहेछ ।
साततल्ले दरबारको आँगनमा रहेको भैरवीको मन्दिरमा हामीले भैरवीको दर्शन गर्यौं । जहाँ पनि मन्दिरवरिपरि माग्नेहरू देख्थ्यौं हामीले तर त्यहाँ एकजना पनि देखेनौं । अचम्म लाग्यो ! पृथ्वीनारायण शाहको साततल्ले दरबारकै परिसरमा उनका आफ्ना भाइभारदार, पल्टन आदिका घरहरू पनि देख्यौं । उक्त दरबार चढ्ने मौका पनि पायौं । दरबार घामपानी र समयले जीर्ण भइसकेको रहेछ । कालीगढीयुक्त कति बहुमूल्य सामानहरू त्यसै मिल्किएका थिए चोटाकोठामा । कति हराए होलान्, कति फ्याँकिए होलान् । उक्त ऐतिहासिक दरबारको पनि जीर्णोद्धार गर्नुपर्ने तर त्यो गर्न पनि कुनै सरकारको पालामा, जुनसुकै तन्त्र आए पनि कोही अग्रसर नहुने रहेछन्, यो कस्तो मनस्थिति ? सालसालै नेपालबाट कति आधिकारिक व्यक्तिहरू पुरातत्वविद्हरू देश–विदेश गएका छन् र उनीहरूले आफू गएको देशमा त्यस्तो ऐतिहासिक धरोहरको संरक्षण गरिएको कति देखेका होलान् ! तर किन त्यो अनुभव हाम्रो देशको लागि प्रयोजन नभएको ? पर्यटन–व्यवसाय फस्टाउन पनि अवश्य नै यस्ता धरोहरहरूको संरक्षण गरिनुपर्ने !
त्यही दरबारको उत्तरतिरको बार्दलीबाट हेर्दै थिएँ । एकजनाले त्यही हो सामरी भन्ज्याङ भनी देखाइदिए । काठमाडौं उपत्यका छिर्ने चारभन्ज्याङमध्येको एक रहेछ त्यो । आजको यति सजिलो बाटोघाटो र सवारीको सुविधा हुँदा पनि मेरो देशको भूपरिधिमा कान्छीऔंलाको नङको टुप्पोजति भागमा पुग्न सकेका छैनन् कतिपय नेपालीहरू भने झण्डै डेढ–दुई सय वर्षअगाडि हेलम्बुकी पाहुनाजस्ता कति सुकुमारीहरू काठमाडौं कसरी पुगे होलान् । यस्तै–यस्तै सोचमा म केही क्षण हराएँ । दरबारको चोटाकोठा अहिले खाली छ, पृथ्वीनारायण शाहले होम गर्ने ठाउँ पनि रित्तै छ, मात्र ‘रे’को आधारमा उभिएको छ त्यो दरबार । झण्डै किंवदन्ती जस्तै बनेको छ ।
दरबार हेरिसकेपछि हामी त्रिशूलीको हाइड्रोपावर हेर्न गयांै । सफा गर्नका लागि बाँध खाली गरिएको रहेछ । ट्राउट मत्स्यपालन (असला माछा) केन्द्र पनि त्यतै रहेछ । अनि जाँदाजाँदा अलिअलि पानी जमेको खेतजस्तो देखिने ठाउँमा बिजुरा गाउँका ससाना केटाकेटीहरू माछा मार्न तल्लीन भएका देख्यौं । त्यसबेला तिनीहरूले मारेका माछाहरू हाम्रो हातका औंलाजत्रा थिए । यही बेला धेरै वर्षअगाडि रत्नश्रीमा प्रकाशित वरिष्ठ साहित्यकार पोषण पाण्डेको औंला कथा सम्झ्ेँ । उक्त कथाको सारांश के थियो भने घरमा छाक टार्नुपरेकोले आमाचाहिँले आफ्नो सानो छोरालाई माछा मार्न पठाउँछिन् टुकुचा अथवा बागमतीमा । दुई–चारवटा माछाका भुरा के समातेको थियो ऊ एक्कासि तर्सिन्छ र औंला–औंला भनी साथीहरूसँग कराउँछ । साथीहरू औंला होइन भन्ने जान्दछन् । घरमा पनि आमासँग औंला पो रहेछ खोलामा भन्दछ । केही दिनअगाडि मात्र मरेकी उसकी सानी बहिनीका औंलाजस्तै लागेछन् ती भुराहरू । मैले पनि त्यसबेला ती केटाकेटी त्यही कथाका पात्रहरूझ्ैं सम्झ्ेँ, स्कुल जानुसट्टा गरिबीले अथवा रहरले त्यसरी माछा मारिरहेका ! यी केटाकेटीहरू पनि त्यस्तै संवेदनशील भएका भए अवश्य पनि आफ्नो समय पढाइमा लगाउथेँ होलान्, भोलिको उज्यालो खोज्न जुर्मुराउँथे होलान् ।
यसरी त्रिशूलीको बाँध, हाइड्रोपावरवरिपरि घुमेपछि खाना खान फेरि त्यही बट्टार युवा क्लबको आँगनमा पुग्यौं । नुवाकोट साहित्य महोत्सवको अन्तिम कार्यक्रम देवीघाटमा रहेछ । खाना खाइसकेपछि त्यतातिर लाग्यौं । वरपर खेतमा धान काटिसकेकाले सबै उघारै थियो । अनि बारीमा गहुँका बोटहरू झ्ुलिरहेका थिए, मन्द–मन्द हावामा बयेली खेलिरहेको त्यो दृश्यले नुवाकोट, तिम्रो शोभा झ्न् बढेको थियो । यसैबीच हामीले पृथ्वीनारायण शाहको प्राणपखेरु उडेको ठाउँ पनि देख्यौं । त्यहाँ एउटा चौतारी जस्तै ठूलो ढुङ्गो पनि रहेछ ।
देवीघाट पुग्नेबित्तिकै बसबाट के ओर्लेका थियौ उही अघिल्लो दिनको जस्तै भव्य स्वागत बर्सिन लाल्यो, हँसिला अनुहारका नरनारी बाटोका दुवै देउमा उभिएका छन् । पञ्चेबाजा र धिमेबाजागाजाका साथ राष्ट्रकवि अघिअघि लगाएर हामी साथै हिँडिरह्यौं । ठाउँठाउँमा फूल बर्साउँथे, कविजीलाई फूलमाला दिँदै आशीर्वाद थाप्थे । हजारौंपटक पूर्ण चन्द्रको दर्शन पाएका कविजीबाट आशीर्वाद पाउन सबै हानथाप गर्दथे । बाजाको तालमा हिँड्दै गएपछि देवीघाटको सङ्लो पानी फैलिएर बगेको देखेँ । हात धोएर जालपादेवीको दर्शन गरेँ मैले पनि । श्रीराम श्रेष्ठले भनेअनुसार साततल्ले दरबारपरिसरकी भैरवी र देवीघाटकी जालपादेवी दिदीबहिनी अरे । देवीघाटको सङ्लो पानी देखेर बागमती सम्झ्ेँ । काठमाडौंमा पचास वर्षअघिकी बागमतीको अपहरण गरेर उनको ठाउँमा ढलमती बगिरहेछ । स्वच्छ पवित्र बागमतीको ठाउँमा पुग्दा दुर्गन्धले नाकै छोप्नुपर्ने ढलमती देखिन्छ । मनमनै राजधानीवासीसँग अनुरोध गरेँ हाम्रो पवित्र पावनी गङ्गालाई फर्काउन । देवीघाटको पानीले मनै लोभ्यायो । काठमाडौंमा हामी काकाकुल बनेका छौं । हाम्रो देशमा यतिका नदीनाला भएर पनि पानीको हाहाकारमा दिनरात बिताइरहेछौं । जलस्रोतको धनी देश भएर पनि विद्युत निकाल्न नसकेर अँध्यारोमा बस्न बाध्य भएका छौं, विद्युत त्यसैले खेर फ्याँकिरहेछौं । कहिले हामीले हाम्रो प्राकृत सम्पत्तिको उपभोग गर्न सकौंला खोई ?
देवीघाट छेउको मन्दिर परिसरमा राष्ट्रकविको अभिनन्दन र काव्यगोष्ठी गर्ने तरखर थियो । काव्यामृतले राष्ट्रकविलाई यति उत्साहित र सशक्त बनाएको रहेछ कि आफ्नो मन्तव्य दिँदा झ्न्–झ्न् स्फूर्त भइरहनुभएको थियो । त्यहाँका दाज्यूबहिनीहरू पनि त्यस्तै फुर्तिला ! गालो गुन्द्रुक साँधेर, मकै भटमास र बदाम भुटेर हरियो सालको पातको टपरी र दुनामा हालेर बाँडिरहेका थिए हामीलाई । थपी–थपी खुवाइरहेका थिए । अहा, त्यो गुन्द्रुकको स्वाद बिर्सिन धेरै वर्ष पो लाग्छ है ! विशुद्ध पहाडी नेपाली खाजा खुवाएर तिम्रो बट्टार युवा क्लबको आमन्त्रणमा आएका हामीलाई दुई दिनपछि बिदा दियौ । तिम्रा भावुक र प्रतिभाशाली साहित्यकार, गीतकार, गायक सन्ततिहरूसँग भेट्ने मौका दियौ, उनीहरूमा राष्ट्रियताको प्रखर चेतना देख्यौँ, उनीहरूको अपार जाँगर र जोश मात्र होइन काम गर्ने क्षमता, कार्यकुशलता, उत्सुकता, बौद्धिकता र तल्लीनता पनि त्यत्तिकै देख्यौं । धेरै–धेरै खुसी लिएर, प्रेरणा बोकेर, हामी फर्किन लाग्यौं । जहाँ गए पनि, जहाँ जति रमाए पनि आफ्नो घर फर्किनैपर्ने रहेछ । नुवाकोट, मेरी हजुरआमाले तिम्रो पञ्चतत्वको सङ्घटनबाट पाउनुभएको जीवनदानले गर्दा सधैं कस्तो होला त्यो जिल्ला भन्ने सम्झ्रिहन्थेँ, भावविभोर हुन्थेँ तर अब आफ्नै आँखाले देख्न पाएँ । तिम्रो छविचित्र आँखाभरि छ, मनभरि टाँसिएको छ । तैपनि छुट्टिने बेलामा कताकता धेरै दु:ख लाग्ने रहेछ । मन दुख्यो, मुटु दुख्यो, एउटै प्रश्न मनभरि दोहरिन लाग्यो – फेरि भेट होला कि नहोला ?श्रीराम श्रेष्ठ, मधुसूदन पाठक तथा उनका अन्य सहयोगीलाई धेरै–धेरै धन्यवाद दिँदै हामी बिदा भयौं । लाख–लाख प्रणाम नुवाकोट ! लाख–लाख प्रणाम !
– क्षेत्रपाटी, काठमाडौं