जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १६ आश्विन २०८०, मंगलवार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

बिना थिङ ६० को दशक देखि नै कथा र कविता लेखनमा सक्रिय साहित्यकार हुन् । थिङको २०६९ मा ‘छुकी’ कथासङ्ग्रह र २०७२ मा ‘रातो घर’ कविता संग्रह र २०७९ मा ‘याम्बुनेर’ कथा संंग्रह प्रकाशन भएका छन् । थिङको ‘याम्बुनेर’ कथा संंग्रहले अहिले साहित्य वृत्तमा चर्चा पाएको छ ।

उनी २०७६ को १२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा प्रथम भएकी थिइन् । उनको हरेक कृतिलाई नियाल्दा गहिरो अध्ययनका साथ पुस्तक प्रकाशन भएको देखिन्छ । कथा वस्तु छनोट  र लेखन शैली निकै आकर्षित र यथार्थपरक छन् । अध्ययन तथा खोजी गर्ने रुचाउने थिङ सँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी ? 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
भुवनलालको ‘नेपालको जनक्रान्ति २००७’ पढ्दै छु ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा पारिजातको ‘अनिदो पहाडसँगै’, अङ्ग्रेजीमा जोन स्टेनबेकको ‘ग्रेप्स अफ र््याथ’ र हिन्दीमा कमलेश्वरको ‘कितने पाकिस्तान’मलाई मन पर्ने कृतीहरू हुन् । 

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
अध्ययनको ध्येय आवश्यकताले निर्धारण गर्दो रहेछ । त्यसको लागि पुस्तकको छनौट गरिन्छ ।  कुनै पुस्तकले सक्रिय र गहिरो पठनको माग गर्छ भने कुनै पुस्तक मनोरञ्जनको लागि मात्र पढ्छु अर्थात् हलुका अध्ययन । विशेष गरी बिहान म ताजगी महसुस गर्छु । त्यसैले बिहानको समयमा गहिरो पठन वा लेखन कर्म गर्छु । दिनभरिको थकानले साँझ आलस्ययता हाबी हुन्छ । यस्तोमा हलुका पठन गर्न रुचाउँछु ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
‘कविता’ । यो मेरो लागि चुनौतीको विधा हो । थोरै शब्दमा गहिरो भाव व्यक्त गर्नु कविताको विशेषता हो । एउटा लामो आख्यानको थिमलाई कम शब्दमा रिदमिक् टोनमा भन्न सक्नु नै कविताको सामर्थ्य हो ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मेरो पठनको सुरुवात चित्र कथा ( कमिक्स ) हरूबाट भएको हो । त्यसले ममा पठनको भोक जगाइदियो । ती पुस्तकहरू मैले मेरो फुपूको छोराहरूको सङ्गतबाट पढ्न पाएँ । उनीहरू हेटौडा बजारमा बस्थे । त्यति बेला बजारमा हिन्दी कमिक्सहरु भाडामा पनि पढ्न पाइन्थ्यो । म तिनै पुस्तक पढ्नकै लागि भनेर प्रत्येक शुक्रबार स्कुल छुट्टी भएपछि फुपूको घरमा जान्थेँ र आइतबार बिहान घर फर्किन्थेँ ।  अलिक पछि विद्यालयमै पुस्तकालय स्थापना भयो । अनि त्यहाँबाट लोक कथा, दन्त्य कथाका सँगै क्लासिक नेपाली, हिन्दी आख्यानका किताबहरू पढ्न थालेँ । कक्षा सात, आठ तिर मैले बसन्ती, सेतो बाघ जस्ता पुस्तकहरू पढिसकेकी थिए ।

कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
मलाई आख्यानले नै बढी तान्थ्यो । आख्यान पढिरहँदा कुनै सिनेमा हेरिरहेको जस्तो अनुभूति हुन्थ्यो । कस्तो सम्म भने कक्षा चार, पाँचमा पढ्दै गर्दा मैले माथिल्लो कक्षामा पढ्ने दाई दिदीको नेपाली किताबमा भएका कथाहरू पढी भ्याइसकेकी हुन्थेँ । 

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
सङ्ख्याको हिसाबले नौ वर्षदेखि १६ वर्षसम्मको उमेरमा धेरै पढेँ हुँला । बोधको हिसाबले भने अहिले बढी पढिरहेकी छु । 

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
दोहोर्‍याएर पढेका पुस्तकहरू थुप्रै छन् । माक्सिम गोर्कीका ‘आमा’ उपन्यास र तीन संस्मरणात्मक उपन्यास ‘बाल्यकाल’,‘मेरो विश्वविद्यालय’ र ‘मान्छेहरूको भीडमा’ धेरै पटक दोहोर्‍याएकी छु । त्यस्तै जोन स्टेनबेकको ‘ग्रेप्स अफ र््याथ’, पर्ल एस. बकको ‘द गुड अर्थ’ पारिजातको ‘शिरीषको फूल’, विशेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ पनि दोहोर्‍याइरहन्छु ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
कुनै पुस्तक कला र शिल्पका हिसाबले मन परेको हुन्छ । कुनै विषयवस्तुको उठान अथवा कुनै इतिहास र बर्तमानबिचको तादाम्यता खोतल्नकै निमित्त पनि दोहोर्‍याइयो । 

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु । कुनै कुनै किताब त समातेपछि नसकेसम्म छोड्न मन लाग्दैन । त्यस्तो बेलामा म आफ्नो अस्तित्व बिर्सन्छु र पात्रले हिँडाएको परिवेशमा आफूलाई समाहित गर्छु । लेखक त्यतिखेर मेरो लागि गौण हुन जान्छ । जब किताब पढिसक्छु अनि यस्तो पुस्तक यो लेखकले कसरी लेख्न सक्यो होला भनेर गम्छु । छक्क पर्छु । 

तपाईँको विचार पढ्नु केका लागि हो ?
कोही परीक्षामा उत्तीर्ण हुनका लागि पढ्छन् । कोही मनोरञ्जन लिन पढ्छन् । कोही आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्न पढ्छन् । कोही लेखक बन्छु भनेरै पढ्छन् । पढ्नुको आ–आफ्नै ध्येय हुन्छ । 

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
सघाउने भन्दा पनि प्रभाव पार्ने चैँ हुँदो रहेछ । मलाई चैँ इतिहासका किताब, कविता र आख्यानले नै बढी प्रभाव पारेको छ । जुन पुस्तक जीवनप्रति आशावादी र गतिशील छ त्यस्ता पुस्तक मेरा लागि प्रिय पुस्तक हुन्छ । 

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पढ्नुपर्ने पुस्तकको लिस्ट लामै बन्छ । तपाईँले दश वटा भन्नुभएकोले मात्र तपसिलका पुस्तकहरूको नाम लिएकी हु । 
१. आमा
२. ग्रेप्स अफ र््याथ
३. शिरीषको फूल
४. द गुड अर्थ
५. घामका पाइलाहरू
६. याम्बुनेर
७. आमाको सपना
८. गोर्कीको तीन आत्म संस्मरणात्मक उपन्यास
९. क्राइम एन्ड पनिश्मेन्ट
१०. कितने पाकिस्तान

तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
दुई हजार जति होलान् कि ?

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो छैन । 

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
तपाईँले सीमा बाँध्नुभयो । नत्र थुप्रै मन पर्ने लेखकहरू छन् । यो निकै अप्ठेरो काम हुन गयो अहिलेलाई । स्वदेशीमा पारिजात, भूपी शेरचन, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल र ध.च. गोतामे । विदेशीमा दोस्तोयेवस्की, टोल्सटोय, गोर्की, लू शून र सहादत हसन मन्टो ।  

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
गीत सुन्न, भ्रमण गर्न, सिनेमा हेर्न र गफ चुट्न । 

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
आफूलाई मन परेपछि नै सिफारिस गरिन्छ । त्यसैले माथि उल्लेखित किताबहरू नै सिफारिस गर्छु ।

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
त्यस्तो धेरै योजनाहरू छैन । एउटा उपन्यास ल्याउने विचारमा छु । त्यसैमाथि काम पनि गरिरहेकी छु । 

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
सिर्जना गर्न सक्ने मानिस नै स्रष्टा हो । त्यसेले यो अन्योन्याश्रित हुन्छ । 

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
जीवनको विविध खण्डहरूमा विविध व्यक्तिहरू मेरा लागि रोल मोडल भएर आए, गए । कहिले आमा, कहिले बा त कहिले गुरु त कहिले साथी मेरा लागि रोल मोडल भए । आजका दिनसम्म आइपुग्दा निरन्तर एउटै व्यक्ति मेरो लागि रोल मोडल भयो भन्ने चैँ छैन ।


Tags: बिना थिङ
अघिल्लो पोष्ट

सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

पछिल्लो पोस्ट

गायिका दिलमाया खातीको निधन

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

हामी सबै एक होइन र ?

हामी सबै एक होइन र ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवस, शशी पन्थी र रामप्रसाद साह सम्मानित

साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवस, शशी पन्थी र रामप्रसाद साह सम्मानित

२३ असार २०८२, सोमबार
व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

२३ फाल्गुन २०७८, सोमबार
विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित

विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित

२४ फाल्गुन २०८०, बिहीबार
दीपक लोहनीलाई हेमलता सम्मान

दीपक लोहनीलाई हेमलता सम्मान

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक