बङ्गलादेश र नेपालबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले स्थापना भएको बङ्गलादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन भएको छ । सन् २०१६ मा स्थापना भएको समाजमा लायन मोसिउर अहमदको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन भएको छ ।
सन् २०२३–२०२५ का लागि ढाकामा सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षमा सेलीसेन गुप्ता, महासचिवमा सलाउद्धिन कुटु, सहसचिवमा मोहमद लुटफिर रहमान, कोषाध्यक्षमा खान मोहमद जहाँगिर आलम र सदस्यहरुमा मोहमद मोसिउर रहमान, मोहमद अमिनर रहमान, फहमिदा बिउरी, महनुर खान बिजु र डा.हाफिजा अख्तर सर्वसम्मत भएको भएको जानकारी नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले गराएका छन् ।