जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

काठमाडौँ

त्रिलोचन आचार्य त्रिलोचन आचार्य
प्रकाशित २३ माघ २०७८, आईतवार
कविता, काव्य भित्र
0
काठमाडौँ

काठमाडौँ तँलाई गाली गर्नेसँग
मेरो चित्त बुझेको छैन
मेरो सहमति छैन
खेत मासेर पनि तैँले
लाखौंलाई बास दिएकै छस्
पाहुनाले. पहिले माग्ने बास त हो
अनि मात्र गाँस र कपास हो
भोकको अगाडि महँगी के हो र ?
मागेर भए पनि यहाँ पसेकालाई
तैले गाँस दिएकै छस्
सक्नेलाई मँहगो र नसक्नेलाई सस्तो त हो
युरोप अमेरिकाकै किन चाहियो र ?
खासाकै भए पनि कपास दिएकै छस्
त्यसैले काठमाडौँ तँ गरीब धनी सबैको होस्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

देख्नेहरुले काठमाडौँमा
हवेली र आलिशान महलमात्र देखे
पाँचतारे बोर्डिङ्ख स्कूल र कलेजमात्र देखे
क्यासिनो र रात्री ल्कवमात्र देखे
ब्युटी पार्लर र रिकन्डिसन अनुहारमात्र देखे
र अर्कमण्य घर ज्वाई जस्तो
कुनै दायित्व र जिम्मेवारी नभएको देखे
तर त्यसो होइन काठमाडौँ
हामीले देखेका छौं यहाँ
चिन्तनशील अध्यात्मज्ञान वालाहरु पनि
निरन्तर उपचाररत स्वास्थशालाहरु पनि
निरन्तर अध्यापनरत पाठशालाहरु पनि
श्रमसिपको पूजा गर्ने कार्यशालाहरु पनि
हिमाल पहाड तराइका प्राकृतिक रंगशालाहरु पनि
हो यहाँको हासोँ कतै कतै व्यावसायिक छ
तर बहुसंख्यक हाँसो आत्मीय र प्रेरणादायक पनि छ
त्यसैले काठमाडौँ तँ एउटा विशाल समुद्र होस्
जसको पीँदमा मोति मोति छ
जसको आँखामा ज्योति ज्योति छ
त्यसैले काठमाडौँ तँ हीनताबोध होइन उत्साह रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

काठमाडौँ तँ देशको राजधानी होस्
तैँले आपूmलाई मात्र होईन अरुलाई पनि हेर्नु पर्छ
तैँले आफ्नो मात्र होईन अरुको पनि मुहार फेर्नु पर्छ
कालापानी दु:खे पनि काठमाडौँमा जुलुस
नालापानी दु:खे पनि काठमाडौँमा जुलुस
ताप्लेजुङ्ग तड्पिए पनि काठमाडौँमा जुलुस
दार्चुला दङ्गिए पनि काठमाडौँमै जुलुस
धन्न विचलित भएको छैन यो काठमाडौँ
धन्न डिप्रेसनमा परेको छैन यो काठमाडौँ
अलिअलि मोटाएका आएर बसेका छन् र अझै शोषण गर्दछन्
अलिअलि भोकाएका पसेका छन् र अझै बजेट चोर्छन्
दूईचार थान ड्यामेज आइटमले
सिङ्गै कारखानाको प्रतिनिधित्व गर्दैन
दूईचार वटा नाभो वोटले
सम्पूर्ण खेतको कमाई घट्दैन
होलान् केही केही रगत लतपतिएका हात पनि
होलान् कुनै कुनै त्रासदीपूर्ण भयङ्कर रात पनि
तर यसले उनान्सय सत्यलाई गलाउँदैन
जति नै उल्टो अर्थ लगाए पनि
पुच्छरले कुकुर हल्लाउँदैन
त्यसैले देखाई दिनु पर्छ काठमाडौँ तैँले
विकासका ठूला ठूला आँकडाहरु
न्याय निसाफका बडे बडे निर्णयहरु
परिवर्तनका लागि गरिएका ठूला ठूला आन्दोलनहरु
एकता र भाईचारा बढाउन भएका ठूला ठूला सम्मेलनहरु
काठमाडौँ तँ फोहरको निशानी होईन
थुप्रै सम्भावना बोकेको मिर्मिरे बिहानी होस्
त्यसैले काठमाडौँ तँ घमण्डको बङ्घला होईन
श्रम सीप र पसिनाको छाप्रो रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

काठमाडौँ तँैले मागेर पनि बजेट बनाएकै छस्
तानतुन गरेर पनि संसदमा बहुमत जुटाएकै छस्
मात्तिएकालाई तल खसाएकै छस्
आत्तिएकालाई काख बसाएकै छस्
बेईमानहरुको रङ्कशाला होईन काठमाडौँ
श्रमशीलहरुको कार्यशाला होस्
सुटेड बुटेड सुकुलगुण्डा प्रवृत्ति मात्र होईन काठमाडौँ
साधुसन्त सज्जन र संघर्षशीलहरुको लक्ष्य पनि होस्
पवित्र बाग्मती बिष्णुमतिमा फोहोर बग्दापनि
सहेर बस्ने काठमाडौँ
भए भरका ब्यभिचारी दुराचारीलाई
मानवताको नाता भन्दै शरण दिने काठमाडौँ
युवाहरुलाई भिषा दिलाउँदै रेमिट्यान्स भित्रयाउने काठमाडौँ
अनेकन कीर्तिमानधारीहरुसंग वधाईका हात मिलाउने काठमाडौँ
पशुपति आदर्श रोज्छ, बालाजु प्रकृति खोज्छ,
टुँडिखेल आवाज उचाल्छ, सिंहदरवार सुशासन कोरल्छ
स्वयम्भू बुद्धत्व बर्षाउंछ हनुमान ढोका इतिहास पढाउँछ
शहीद ढोका बलिदानको कथा दोहर्याउँछ
बीर अस्पताल मानवताका हात बढाउँदै
घाउमा मलम पट्टि लगाउँछ
गहिरिएर हेरे काठमाडौँ तँ आस्थाको धरोहर होस्
काठमाडौँ तँ ब्यङ्घ होईन आत्मीयता र सकारात्मकता रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

काठमाडौँ तँ मेहनती छस्
काकाकुल उपत्यकावासीलाई
पानी खुवाउँन सुरुङ्ग खन्दैछस्
मेची महाकाली एकताको सूत्रमा बाँध्न
नयाँ रणनीति कोर्दैछस्
जहाँबाट आए पनि
ससम्मान सिंहदरबारको साँचो दिएकै छस्
जसो गरि पढाए पनि राष्ट्रियताको रट लगाएकै छस्
ठूला ठूला नेता चाहिए काठमाडौँ
ठूला ठूला डाक्टर चाहिए काठमाडौँ
कुर्सी चाहिए काठमाडौँ पूmर्ति चाहिए काठमाडौँ
नोट चाहिए काठमाडौँ कोट चाहिए काठमाडौँ
भोट चाहिए काठमाडौँ
मानौँ काठमाडौँ कल्पबृक्ष हो जे पनि फल्ने
मानौँ काठमाडौँ चिनी हो जहाँ पनि घुल्ने
तेरो अनुहार हेरेर टाढा टाढाकाले आफ्नो अनुहार बनाउँछन्
तेरो ब्यवहार हेरेर टाढा टाढाकाले आफ्नो व्यवहार वनाउँछन्
तलाई हेर्न मात्र पाउने धोको राखेका पनि कति छन् कति
तेरो काखमा टाउको ओताउन पाए कति सम्झन्छन् उन्नति
हो हुन त हुन् भीममल्ल कि पत्नीले कसैको भलो नहोस् भनेको पनि
लोकलाज सहन नसकेर भीमसेनले विष सुक्र्याएको पनि
ती इतिहासका काला दाग
जनताको पसिना र बलिदानले पखालेको पनि त सत्य हो
दरबारमा बसी षड्यन्त्रका तानावाना बुन्ने
परिबारवादलाई तल खसालेको पनि सत्य हो
त्यसैले काठमाडौँ तँ केही होईन भन्दा पनि धेरै होस्
काठमाडौँ तँ घृणा होईन माया ममता रोज्
काठमाडौँ तँ गाली होइन ताली खोज् ।

–सिपाबडहरे, सिन्धुपाल्चोक ।


Tags: काठमाडौँत्रिलोचन आचार्य
अघिल्लो पोष्ट

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

पछिल्लो पोस्ट

कपिल अज्ञातको समालोचकीय कौशल

त्रिलोचन आचार्य

त्रिलोचन आचार्य

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
कपिल अज्ञातको समालोचकीय कौशल

कपिल अज्ञातको समालोचकीय कौशल

साहित्यकार तथा पत्रकार चालिसेको कृति ‘जीवनका वक्ररेखा’

साहित्यकार तथा पत्रकार चालिसेको कृति ‘जीवनका वक्ररेखा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

महाकवि सिद्धिदास जन्मजयन्ती मनाइयो

महाकवि सिद्धिदास जन्मजयन्ती मनाइयो

५ जेष्ठ २०८०, शुक्रबार
पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक

५ जेष्ठ २०८०, शुक्रबार
नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

५ जेष्ठ २०८०, शुक्रबार
सिको

सिको

५ जेष्ठ २०७८, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक