लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा ) एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को सभा हलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो ।
उक्त एकल कविता वाचन कार्यक्रममा कवि, प्राज्ञ लक्ष्मी उप्रेतद्वारा सिर्जित २० वटा कविताहरू स्वयं लक्ष्मी उप्रती र अतिथि कविहरूले वचान गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथीले पानसमा बत्ति बाल्दै उप्रेतीद्वारा लिखित एउटा कविता वाचन गरेर गर्नु भयो ।
संगीतको मधुरो धुन सँगै सम्पन सो कार्यक्रममा प्राज्ञ उप्रेती विभिन्न क्षेत्रबाट सम्मानित हुनुभएको थियो । वरिष्ठ कवि दिनेश अधिकारी, प्राज्ञ सुलोचना मानन्धर, महेश पौड्याल, विना थिङ, भरत गुरागाई लगायत कविहरूले उहाँले लेख्नु भएका कविताहरू वचन गर्नु भएको थियो । कवितामय बनेको उक्त कार्यक्रम कविता प्रेमीहरुको राम्रो उपस्थिति थियो । कविता सँगै लक्ष्मी उप्रेतीद्धारा लेखिएको गायक सन्देश पौडेलको आवाजमा रहेको “जिन्दगी” नामक गीतको अडियो समेत सार्वजनिक गरिएको थियो ।
कवि लक्ष्मी उप्रेतीलाई केही संस्थले सम्मानपत्र र उपहार प्रदान गरिएको थियो।