शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको जीवनी प्रकाशित भएको छ।पत्रकार गिरिश गिरीले करीब एक दशक शताब्दी पुरुष जोशीसँग गरेको कुराकानीमा आधारित रहेर पुस्तक प्रकाशन भएको हो।
निरन्तर नेपाली लोकसंस्कृति, साहित्य, परातत्व र समाज निर्माणका लागि लागि परेका जोशीको कालखण्डलाई वर्णन गर्ने उद्देश्यले पुस्तक लेखिएको हो। पुस्तकमा जोशीको राणाकालिन अनुवभदेखि लिएर कोरोनाकालसम्मको अनुभव समेटिएको छ।