जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

माड्साब

विद्यालयमा टिनटिन घण्टी बज्यो, कृष्णप्रसाद कुर्सीबाट जुरुक्क उठे र बोर्डमार्कर समाए । कुर्सीमा बसिरहेका अन्य शिक्षकहरू उनलाई हेरेर आश्चर्यभावमा देखिए ।

हरि खनाल हरि खनाल
प्रकाशित २८ चैत्र २०७७, शनिबार
कथा भित्र
0

विद्यालयमा टिनटिन घण्टी बज्यो, कृष्णप्रसाद कुर्सीबाट जुरुक्क उठे र बोर्डमार्कर समाए । कुर्सीमा बसिरहेका अन्य शिक्षकहरू उनलाई हेरेर आश्चर्यभावमा देखिए । घण्टी बजाउने वीरमान उनको नजिक आयो र विनम्रतापूर्वक बोल्यो, “कृष्ण,“कृष्ण सर ! अब मेरो घण्टीले तपाइँलाई उठबस गराउने छैन अनि आज बजेको घण्टीले त तपाइँलाई सलाममात्र भन्छ कक्षामा जानुस् भन्दैन ” 

कृष्णप्रसादको हातको बोर्डमार्कर भूइँमा झ¥यो । उनको अनुहार एकैछिनमा रक्तविहीनजस्तो देखियो । उनले वीरमानको अनुहारमा पुलुक्क हेरे । 

“किन भनें होला यस्तो कुरा” वीरमानले मनमनै पश्चाताप ग¥यो । केही भन्न खोजेर पनि अड्किएभैंm ऊ अलमल्ल परिरह्यो । 

“अन्तिम दिन भएकाले सरलाई कक्षामा पुगेर विद्यार्थीहरूसँग विदा माग्ने चाहना पनि भएको हुन सक्छ । त्यसकारण किन रोकिनु प¥यो र सर ?” श्याम सरले मौनता भङ्ग गरे । खै ! के सोचे कुन्नि कृष्ण सर थुचुक्क कुर्सीमा बसे र भूइँतिर हेरिरहे । 

“माफ गर्नुहोस् है सर, मैले भन्न नहुने कुरा भनें क्यारे ” वीरमानले याचना गयो । 

“होइन, तिमीले असाध्यै ठीक कुरा सम्झाएका छौ वीरमान । अब तिम्रो घण्टीको आदेशले ममाथि शासन गर्दैैन तर ..”.

“के तर सर ? ”

“तर मलाई तिम्रै घण्टीको शासन प्यारो छ । यो शासनले मलाई सँधै पवित्र कार्यमा उठाउँथ्यो , जीवनको आदर्श बाटोमा हिँडाउँथ्यो । आजसम्म मलाई यो बाटोमा हिंडाएकोमा तिमीलाई मेरो हार्दिक धन्यवाद छ ”, आँखाको आद्रता लुकाउँदै कृष्ण सरले भने । 

“आज कक्षामा जाँदैमा के बिग्रन्छ त जानुस् न तपाइँकै विद्यार्थी, तपाइँकै कक्षाकोठा ”

“थिए तर अब होइनन् । वीरमान , आज म कक्षाकोठामा जानुहुन्न । तिमीले ठीक समयमा रोकेका छौ । आज तिमी मेरो गुरु हौ ।” 

“किन सर, आज जानै नहुने के छ र ?” 

“आज कक्षामा गएँ भनें मैले विद्यार्थीहरूमाथि अन्याय गर्नेछु , त्यस्तो अन्याय गर्नुहुन्न” 

“कसरी सर ?” 

“निश्चित रूपमा मैले आज विद्यार्थीहरूलाई कुनै असल ज्ञानसँग अन्तरक्रिया गराउन सक्ने छैन । आज केवल मैले आँसुमात्र साट्ने छु । आँसु ज्ञान होइन, ज्ञानको मार्गमा आउने अवरोधमात्र हो । आँसु आज दिनभरि उनीहरूको सिकाइको अवरोधक बन्ने छ । म त्यसो हुन दिन्नँ ”। 

“सरलाई म के भनूँ ? कुनै बेला आँसु पनि सिकाइ हो भन्नुभाको थ्यो ।” 

“हो, स्नेह, दयाभाव, करुणाको अभाव भएकाहरूबाट आँसु निसृत गराउनु पर्दछ र तिनमा दयाभाव जगाउनुपर्दछ । त्यस अवस्थामा आँसु ज्ञानको प्रविविम्ब बन्छ तर आज त्यसको आवश्यकता छैन । सबै छात्रछात्राहरू असल छन् र ज्ञानी छन् ।”

“तपाइँका कुरा त जति सुन्यो उति सुनिरहूँजस्तो लाग्छ । मैले पनि त एकादेशमा यस्तो गुरु हुनुहुन्थ्यो भनेर पछि आउने विद्यार्थीहरूलाई सुनाउनेबाहेक अरू के गर्न सकूँला र ?” वीरमानले आँखाको द्रव लुकाउन सकेन । एकातिर फर्किएर पुछ्यो । कृष्ण सरले कार्यालयको झ्यालबाट कक्षाकोठातिर हेरिरहे । 

उनले यस ठाउँमा विद्यालय आवश्यक छ भनेर स्थापना गर्न धेरै हन्नर खाएका थिए । जिल्ला शिक्षा अधिकारीले उनको कुरा नखाएपछि उनीले गाउँका मान्छे भेला गरेर घेर्न गएका थिए । उनलाई प्रहरीले अमन चैन खलबल्याएको आरोपमा लछारपछार पारेको थियो । जिल्लाबाट पार नलागेपछि उनी सातुसमाल बोकेर काठमाडौं गएका थिए । अञ्चलाधीश कार्यालयमा गएर उनले अञ्चलाधीशको मन पगालेपछिमात्र जिल्लामा आदेश गएको थियो । उनको कुरा नखाएका जिल्ला शिक्षा अधिकारी अञ्चलाधीशको आदेशपछि नतमश्तक भएका थिए । 

अतीतको गर्भभित्र डुल्दाडुल्दै उनको आँखाको सामुन्नेमा कटुसको छाना भएको छाप्रे विद्यालय नाच्न थाल्यो । घरघरमा गएर विद्यार्थी बोलाउँथे उनी । तीनवर्ष सम्म विना कुनै पारिश्रमिक पढाए । शुरूशुरूमा पढ्न आउनेहरू अक्षर चिनेपछि विद्यालयबाट बाहिरिन्थे । नयाँ शिक्षा योजना आएपछि भने उनले शिक्षकको रूपमा नियुक्ति पाएका थिए । निश्चित पाठ्यक्रम र पाठ्यपुस्तक भएपछि पढाउन पनि सहज हुनथाल्यो । उनलाई गाउँलेहरूले कृष्ण माड्साब भनेर बोलाउँथे । त्यतिबेला विद्याथीहरू पनि शिक्षकलाई माड्साब भन्दथे ।

विद्यालय भवन बनाउन उनी आपैंmले पनि ढुङ्गा बोके, गाउँलेहरूको घरघर चहारे । विद्यालय भनेको सरस्वतीको मन्दिर हो भनेर गाउँलेहरूलाई जागृत पारे । विहान र विदाको दिन विद्यालयमा, साँझपख गाउँघरमा र कुनै दिन जिल्ला सदरमुकाममा पुग्नु उनको नियमितता नै भएको थियो । मुस्किलले पाँचकोठे भवन बनाएपछि उनले सुखको सास फेरेका थिए ।

 शिक्षक दरबन्दी ल्याउनसमेत उनले धेरै परिश्रम गर्नु परेको थियो । यसका लागि उनले आफ्नो घरको खसी चढाएका थिए र जाहानले दुख गरेर जम्मा पारेको घिउ अर्कैलाई खुवाएका थिए । उनले आफ्नै खेतबारीमा पाइलो हाल्न भ्याएनन् साँच्चै भन्ने हो भने उनी निद्रामा पनि स्कूलमै डुल्थे । 

नयाँ शिक्षा योजना लागू भएपछि पाँचजना विद्यार्थीलाई पहिलोपटक उनले कक्षा तीन पास गराएर त्यहाँबाट मिडिल स्कूलमा पठाएका थिए । मिडिल स्कूल टाढा थियो सबैजना मिडिल स्कूलमा पढ्न जान तयार थिएनन् । सबैलाई सम्झाएर स्कूल पठाउने अर्को गाह्रो कार्यबोझ उनैले लिएका थिए । उनले ती पाँचजना मध्ये एकजना भीम भन्ने छात्रलाई त आफ्नै पैसाले मिडिल स्कूलमा लगेर भर्ना गरिदिएका थिए । त्यति गर्दा पनि पाँचमध्ये दुईजना भागेर लाहुर गएको सुनेपछि उनलाई सात दिन निद्रा परेको थिएन । त्यसपछि उनले धेरैलाई पढाए । स्कूललाई पनि प्राथमिक स्कूलबाट रूपान्तरण गर्दै मिडिल स्कूल र हाइस्कूल बनाए । हरेक चरणमा उनको रगत र पसिना बगेको थियो । उनको त्यही त्याग र तपस्याको जगमा अहिले यति ठूलो पक्की विद्यालय भवन उभिएको छ । पुस्तकालय, प्रयोगशाला, कार्यक्रम कोठा, विद्यालयको वरिपरि नित्य फुल्ने रङ्गीविरङ्गी पूmलहरू, कम्प्युटर र इन्टरनेटको सुविधा वाह कहाँबाट कहाँ आइपुग्यो ? उनी एकपटक मनमनै विद्यालयको हातामा हेरेर पुलकित भए । 

उनले हजारौं हजार विद्यार्थीहरूलाई पढाए र पनि उनको मन तिनै पहिलो ब्याचका छात्रहरूप्रति खिचिएको छ । ‘भीम त ठूलै पदमा पुग्यो होला । विष्णु डाक्टर भएको कुरा चारपाँच वर्ष अघि नैं सुनेको थिएँ । एउटै मात्र छात्रा थिई कमला । खै कुन्नि ! उसले पढ्न पाइकी पाइन ? शायद चाँडै विवाह गरिदिए होला विचरी घरगृहस्थी मै हराइहोला’ कृष्णप्रसाद सम्झन्थे ।  

“सर ! अब विदाइ कार्यक्रम गर्ने अरे । तयारी गरौं ?” वीरमानको आवाजले उनको अतीतको मीठो स्मृतिलहरलाई विच्छेद गरिदियो । उनी झसङ्ग भए । 

“हँ विदाइ गर्ने अरे ? भरे चारबजेसम्म पनि बस्न दिन्नन् रे यिनीहरूले ?”  कृष्णप्रसाद चिच्याए ।

“आज त शुक्रबारको दिन हो नि सर , एक बज्नै लाग्यो” वीरमानले सम्झायो । कृष्णप्रसाद केही बोलेनन् । उनले भित्तामा झुण्ड्याएको घडीमा हेरे । त्यो घडी पनि उनी प्रधानाध्यापक हुँदा जोडेका थिए । विद्यालय उच्चमाध्यमिक भएपछि उनले प्रधानाध्यापकको पद त्यागेका थिए । उनलाई अरूहरूले कुर्सीलाई पर धकेलिदिएको पनि मन पर्दैनथ्यो मानौं कुर्सीमा ठूलो घर्षण आउँदा उनको मुटुमा चस्स घोच्थ्यो । आपूmले जोडेका हरेक कुराहरूमा उनको अत्यन्तै माया थियो । विद्यालयमा चोरी होला भनेर उनी धेरैपटक राती पनि विद्यालयमा आउँथे । पूmलको एउटामात्र हाँगो भूइँमा लत्रिएको देखे पनि उनी बाँध्न पुग्थे । उनको यस्तो व्यवहारबाट विद्यार्थीहरू पनि प्रभावित भएका थिए । 

“कृष्ण सर साँच्चिकै महान हुनुहुन्छ , अरूहरू उपदेश छाँट्छन् तर आपूm केही गर्दैनन् तर उहाँ भने केही गरेरै देखाउनुहुन्छ अर्थात उहाँको गराइबाट सन्देश पाइन्छ” विद्यार्थीहरू आपसमा कुरा गर्दथे । कम्प्युटर ल्याबमा पसेर उनी कम्प्युटर र प्रयोगकर्ताको निरीक्षण गर्दथे । एकपटक उनले कम्प्युटरमा धूलो टाँसिएको देखे । उनले तत्काल टालो लिएर सफा गर्न थाले । एक दिन विद्यालय बन्द गरेर बाहिर निस्कन लाग्दा कम्प्युटरका युपियस कराएको सुने । उनले तत्काल वीरमानसँग कम्प्युटर ल्याबको साँचो खोल्न लगाए र गएर युपियस बन्द गरे । यी सबै कुराले विद्यार्थीहरू उनीसँग प्रभावित थिए र उच्च आदर तथा सम्मान पनि गर्दथे ।

त्यसो त कृष्णप्रसाद उनीभन्दा पछि नियुक्ति भैआएका धेरै शिक्षकको वानीसँग दिक्कदार पनि थिए । धेरैजसो शिक्षकहरू कार्यालयकोठामा पनि राजनीतिकै गफ गर्दथे । घण्टी बजेको दश मीनेटपछिमात्रै कक्षामा जाने अनि घण्टी बज्नु दश मीनेटअघि नैं कक्षाबाट निस्कने गरेको देखेपछि उनी निकै चिन्तित भएका थिए । त्यसो त उनी प्रधानाध्यापकको कुर्सीमा हुन्जेल उनले कहिलै त्यसो गर्न दिएनन् तर कैलाश प्रधानाध्यापक भएपछि यो क्रम बढिरहेको थियो । कैलाश स्वयम् विद्यालयमा नियमित हुन्नन् । मुख्य मानिस नैं अनियमित भएपछि अरूबाट नियमितता र समयपालनको अपेक्षा गर्नु कठिन पनि हो । एक दिन त कृष्ण सरले यस्तो खराब हर्कत विरुद्घ मुख खोले । 

“शायद पृथ्वीनारायण शाह अहिले भएका भए यो देशको अहितविरुध्द हुने सारा गतिविधिलाई निर्ममतापूर्वक दमन गर्दथे होलान् । किनभने आफ्नो श्रम, समय र त्यागले बनेको कुरा सबैलाई प्यारो हुन्छ । शायद यो विद्यालयको हकमा मलाई पनि त्यस्तै लाग्छ । हामी शिक्षक बढी कुरौटे भइरहेका छौं , हाम्रो गफ गर्ने विषय पनि हाम्रो दिनचर्यासँग जोडिएको पक्ष देखिरहेको छैन म” उनले भनेका थिए । उनको कुरा सुनेपछि कोही बोल्न सकेको थिएन । अरूहरू त उनको अवकास हुने समय मात्र गनिरहेका थिए । 

गुरुको विदाइ शुरू भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य अभिभावक पनि आए । विद्यार्थीहरू त भावविह्वल नैं थिए । उनलाई माला लगाउने क्रम चलिरहेको थियो । अनायास विद्यालयको प्राङ्गणमा मोटर देखियो । दुईवटा मोटरबाट चारजना मानिस झरे र विदाइ समारोह भएतिर आए । 

“गुरु ! प्रणाम ” पालैपालो चारजना मानिसहरूले उनलाई प्रणाम गरे । 

“म भीमप्रसाद, तपाइँकै अनवरत प्रयास र लगानीको प्रतिफल , म इञ्जिनियर हुँ गुरु”“ 

“म विष्णु, तपाइँकै श्रम र शुभेच्छाको प्रतिफल, म डाक्टर हुँ ।”

“म कमला, तपाइँकै प्रेरणा र शुभेच्छाको प्रसाद आज एउटा विद्यालयमा पढाउँछु ।”

चौथो व्यक्ति निकैबेर मौन रह्यो । उसका आँखाहरू रसिला थिए । 

“गुरुदेव ! म उमेद, हजुरको कृपाले तीन कक्षा उत्तीर्ण गरेपछि मिडिल स्कूल जान चाहेर पनि घरको कारणले सकिनँ । भारत गएर नोकरी गरें तीनवर्ष । त्यसपछि तपाइँ मैले नपढेको भनेर रिसाउनुभएको छ भन्ने सुनेपछि ढीलै भएपनि मिडिल स्कूल गएँ र निरन्तर पढ्रदै गएँ । आइकम पासगरेपछि म व्यवसायी भएको छु ”

चारैजनाको परिचय र सम्मान पाएका गुरु कृष्णप्रसाद उनीहरूलाई हेरेको हेरै भए । उनले एकपटक सबैलाई अङ्कमाल गरे त्यसपछि बोल्न सकेनन् । उनका आँखा ट्वाल्ल परिरहे । 

सबैजना चिच्याए “गुरु गुरु गुरु …”

उनी निकैबेरपछिमात्र सामान्य भए । सामान्य हुनासाथ उनको आँखामा आँसु देखियो मानौं कुनै बाँध फुटेर वगेको नदी वग्दैछ उनको आँखाबाट । 

“यो सब के हो गुरु ?” प्रधानाध्यापकले सोधे 

“यो मेरो विदाइ हो , जहाँ मैले साँच्चै विदाइ हुने समय पाएको छु । मेरा सामुन्नेमा मेरा होनहार विद्यार्थीहरू छन् जसको सपना म देख्थें आज उनीहरू विपना भएर आए । अतीव खुशी लाग्दो रहेछ यस्तो दृश्य देख्दा । मभित्र खुशीको बाढी चल्यो र त्यो बाढी तरेर मनलाई यहाँसम्म ल्याउन मैले किनारमा धेरैबेर पर्खनुप¥यो तर बाबु नानी हो तिमीहरूले मलाई पुरानै लबजमा बोलाउन बिर्सियौ त्यसकारण यो सम्मान पनि अलि कृत्रिमजस्तो लाग्दैछ ” गुरुले भने ।

भीम, विष्णु, कमला र उमेदले एकसाथ बोलाए–“माड्साब !” कृष्णप्रसाद उनीहरूको नजिक गए र फेरि एकपटक अङ्कमाल गरे ।  विद्यार्थीहरूले ठूलो आवाजले नारा लगाए, हाम्रा माड्साव महान हुन् । माड्साब चिरायु रहुन् । 

कृष्णप्रसाद अवकासपछि निकै व्याकुल भए । उनी प्राय खाना खाएपछि विद्यालय जान भनेर पोशाक लगाउँथे ।  पत्नी सावित्राले उनलाई दिनुहँुजसो सम्झाउनु पर्दथ्यो । सम्झाएपछि उनी निराश हुन्थे र पोशाक फुकाल्थे । त्यसपछि उनी कि त गाई फुकाएर डुलाउन जान्थे कि ओछ्यानमा गएर सुत्थे । 

साँझपख माडसाव एकपटक स्कूलसम्म पुग्थे र घुमीघुमी हेर्दथे । विद्यालयमा अलिकति फोहोर कसिङ्गर देखे पनि उनलाई छटपटी हुन्थ्यो । एक साँझ उनले पूmलको अवलोकन गरे । पूmलहरू छरपष्ट थिए । कुनै हाँगो भाँचिएका त कुनै झारले छोपिएका । उनले लत्रिएका पूmललाई सिरुले बाँधे र मुसारे । मानौं उनी पूmलहरूसँग कुराकानी गरिरहेका थिए र पूmलहरू माड्साबसँग आफ्ना गुनासा पोखिरहेका थिए । उनले पूmलको बिस्याहार खप्न सकेनन् त्यसै रात उनी वीरमानकहाँ पुगे र टाढैबाट बोलाए । वीरमान त विरामी पो परेको रहेछ ।

“सर ! नमस्कार” उसले मुस्किलले हात जोड्यो ।

“सर होइन, माड्साप । मलाई पुरानै परिचय देऊ वीरमान । भन तिमीलाई के भयो ?” 

“माडसाप ! म त मर्ने भएँ । धेरै दिनभयो शिर उठाउनै भएको छैन । के ले के ले टाउकोमा बसेर थिचेजस्ता लाग्छ ” 

“पूmलहरू किन विरामी भए ? विद्यालयको हाता किन उदास भयो भनेको त तिमी विरामी भएर पो रहेछ । हे भगवान तिमीलाई चाँडै निको होस्” कृष्णप्रसादले जूनतिर हेरेर हात जोडे । 

“माड्साप स्कूलमा के भएको छ र ?” 

कृष्णप्रसाद सोचमग्न भए । “विरामीलाई किन तनाव दिनू ? ती पूmलहरूप्रति उसको पनि ज्यादै माया छ । शायद यी पूmलप्रति स्नेह कि उसैलाई छ कि मैलाई छ ” उनी सोचिरहे ।

“बोल्नुहोस् न माड्साप के भयो ?” 

“हैन त्यस्तो खासै केही छैन । तिमी नभएपछि स्कूल शुनशान भयो रे भन्ने सुनें । त्यही कुरा भनेको नि ”। माडसापले कुरा लुकाए । 

“माड्साप ! तपाइँ कहिलै भूmटो बोल्न सक्नुहुन्न । यो कुरा मलाई थाहा छ । अहिले पनि किन यसलाई टेन्सन दिनु भनेर भूmटो बोलेको अभिनय गर्न खोज्नुभएको सक्नुभएन हो कि होइन ?” वीरमानले कुरो समात्यो । कृष्णप्रसाद अक्कमक्क भए । 

“ठीक भन्यौ वीरमान , म सक्दिनँ । पूmलहरू यत्रतत्र छरपष्ट भएको र स्याहार नभएको देखें । अवश्य तिमी छैनौ भनेर म यहाँ आएको हुँ । तिमी चाँडै ठीक होऊ ।” कृष्णप्रसादले भने र विदा मागी हिँडे । 

वीरमान विरामी भएर विद्यालय नगएसम्म कृष्णप्रसाद शनिवारको दिन जान थाले । वीरमानकी पत्नीले गेट खोलिदिन्थिन् । उनी पूmलहरूलाई चलाउँथे, मिलाउँथे । विद्यालयको आँगनमा जथाभावी फालिएको कागज देखेर उनी रिसले मुर्मुरिन्थे । 

“कस्तो यति कुरामा पनि चेतना नभएको ? के गरी चलाउँछन् यिनीहरूले स्कूल हँ ?” उनी एक्लै भुतभुताउँथे । 

“हैन, मैले नैं राम्रो शिक्षा दिन सकेनछु क्यारे” उनी आपैंmलाई दोष दिन्थे । वरिपरि भेटिने विद्यार्थीहरूलाई पूmलको हेरचाह गर्न र विद्यालयलाई सफा राख्नुपर्छ है भनेर जान्थे । 

वीरमानको मृत्युको खबर आयो । वीरमान मरेको खबरले कृष्णप्रसादलाई बेचैन तुल्यायो । उनले वीरमानको मृत्युसँगै आफ्नो पनि केही अंश मरेको अनुभूति गरे । उसको घरमा गए र उसको लाशलाई एकटक हेरे । उनको कल्पनाको प्लटमा वीरमान हाँस्दै देखा प¥यो । 

“ माड्साप नमस्कार है” हजुरको विद्यालयमा यसो पिउनसिउन पाए नि हुन्थ्यो नि हकि ? 

“हुन्थ्यो नि तर के गर्ने ? दिने सिदा छैन” 

“यसो नुन तेल चले भइहाल्थ्यो नि सर” 

त्यही नुनतेल चल्ने पैसामा कृष्णप्रसादले वीरमानलाई पियनमा नियुक्ति गराएका थिए । विचरोले वीस रूपैंयाबाट काम थालेको थियो । बीस रूपैंयाबाट काम थाले पनि उसको काम भने बीसहजार भन्दा माथिको हुन्थ्यो । अठ्तीससालतिर आएरमात्र सरकारबाट डेढसय रूपैंया पारिश्रमिक पाउन थाल्यो । विद्यार्थीहरूलाई पिउने पानी ओसारेर पु¥याउनु, कक्षाकोठाको सफाइ गर्नुमात्र होइन दिनभरि बसेर घण्टी बजाउनुसमेत उसको नियमित चर्या थियो । सरकारी कोटा कहिलै आएन र वीरमानले कहिलै पनि तलब स्केल पाउन सकेन । दशैंका बेलामा सबै शिक्षकहरू र विद्यार्थीसमेत मिलेर केही रकम उठाउँथे । उसको लागि त्यो पनि निकै हुन्थ्यो । 

“माड्सापहरूले त आफ्नो लागि कत्रो आन्दोलन गर्नुभयो र माग पूरा गराउनु भयो तर हाम्रो बारेमा बोलिदिने कोही भएन हकि माडसाब ?” ऊ बेलाबखतमा गुनासो गर्दथ्यो । कृष्णप्रसाद हो भन्दथे । त्यसो त कृष्णप्रसादले धेरैपटक वीरमानहरूजस्ताको बारेमा बोलेका थिए तर कसैले सुनेन । विद्यालयको भित्तभित्तामा जसरी कृष्णप्रसादको श्रम, पसिना छ त्यसैगरी वीरमानको पनि । कृष्णप्रसाद एक्लै विद्यालयमा जाँदा विद्यालयको भित्तामा वीरमान दे्ख्थे भने वीरमान कृष्णप्रसादलाई । 

“माड्साप ! के सोच्नुभएको यत्रोबेरसम्म ? अब वीरमानको सद्गत गर्ने बेला हुन लाग्यो” भीडबाट एकजना वृद्घले भने । कृष्णप्रसाद झसङ्ग भए । उनको सामुन्नेमा त्यो वैशालु उमेरको वीरमान थिएन न त वृद्घ उमेरको वीरमान ≤ त्यहाँ त उसको निश्चल शरीरमात्र थियो जसको हात माड्साब भनेर जोडिनेवाला थिएन । 

कृष्णप्रसाद एकाएक वीरमानको त्यो लाशको छेउमा पुगे र हातले कपाल मुसार्न थाले । विद्यालयबाट विद्यार्थी र शिक्षकहरू पनि आए । सबैले त्यो दृश्य हेरे र सुँक्कसुँक्क पनि गर्न थाले । अन्ततः वीरमानको अन्तिमयात्रा शरू भयो । मसानघाटसम्म गए कृष्णप्रसाद । अन्ततः अग्निदाह लिएर वीरमान विदा भयो । 

वीरमान परलोक भएको धेरै महिनासम्म कृष्णप्रसाद विद्यालयतिर गएनन् । उनी पहिलेभन्दा ज्यादा गम्भीर हुँदै गएका थिए । एक विहान फुत्त बाहिर निस्किएका उनी लामो समयसम्म पनि घरमा फर्केनन् । उनी नफर्केपछि घरमा हल्लाखल्ला भयो । 

“ती त्यही स्कूलतिर त गएका होलान् जाऊँ खोज्न” कसैले भन्यो । नभन्दै उनी त्यहीँ गएका रहेछन् । वीरमानकी छोरीले गेट खोलिदिएपछि उनी भित्र पसेका थिए । उनले विद्यालयको चारैतिर चक्कर लगाए र आँगनमा यत्रतत्र छरिएका कागजका टुक्रा टिपेर फोहोर मलाई बाकसमा खसाले । तत्पश्चात पूmल मुसार्न गएका उनी पूmलबारीमै लडे । खोज्न गएका मानिसहरू पुग्दा उनको दायाँहातमा पूmलको हाँगो थियो र उनको निस्तेज शरीर आकाशतिर फर्किरहेको थियो । मान्छेहरू उनलाई हेरेर चिच्याए–माडसाब !!!

(देशभरिका इमान्दार र कर्र्तव्यनिष्ठ गुरुहरूमा सादर समर्पण–लेखक)


Tags: कथामाड्साब
अघिल्लो पोष्ट

नातिनी हिउँचुली

पछिल्लो पोस्ट

निष्ठा

हरि खनाल

हरि खनाल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
निष्ठा

निष्ठा

घाइते श्रीमती

घाइते श्रीमती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

३ जेष्ठ २०८०, बुधबार
‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

‘साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, साग र उमाकान्तलाई

४ असार २०८१, सोमबार
इतिहासको एउटा श्रृङ्खला वासुपासा

इतिहासको एउटा श्रृङ्खला वासुपासा

३ जेष्ठ २०७९, मंगलवार
छिन्नलता गीत पुरस्कार

छिन्नलता गीत पुरस्कार

२ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक