कति सुन्दर थियो यो पहाड
कति स्वच्छ थियो आकाश
शरदको घामजस्तै प्रिय थियो मौसम
कति मनोरम थियो यो वातावरण
पहिरो खस्नु अघि
पहिरो खस्नु अघि
उमेर आफ्नै लयमा
सुसेलीहाल्दै
चढ्दै थियो
उत्साहका उकालीहरू
सुस्तरी–सुस्तरी
सपनाहरू ढकमक्क फुलेका थिए
चा“दीजस्तै स्वच्छ उसको मनभरि
उसको तनभरि
आ“खा भरि दिलभरि दिमागभरि
चञ्चल मन
उडि बस्थ्यो
घरी यता
घरी उता
नाप्तै हि“ड्थी ऊ हरदम
आफ्नै इन्द्रेणी सपनाका कान्लाहरू
घरी मुस्कुराउ“थी
घरी सुस्ताउ“थी
र, फेरि मुस्कुराउ“थी ऊ
चिहाइबस्थीआफ्नै अनुहार
घरीलालीगु“रासमा
घरी बेली–चमेली फूलहरूको सुवासमा
किशोरवय उमेर थियो उसको
औधी सुन्दर पल थियो जीवनको !
सोचेकी थिए“–
ऊ फुल्छे /फक्रन्छे
पूरै फैलिन्छे जगत्मा
हो, सोचेकी थिए“ मैले–
केही खास अवश्य बन्छे ऊ जीवनमा
भर्नेछृ सुवास उसले
आफू स्वयंको नाममा
छर्नेछ सुवास उसले
आफ्नी यो आमाको नाममा
आफ्ना बाबाको नाममा
दु्र्भाग्य !
तर दुर्भाग्य मेरा
हठात् ग्रहण लाग्यो जुनमा
उज्यालो त्यो मेरो सपनाको जुनमा
गिद्दको आ“खा पर्यो
कलिली मेरी ती छोरीकोे छविमा
एकाएक मौसम बौलायो
धरती काप्यो थर्थरी
पहिलो खस्यो वस्तीमा
सखाप भयो
सम्पूर्ण सुन्दर संरचना
निमेषभरमा
उदासी !
भयावह उदासी
केवल बा“की रह्यो
भयावह उदासीमात्र
परिवेशभरि
बा“की रह्यो
केवलबा“की रह्यो
रिक्तता बोधको
एउटा तीब्र ऐठन मात्र
छाति भरि
यो छाति भरि
पहिरो खसे पछि
पहिरो खसे पछि
………………………………………………………………………………………..
विशालनगर, काठमाडौं ।