जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १० श्रावण २०८१, बिहीबार
स्मृतिमा स्रस्टा भित्र
0
सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

गिरिजाप्रसाद जोशी नेपालभाषा साहित्यमा एउटा व्याप्त नाम । सबैजसो विधामा सफल नेपालभाषाका लेखक । सङ्घर्षबाट उठेका, सङ्घर्ष मनपराउने एकजना सङ्घर्षशील व्यक्ति । देखेका कुरा लेख्छन् मुलाहिजा कसैलाई गर्न उनी जान्दैनन् त्यसैले त उनी मठाधीशहरुको लागि कोपभाजनको तारो बनिरहे । उनका सत्य कुरालाई असत्य बनाउन खोजे । उनको लेखनमा छाएको माधुर्यतालाई विषालुखालको वस्तु सम्झे । त्यसैले त गिरिजाप्रसादलाई कसैले ज्यानमाराको रुपमा, कसैले डाँकाकै बिम्बमा, कसैले आवाराकै प्रतीकमा फसाउन खोजे र त खराब सोच्नेहरुले लखेटिरहे ।
उनी धेरै बाँचेनन् तर धेरै लेख्न र धेरै गर्न भ्याए । साँखुको माटोमा उनीजस्तो मान्छे जन्मदैनन् मात्र होइन अरु सयौं वर्षमा पनि उनीजस्ता प्रतिभाशाली व्यक्ति जन्मिन गाह्रो छ । शालीनदीको ऐतिहासिकता साँचेर बाँचेको साँखु काठमाडौं नजिक रहेको अधिकांश नेवारहरु बसोवास गर्ने नगर हो ।त्यहाँ सङ्कीर्णताका आफ्नै खालका डोबहरु छन् ।त्यहाँ विकासका घामहरु नउदाउनुका आफ्नै कथा र व्यथाहरु छन् ।त्यहाँ अज्ञानताका आफ्नै ढङ्गका सन्दर्भहरु छन् । तर पनि गिरिजाप्रसादजस्ता पहाडभन्दा गर्‍हँुगो मान्छेले जन्म पाएका छन् । यस अर्थमा साँखुको नाम धन्य छ । गिरिजाप्रसाद साँखुमा नै जन्मेका साँखुमा नै हुर्केका एकजना कर्मशील, श्रमशील र लगनशील चेतनाका दृष्टिले पनि बलिया साहित्यकार हुन् ।

उनी एकजना शिक्षक । उनी खरिदार । उनी समाजसेवक । उनी लेखक । उनी योद्धा । उनलाई विभाजित गर्दै लगे उनी एकजना व्यक्ति तर धेरै–धेरै थोकमा विभाजित गर्न सकिने एकजना सक्रिय मान्छे । उनका आफ्नै कथाहरु छन्, उनले थुप्रै कथाहरु देखेका छन् त्यसैले त लेखे उनले धेरै कथाहरु उनी एकजना कथाकार । उपन्यासमा आफ्नै ढङ्गको विषय खोज्ने सिपालु यिनी उपन्यासकार । त्यसैले त भन्नुपर्छ – उनी एकजना सफल कथाकार तथा उपन्यासकार हुन् । कृतिगत चिरफार गर्न सक्षम समालोचक । आफ्नै खालको लय, ताल, छन्द मिलाएर राम्रो गीत बनाउन सफल गीतकार । छन्द र लयमा कविता कोर्न सफल कवि–कलाकारलाई पनि कला प्रदर्शन गर्न सक्ने कलाकार । आफ्नै गीतमा सङ्गीत भर्नसक्ने संगीतकार । गायक, निबन्धकार, नाटककार सबै–सबैमा व्याप्त रहेका लेखक–गिरिजाप्रसाद जोशी ।

वि.सं. १९९५ चैत्रमा जन्मेका गिरिजाको अवसान २०४४ सालमा अर्थात् ४९ वर्षको अल्पायुमा नै भएको देखिन्छ । यिनले समाज र देशका लागि धेरै परिश्रम गरे तर थोरैमात्र आफू र परिवारबारे सोचे । यिनी अभावमा बाँचे तर अभावसँग कहित्यै लत्रेनन् । खराबीले यिनलाई गुलामी गर्न खोजे तर कलुषिताभित्र बाँच्न रुचाएनन् । साँखुजस्तो सानो ठाउँ जहाँ चेतनाको मात्र होइन धेरै थोकको कमी छ यस्तै कमी देखेर यिनले त्यहाँ नाटक सिकाएर देखाउने मात्र होइन आफै खेलेर, आफैले लेखेर, गीत गाएर, समाजमा चेतना बाँड्न खोजिरहे । नेपालभाषाका कट्टर प्रचारक । नेपालभाषाका अनन्य लेखक । नेपालभाषाका लागि जस्तो दु:ख खप्न परेपनि खप्न तयार एकजना निडर कार्यकर्ता । परिवारलाई अभाव दिएर गए तर राष्ट्रलाई भाषा र साहित्यका अनन्त कृतिहरु दिए । त्यसैले त यिनको महानता बखान गरेर साध्य छैन । साँखुजस्तो कुनोमा परेको अँध्यारो नगरीमा उनले सामाजिक चेतना ल्याउन, नाटक देखाएर, भाषा साहित्यको अनगिन्ती गोष्ठी सम्मेलन सञ्चालन गरेर, गीत–कविता सुनाएर, थरि–थरि भावनाका कथा–उपन्यासहरु सुनाएर एकजना इमानजमान भएका शिक्षक, एकजना कर्तव्यनिष्ट प्रधानाध्यापक भएर जीवनपर्यन्तसम्म सेवा पुर्‍याइरहे ।यिनले पुर्‍याएका सेवाका पाटाहरु पनि अनगिन्ती छन् । यिनका अवसानले समाजलाई अपूरणीय क्षति पुर्‍याइदिएको छ । आफूले अनुभव गरी सिर्जना गरेको साहित्य नै महत्वपूर्ण हुन्छ भन्न रुचाउने गिरिजा जोशीका आँखा र दृष्टिमा साहित्य पनि खुकुरीजस्तै नै हो । फरक यति मात्र हो कि गरीबलाई चाहिने खुकुरी र साहूलाई चाहिने खुकुरी एक खालको हुँदैन भन्ने छ । यस्तै भावना बोकेर साहित्य लेखिरहने यिनले नेपालभाषा साहित्यमा करिब ७५ वटाभन्दा बढी पुस्तकहरु लेखेर गएका छन् । नेपालभाषाका पक्षपाती लेखक गिरिजाप्रसाद जोशीको परिभाषामा आफ्नो भाषा छोडी अर्काको भाषाको अनुयायी बन्नु अनैतिकता हो । जनताहरुलाई मातृभाषाबाट राजनैतिक शिक्षा नदिंदा क्रान्ति सफल हुँदैन भन्दै विचार अभिव्यक्ति पोख्दै आएका यिनी पूँजीवादी समाजमा इमान र परिश्रमको पुरस्कार भनेको दास जीवन हो । आफूले आफैलाई न्याय गर्न सकेन भन्ने अरुले गरेर दिएको न्याय खालि अन्याय नै हो । समाजलाई बुझ्न सफल, जनताका मनोवल खोज्न सक्रिय योद्धा–कवि गिरिजाका कल्पना शक्तिमा लुकेको यथार्थ दृष्टि र सशक्त उक्ति प्रभावशाली र प्रेरणाप्रद खालका छन् ।

बी.ए., बी.एड. सम्म उत्तीर्ण गरेका गिरिजाले २०१३ सालतिर एस.एल.सी.सम्म पढ्दै गर्दा, काम नपाउँदा पिपाको जागिरसम्म खाएको देखिन्छ । टक्सारमा खरिदार हुँदै २०१७ सालतिर यातायात संघतिर नोकरी गरेर हेटौंडामा केही वर्ष यिनले नोकरी गरेको देखिन्छ । हेटौंडामा जागिर छँदा पनि यिनले आफ्नो मातृभाषाको प्रचार गर्न पछि परेनन् । पछि यिनी शिक्षक भए । जीवनका धेरै लामो क्षणहरुमा शिक्षणसेवा गरेर बिताएका यिनले भाग्योदय मा.वि., साँखुमा प्राइमरी स्कुलछँदादेखि सेवा पुर्‍याएको पाइन्छ । साहित्यकार गिरिजाले शिक्षणसेवा पुर्‍याएको विद्यालयहरुमा आनन्दकुटी बोर्डिङ्ग स्कुल, बालकुमारी मा.वि., शान्ति मन्दिरहरु पनि हुन् । २०२५ सालपछि साँखुस्थित भाग्योदय मा.वि.मा शिक्षक भई गएपछि जीवनभरी शिक्षण सेवामा आफूलाई समर्पित गरेको देखिन्छ ।करिब १३ वर्ष २०३८ सालसम्म यसै स्कुलमा अङ्ग्रेजी, नेपालभाषाका शिक्षक भई सेवा पुर्‍याएका यिनी कहिले षड्यन्त्रमा परेर, कहिले कसैका वक्रदृष्टिमा परेर, कहिले प्रशासनिक मारमा फसेर भद्रवासस्थित आदर्श मा.वि.मा पनि पढाउन पुगे । त्यसपछि बाङ्गाटिङ्गा मोडलहरु पार गर्दै चुगाउँमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा वि.सं. २०४० देखि प्रधानाध्यापक भई सेवा गरेको देखिन्छ । प्र.अ.मा सेवारत छँदाछँदै फोक्सोको क्यान्सर भएर २०४४ सालमा यिनको देहावसान भयो ।

एकजना स्वाभिमानी शिक्षक जो एकजना समाजका पथप्रदर्शक लेखक पनि हुन् । एकजना इमानमा बाँचेर स्वाभिमानमा रमाएर र कटु यथार्थभित्रका सत्य ओकलेरजान सफल एकजना प्रतिवद्ध साहित्यकार हुन्– गिरिजाप्रसाद जोशी ।

कुञ्ज र यचु दुइजना छोराहरु र दुइटी छोरीहरु छोडेर गएका यिनी २०१७ सालदेखि जीवनमा मायाका माया पाएर आफूलाई समर्थवान बनाएका हुन् । सोझी माया जीवनमा साथ पाएर नै यिनले भाषा साहित्यलगायत समाजको सेवा गर्ने मौका पाएको सन्दर्भ बिर्सन गाह्रो छ । वि.सं. २०१३ सालदेखि नै लेखन क्षेत्रमा लागेका यिनले २०१३ सालमा नै त्रिचन्द्र कलेजमा भएको साहित्य सम्मेलनमा कवितामा प्रथम भई कवि बनेर प्रसिद्धि कमाएका हुन् । २०१८ सालमा चिराग पुस्तकालयको संस्थापनमा भूमिका खेलेका यिनले २०३२ सालतिर जयवली क्लब खोलेर सामाजिक चेतना, शिक्षा बाँड्न लागेका देखिन्छन् । त्यसताका नै साँखुमा हस्तलिखित पत्रपत्रिकाहरु प्रकाशन गर्न दिएर आफ्नो साहित्यिक अभियान चलाइरहेका कवि जोशीको सक्रियतामा गथु रजिष्टर्ड भएको पत्रिका प्रकाशन भएको हो । आफू कार्यरत भाग्योदय स्कूलमा पनि यिनको सक्रियतामा थुप्रै कार्यहरु भएको देखिन्छ ।

साँखुको माटोमा चेतनाका राँकाहरु बाल्न यिनले पुस्तकालयको स्थापना, पत्रपत्रिकाको प्रकाशन, नाटक प्रदर्शन, साहित्य गोष्ठीका आयोजना, वादविवाद र वक्तृत्वकला प्रदर्शन गराउन र गर्न सक्रिय रुपले लागिरहे । शिक्षणसेवा मार्फत् भोलिका कर्णधारहरुलाई सत्–निष्ठाका कुराहरु सिकाइरहे । तर तथाकथित् पञ्च नेताहरुले उनका सिर्जनाहरु, सामाजिक कार्यहरु र शिक्षण क्रियाकलापहरु पटक्कै मन पराएनन् । यिनीलाई स्कुलबाट लखेट्न खोजे, यिनलाई समाजबाट तिरस्कृत गर्न अभियान चलाए र तर पनि गिरिजालाई यिनीहरुले गिराउन सकेनन् । यिनका विरुद्ध गुण्डाहरु लगाए तर गुण्डाहरु पराजित भई दिए । यिनी साँच्चैकै समाजका योद्धा हुन् । अर्थात् अन्यायका विरुद्ध लड्न खोज्ने चेतनशील बिम्ब हुन् । यिनी कुनै पनि पार्टीमा लागेका त देखिँंदैनन् तर यिनी जनताका पक्षधरतामा आफूलाई समर्पित तुल्याउँदै आएका एकजना जनताका पार्टीका सिपाही हुन् । यिनले कतै शोषित पीडित जनताको विपक्षमा आवाज दिएका छैनन् । उनी नेपालका शोषित पीडित जनताकै पक्षमा लेख्ने प्रगतिशील, क्रान्तिकारी लेखक हुन् । उनी देश, समाज र भाषा–साहित्यबारे निरन्तर चिन्तित कवि हुन् । नेपालभाषा साहित्य क्षेत्रमा सधै चम्किरहने नाम बनेका छन् – गिरिजाप्रसाद जोशी । जस्तो खालको समस्यासँग पनि नडराउने डटिरहने एउटा अविचल साधनाका तपस्वी स्रष्टा भएका छन् गिरिजाप्रसाद जोशी । उनका साहित्यमा क्रान्ति छ, जनताका जीजिविषाहरु छन् । जीवनलाई बोल्न लगाउने कवि गिरिजाको चाहनाअनुसार उनका धेरैजसो कविताहरुमा जीवनका क्रमहरु जीवन्त ढङ्गले सक्रिय र क्रियाशील छन् । म उनलाई उनकै कवितामार्फत् सम्झिरहेछु :

क्रान्ति मि ख:, तर ज्यान दु वइके
स्वइत पुइगु ख:, स्यूम्ह व ख:
क्रान्ति मल:, तर ज्यान दु वइके
स्वइत कय्गु ख:, स्यूम्ह व ख: ।
गिरिजाको सिर्जना नेपालभाषा साहित्यिक क्षेत्रमा सधैं अजर र अमर रहने छन् ।


Tags: गिरिजाप्रसाद जोशीनेपालभाषामोहन दुवाल
अघिल्लो पोष्ट

म प्रयोगशाला

पछिल्लो पोस्ट

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

काठमाडौँ

काठमाडौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही मुक्तक

केही मुक्तक

१० बैशाख २०७९, शनिबार
किम्फ आजदेखि

किम्फ आजदेखि

११ बैशाख २०८१, मंगलवार
तुलसी दिवसको कविता

तुलसी दिवसको कविता

१० बैशाख २०७९, शनिबार
तिमीलाई भेटे पछि

तिमीलाई भेटे पछि

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक