जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

नरेन्द्रराज प्रसाई नरेन्द्रराज प्रसाई
प्रकाशित १५ मंसिर २०७८, बुधबार
विविध, स्मृतिमा स्रस्टा भित्र
0
एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह



म सूर्यसंग सम्भोग गर्छु
आउ मलाई सम्भोग गर ।
प्रेमा शाहको जन्म :
प्रेमा शाहको जन्म सम्वत् २००२ असार १६ गते शुक्रबार वीरगञ्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह थियो । प्रेमा शाहको जन्म भएपछि यिनलाई उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको न्यानो काखबाट अलग्याइयो । अर्थात् जन्मेको चौध दिनमा उनलाई वीरगन्जबाट काठमाडौँस्थित उनको मावलीघर ल्याइएको थियो ।
प्रेमा शाह शिशुकालमा नै मावलीको सम्पत्ति बनिन् । उनका मावलीपट्टिका हजुरबुबा विज्ञानशमशेर जबरा त्यतिबेला जर्नेल थिए । जनरल राणाकै पालन र पोषणमा प्रेमा शाहको शिशुकाल बित्यो र बाल्यावस्था पनि बित्यो । उनी बाल्यकालदेखि नै गीत गाउने र नाच्ने कलामा पनि आबद्ध थिइन् । यिनको नाच्ने कला देखेर यिनकी धाईआमा मक्ख पर्थिन् । वास्तवमा प्रेमा शाहकी धाईआमा नै यिनकी सर्वस्व पनि थिइन् । त्यसै सन्दर्भमा यिनले आफ्नो डायरीमा पनि लेखिन्, –‘मैले मेरी आमाको अनुहार देखेको छैन । मैले मेरी आमाको दूध पनि चुस्न पाइनँ । मेरी बुबू धाईआमा (तुलसीदेवी उपाध्याय कोइराला) नै मेरी आमाको रुपमा मैले पाएँ ।’
प्रेमा शाहलाई मावली घरमा अत्यन्तै चिज गरेर राखिएको थियो । उनलाई त्यहाँ पढ्न पनि निक्कै राम्रो व्यवस्था थियो । उनले मावलीमा नै कखरा पढिन् । ठूलोवर्णमाला र साधारण लेखापढी पनि उनले त्यहीँ पढिन् । उनलाई पढाउन मामा घरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रुपमा आउने गर्थे । घरमा राम्ररी पढ्न र लेख्न जानेपछि यिनलाई पाटन हाइस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो ।

प्रेमाको शिक्षा :
प्रेमा शाह सुरुसुरुमा स्कुल जाँदा आँखामा लामो लामो गाँजल, मुखमा क्रिमपाउडर र हीराको टप लगाएर जाने गर्थिन् । त्यसबखत उनले थाइकट कपाल काटेकी हुन्थिन् । उनी सिँगारिएर स्कुल जाँदा आफू बेहुलीझैं भएको अनुभूति बटुल्थिन् । यिनलाई स्कुल पुर्‍याउन र ल्याउन ‘हिलम्यान’ नामक कालो मोटर जान्थ्यो । त्यति बेला यिनको बेग्लै सान र मान थियो ।
प्रेमाले एकवर्ष पाटन हाइस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । त्यसबेला पनि उनी स्लिकको लुगामा ठाँटिएर स्कुल जान्थिन् । उनको त्यो शान देख्न नसकेर साथीहरुले पछाडि पट्टिबाट उनका लुगा ब्लेडले काटिदिने गर्थे । त्यहाँ उनले आठ कक्षासम्म मात्र पढिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटनको मङ्गलबजारस्थित आदर्श कन्या निकेतनमा पुर्‍याइयो । त्यही स्कुलबाट यिनले २०१६ सालमा एसएलसी दिइन् ।
प्रेमा शाहलाई सधैं स्कुल पुर्‍याउने अङ्गरक्षक सलोनी थिइन् । पहिले सलोनी पुष्करशमशेरका घरमा काम गर्थिन् र त्यहाँबाट उनी जनरल विज्ञानशमशेरका घरमा पुगेकी थिइन् । प्रेमालाई स्कुल पुर्‍याउने क्रममा सलोनीचाहिँ सोही स्कुलको पालेसँग चटारिन थालिन् । हुँदाहुँदै उनी प्रेमा शाहलाई स्कुल पुर्‍याएर एकदिन पालेसँग उताउतै हिँडिन् । त्यसपछि प्रेमाले अङ्गरक्षकको खासै काम देखिनन् र उनले एक्लै स्कुल जाने दृढता व्यक्त गरिन् ।
प्रेमा शाहले बनारसमा पनि पढिन् र जापानमा पनि पढिन् । तर उनले आईए, बीए र एमए चाहिँ नेपालमा नै पढिन् । सामाजिक, पारिवारिक र वैयक्तिक हरेक सङ्घर्षसँग जुधेर यिनले २०२६ सालमा नेपाली विषयमा एमए पास गरिन् ।

प्रेमाको व्यक्तित्व :
प्रेमा शाह समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारीस्रष्टाको नाउँ मानिन्छ । कुनै बेला राजधानीमा उनी जब कविता सुनाउन मञ्चमा उभिन्थिन् तब त्यहाँ एउटा उत्साह, उमङ्ग र जागरणको वातावरण सृजना हुन जान्थ्यो । उनी कविता भन्दाभन्दै एउटा कवितामय जीवन नै भनिसकेकी हुन्थिन् । प्रेमा शाहको कविता र जीवनको परिभाषाले साहित्यकै परिभाषालाई चुली पारेको हुन्थ्यो । त्यसैले प्रेमा शाह त्यसै बेलादेखि नै नेपाली साहित्यमा चर्चित बनिन्, प्रसिद्ध भइन् र अन्तत: नअस्ताउने तारा नै बनिन् ।
प्रेमा शाह कविता पढेर चर्चाको शिखरमा पुगेको नाउँ हो । त्यो नाउँ झनै झनै उकालोमा नै हिँडिरह्यो, किनभने उनले लेख्नका लागि आफ्नो मन, वचन र कर्म अर्पित गरिन् । चर्चाको जुन टाकुरो छोए पनि उनले लेखी नै रहिन् । कहिले उनले कविता लेखिन्, कहिले कथा लेखिन् र कहिले उपन्यास लेखिन् । लेख्तालेख्दै फेरि उनी चर्चित बनिन्, उनी कति चर्चित भइन् भने अति चर्चित भइन् । ‘अति सर्वत्र वर्जयेत्’ भनेझँ चर्चा–चर्चाले नै उनी नेपाली भाषासाहित्यबाट एकाएक हराइन् । अथवा भनूँ खाने, कमाउने, बाँच्ने र जीवन धान्ने कामका लागि सक्रिय रुपमा रचना निर्माणका बाटाबाट उनी पर सरिन् ।

प्रेमाको यौन काव्य :
प्रेमा शाहको यौन (क्भह) कविता लेखनमा नाउँ चल्यो तर उनी मूलत: यौन कथाकर नै हुन् । उनी कथाकार पनि माथिल्लो स्तरकी थिइन् । उनको कथालेखनबारे २०२३ साल भदौ २२ गते पारिजातले उत्तम कुँवरलाई वयान दिइसकेकी थिइन् —‘प्रेमा शाहको कथाको प्रस्तुतिकरण त कुनै विदेशी श्रेष्ठ कथाकारको भन्दा कम छैन ।’
यौनको केन्द्रविन्दुमा पुगेर साहित्यसृजना गर्ने स्रष्टामध्ये प्रेमाशाहको स्थान अग्रपंक्तिमा रह्यो । जीवन गतिलो पनि नहुनाको तात्पर्यको अदृश्य कुण्ठा पनि प्रेमा शाहले आफ्ना रचनामार्फत् प्रस्तुत गर्ने गर्थिन् । यति हुँदाहुँदै पनि उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्थिन् । नेपाली भाषा साहित्यमा उनको लेखनी आफ्नो बेग्लै आयाममा स्थापित भएको थियो । उनको लेखनको सौन्दर्यका विषयमा धेरै समालोचकले उनको मुक्तकण्ठले प्रशंसा पनि गरे । उनी नेपाली साहित्यमा संख्यात्मक भन्दा गुणात्मक रुपमा लेख्ने स्रष्टा थिइन् । त्यसैले उनले लेखेका कविताचाहिँ थोरै पनि भए र ती थोरै पनि प्राय: यौन, प्रेम र समर्पणमा समर्पित भएका देखिए ।
तिमीमा मेरो प्यार हीराको जन्तरझैं
सधैँ छातीमा झुन्ड्याएर
तिमीलाई माया गरिसकेकी छु ।
जाडोका ती रातभर
तिमीलाई यी ओठका न्यानो आवरणमा
गुट्मुट्याएर मैले तिम्रो कानमा
प्रणयका कति गीत भरिसकेकी छु ।

प्रेमाको साहित्यिक व्यक्तित्व :
प्रेमा शाहले पढ्दै साहित्य सृजना गर्दै गरिन् । पाटन कलेजबाट आईए र बीए गरिञ्जेलमा उनी नेपालका डाँडाकाँडा ढाक्ने साहित्यकार भइसकेकी थिइन् । त्यसबेला यी ‘बिहान’ तथा ‘हिमानी’ पत्रिकाको सम्पादक मण्डलमा रहिन् । यिनले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थालिन् । त्यहाँ पढ्दा यिनले देउरालीको सम्पादन पनि गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरुमाझ समेत साहित्यकारका रुपमा चम्किसकेकी थिइन् ।
नेपाली भाषा साहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित थिइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा शारदा पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे ।
प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, श्रीमान्हरुको प्रभाव र छोरीको प्रत्यक्ष प्रभाव गाँसिएको पाइन्थ्यो । यी सबै पूर्वदृश्यहरुका कारण उनका रचनाहरु पनि त्यही परिवेशबाट लेखिए ।

प्रेमास“ग पुरुष आकर्षण :
प्रेमा शाहको यौवनावस्थामा यीसँग धेरै पुरुषहरु झुत्ती खेल्थे । खास गरेर युवाहरुमा पनि बौद्धिक वर्ग यिनको पछि लाग्ने गथ्र्यो ।
विद्यार्थी जीवनमा प्रेमा शाहसँग नजिक हुन धेरै विद्यार्थीले धेरै कसरत पनि गरे । धेरैले यिनलाई आकाशका तारा झार्ने वचन पनि दिए । वास्तवमा प्रेमा शाह रुपमा पनि सुन्दरी थिइन्, बिछट्टै राम्री थिइन् र खुलस्त पनि थिइन् । यिनको मिलनसार स्वभावबाट मान्छेहरु झन् यिनीसँग हुरुक्कै हुन्थे । त्यतिमात्र होइन, यिनले रचना पनि पुरुषलाई झुम्म पार्ने खालका लेख्थिन् । त्यसैले स्कुल, कलेज र विश्वविद्यालय पढेताका एकातिर यी आफ्ना पछि लाग्ने पुरुषहरुसँग सामना गर्थिन्, अर्कातिर आफ्नो पढाइलाई अघि बढाउने क्रम थियो भने साहित्य रचनामा पनि यिनलाई नशा लागिसकेको थियो । त्यसबेला यिनका सबैभन्दा मिल्ने पुरुष साथी डा. धु्रवचन्द्र गौतम पनि एक थिए ।

प्रेमाको प्रथम विवाह :
प्रेमा शाहले यौवनावस्थामा उनका पछि लाग्ने पुरुषहरु एकएक गर्दै छाडिसकेकी थिइन् । यसैबीच भारत पटनाका जेपी शाहीसँग २०२८ साल असार १८ गते यिनको लगनगाँठो कसिएको थियो । बिहेपछि प्रेमा शाहले बनारसमा बसेर पढ्न थालिन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धुमधाम सहयोग पुर्‍याएका थिए । त्यसै समयमा प्रेमा शाहले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् ।
भारतमा नै बसेताका शाही दम्पतीमा चिसोपनको सुरुवात भएको थयो । शाहीले प्रेमाका लागि आवश्यक समय दिन नथालेपछि प्रेमालाई उनी उपर शंका लाग्न थालेको थियो । खोजीनीति गर्दै गएपछि आफू शाहीकी उप पत्नी हुन पुगेको कुरा उनले थाहा पाएकी थिइन् । साथै प्रेमाको चाहना अनुसार शाहीले बच्चा जन्माउन नचाहेको बेहोरा समेत प्रेमाका लागि चित्तबुझ्दो विषय भएन । वास्तवमा शाही छोराछोरीका बाबु भैसकेका रहेछन् । अन्तत यिनीहरुको पारपाचुके पनि भयो । अनि लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् ।
शाही दम्पतीमाझ सम्बन्धविच्छेद भएपछि दुबैजनालाई पछुतो परेको थियो । भनौं उनीहरुलाई सम्बन्धविच्छेद गरेको बेहोरा चित्त बुझेको थिएन । प्रेमाले पछि अर्कै श्रीमान्का तर्फबाट छोरी जन्माए तापनि आफ्नी छोरी लिएर उनी शाहीलाई भेट्न पटना पुगेको तथ्य उनकी छोरीले जलले बताएकी छिन् । वास्तवमा नै शाही असल पनि थिए रे ! सम्बन्ध विच्छेद पछि पनि प्रेमाले शाहीको वयान गर्न छाडेकी थिइनन् ।

प्रेमाको दोस्रो विवाह :
जापानबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् । त्यस बेला अर्थात् २०३६ सालसम्ममा यिनका पुराना मित्रहरुमध्ये धेरैजसो यीदेखि टाढाटाढा पुगिसकेका थिए । अनि त्यति बेला यी बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान्थिन् । तर यिनको सुन्दरताको पारख गर्ने मान्छेको त्यहाँ पनि अनिकाल लागेन । त्यहाँ पनि धेरै मान्छेको भीड चिरेर उनका सामुन्ने एक जना युवकको उपस्थिति भयो । अथवा भनूँ त्यति बेला नै उनको परिचय रमेश कर्माचार्यसँग भयो ।
रमेश कर्माचार्यसँग पनि प्रेमा शाह लट्ठ परिन् । वास्तवमा कर्माचार्य पनि आकाशपातल जोडेर गफ गर्न सिपालु थिए । कतिसम्म भने कर्माचार्यले ‘मेरो आफ्नो घरको सुनको लिस्नो टेक्ने एक जना अप्सरा तिमी मात्रै हुन सक्छ्यौ’ भनेर प्रेमा शाहलाई एकोहोर्‍याएका थिए । यी विविध प्रपञ्चका कारण शाहको मन उनीसँग टपक्कै टाँसिएको थियो । वास्तवमा प्रेमा शाह भित्री हृदयकी सोझी थिइन् । एकातिर कर्माचार्य आफूसँग मरिमेट्ने र अर्कातिर प्रेमालाई पनि आफ्नो सन्तान जन्माउने विशेष इच्छा थियो । उनले समाजसामु पनि एक जना वरसँग वरण हुनु नै थियो । त्यसैले दुई वर्ष प्रेम गरेपछि यी प्रेमीप्रेमिकाको बिहे गर्ने निष्कर्ष निस्क्यो ।
प्रेमा शाह रमेश कर्माचार्यसँग गुह्येश्वरी गइन् । त्यहाँ गएर कर्माचार्यले प्रेमा शाहको सिउँदोमा एक चिम्टी सिन्दूर हालिदिए । यिनीहरुले एकअर्कालाई माल्यार्पण गरे । वाचाबन्धनका साथ उनीहरु एउटा डेरामा बस्न थाले । बिहेपछि प्रेमा शाह आफ्नो नवशिशुको प्रतीक्षामा रहन थालिन् ।

प्रेमाकी छोरीको जन्म र पतित्याग :
बिहे गरेको अर्को वर्ष जल जन्मिन् । अथवा भनूँ २०३९ सालमा जल शाहको अवतरण भयो । छोरी जन्मेपछि प्रेमा शाहको एउटा आन्तरिक इच्छा पूर्ति पनि भयो । रमेश कर्माचार्य, प्रेमा शाह र जलको संयोग त्यति बेला लोभलाग्दो नै देखिन्थ्यो तर यो सानो र सुखी परिवारमा एक्कासि हुन्डरी आयो । किनभने प्रेमा शाहले कर्माचार्यको पनि आफू उप पत्नी भएको थाहा पाइन् । त्यतिमात्र होइन कर्मचार्यकी पत्नी प्रेमा शाहको डेरामा आएर तनाव दिने काममा लागिन् । साथै कर्माचार्य पनि जेठी श्रीमतीप्रतिको मोह त्याग्ने अवस्थामा थिएनन् । त्यही कारणले नै कर्मचार्यको जीवनबाट प्रेमा शाह आफ्नी छोरीसहित टाढाटाढा जाने निष्कर्षमा पुगिन् । त्यसपछि चाहिँ उनी काखे नानी बोकेर सर्लाहीतिर लागिन् ।

प्रेमाको जागिर :
सर्लाहीमा पनि टिक्न नसकेर उनी वीरगन्जमा आइन् । तर पनि रोजीरोटीका लागि उनले कुनै न कुनै काम गर्नै पथ्र्यो । त्यसैले उनले फेरि सर्लाहीकै नवजीवन विद्याश्रममा पढाउने विचार गरिन् । उनले पढाउने विषयचाहिँ मुख्यतया अंग्रेजी र नेपाली थिए । यी कहिलेकाहीँ इतिहास पनि पढाउँथिन् । त्यस हाइस्कुलमा उनले आठ वर्ष पढाइन् । त्यसपछि उनी फेरि वीरगन्जतिरै लागिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् ।
प्रेमाका बाजेको बलात्कारी शैली :
प्रेमा शाह खुबै विद्रोही थिइन् । यी विद्रोही स्वभावकी हुनाको प्रमुख कारण यिनका जिजुबुबा जनरल विज्ञान शमशेर जबरा थिए । हजुरबुबाप्रति उनका मनमा घृणा थियो । आफ्ना हजुरबुबालाई भेटेपछि यी तर्कने नै गर्थिन् र वादविवाद पर्‍यो भने मुखमुखै पनि लाग्ने गर्थिन् । त्यतिमात्र होइन यिनले एकचोटि हातमा पिस्तोल बोकेर आफ्ना अर्का जिजुबुबा दमन शमशेरलाई हान्न पनि गइन् तर अरुले छुट्टयाएर त्यस गोलीबाट दमन शमशेरलाई बचाएका थिए । त्यसैले यिनलाई यिनका मामा वरुण शमशेर राणा र मावलीपट्टिका जिजुबुबा विज्ञान शमशेर राणाले कम्युनिष्ट पनि भन्ने गर्थे । तर यिनीचाहिँ न्यायवादी थिइन् ।
प्रेमा शाहका जिजुबुबा जनरल विज्ञान शमशेर राणा तात्कालिक क्रूर संस्कारका प्रतिनिधि थिए । उनी आफूभन्दा सानालाई मान्छे नै गन्दैनथे । उनीद्वारा नोकरहरु कहिले जुत्तैजुत्ताले पिटिएका हुन्थे भने कहिले भान्से र सुसारेलाई यिनले भर्‍याङबाट खसाउने गर्थे । त्यति मात्र होइन यिनका जिजुबुबाले घरका सुसारेहरुसँग पालैपालो शारीरिक सम्पर्क पनि गर्थे । बलात्कारपछि यदि उनीहरुमध्ये कोही गर्भवती भए भने तिनलाई बैठकेसँग टीका लगाइदिएर डाँडो कटाउँथे । यी सबै दृश्यहरु हेरेर नै प्रेमा शाहले श्लील र अश्लील साहित्यको गोरेटो कोरिन् । अन्तत: त्यस विधामा उनी अति सफल पनि भइन् ।

प्रेमाको सड्डठन :
प्रेमा शाह आफ्नो पौरख रोप्तै फेरि वीरगन्ज पुगिन् । त्यहाँ गएर उनले साहित्यिक र सांस्कृतिक सङ्गठन गरिन् । उनी सङ्गठन गर्न सिपालु थिइन् । त्यसैले त्यस ठाउँका स्रष्टालाई उनले एउटै मञ्चमा राख्ने प्रयास गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङ्मय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आफै अध्यक्ष पनि भइन् ।
प्रेमा शाह लेखन कलामा जसरी सफल भइन् त्यसरी नै यिनी सङ्गठनात्मक शैलीमा पनि सफल मानिइन् । घरव्यवहार र गृहस्थी जीवनमा असफल भए तापनि यिनी छोरी पाउन, हुर्काउन र छोरीलाई प्रसिद्ध तुल्याउन सफल भइन् । त्यतिमात्र होइन यिनी साहित्यको फलैंचामा ढकमक्क फुलेरै बसिरहिन् ।

प्रेमाको धु्रवचन्द्र गौतमस“ग सम्बन्ध :
प्रेमा शाहका मनपर्ने स्रष्टामा डा. धु्रवचन्द्र गौतम अग्र भागमा दरिन्थे । उनीहरु दुबै वीरगञ्जका भए तापनि उनीहरुको परिचय काठमाडौंमा २०२२–२३ सालतिर शैलेन्द्रकुमार उपाध्यायका घरमा भएको थियो । त्यस बखत मन्त्री उपाध्यायले आफ्ना घरमा आयोजित साहित्यिक गोष्ठीमा यी दुईलाई पनि निम्त्याएका थिए । त्यसपछि उनीहरु धुमधाम नजिक हुन थाले । पछिसम्म पनि प्रेमा शाह भन्थिन् ‘धु्रवले मलाई सुख र दुखमा पनि साथ दिएका थिए ।’ गौतम पनि प्रेमा शाहलाई अति सम्मान र स्नेह गर्थे । उनीहरु दुबै जनाको विचार पनि मिल्थ्यो । यसैप्रसङ्गमा डा. गौतमले भनेका थिए ‘प्रेमा र मेरो भेट हुनुको तात्पर्य हामी गफमा भुल्लिन थालि हाल्थ्यौं । म वीरगञ्ज पुगेका बेला हाम्रो तुरुन्तै सम्पर्क भइहाल्थ्यो । अनि कहिले रिक्सामा चढेर र कहिले पैदलै पनि हामी वीरगन्जका सडकहरु नाप्न थाल्थ्यौं ।“
प्रेमा र डा. गौतमको अति घनिष्टता उनीहरु एक अर्काबाटै नइ प्रसाईलाई पनि थाहा थियो । त्यसैले एक पटक तीनजना अर्थात् जल शाह सहित प्रेमा शाह र डा. धु्रवचन्द्र गौतमको सम्मानमा नइगृहले रात्रि भोजको आयोजना गरेको थियो । त्यसबेला आफूले रक्सी नखाए तापनि शाहले गौतमको ग्लास रित्तो हुनबाट बञ्चित गराई रहन्थिन् । वास्तवमा धु्रवचन्द्र गौतम पनि कमलो मनका धनी मानिन्छन् । उनी नेपाली साहित्यका महारथी मात्र होइनन् मानवताका पूजारी पनि हुन् । उनी आफूलाई गायकका रुपमा पनि देखाउन चाहन्छन् । त्यसैले पनि प्रेमा शाह गौतमको जय मनाउने गर्थिन् ।

प्रेमाको प्रेम भोक :
प्रेमा शाहलाई बाँचुञ्जेल प्रेमको भोक थियो । तर उनी आफ्ना लागि यस ब्रह्माण्डमा कुनै गतिला पुरुष देख्तिन भन्थिन् । यसै प्रसङ्गमा उनले फेरि आफ्नो मनको भाका प्रस्तुत गरेकी थिइन्, ‘यदि अमेरिकाका पूर्वराष्ट्रपति जोनएफ. केनेडी बाँचेर आए र मेरा अघि उभिएर प्रेम प्रस्ताव राखे भने उनीसँग समर्पित भएर मेरो बाँकी जीवन बिताउने मभित्र अझै चाहना छ ।’ तर उनले केनेडीजस्तो वीर पुरुष नपाए तापनि आफ.नो सम्पूर्ण उत्तरार्ध केनेडीकै देशमा गएर बिताइन् ।

प्रेमा र ‘शिरीषको फूल’ :
प्रेमा शाहको स्त्री–पुरुषसँग बराबर सम्पर्क थियो । उनी सरसल्लाह दिन पनि पोख्त थिइन् । उनी मान्छेको नाउँ राख्न पनि पोख्त थिइन् । केही लेखकहरुले आफ्नो कितापको नाउँ राख्न पनि उनलाई अनुरोध गर्थे । यसै क्रममा पारिजातको उपन्यास शिरीषको फूलको नाउँ पनि प्रेमा शाहले नै राखेकी थिइन् । त्यस किताबलाई पारिजातले ’ढिला विष’ लगायत एघार वटा शीर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । अनि त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले ती एघार वटा नै नाउँ पन्साएर “ढिला विष“को नाउँ शिरीषको फूल राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।

प्रेमाका कृति :
प्रेमा शाह नेपाली साहित्यमा यौनसाहित्य लेखनमा बढी आकर्षित भइन् । यिनले पहेँलो गुलाफ (कथासङ्ग्रह, २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । पहेँलो गुलाफको प्रकाशन नेपाली भाषा साहित्यमा यौन मनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धि थियो । विषयान्तर (कथासङ्ग्रह, २०२८) पनि उनको दोस्रो यौनकथासङ्ग्रह हो ।
प्रेमा शाह २०१८ सालमा शारदा पत्रिकामा प्रतिक्रिया शीर्षकको कथा लिएर नेपाली साहित्यमा प्रवेश गरेकी थिइन् ।
प्रेमा शाहले २०४० सालमा ममी नामक लघुउपन्यास पनि लेखिन् । सो कृति पनि यौन आकाशमै नाचेको पाइयो । यसका साथै आकाश विभाजित छ नामक उपन्यासचाहिँ यिनले अरु दस जना स्रष्टाको सहभागितामा लेखिन् ।
प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा रामेको कथा (२०४२), आनन्दको आविष्कार (२०४३) र मनु र भँगेरा (२०४३) सहित तीनवटा बाल उपन्यास लेखिन् । साथै उनले उमेर छिप्पिन थालेपछि बालकथाहरु लेख्न थालेकी थिइन् । उनका छवटा बालकथासङ्ग्रह प्रकाशित छन् । जिन्की र जोकर (२०४०), मन्टुकी बज्यैको कथाको पेटारो (२०४०), इन्द्रधनुष (२०४२), रङ्गीचङ्गी कथाहरु (२०४५), राम्रो काम (२०५१) र रेका केही कथा (२०५१) । यसका अतिरिक्त यिनले बालगीतका दुईवटा सङग्रहहरु पनि प्रकाशनमा ल्याइन् । साहित्यमा लडीबुडी गर्दै जाँदा उनी उज्यालो नामक बालपत्रिकाको सम्पादनमा पनि लागिन् ।

प्रेमाका पुरस्कार :
प्रेमा शाहलाई पुरस्कारको खासै चाहना थिएन । यति हुँदाहुँदै पनि साहित्यको आराधनामा समर्पित भएबापत उनले मैनाली कथा पुरस्कार, मैना पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदक ग्रहण गरिन् । आइए पढेताका अन्तरकलेज नेपालभाषा साहित्य सम्मेलनमा यिनी कथामा प्रथम भएकी थिइन् । साथै त्यसैताका सम्पन्न चित्रकला प्रदर्शनीमा समेत यिनी प्रशंसित भएकी थिइन् ।

प्रेमाको भ्रमण :
प्रेमाले नेपालराज्यका विभिन्न ठाउँका अतिरिक्त भारत, हङकङ, थाइल्यान्ड, जापान, कतार र अमेरिकाको पनि भ्रमण गरिन् । अन्तत: उनी आफ्नै छोरीसँग अमेरिकामा नै बस्न थालिन् ।

प्रेमाकी छोरी जल शाह :
प्रेमा शाह कहिले कता लागिन्, कहिले कता हिँडिन् । तर जताजता पाइला चाले तापनि उनको खोकिलामा जल शाह नै टाँस्सिएकी थिइन् । उनको ध्यान नै आफ्नी छोरीलाई शिक्षादीक्षा दिनु थियो ।
छोरीलाई लेखाउँदै र पढाउँदै प्रेमा शाह पुन: काठमाडौँमा आइन् र डेरा जमाइन् । छोरी किशोरावस्थाबाट उक्लेपछि चलचित्रहरुमा जान थालिन् । हुँदाहुँदै एक दिन उनकी छोरी जल शाह नेपाली चलचित्र जगतकी सर्वश्रेष्ठ नायिका भएर देखा परिन् ।
सुरुमा प्रेमा शाह, प्रेमा शाह नै भएर चिनिए तापनि छोरीको बढ्दो जनप्रियताका कारणले कालान्तरमा उनी जल शाहकी आमा भएर पनि चिनिन थालिन् । जल शाहले पनि आफ्नी आमाको प्रभावबाट कविता लेखिन् । जल शाहचाहिँ २०६३ सालको सुरुमा संयुक्त राज्य अमेरिका पुगिन् । अनि उनले आफ्नी आमालाई पनि त्यहीं पुर्‍याइन् । वास्तवमा जल शाह प्रेमाकी छोरी मात्र थिइनन् । उनी प्रेमा शाहको जीवनमा करुणा, भर र संरक्षणकी देवी पनि थिइन् । जलले पनि छोरी पाइन् र प्रेमाबाटै ती छोरीको नाउँ कलश राखियो । जल कलशकै मायामा बाँधिएर प्रेमाले आफ्नो सम्पूर्ण आकाशको परिक्रमा गरेकी थिइन् ।

प्रेमाको निधन :
२०७४ साल पुस ५ गते प्रेमा शाहको अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा निधन भयो । प्रेमाको नेपाली हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो । सुरेशदर्पण पोख्रेलका अनुसार उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो । उनको पार्थिव शरीरमा उनकी छोरी जल शाहले दागबत्ती दिएकी थिइन् । यदि मान्छेभित्र मन, वचन र कर्म जीवित रहन सक्यो भने संस्कार पनि बाँचिरहन्छ भन्ने सग्लो प्रमाण जल शाहले प्रस्तुत गरिदिइन् । 
(एउटी विद्रोही प्राज्ञ : प्रेमा शाहबाट सारसंक्षेप)


Tags: नरेन्द्रराज प्रसाईप्रेमा शाह
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – १३

पछिल्लो पोस्ट

के तपाईंलाई पनि सुगर छ ?

नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
के तपाईंलाई पनि सुगर छ ?

के तपाईंलाई पनि सुगर छ ?

लुकामारी – चितवनसँग

लुकामारी – चितवनसँग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

४ जेष्ठ २०७८, मंगलवार
तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

तेस्रो हेटौँडा बाल कला–साहित्य महोत्सव २०७९ आयोजना गर्ने

४ जेष्ठ २०८०, बिहीबार
अन्तिम चिठी खोली हेर्दा

अन्तिम चिठी खोली हेर्दा

४ जेष्ठ २०७८, मंगलवार

दुइ मुक्तक

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक