जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अन्धकारभित्रको अन्धकार – १३

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित १४ मंसिर २०७८, मंगलवार
निबन्ध, सँस्मरण भित्र
0
अन्धकारभित्रको अन्धकार – १३

“हामी कहाँ डराएका छौ र ? खैर, यो कुरा छोडौँ । दिदी तपाईंले मनुसित पूरा दुई वर्ष सङ्गत गर्नुभयो होइन ? तपाईंलाई उनको बारेमा पूरा जानकारी छ । उसको गतिविधि सबै तपाईंले थाहा पाउनुभएको छ । ऊ कहाँ–कहाँ गएकी थिइन् । को–कोसित भेट गरेकी थिइन् । त्यसको जानकारी चाहियो हामीलाई ।”
म त अनायास नै हाँस्न पुगेँ । एकैछिन त निःशब्द भयो । म पनि आगो निलेर चुपै लागेकी थिएँ ।
“तपाईं किन हाँस्नुभयो ?”

“नहाँसेर के गर्ने ? रुने म ?? हेर्नुस् । मैले मनु हुमागाईंलाई चिनेकी छैन । परिचयसम्म पाएकी थिएँ । परिचय भएको २ वर्ष भयो भन्दैमा उनको सम्पूर्ण जानकारी मसित हुने ? त्यो पनि त्यत्रो शक्तिशाली माओवादी जसलाई समात्न भएभरको शक्ति लगाएर पनि तपाईं सेनाले सफलता पाउन सक्नुभएन । त्यसको जानकारी मसित हुने ? के उनले मेरो निर्देशनमा काम गरिरहेकी छिन् ? के उनले मानिससित भेट्न र जानकारी लिन मेरो अनुमति लिने गरेकी छिन् ? अनि उनी कतै जाँदा या जानुपर्दा मलाई कन्ट्याक्ट प्वाइन्ट छोडेर जाने गरेकी थिइन् ? के म माओवादी हुँ ? भन्नुस् के म माओवादी हुँ ?”
“हामीले तपार्ईंलाई माओवादी भनेका छैनौं । तपाईंलाई यहाँ ल्याएको माओवादी भनेर पनि होइन ।”
“अनि ? अनि म आतङ्ककारी हुँ त ?”
“हामीले तपार्ईंलाई आतङ्ककारी पनि भनेका छैनौं ?”
“अनि ? अनि तपाईंहरुले मलाई यहाँ के भनेर ल्याउनु भो त ? तपाईंहरुले मलाई के साबित गर्न खोज्नुभएको त ? तपाईंहरुको निर्णयअनुसार मनु हुमागाईं धेरै ठूलो माओवादी र धेरै भयानक आतङ्ककारी जसलाई सिध्याउन या समातेर ल्याउन भएभरको साधन र स्रोत लगाएर पनि सफलता पाउन नसकेको, त्यत्रो रहस्यमयी शक्तिशाली र योजनाविद् आइमाईको सबै प्रकारको इनस् एण्ड आउट मलाई थाहा छ भनेर कसरी भन्नुभो ? तपाईंहरुका भनाइअनुसार म बाहिरको मान्छे हुँ !”

“हेर्नुस् दिदी ! यहाँ तपाईंको चलाखी काम लाग्दैन । दुई दुई वर्षसम्म तपार्ईंले मनुको सङ्गत गर्नुभएको छ । तपाईंले उसको सबै जानकारी नदिएसम्म तपाईंलाई छोड्न मिल्दैन । तपाईंले उसको जानकारी दिनै पर्छ । बुझ्नुभो ?”

मेरो खुट्टा त कैयौं कोश तल पातालमा भासिँदै गएको आभासले म स्तब्ध भएँ । सम्भव नभएको कुराको जानकारीको निहुँ थापी मलाई मानसिक यातना दिने तिनीहरुको बलियो साधन थियो । एउटै प्रश्नको बारम्बार उत्तर दिइरहन मेरो मानसिकता थिएन । मलाई राम्ररी थाहा भयो कि मैले “बाबा बिराएँ । तपाईंहरुले भनेको जस्तो काम गर्न तयार छु” भनाउन चाहेका थिए । अब यिनीहरुलाई लज्जित नपारी भएन भनेर मैले निर्णय गरी प्रतिप्रश्न गरेँ –

“हेर्नुस् । तपाईंहरुले आँ नगर्दा अलङ्कार बुझ्नसक्ने क्षमता मसित छैन भनेर मलाई अवमूल्यन गर्नुभएको रहेछ । ठीक छ । परिचय यसैबाट प्रष्टिने त हो । म एउटा प्रश्न गर्छु तपाईंहरुसित । जुन प्रश्नको उत्तर नै तपाईंहरुले मबाट चाहनुभएको उत्तर हुनेछ ।”
“सोध्नुस् न ।”
“तपाईंले बिहे गर्नु भो ?”
“तपाईंले यो व्यक्तिगत प्रश्न किन गर्नुभयो ?”
“तपाईंहरुले पनि मसित व्यक्तिगत प्रश्न गर्नुभएको थियो – ‘तपाईंले किन बिहे गर्नुभएन’ भनेर ।”
“लौ, ठीक छ । मेरो बिहे भएको अहिले हो र ?”

“तपाईंले आफ्नी श्रीमतीलाई राम्ररी चिन्नुभएको छ त ? तपाईं यहाँ बसिरहनुभएको छ । उहाँको जीवनको इनस् एन्ड आउट तपाईंले थाहा पाउनुभएको छ त ? हेर्नुस् । तपाईंलाई एउटा अत्यन्त संवेदनशील सोचनीय र गम्भीर कुराको सम्झना दिलाउन चाहन्छु – ँबतजभच ष्क तजभ कगउउयकभम यलभ। मेरी आमाले मलाई चिनाउनुभएको बाउलाई धोका दिनुभएको हुनसक्दैन र ? लौ, भन्नुस् ? धोका दिनुभएको हुनसक्छ कि सक्दैन ?”
“किन नसक्नु ?”

“मैले मेरी आमाको उदाहरण मात्र दिएकी हुँ । उहाँको चरित्रमा शङ्का मात्र गर्नु पनि महापाप हो । अरुको आमालाई अगाडि राख्नुभन्दा आफ्नै आमालाई म बाध्य भएर राखेको हुँ । मैले भन्न खोजेको के हो भने स्त्रीको चरित्र भगवान्ले त बुझ्न सक्दैनन् भने म एउटी विशुद्ध मानिसले मनुजस्ता आइमाई जसले तपाईं सेनालाई धुरुक्क रुवाएकी छिन् । उनको सम्पूर्ण गतिविधि मलाई थाहा छ भनेर कसरी भन्न सक्नु भो ? जबकि तपाईंले तपाईंकी श्रीमतीको सम्पूर्ण गतिविधि थाहा पाउन सक्नुभएको छैन । यो समस्या तपाईं र मेरो मात्र होइन । सम्पूर्ण मानव जातिकै हो । यो विश्व विश्वासमा अडेको छ । तपाईं अहिले केमा अड्नुभएको छ भने मैले मनुसित दुई वर्षसम्म सङ्गत गरेकी छु । मलाई उनको सम्पूर्ण गोप्य गतिविधि थाहा छ भनेर यस्ता वाहियात प्रश्नमा अडेर तपाईंले आफैंलाई अवमूल्यन गरिरहनुभएको छ । यो कुरा तपाईंले मान्नुहुन्छ कि मान्नुहुन्न ?”

मेरो आक्रोश बढ्दै आएको थियो । असन्तोषको आगो दन्केको मेरो छातीबाट निस्किरहेको पर्पराउँदो धूवाँले मेरो कान, मेरो नाकको प्वाल र मुखलाई जलाइरहेको थियो । म मौन छट्पटिइरहेकी थिएँ । सास फुल्नसम्म फुलिरहेको थियो । आँखाबाट तातोतातो धूँवा निस्किरहेको थियो । एकैछिन त त्यहाँको वातावरण शान्त र सौम्य भएको थियो । खाली न खाली मानवरहित स्थानबाट मलाई अनकन्टार दिशातिर उडाएर लगेको जत्तिकै म दिशाहीन अन्धकारमा बग्दै गइरहेकी थिएँ ।

अचानक आकाशवाणी भएको जस्तो स्वरले मेरो ध्यानलाई तानिहाल्यो । मेरो छातीभित्रको मौन हलचल शान्त भएको थिएन, शरीरभरि आक्रोशका काँढाहरु तिखारिएकै थिए ।

“हेर्नुस् शान्ता दिदी ! तपाईं भनेको यो राष्ट्रको स्टायट्स हुनुहुन्छ । यो देशको धरोहर हुनुहुन्छ । हामी सबैले मान्नुपर्ने आदर, सम्मान गर्नुपर्ने जिउँदा इतिहास हुनुहुन्छ । तपाईंले सानो उमेरदेखि आजसम्म पनि गर्दै आउनुभएको सङ्घर्ष हामी सम्पूर्ण नेपालीले सिक्नुपर्ने, मनन गर्नुपर्ने पाठ हो । तपाईंलाई हामीले साधारण आइमाई मानेका छैनौँ । यी सबै कुराको कदर र मूल्याङ्कन गरी तपार्ईंले भन्नुभएको एकएक शब्द हामीले धैर्यताका साथ सुनेर आइरहेका छौँ । अन्य यहाँ राखेकाहरुका एक शब्द पनि सुन्ने गरेका छैनौँ । तपाईंसित हामीले धेरै राम्रो व्यवहार गरेका छौं । ओछ्याउनलाई फोम दिएका छौं । लामखुट्टेले नटोकोस् भनेर झूल दिएका छौं । अरुलाई ओछ्याउन बोरासम्म पनि दिएका छैनौँ । तपाईंले हेर्न चाहनुहुन्छ ? तिनीहरु कुन गतिमा छन् । म तपाईंलाई अहिले नै देखाइदिन्छु ।”

अचानक मेरो मुटुभित्र चेतनाको छुरी चलिहाल्यो । अलिकति साम्य भएको मेरो आक्रोश झ्वाट्ट बढिहाल्यो । एकाएक म चिच्याउन पुगेँ – नाइ नाइ नाइ । निर्दोष मानिसहरु माथिको अत्याचार प्रहार म हेर्नसक्दिनँ । यस्तो अमानवीय पाशविक यातना हेर्न मैले सानैदेखि सङ्घर्ष गरी आएकी होइन । तिनीहरुलाई रातीराती कुट्दाका चिच्याइ र गहिरो चोटपटकले मेरो शरीर थिलथिलो परी ढल्न मात्र बाँकी छ । तपाईंहरुले मलाई मानसिक यातना त दिनुसम्म दिएको छ । मलाई मात्र ओछ्याउनलाई फोम र झूल दिई मलाई द्यबिअप क्जभभउ बनाइदिनुभएको छ । आफूमात्र सुविधाभोगी हुने मेरो सिद्धान्त र मनस्थिति भइदिएको भए म पटक पटक मन्त्री प्रधानमन्त्री भइसक्ने थिएँ । तपाईंहरुले अहिले मलाई सलाम ठोकाएर बसेकी हुन्थेँ बुझ्नुभो ? मैले यो राष्ट्रका राजालाई पनि आफ्नो ज्यानसमेत दिन पछि नहट्दै आएको मान्छे हुँ । हामीले हत्केलामा ज्यान राखेर सङ्घर्ष नगरेको भए राजा त्रिभुवनले भारत प्रवासबाट फर्की राज्य गर्न पाउने थिएनन् । अहिलेको दलाइ लामाको अवस्था हुने थियो राजा, राजसंस्था, राजपरिवार । ‘डेनिङ्ग कमिसन’ आउँदाको २००७ साल मंसिर १७ गतेको सङ्घर्षमा मैले गोली थापेको अनि पिटाइले सख्त घाइते भएका फोटोहरु भारतीय विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशित भएका थिए । राजा त्रिभुवन नेपाल फर्किने बित्तिकै मलाई राजदरबारमा बोलाई हर्ष विभोर भई मलाई बोकेका थिए । नगद पैसा दिंदा मैले अस्वीकार गरेकी थिएँ । यसको साक्षी सरदार हंसमानसिं अहिले पनि हुनुहुन्छ । तपाईंले उहाँसित सोध्न सक्नुहुन्छ । तपाईंले मलाई ओछ्याउन फोम र झूल दिएको कुरा गर्नुहुन्छ ?”

“हेर्नुस्, मलाई यो राष्ट्रको ब्ककभतक धरोहर सरोहर भनेर दगततभचष्लन नगर्नुस् । तपाईंहरुले मलाई के कस्तो मानसम्मान र आदर गर्नुभएको छ ? त्यसको ज्वलन्त उदाहरण त यो मेरो आँखामा कालोपट्टी बाँधेर अन्यौल र आतंकित अन्धकारमा राखी, खान हुने पानी समेत नखुवाई, घाँटीमा नेमप्लेट झुन्ड्याई फोटो खिचेर बेपत्ताले सडाइ राख्नुबाट नै प्रमाणित भएको छ कि मलाई तपाईंहरुले कुन स्तरमा राख्नुभएको छ ? म बसेको स्थानमा राखेका निर्दोष भाइबहिनीहरुमाथिको यातना र अत्याचारले मैले रातभर सुत्नै सकेकी छैन । गोली छातीमा थाप्दा नरोएको आँखा अहिले तिनीहरुमाथिको यातनाले धरधरी राएको छ । बरु मलाई यातना दिएको भए यतिको दुख्ने थिएन । तपाईंहरुले म जिउँदो इतिहासलाई अन्धा बनाई मर्नका लागि एउटा अन्धकार कुनामा फ्याँकी राख्नुभएको छ । तर तपाईंहरुले मलाई झुकाउन सक्नुहुन्न । किनकि मैले झुक्न जानेकै छैन । आजसम्म मेरो पेटमा अनैतिकताको अन्न पुगेकै छैन । तर मलाई सारै नै दुःख लागेको छ कि बाध्य भई यहाँको केही अन्न मेरो पेटमा पारेकी छु । यस अर्थमा म धेरै घमन्डी छु ।
“दिदी म तपाईंको भाइ । म पनि सारै घमन्डी छु ।”
“अहँ म मान्दिनँ । तपाईं मेरो भाइ हुनै सक्नुहुन्न । मेरो तुलनामा तपाईं आउनै सक्नुहुन्न । किन ? तपाईंले मसित प्रश्न गर्नुुस् । म तपाईंलाई जवाफ दिन्छु ।”

“किन ? ल मैले तपाईंसित प्रश्न गरें ।”
“अब सुन्नुस् । म यसको जवाफ दिन्छु । २०५२ सालमा नौ महिने एमालेको शासनमा प्रदीप नेपाल सञ्चारमन्त्री थिए । उनले मेरो नाममा सवालाख रुपैयाँ निकासा गरेका थिए । २०५२ सालको आषाढ १२ गते विद्या भण्डारीले मलाई लिन आइन् मन्त्री प्रदीप नेपालको क्वाटरमा लान । म उनको साथमा मन्त्रीकहाँ गएँ । उनले मलाई भने –“दिदी ! तपाईंको नामबाट मैले सवालाख रुपैयाँ निकासा गरेको छु । तपाईंले मलाई सम्बोधन गरी एउटा दर्खास्त लेख्नुस् र सवालाख रुपैयाँ लिनुस् । तपाईंको ३५ वर्षको ज्यालाको नोकरीको अन्त्य हुन्छ । अनि तपाईंलाई सल्लाहकारमा मनोनित गर्ने मैले निर्णय गरिसकेको छु । छिटो, अहिले नै दर्खास्त लेखेर दिइहाल्नुस् ।”

“मन्त्रीज्यू मैले दर्खास्त लेख्न मिल्दैन । कारण मलाई विनासूचना ३५ वर्ष पुगिसकेको मेरो अस्थायी नोकरीबाट निकालिएको थियो । पुनःबहालीको माग गरी लेखेको मेरो दर्खास्तमा प्रधानमन्त्री मनमोहन अधिकारीले तुरुन्त पुनर्बहाली गरी स्थायी सेवामा परिणत गर्न सिफारिस गरेका थिए । यसको प्रोसेस चलिरहेको थियो । स्थायी सेवामा परिणत हुने बित्तिकै मैले पेन्सन पाउनका साथै दबअप मबतभ अयगलत गरी संचयकोष पनि पाउने व्यवस्थाको नियम पारित भइसकेको थियो । त्यसैले ३५ महिनाको ज्याला पाउँ भनेर दर्खास्त लेख्नु नै मेरो पुनर्बहाली र स्थायी हुने प्रावधान काटिन जानेछ । मन्त्रीज्यूले टिप्पणी लेखेर दिनुस् । मैले सही गरी लिन्छु भन्दा मन्त्रीज्यूले मानेनन् । मैले उनलाई धेरै सम्झाएँ तर उनी मानेनन् । ३५ वर्षसम्म ज्यालामा रही अन्त्यमा मेरो नामले निकासा गराई ल्याइसकेको सवालाख रुपैयाँ मन्त्री प्रदीप नेपालले मलाई दिन नपरेपछि त्यो रकम मन्त्री आफूले नै खाए होलान् । ममाथि भएका यस्ता अन्यायपूर्ण व्यवहार मैले कसरी सहेँ हुँला ? उनले अफर गरेका सल्लाहकारको पद पनि मैले अस्वीकार गरेकी थिएँ । त्यो रकम पाउन मैले आजसम्म पनि प्रयत्न नै गरिनँ । कारण बोलवाला र हैकम त प्रदीप नेपालहरुकै थियो र छ । तपाईं भए त्याग्न सक्नुहोला र त्यो रकम ? कदापि सक्नुहुन्न । म अति नै घमन्डी छु । ३५÷३५ वर्षसम्म ज्यालामा बसें । तर म कसैको इसारामा नाचिनँ । तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न कि मैले ३५ वर्षसम्म पूरा समय काम गरी त्यो पनि रेडियो प्रसारण सेवाको कुन दुःख, कुन कष्ट, कुन धैर्य र कुन आशाले बिताएँ हुँला ? सम्झँदा अहिले स्वयम् मलाई विश्वास लाग्दैन कि त्यो प्रसारण सेवा सञ्चालिका पदमा प्रवेश गरी ५८ वर्षको अवस्थामा निष्काशित गरिँदा मैले पैसा पाइनँ । ६ दिनको तलब लिन (ज्याला) अझै बाँकी छ ।

तपाईंको मनमा होला ३५ वर्षसम्म ज्यालामा किन बसिस् ? मैले प्रजातन्त्रको प्रतीक्षामा बसेकी थिएँ तर दुर्भाग्य प्रजातन्त्र आउने बित्तिकै सबैभन्दा पहिले मलाई नै विनाकारण बर्खास्त गरियो । नेपाली काङ्ग्रेस र एमालेलाई आजको यो दिन ल्याउनु थियो । म भ्रष्टाचारको कट्टर विरोधी रेडियो नेपाल कर्मचारी संघका संस्थापक तथा निर्वाचित अध्यक्ष र अन्तरसंस्थान कर्मचारी सङ्घ राष्ट्रिय समितिका पनि संस्थापक तथा निर्वाचित उपाध्यक्ष र मैले सबैभन्दा बढी भोट पाएकी थिएँ । कर्मचारीमाथि राजनीतिकरण गर्न हुँदैन भनी मैले अडान लिनु नै म अन्यायमा पर्नु हो ।”

“यस राष्ट्रको न्याय, नियम, ऐन, कानुन आदि सबै भ्रष्ट र भ्रष्टाचारीहरुका हातमा छ । तिनीहरु राजाभन्दा धेरै बलिया छन् । राजा वीरेन्द्रबाट २०४१ सालमा नै मलाई हुकुम भएको थियो चार दिनभित्र तिम्रो अस्थायी नोकरी स्थायीमा परिणत हुनेछ ।” तर त्यो चार दिन कहिल्यै आएन । २०५० सालमा खाली हात शीर्षकको मोटो किताब प्रकाशित गरेकी थिएँ । राजाबाट मेरो नोकरी स्थायीमा परिणत गरिने हुकुम हुँदा, मन्त्री, प्रधानमन्त्री, सचिवहरु, जर्नेल, कर्णेल आदि सबै त्यहीँ थिए । तर राजाले पनि मलाई दिएका वचन पूरा गर्न सकेनन् । राजा वीरेन्द्रको हुकुमलाई लत्याउने राजदरबारकै सचिव चिरण शमशेर थापा हुन् । यस्ताहरुले नै राजा र राजसंस्थाका मूल्य र मान्यता घटाउनुमा प्रमुख भूमिका खेलेका हुन् ।”

म आफ्नै सुरले बक्दै गएँ । अतीतको घाउ कोट्याउँदै अत्यन्त दुःखी हुँदै मैले पोख्दै गएँ, आफ्नो पीडा र आफूमाथि खनिएका अन्याय र अत्याचार । तर त्यहाँ मेरो कुरा सुनिरहेका कोही छन् जस्तो लागेन मलाई । निःशब्द शून्य थियो मेरो वरिपरि । मलाई अप्ठ्यारो लाग्यो । एकाएक म खिन्न भएँ । शून्य भई म चुप लागेँ ।

“दिदी ! तपाईंले त्यत्रो योगदान दिनुभएको छ । त्यसलाई त कसैले मेट्न सक्दैन । तपाईंलाई हामीले मानेका छौँ । तपाईंसित हाम्रो अनुरोध के छ भने प्रजातन्त्र जोगाउन तपाईंले मद्दत गर्नुप¥यो । देश त खत्तम हुने भयो नि । यदि देशलाई जोगाउनु छ भने मनु हुमागाईंजस्तालाई समात्नु सारै नै आवश्यक छ । यो कुरा तपाईंले मान्नुहुन्छ कि मान्नुहुन्न ?”

“अहँ, यो कुरा म मान्दिनँ । मनु हुमागाईंहरुले त यो देशको केही पनि बिगारेका छैनन् । तिनीहरु त यो राष्ट्रका रक्षक हुन् ।”
“तपाईंले कस्तो कुरा गर्नुभएको ? थाहा छ तपाईंलाई ? तिनीहरुले कति अर्बका संरचनाहरु ध्वस्त पारिसके ?”
“पूरा आँकडा थाहा नभए पनि ठूलो क्षति भएको छ । यो ठीक होइन । तर शासक नेता र अन्य कर्मचारीले बेरुजु गरी खाएको राजश्वभन्दा धेरै कम छ । थाहा छ तपाईंलाई ? २०५५/०५६ मा मात्र ५७ अर्व रुपैयाँ बेरुजु छ भने रुजु याने कागत मिलाएर खाएका त खर्ब होला ? अनुमान पनि गर्न सकिन्न । तपाईंहरुले यो किन देख्नुहुन्न ? २०५६/०५७ मा अझ करिब २३ प्रतिशतले बेरुजु बढेको कसले देख्ने ? यो महालेखाको प्रतिवेदनमा जनाएको छ । आजसम्म एक जनालाई समातेर कारवाही गर्ने हैसियत श्री ५ को सरकारले राख्न सकेको छैन । सरकार चलाउनेहरु नै स्वयम् भ्रष्टाचारी छन् ।”

“होइन दिदी ! तपाईंले हामीलाई सहयोग गर्नुहुन्छ हैन ?”
“सहयोग ? मैले गर्नसक्ने हुनुप¥यो नि । पूरा रामायण सुनिसकेपछि सीता रावणकी स्वास्नी भन्नु त भएन नि । म तपाईंहरुले ठान्नुभएको जस्तो मानिस होइन । तपाईंहरुले यो कुरा बुझिदिनुप¥यो ।”

“हामीले तपाईंलाई चिनेर नै तपाईंसित यति लामो कुरा गर्दैछु ।”
“मलाई चिन्नुभएको भए, मलाई यस गतिले राख्नुहुने नै थिएन । मेरो यो अवस्था, तपाईंहरुले मलाई दिनुभएको मानसम्मानको विपरीत होइन ? यदि तपाईंहरुले यस देशलाई मैले दिएको योगदानको कदर गर्नुभएको भए मलाई यस अवस्थामा राख्न कसरी मिल्थ्यो ?”


Tags: अन्धकारभित्रको अन्धकार – १३जनमतशान्ता श्रेष्ठ
अघिल्लो पोष्ट

साहित्य समाजको ऐना हो इल्या भट्टराई

पछिल्लो पोस्ट

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
पछिल्लो पोष्ट
एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

के तपाईंलाई पनि सुगर छ ?

के तपाईंलाई पनि सुगर छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अभाव

अभाव

५ जेष्ठ २०७९, बिहीबार
कवि दुर्गालाल श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार

कवि दुर्गालाल श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार

६ जेष्ठ २०८१, आईतवार
काठमाडौं ट्रिएनाले २०७७

काठमाडौं ट्रिएनाले २०७७

५ जेष्ठ २०७९, बिहीबार
अनामिका

अनामिका

५ जेष्ठ २०८०, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक