केही प्रश्नहरूका
उत्तर हुँदैनन्
उत्तर नहुँदा प्रतिप्रश्न हुँदैनन्
प्रतिप्रश्न नहुदा प्रतिउत्तर पनि हुँदैनन्
वास्तवमा जीवनमा माेड हुँदैनन्
जीवनमा दाेबाटा पनि हुदैनन्
जिन्दगी एकाेहाेराे उडान हाे
अन्तरिक्ष यानकाे जस्ताे
चाहेर पनि या नचाहेर पनि
इन्धन सकिएका सम्बन्धहरू
उर्जा सकिएका साथहरू
जिन्दगीले खसाल्दै खसाल्दै जान्छ
अन्तरिक्ष यानले जस्तै जिन्दगीले पनि
अतिरिक्त भार बाेक्दैन
बाेक्नुकाे अौचित्य पनि हुँदैन
जिन्दगी एकनासले केवल उड्दै जान्छ
कहिँकतै उत्रिदैन कहिँकतै ठाेक्किदैन
अन्तरिक्षमा अचेत कतै बिलाउँछ
एयर पकेट पनि अन्तरिक्ष जस्तै हाे
ध्वनि शून्य ग्राभिटी शून्य
जहाँ जिन्दगी एक्कैछिन तैरन्छ
र फेरि बाैरन्छ
बाैरन नसकेकाे जिन्दगी
टाइम ट्राभलमा रूमल्लिन्छ
अदृश्य हुन्छ, भूत हुन्छ
सबै देख्छ
तर कसैले देख्दैन
अन्तरिक्षमा हावा छैन
हावा नहुँदा ध्वनि फैलदैन
त्यसैले अन्तरिक्षमा प्रश्न सुनिदैन
नसुनेका प्रश्नकाे उत्तर दिईँदैन
उत्तर नदिदा प्रतिप्रश्न हुँदैन
प्रतिप्रश्न नहुदा प्रतिउत्तर पनि हुँदैन
प्रश्न
अन्तरिक्ष
भूत
जाे काेही हुनसक्छ l