जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

यात्राहरूका यात्री ती पाइला

तेजेश्वरबाबु ग्वंग तेजेश्वरबाबु ग्वंग
प्रकाशित १३ कार्तिक २०७८, शनिबार
निबन्ध भित्र
0
यात्राहरूका यात्री ती पाइला

कसले हो कुन्नि याद भएन अहिले । झिनो सम्झना बाँकी छ । नेपालभित्रकै आन्तरिक पर्यटनको एउटा संस्मरण–अनुभूतिको रचना माग्नुभएथ्यो । कसले मागेको, थाहा छैन । तैपनि लेख्ने उत्सुकता जागि नै रह्यो ।

म नेपाली । पचहत्तर वर्ष–बैँसे ठिटो । वर्ष संस्कृतको तद्भव शब्द । बैँस नेपाली तत्सम । जे होस्, मैले आफूलाई पचहत्तर वर्ष–बैँसे ठिटो भन्न मन पराएँ । पचहत्तरवर्षे बुढ्यौली टीको निधारको शोभा बनाउन चाहिनँ । मन लागेन । मन पराइनँ ।

पचहत्तर वर्ष–बँैसे ठिटो बन्नुको रस मधुर लाग्छ । पचहत्तरवर्षे बूढो ठान्नु नितान्त खर्रो, टर्रो हर्रो–बर्रो । यथार्थ त खर्रो, टर्रो हर्रो–बर्रो नै हो । बूढो मन सँगालेर ग्लानि बन्नु बाँच्नुको पर्याय लागेन । बाँच्नुको पर्याय त कर्मशील रहनु लाग्छ मलाई ।

कर्मले खारिएको जीवन अनुभूति बुढ्यौलीको कोसेली लाग्छ मलाई । ‘बूढो मर्छ, कुरो सर्छ’ टुक्काको मर्म यतै कतै झिसमिसिएझैँ भान हुन्छ । बूढो मर्छ । अर्को पुस्ता बूढो बन्न थाल्छ । चक्रपथको यात्रा यसरी नै चल्यो । चल्दैछ । चल्छ पनि यसरी नै । यसको हेक्का सबैकै साझा पुर्पुरे ठेक्का । तर मतलब राख्तैनन् धेरैमा धेरैले यसको ।

बूढो मरेपछि अर्को पुस्ताले खेप्नैपर्छ बुढ्यौली । यो प्रकृतिको शाश्वत उपहार नस्वीकारी सुख छैन । स्वीकार्नैपर्छ । प्राकृत उपहारलाई शाश्वत ठानेर मान्छे जीवनचक्रमा चल्छ, चलिरहन्छ नअत्तालिईकन ।

जीवन अनुभूतिको थुँगो । यी थुँगाहरू सुक्छन्, झर्छन् । फूलदाने शौँकका जिन्दगीमा थुँगाहरूले सजाइरहनैपर्दो रहेछ । यस्तैमा अलमल्ल पर्न थाल्छु म । फूलदान हुँ या थुँगो, सजिलो पर्दैन यही भन्न । जिन्दगी फूलदान पनि, थुँगो पनि । फूलदान नभए फूल केमा सजाउने ? थुँगै नभए फूलदानमा के सजाउने ? घरीको फूलदान, घरीको थुँगो । यात्राहरूका यात्री यी पाइलैपाइलाका जिन्दगी ।

पाइला चाल्दै गर्नुपर्दो रै’छ । पाइलैले कठिनलाई साध्य बनाइदिन्छ । हिँड्दै गर्दा पाइलाहरूले मलाई उचालिदिएझैँ लाग्छ । कहालीलाग्दो भिरालो, उकालो मोहक बन्दो रै’छ । अनकन्टार ढुङ्गेलो उकाली–ओराली जिन्दगीकै क्रम बन्दो रै’छ । आफ्नै यात्राहरूका यात्री यी पाइलाहरूमा पारायण गर्दो हुँ म । पाइलाहरूसितको अन्तक्र्रिया मेरा रचनाको थुँगो बनिदिन्छ । आहा ! क्या मजा !

यात्रीहरू यात्रा गर्छन् । यात्रा पाइलैपाइलामा जुरिन्छन् । पाइलै नभए यात्रा भरिन्छ कहाँ ? जुरिन्छ कसरी होला यात्रा पाइलाबिना ? पाइला त यात्राको पाउभन्दा शिर बन्छ । कहाँ शिर ? कहाँ पाउ ? शिरपाउ ! पाउशिर ! एकै होइन दुई भिन्न वस्तु । भिन्न दुई पदार्थ ! पद + अर्थ : पदार्थ । पद शब्द । सायद पदबाट पाद बन्यो कि ? अनि पादबाट पाइला ! रूपान्तर जीव–जगत्मा रूपान्तरण भइरहँदो रै’छ । हाम्रो सबै यात्रा रूपान्तरणकै प्रक्रिया, क्रिया, गति हुन् । यात्राहरूका यात्री भन्नु नै ती पाइलैपाइलाका यात्रा !

पाइलैपाइलाको मान्छे बनेछु । पाइलाले मलाई म बनाए । पाइलामा निर्मित मान्छे । म पाइलाको मान्छे । मान्छेबिनाको पाइला र पाइलाबिनाको मान्छे के मान्छे ? मान्छेबिनाको पाइलामा अनेक जीवजन्तुका डोबहरू डाबिँदा हुन् ! कुनै डोबमा बाघ । कुनैमा भालू । कुनैमा विषालु साप । तर सापको डोब कहाँ ? डोबबिनाको सापेयात्रा मन पर्दो हुन्न मलाई । डोबबिनाको यात्राबिना चालको यात्रा । यात्रामा पाइला चालिन्छ । पाइला उठाइन्छ यात्रामा । टकटक पाइला । टकटके चाल । टकटके चालका पाइला एउटा बिउँझाइ ! बिउँझनुपर्छ मलाई । बिउँझन्छु म पाइलाहरूका टकटके गतिशील आवाजमा ! गतिशील टकटके आवाजमा बिउँझन्छु । टकटके आवाजका गीतले बिउँझाइदिँदो रै’छ । अनुभूति आफ्नै बनेको छ यो । अनुभूति ओकलिरहेछु अहिले म । टकटक गतिका आवाज ।आवाजसितका टकटक गति ।

त्यसैले नहोस् किन र कसो यात्राहरूका यात्री ती पाइला ? लाग्छ, कठै ! यात्राहरूका यात्री पाइलैपाइला हुन् । पाइलै यात्री हुन्, पाइलामै यात्रा चल्छन् ।भर्छन्, भरिन्छन् यात्रीका यात्राहरू । पाइला नै पहिलो यात्री भएझैँ यात्री पाइलैमा लीन भएझैँ । भावुकताको आवेगमा यात्रा आवेशमय बन्छ । आवेग र आवेश दुवै यात्राहरूका दुई छेउ किनार बनिदिन्छन् । र पो ठान्छु यस्तै–उस्तै, कस्तै–कस्तै । यतिन्जेल झल्याँसिन्छु डोल्पाली यात्राबीच बाँदर फड्के तरेको सम्झनामा । त्यो आवेग थियो । आवेश थियो । एक पाइला खुस्केको भए खुस्किन्थ्यो आफैँ । चिप्लेको भए चोइटिन्थे यात्रामय जीवनका पाइतालाहरू अनि खुट्टाखुट्टीहरू ।

उसबेलाका क्यै न क्यैका कटमिरे यौवन–जोसहरू । आफैँबाट आफैँसित उछिट्टिएका क्षणहरू । होसबिनाका जोसहरू सबै आवेग र आवेशहरू । चारबीसपारिका घाम तापिरहेका पिता निरञ्जन रन्किने रोदनका क्रन्दनमा बेहोसिने थिए । मेरी मनकी तरङ्गिनी उनी हिउँका आवरणमा सेती नै थिइन् । छोरो सञ्जीव एकसरो एक्लो मेरो । पितृशोकमा एकोहोरो–एकोहोरो सुरमा साँघुरो बन्ने थियो । मन्तुना अनि भिन्तुना दुवै मेरी छोरी मेरो वियोग–वेदनाले विह्वलिने थिए । यी सबै सम्भाव्य सम्भावनाहरूका पछिल्ला चोइटाहरू । सायद पहिले उहिले मनमा झुल्किँदो हो त अपसकुनका आभास बन्ने थिए । कबै उठेनन् ती अवसकुनका तरङ्गहरू मनमा ।

अपसकुनमय तरङ्ग नतरङ्गिनु मनमा ! लामो भविष्यबोकुवा पाइलाहरूका यात्राका पाइले यात्री जीवन–जगत्को जोरजाम बन्दो रै’छ हाम्रो । यस्तो सशङ्कित् शङ्का उठ्तो हो त मनमा खुट्टाहरू गल्ने थिए, लर्बरिने थिए त्यस बेला । गलित खुट्टाहरू अनि लर्खरिने पाइलाका यात्रा दुर्घटनाका अवश्यम्भावी आभास बन्छन् । अनर्गल प्रलाप मनमा उठेन । नउठ्नु त्यस्ता तरङ्ग–तरङ्गहरू, दरो पाइलाको आत्मभरोसा मान्छु अहिले । अनुभूतिले ओतप्रोत यी धारणाहरू साहसिक जीवनका जगत् लाग्छन् मलाई ।

उकालो उक्लेँ । ओरालो ओर्लें । नागबेली छिल्लिएँ । भासमा उफ्रेँ । चिराचिरा धाँजामा तर्किएँ । गोरेटो जीवनयात्रा गाउँ नै गाउँको नेपाली यथार्थ । गाउँठाउँकै अगुवासाथ यात्रामय जीवनयात्राका पोसिला मात्रा । त्यो इमानदारी बेइमानीप्रतिको हाँक रह्यो । कतै असमझदारी र बेइमानीपनको आभास परेन । नेपालको सबैभन्दा बढी क्षेत्रफल ओगट्ने डोल्पा जिल्ला । शीत मरूस्थल (ऋयमि म्भकभचत) । ढुङ्गेलो चट्टानी शिखरवर्ती सानो खाल्डो । छार्घा भोट । पन्ध्र हजार फिट उच्चाटन कुम्लँदो भोट प्रवेश । ‘छार’ भोटे भाषामा ‘नुन’ रै’छ । छा = घर । घर खानीको पर्याय बन्छ । संस्कृत भाषाको क्षार नुनकै पर्याय । संस्कृत क्षार शब्दले सुदूरउत्तरी प्रदेशसम्म यात्रीझैँ यात्रा गर्न पुग्दा छारमा रूपान्तरित हुन पुगेछ । लाग्छ के ? लाग्यो नै सरासर । रूपान्तरण प्रक्रियासित अन्तर्निहित शाश्वत प्रवृत्ति भाषानिर्माणको चालै नपाईंदो यात्रापथ हुँदो रै’छ ।

पन्ध्र हजार फिटमाथिको उपल्लो शिखरवर्ती खाल्डे दून छार्घाभोट रौनक लाग्छ । उचाइ नपचुन्जेल शीतोष्ण औल लाग्दो थियो । शीतोष्ण औलले असह्य कपाल दुखाइदिँदो रै’छ । कपाल ठाडो राख्नै सकिनँ । घुप्लुक्क घोप्टिन पुगेथेँ । यस्तो भान पथ्र्यो कि बन्चरोको प्रहारभन्दा पनि सहिनसक्ने पीडादायक हुँदो रै’छ शीतोष्ण जलवायुको अपचिलो अवस्था । अनेक अनुभूतिको थुँगो पार्दै हिँडेडुलेका अनुभूति आफ्नै यात्राका यात्री बकिरहेझैँ लाग्नु आफूसित आफैँले सिक्ने मेसो बन्दो रै’छ । सिकि नै रहेछु लगातार । मानौँ निरन्तर जीवनमूलक शिक्षा (ऋयलतष्लगष्लन बलम ीषभ ीयलन भ्मगअबतष्यल) का सारश्वत बनिरहेछु अझै पनि ।

फोक्सुन्डो ताल । शिखरे ताल । नीलो गाढारङ्गे पानी । हिमवत प्रदेश । ढुङ्गेलो पर्वत चारैतिर चाक्लिएर गोलो वृत्त बनेको । गोलो वृत्तभरिका हिँउका मटुके शृङ्खला । सेतो मलमलको फेटा गुँथी सम्मानित व्यक्तिहरूको गोलो ताँती कसेझैँ । त्यो हिमचुली त फोक्सुन्डो तालको प्राण–टाउको रहेछ । फोक्सुन्डो तालमा आकाश चुर्लूम्मिएझैँ थियो । आकाश नीलो । फोक्सुन्डो नीलो । पानीको गहिराइ नीलो । आकाशको उचाइ नीलो । आकाशको असीमित आयाम नीलो । नीलो रङ्गले छोयो मलाई । नीलो रङ्गलाई मन पराएँ । फोक्सुन्डोको सेरोफेरोमा नीलिमासित स्वयम्वर गरेँ । त्यही बेला मैले मेरै मनकी उनीसित शयनागारमा अँगाल्दै चुस्केको चुम्बनको मोहक स्वाद सम्झेथेँ । यात्रीहरूका यात्रा ती पाइलासित चुक्क चुम्बनका चुस्कीहरू पनि पाइलिँदा रै’छन् । यात्रीहरूका यात्रा ती पाइलाहरूसित जीवनमोहको महकिँदो मह काढिरहे लाग्छ अझै पनि । सधैँभरि ।

प्रकृति यति प्यारी मायालु बनिदिन्छिन् । प्रकृति उति नै ममतालु माता बनिदिन्छिन् । प्यारी मायालुसित सरोबर फोक्सुन्डो परिसरमा रातहरू बिताएँ । ममतालु माताबाटै सरोबर चौँँरीको स्तनपान गरेथेँ मैले । म त चौँरीको बाछो बनेथेँ त्यसताका । म कहाँ थिएँ ? थाहै भएन ! भक्तपुरे घरमा या फोक्सुन्डे डीलका स्वर्गमा ? झुमझुम झुमिरहेँ । चुमचुम चुमिरहेँ । छमछम नाचिरहेँ । रमरम रमाइरहेँ । त्यो भयङ्कर चिस्यानमा न्यानो अँगालो मारिरहेँ मेरी फोक्सुन्डो प्यारी मनकी महधारीलाई ! क्या न्यानो अँगालो ! कति मीठो चुम्बन चुस्की ! कति रसिलो अनारे ओठ तिनको ! कति मीठो मुस्कान ओठभरि उनको ! डोल्पाली फोक्सुन्डी तरूणतरूणी । नेपाली छोरी ! नेपाली चेली ! मेरै स्नेहमा लपेटिँदै आमा बनेकी उनी ! फोक्सुन्डो ताल ! पूज्या माताजी !

बरालिँदै–बरालिँदै फोक्सुन्डो । फोक्सुन्डोको ताल पानी बग्दै बरालिन्छ । बरालिँदो पानी चुचुरोबाट हाम्फाल्छ । झन्डै विक्षिप्त पानी ।आफूमा सम्हालिन्न । फाल्हान्छे फोक्सुन्डो ! अनकन्टार उचाइबाट फाल्हाल्दी फोक्सुन्डो अट्टहास हाँसो हाँसेझैँ लाग्न थाल्छ । उत्ताउली पानी ! फोक्सुन्डी उत्ताउली । उसकै उत्ताउलोपन त झर्दो रहेछ झर्ना बनेर । झर्ना त फोक्सुन्डोको अट्टहास रहेछ । झर्न उत्ताउलिन सक्नुपर्दो रै’छ । उत्ताउलिएपछि अट्टहास हाँसिदो रै’छ । मसित झर्ना हाँस्छे । ऊसित म । बौलाएझैँ सोच्छु । मौलाएझैँ नि गर्छु । उतारचढावको पानी–जीवन तालमा जम्मा हुन्छु । हिउँमा जम्छु । तालमै थुनिन्छु । तालबाट निस्कँदै झर्नामा झर्छु । झर्ना झर्दै झरझर उन्मुक्त हाँसो हाँस्छु । मानौँ म पानी जम्ने हिउँ हुँ । थुनिने पानी फोक्सुन्डो हुँ । ताल बाहिरिँदै बग्ने गति हुँ — यात्रीहरूका यात्री पाइला म ।फोक्सुन्डो पानी झर्नामा बत्तीस दन्त देखाउँछे । झर्नाका लहरे पानीहरूका लहरे मालाहरूले जापानको गिन्जामा किनेको मोतीको मालाकै झझल्को दिइरहेथ्यो । मोतीमाला जुन स्वयम्वरमा पहिर्‍याइदिएथेँ यी हातहरूका मनले । यिनै मनका हातहरूले । यात्रीहरूका यात्रा यी पाइला हिँडिरै’छु मन लगाएर ! आफूलाई आफैँले बहाएर !


Tags: जनमततेजेश्वरबाबु ग्वंग:
अघिल्लो पोष्ट

सयपत्री सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

पछिल्लो पोस्ट

मुक्तक सागर सम्मान सरूभक्तलाई

तेजेश्वरबाबु ग्वंग

तेजेश्वरबाबु ग्वंग

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
मुक्तक सागर सम्मान सरूभक्तलाई

मुक्तक सागर सम्मान सरूभक्तलाई

यात्रा

यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

डाक्टर दिदी बहिनी र  आमाको पुस्तक विमोचन

४ जेष्ठ २०८०, बिहीबार
साहित्यकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार राजेन्द्र पराजुलीको निधन

४ जेष्ठ २०८०, बिहीबार
वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

४ जेष्ठ २०८०, बिहीबार
प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

प्रा.डा.गार्गी शर्मा ‘नारी विद्वत रत्न’सहित पाँच श्रष्टा सम्मानित

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक