जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

कुर्ची खेलको रमिता

गायत्री लम्साल गायत्री लम्साल
प्रकाशित १३ श्रावण २०७८, बुधबार
निबन्ध भित्र
0
कुर्ची खेलको रमिता

सम्माननीय, माननीयअनिआदरणीय मेरा समस्तमहानुभावहरुमा यो लकडाउनको घरमै बसीबसीहुनेले खाउन र नहुनेले दु:खपाउनको समयमाकुर्चीखेलको रमितामा रमाउनुहुनविनम्र अनुरोध गर्दछु । अचम्मकै छ यो खेल । खेल्नेले खेले भयो, हेर्नेले हेरे भयो, पेल्नेले पेले भयो यत्तिमात्रकहाँहो र हजुर । हारिन्छ कि जस्तो छनक आयो भने संविधान र कानुन नै फेरे भयो । खेलहरुमा सबैभन्दाउत्तम खेल हो क्याकुर्चीखेल । हाम्रो देशको भूगोल अनियहाँको समग्र परिस्थितिलाई मध्यनजर लगाउँदा यस कूर्चिखेललाई राष्ट्रिय खेल बनाउँदाकतैबाट पनिविरोध नहुने कुराको तातोमिठो अनुभवहामी सबैलाई भैरहेको छ ।

कसलाई के को सूर्ता कसलाई के को सूर्ता भनेको त परापूर्वकालदेखि नै सुन्दै आइरहेकाहौँ । आजआएर देशका सम्माननीय, माननीयअनिउच्चपदस्थआदरणीयहरुलाई कुर्चीजोगाउनकै सूर्ता भएकोमा कसैले पनि टाउको दुखाउने बिर्ता पाएका छैनौँ । हामी सबै वैज्ञानिक युगकाआधुनिकनागरिकहरु राष्ट्रियताको मूलमर्म, राष्ट्रप्रेम र राष्ट्रभक्तिको केन्द्रबिन्दु भनेको नै आफू र आफ्नाको कुर्चीबचाउनु हो भन्ने कुरा यो कोरोनामहामारीको विपतको समयमा सबैलाई चेतनाभयो । देश मरेन केहीहुँदैन, नागरिक मरेर केहीहुँदैन मर्न नहुने भनेको नै आफू र आफ्नाको कुर्चीहो । कोहीपनिहार्न नहुने खेल भनेकै कुर्ची खेल हो ।

वा ! कमालको छ खेल । यो खेल खेल्न थालेपछि जीवनभरि कोहीपनिविश्रामलिनजान्दैजान्दैनन् । उमेरले पाँचबीस पुग्नलाग्दापनि खेलाडिहरु थाक्दैथाक्दैनन् । आफू बसेको कुर्चीआफू बाँचुन्जेल अरुलाई दिनमान्दैमान्दैनन् । यदिमानिहालेभनेपनिसम्पूर्ण रुपमाआफ्नो जस्तै रुप, गुण, क्षमता र बंशभएकालाई मात्रमुश्किलले दिन्छन् । यो खेलको केन्द्रियविशेषताभनेको नै यहीहो । यी र यस्तै यस्तै विशेषताहरुको धनीभएकोले नै अबको राष्ट्रिय खेल बन्ने पालोमा यो खेल अग्रपङ्तिमा रहेको छ । सबैले रुचाउने खेल । सबैलाई हेर्दा आनन्दलाग्ने खेल । देशका सम्पूर्ण नागरिकहरु केही न केही रुपमा समेटिन सक्ने बहुआयामिक गुण भएको खेल हो क्या यो ।
सदाबहार खेल हो यो । जुनसुकै मौसम, ऋतु, परिस्थिति, अवस्था जे जस्तोसुकै भएपनिआनन्दले, निकै जुक्ति, बुद्धि लगाएर खेलिन्छ यो खेल । सके आफ्नो कुर्ची आजीवनमात्रहोइन पुस्तौपुस्तालाई जोगाएर राख्ने नसके अरुलाई, अर्कोलाई दिनुभन्दा बरु भाँचेर फाल्नु उत्तम मानिन्छ यस खेलमा । यो खेल खेल्ने नियम, विधि र पद्दतिहरु ठ्याक्कै यस्तै छ भन्नलाई तपाइँहामीलाई समस्या नै पर्दछ । साँझसम्मभएको नियम रातारात फेरिन्छ । दिउसोमाहारेको कुर्चीले भोलिपल्ट उज्यालो हुँदापुनजितेको हुन्छ । जे जसरी भएपनि साम, दाम, दण्ड भेद सबै हत्कडी उपयोग गरेर यो खेल खेलिन्छ । अरु खेलमा त एउटाको जित र अर्कोको हार निश्चित हुन्छ तर यो खेलमाभने त्यसको सुनिश्चितताहुँदैन । हार्नेले पनि हड्ताल, आन्दोलन, चक्काजाम, नेपालबन्द, पुनचुनावको धन्दा गरेर भएपनि जित्छ । सबैको जितहुने अचम्मको खेल हो यो ।

यो खेल खेल्नमा रहर लागेपछि कसैको कोहीको केहीतागतचल्दैन । देशमाआगलागीहोओस् किमहामारीले थलापारोस् । कसैलाई केहीको प्रवाहहुँदैन । नागरिक आधाआधी मरे पनि खेलाडीलाई केहीचासो हुँदैन । नागरिकहरु रोग, भोक र शोकले ग्रसितहुँदापनि खेल निरन्तर अझउच्च रफ्तारमाचलिरहन्छ । अजम्मरी खेलहो यो हाम्रो देशको । नागरिक मर्दा, देश मर्दा, सभ्यता र संस्कृति मर्दा समेत यो खेल रोकिदैन । यस खेलका खेलाडीहरुको एउटा रौँलाई समेत असर पर्दैन । यसको प्रत्यक्षदर्शी त अहिले तपाइँहामीबनिरहेको छौँ ।
देश कोरोनामहामारीले थला परेको छ । रोग, भोक र शोकमा देश लखतरान परेको छ । उपचारको अभावमा, अक्सिजनको अभावमानागरिकहरु मरिरहेका छन् । राज्यको लागिजम्मायतिजनाभन्ने भएतापनि परिवारको सदस्यगुमाएका परिवारको लागित्यो सर्वस्वहो भन्ने कुरा खेलको रमितामाकसले चेतोस् ? यस्तो अवस्थामापनिकुर्चीखेल निकै चर्को गतिमा खेलिरहेका छन् खेलाडीहरु । खेल्नकै लागि रातारातनियम फेरेका छन् । कुनकानुनको कुनदफा संसोधनगर्दा आफ्नो कुर्चीजोगिन्छ त्यहीदफा र बुँदा फेरिरहेका छन् ।

कुर्चीखेलको रमितेमाकोहीपनि पछि छैनन् । सरकार मात्रहोइनप्रतिपक्ष, अतिपक्ष, खतिपक्ष, मतिपक्षलगायतआउरे, बाउरे, चाउरे सबै पक्षहरु सबै एकनासका छन् । सबैलाई चाहिने कुरो भनेको कुर्ची नै हो । नोट खर्च गरेर पाएकाभोटको सदुपयोग गर्ने भनेको कुर्चीले हो भन्ने कुरा सबैले बुझेका छन् । त्यसैले हुनुपर्छ कुर्चीकालागि तछाडमछाड गर्दै सबै भिडेका छन् । कुर्चीको रमितामा सबै कुरा छुट छ । सयौँ जनामाक्स चिउँडोमालगाएर सर्वोच्चको ढोगभेट सबैलाई पाच्य छ । सांसद एउटा पाटीको,भोट अर्को पाटीलाई त्यो पनि ठीक छ । एउटै पार्टीका एक दुई तीनचार पाँच….फुट, झुट अनि लुट त्यो पनिप्रशसनीय ….अरु के नै पो बाँकी रह्यो र ?
साँच्चै हो यस खेल खेल्ने खेलाडीहरु बत्तिस होइनचौसट्ठी गुणले भरिपूर्ण छन् । नत्रभने यस्तो महामारीको बेलामा खेललाई निरन्तरतादिनअन्य खेलमाभएको भएकसले पो सक्थ्यो होला र ?निषेधाज्ञाको बेलामापनिनिरन्तर चलिरहेको छ खेल । नागरिक घर घरमाथुनिएका छन् । देशभित्रका सबै व्यापार व्यवसायहरु बन्द छन् । यो खेलबाहेक अन्य खेलहरु पनि सबै बन्द छन् । तर अन्य सामान्यअवस्थामादिउसोमा बढी फस्टाउने यो कुर्चीखेल यो समयमा त झन् दिउसोमादुई गुणा अनि रातमा छ गुणा –फस्टाएको छ । एकै रातमातौलिनै नमिल्ने गरीमोटाएको छ । कसैले समेल्नै नसक्ने गरी मातेको छ । सर्वोच्चले समेत गाँठो फुकाउननसक्ने गरी कूर्चिलाई जोगाउने गाँठो कसेको छ ।

यस खेलको चर्तिकला त मैले भन्दा बढी हजुरहरुले हेर्नुभएको छ । सबैले सबैलाई चिन्नुभएको छ । यस खेलमाभागलिने जुनसुकै क्षेत्रका, भेगकाअन्यमिल्ने जति सबैका खेलाडीहरु कोहीपनिकमजोर छैनन् । मात्र सबैले आफूलाई गतिलो अन्यलाई अगतिलो भन्नजानेका छन् । आफूलाई बलियो र अन्यलाई निर्बलियो भनेका छन् । राम्रो कामजतिआफ्नो कुर्चीले गरेको अनि नराम्रो कामजतिअर्कोको कूर्चिले गरेको भन्नमानिकै सिपालु छन् । आफ्नो गल्ति देख्दैनदेख्ने, आफ्नो कमजोरी महशुस गर्दै नगर्ने यो खेलको सबैभन्दाउत्तमविचार हो । खेलाडीहरु जुनसुकै वाद र विधाबाट आएकाभएतापनि सबैको वादले सिकाएको मूलविचार भनेको,मूल सिद्धान्त भनेको,मूल घोषणापत्र भनेको आफ्नो गल्ति र कमजोरी नस्वीकार्नु हो । सबैको सिद्धान्त र विचारको प्रतिनिधित्वगर्ने कुरामा भाषणवाद, आसनवाद र आदर्शवादप्रमुख स्थानमा पर्दछ ।
यस खेल खेल्नको लागिचाहिने खेलाडीहरुमा चाहिने गुणहरुकेहीनिम्नप्रकार रहेका छन् । निरन्तर ढाँटिरहन सक्ने गुण । आवश्यकताअनुसार मारकाट, झैझगडा गर्न सक्ने गुण । परेको खण्डमा आफ्नै टिमका साथीलाई घात र प्रतिघात गर्न सक्ने गुण । समय परिस्थितिअनुसार खेललाई आफ्नो पोल्टामा पार्नको लागि साम, दाम, दण्ड भेदले भरिपूर्ण भएकादर्जनौ सुन्ड,मुण्ड र मुन्द्रेहरुलाई पाल्न सक्ने क्षमताभएको गुण । कुर्चीजोगाउनको लागि सबैले हुकुमको एक्कालाई बचाएर राख्न सक्ने गुण । चाकरी र चाप्लुसी गर्न निकै भरिपूर्ण गुण । यस्तै यस्तै अरु खेलमाप्रयोग कहिल्यै नहुने हजारौँ गुणहरु हुनुपर्छ यस खेलमाविजयीहुनलाई । तपाइँहामी जस्ता सीधासादाहरु कहिल्यै यस खेलमाभागलिन योग्यहुँदैनौ । कहीँकतैबाटनाम परिहाल्यो भने पनि लेखेर राख्नोस् विजयी त कहिल्यै हुँदैनौ । अझभन्दादिउसोमाविजयीभइयो भनेपनित्यही रातीहार भएको प्रमाणपत्र दिन्छन् । इतिहास साक्षी छ नपत्याउने हिम्मतनगर्नुभए हुन्छ ।

हजुरहरुलाई थाहा नै छ खेल खेल्नु स्वास्थ्यको लागिनिकै लाभलदायक हुन्छ । आ–आफ्नो शरीरकोआवश्यकताअनुसार सबैलाई फरक –फरक खेल खेल्न मनपर्छ । तपाइँहामीमध्ये पनि कसैलाई फुटबल मनपर्ला त कसैलाई भलिबल । त्यस्तै कसैलाई अन्य धेरै खेलहरु मनपर्न सक्छ । संविधानले दिएको स्वतन्त्रतालाई कुर्चीखेलको रमिताले छेकेन भने तपाइँहामीपनिकुर्चीखेलमा सहभागीहुन मिल्छ । खेलाडीबन्ने कि रमिते यहाँहरुको इच्छा अनुसार हाजिर हुनुहोला ।


अघिल्लो पोष्ट

जनमत सम्मानको घोषणा

पछिल्लो पोस्ट

यो कस्तो प्रेम

गायत्री लम्साल

गायत्री लम्साल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
यो कस्तो प्रेम

यो कस्तो प्रेम

अन्तिम चिठी खोली हेर्दा

अन्तिम चिठी खोली हेर्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली कविहरूका कविता उर्दु भाषामा

नेपाली कविहरूका कविता उर्दु भाषामा

५ जेष्ठ २०८०, शुक्रबार
म तिमीलाई खुला आकाश दिन्छु

म तिमीलाई खुला आकाश दिन्छु

५ जेष्ठ २०७८, बुधबार
जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

५ जेष्ठ २०८०, शुक्रबार
मौनता

मौनता

६ जेष्ठ २०८१, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक