पूर्वप्रसङ्ग
बनेपाले व्यापारलाई र चण्डेश्वरीले बनेपालाई संझाउने संस्कृति नेपाली लौकिक जीवनमा आज पनि प्रख्यात रही आएको छ । उत्तर, दक्षिण र पूर्वतिर लाग्ने व्यापारिक मूल मार्गसहितको उपयुक्त भौगोलिक अवस्थानले बनेपालाई प्राचीन कालदेखि नै व्यापारिक दृष्टिले अत्यन्त पायक पर्ने एक भाग्यमानी व्यापारिक मूल बस्तीको रूपमा सदाकाल साथ दिएर आएको देखिएको छ । यसो हुँदा बनेपाभेक किरातकालमै व्यापारिक बस्तीको रूपमा विकसित भइसकेको दृष्टिगोचर हुन्छ । तत्कालीन नेपाल मण्डललाई आर्थिक दृष्टिले समेत सम्पन्न पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो पूर्वको व्यापारिक ढोका थियो । यसरी व्यापारिक ढुकढुकी बनेको बनेपाले आङ्खनो सोही वैशिष्ट्यका कारण लिच्छविकालमा राजनैतिक दृष्टिले स्वशासनको अधिकारसमेत प्राप्त गर्दै राजनैतिक महइभ्व समेत बढाउँदै लग्यो । यसो हुँदा मध्यकालमा आइ पुग्दा त यो एक समयमा यस भेककै स्वतन्त्र राज्य एवं राजधानीनगरको रूपमा देखा पर्यो ।
अनेक समृद्धिको मूल स्रोत त आखिर व्यापार नै हो । पूर्वकालदेखि नै व्यापार बनेपाको व्यवहारिक मूल चरित्र रही आएको छ । व्यापारले बनेपालाई व्यापारिक दृष्टिले मात्र नभएर धार्मिक सांस्कृतिक क्षेत्रमा पनि धनी बनायो । यदि त्यसो नहुँदो हो त बनेपाको शिरमा शैव र बौद्ध दुबै सम्प्रदायका अनुयायीहरूले उत्तिकै श्रद्धा भक्तिका साथ मान्दै पुज्दै आएका चण्डेश्वर र चण्डेश्वरी पनि बस्न आउने थिएन ।
माथिका कुरालाई पुष्टि गर्ने अनेक आधार छन् । जस्तै यस भेक र वरपरका लिच्छविकालीन अभिलेखीय–धारमा उभिएर यस भेकको भौगोलिक अवस्थानको ऐतिहासिक पृष्ठभूमिमा बनेपा–उपत्यकालाई हेरौं न । तत्कालीन काठमाण्डौ उपत्यकाका तीनवटा ‘देश’ हरू मात्र नभएर बनेपाका प्रसङ्गमा पनि यो देश ‘न्हे गां’(देशको संज्ञा पाएका सातग्राम प्रदेश) संस्कृतिले पूर्वकालदेखि प्रसिद्ध रही आएको थियो । साँगा, नाला, चोकोट, श्रीखण्डपुर (खड्पु), पनौती, धुलिखेल जस्ता देशबस्तीहरूको पनि हृदयस्थलमा बस्दै आएको बस्ती बनेपा हो । आज पनि नेवार लोकजीवनमा यो उस्तै ‘भोंत देश’ भनी कहलिँदै आएको छ ।ज्ञ बनेपा सहितका यी ‘सात गाउँ’ ले बनेपाभेकको ऐतिहासिक भौगोलिक अवस्थानलाई यस भेकका (सात गाउँ र सो वरपरका) लिच्छविकालीन अभिलेखहरूले अझ सुस्पष्ट पारेको छ । यी ऐतिहासिक ‘सात गाउ“’ एकै हुन्, एक अर्काका अभिन्न सांस्कृतिक अङ्ग हुन् जसले लिच्छवि युगका केही कालखण्डलाई विशिष्ट र स्वर्णिम तुल्याउँदै अनेक कुरामा अग्रणी–सांस्कृतिक परम्पराको सुरुवात ग¥यो । अनि जसले नेपालमण्डलको विशेषगरी पूर्वमध्यकालकोे इतिहासलाई अविस्मरणीय ढङ्गले नौलो आयाम प्रदान गर्न सफल भएको थियो । यस लेखमा बनेपा–चण्डेश्वरीको प्राचीनतालाई यस शहरको दछुटोलमा रहेको लिच्छविकालीन अभिलेख एवं बनेपा चण्डेश्वरीमन्दिरभित्र रहेका मध्यकालीनअभिलेखहरूका आधारमा अध्ययन गर्ने प्रयास भएको छ ।
ज्ञ पुरुषोत्तमलोचन श्रेष्ठ, भक्तपुरको नवदुर्गा गण, बबिता श्रेष्ठ, भक्तपुर : २०६०, पृष्ठ १८५ । ‘देस/देश/नगरबस्ती । प्राचीनकालदेखि नै नेपालमण्डल, नेपालउपत्यका र आसपासका बस्तीहरूमा व्यवस्थित एवं समृद्धरूपको नगर–सभ्यता र संस्कृतिलाई विकसित गरी बसोबास गर्दै आएका नेवारहरूमा, अहिले आएर आ–आङ्खना बस्तीका भौतिक, राजनैतिक स्वरूपमा जे जस्तोसुकै अन्तर आइसकेको भएतापनि देस÷देय् नामले अभिव्यक्त गर्ने नागरीय जीवनशैली र स्वभावका परम्परागत चलन चाहिँ अझै पनि जीवन्तरूपले बाँचिरहेको आभास हुन्छ ।’ ‘भोंत देश’ यस कुराको एक उत्कृष्ट उदाहरण हो ।द्द धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एसियाली अध्ययन संस्थान, काठमाडौं : २०५३ (दोस्रो संस्करण) पृष्ठ २४०–२४१ ।
बनेपाको शिवदेव + अंशुवर्माको अभिलेखद्द
बनेपा शहरको बीचमा दछुटोल छ । त्यस टोलमा गोरखनाथको सानो देवमन्दिर छ । सो मन्दिरसंगै शिवदेव+अंशुवर्माको अभिलेख कुँदिएको ढुङ्गा छ ।
बनेपाभेकको प्राचीन गौरव एवं राष्ट्रिय निधि यो अभिलेख पनि हो । यस अभिलखेमा आएका दोलाशिखरस्वामी, श्मशान, तेखुंदुल्, धेलन्तीनदी, चन्द्रेश्वर लगायत दक्षिणेश्वर विचारणीय छन् । तत्कालीन श्रीसामन्त अंशुवर्माको अघिल्तिर लागेको ‘महा––धिराज’ को उपाधिले पनि यस अभिलेखलाई विशेष तुल्याएर बनेपाको महइभ्व थप बढाएको छ ।घ
घ यस बारेमा विद्वानहरूबीच मतान्तर रहेको पाइन्छ । वज्राचार्य (पृष्ठ २४२) ले ‘महा––धिराज’ लाई ‘महाराजाधिराज’ नभएर महामात्याधिराज वा महामन्त्राधिराज हुनसक्ने बताएका छन् । हरिराम जोशी (नेपालको प्राचीन अभिलेख, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं : २०३०, पृष्ठ २२६–२७) ले भने यसलाई महाराजाधिराज नै मानेका छन् । उनले भट्टारकमहाराजश्रीवसन्तदेवको संवत् ४५४को चौकिटारको अभिलेखमा क्रमलीलको नाममा महाराजमहासामन्त प्रशस्तिको प्रयोग भएको उदाहरण प्रस्तुत गर्दै ‘यहा“ शिवदेवलाई केवल महाराजको संज्ञा तथा अंशुवर्मालाई महाराजाधिराजको उपाधिले विभूषित गरिएको कुराबाट त्यससमयसम्म अंशुवर्माको शक्ति लिच्छवि राजनीतिमा शिखरमा पुगेको प्रतीत हुन्छ’ भनेका छन् ।
अंशुवर्मा यसबखत सामन्त भएतापनि चानचुने थिएनन् । त्यसबखतको राजनैतिक उत्तार चढावमय परिवेशलाई विचार गर्दा उनमा लागेको यो उपाधि ‘महाराजाधिराज’ नै थियो भन्ने बुझिन्छ । गुप्तहरू छदा बरु केही सक्रिय देखिएका शिवदेवले आङ्खनै भाञ्जा अंशुवर्मालाई राजनीतिमा ल्याएपछि भने उनी झन निष्क्रिय हुनपुगे । आङ्खनो अनुकूल अवसरमा महइभ्वाकांक्षी अंशुवर्माले आफूलाई सामन्तहरूका पनि मुख्य भनी देखाउन ‘महाराजाधिराज’ उपाधि लिए भन्ने कुरामा कुनै असहजता देखिँदैन । अभिलेखमा मात्र नभएर मुद्रामा समेत ‘महाराजाधिराजस्य श्र्यंशो’ भनी यो उपाधि धारण गर्ने पहिलो पनि अंशुवर्मा नै देखिन आएको छ ।
क महाराजाहरूका पनि अधिराज महाराजाधिराज हो । शक्तिशाली सामन्तहरूले यो उपाधि लिएको अनेक दृष्टान्त पाइन्छ । लिच्छविकालका महाराजमहासामन्तश्रीक्रमलील र महाराजाधिराजश्रीसामन्त अंशुवर्मा मात्र नभएर मध्यकालका एकराजकै रूपमा सर्वाधिकारसहित शासन गर्ने जयस्थिति मल्लले सामन्तको दर्जा दिएतापनि तत्कालीन बनेपाली शक्तिशाली प्रतिष्ठित भारदार जयसिंहरामवद्र्धनलाई लागेको ‘श्रीश्रीमहाराजाधिराजपरमेश्वरपरमभटारक श्रीजयशिंहरामव्रधन …’ ले समेत ‘महाराजाधिराज’ को उपाधि राजाले मात्र नभएर शक्तिशाली सामन्तहरूले पनि धारण गर्ने र। जपरम्परा रहेको कुरा निश्चित रूपले जानिछ । महाराजाधिराजको यो प्रकरणले हामीलाई राजाको शक्ति क्षीण तुल्याएर सर्वाधिकारसम्पन्न शासन गर्ने श्री ३ महाराज जङ्गबहादुरलाई समेत स्मरण गराएको छ । स्मरण रहोस् ! महाराजाधिराजको उपाधि धारण गर्ने पहिलो नेपाली शासक राजा नभएर सामन्त नै थिए । यसरी आजसम्म प्राप्त अभिलेखीय–प्रमाणका आधारमा सामन्त अंशुवर्माले बनेपाको भूमिमा यही अभिलेखबाट यो ऐतिहासिक परम्पराको उद्घोष गरेको देखिन आएको छ ।
क हरिराम जोशी, उत्तरप्राचीनकालीन मुद्रा, साझा प्रकाशन, काठमाडौं : २०३३, पृष्ठ ७९–८० ।
द्ध नेपाल माहात्म्यमा वर्णित दोलाशिखरस्वामी र चण्डेश्वरीको उत्पत्तिको आख्यान गा“सिएको छ । छ धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पूर्ववत्, पृष्ठ २४३ ।
बनेपाको प्राचीन ग्रामबस्ती सातौं शताब्दीतिर, शिवदेव + अंशुवर्माको समयसम्म आइपुग्दा धार्मिक–सांस्कृतिक दृष्टिले समृद्ध भइसकेको देखिन्छ । यसको धार्मिक–सांस्कृतिक सम्बन्ध दोलाशिखरस्वामी (चा“गुनारायण) सित रहेको कुरा निश्चितप्रायः छ ।द्ध तर कस्तो प्रकारको धार्मिक–सांस्कृतिक सम्बन्ध थियो भन्ने कुरा भने छुट्टै खोजको विषय रहेको छ । प्राचीन ग्रामबस्ती रूपको बनेपा यसबखतसम्म आइपुग्दा सांग्रामिक सुरक्षाकै दृष्टिले पनि किल्लाको रूपमा समेत विकसित भइसकेको थियो । यसो हु“दा कर माफी आदि सुविधा बनेपाले पाएको थियो ।छ प्रकारान्तरमै पनि यस अभिलेखमा आएका श्मशान, तेखुंदुल्, धेलन्तीनदी, चन्द्रेश्वर लगायत दक्षिणेश्वर ले लिच्छविकालपूर्वको किरातकालीन बनेपाबस्ती, बनेपा–चण्डेश्वरीमन्दिर आसपासको भौगोलिक अवस्थान ( जस्तै ः उत्तरमा सेतो कमेरूको पहाड र पूर्वमा रक्तचन्दन वन आदि), जलेश्वर, चण्डेश्वरीघाट र खोला, चण्डेश्वरमहादेव एवं भोंखुसि र चासुखुसि दोभानको उग्रतीर्थ श्मशान, उग्रेश्वरमहादेव ( दक्षिणेश्वर(?) ) लाई एकसाथ संझाएको छ ।
यस अभिलेखमा आएको ‘तेखंदुल्’ ‘ग्ँँटन’ र ‘धेलन्ती’ जनभाषाका शब्द हुन् । जहा“ शब्द छ, त्यहा“ भाषा छ । खास शब्दले खास भाषाको अस्तित्व बोध हुन्छ । लिच्छविकालका अभिलेखमा आएका कतिपय स्थाननाम : खोपृङ्, खूलप्रिङ्, थंखोपृङ्, माखोपृङ्, माखोदुलुं, खृपुङ्, दुुंलङ्, दुंप्रङ्, म्हस्प्रिङ्, थंतुंरी, को, कोङ्को, प्रोंज्ञम्बु, विल्हिङ्खो, गुं, गुङ्दीमक, गुडण्दुल्, खाह्रिचो, मोंगुचो, गोंल्ल, ग्वलं, चूल्लंखू, लगायत तेखंदुल्, तत्कालीन जनभाषाका शब्द हुन् । यी केही उद्धरणहरूबाट पनि लिच्छविकाल भन्दा अघिदेखि जनभाषाको रूपमा नेपालभाषाको व्यापक प्रचलन यहा“का रैथाने नेवार लौकिकजीवनमा रही आएको कुरा जानिन्छ । यताबाट आजको बनेपामा किरातकालमै ‘तेखंदुल्’ नामको बस्ती आबाद भइसकेको विदित हुन्छ ।ट
ट खोेला पनि बग्ने दुई डा“डाका बीचमा रहेको खेती गर्न हुने सोतो परेको बस्ती डोलबस्ती हो । यहा“ जनभाषाको ‘तेखंदुल्’ ले यही कुराको बोध गराएको छ । यहा तेखंदुल्ले हामीलाई भक्तपुरको यस्तै एक लिच्छविकालीन बस्ती ‘माखोदुलुं’ लाई संझाएको छ । ‘माखोदुलुं’ उल्लेख भएको शिवदेवको अभिलेख तालाक्वःटोलमा (कुम्हालेटोल) छ । यताबाट आजको तालाक्वः इलाका त्यसबखत ‘माखोदुलुं’ कहलिएको थियो भन्ने जानिन्छ । यो इलाकाको भौगोलिक स्वरूपलाई विचार गर्दा आज पनि डोलबस्तीको रूपमा रहेको देखिन्छ । यस बस्तीको उत्तरमा ‘तालादम्फो’ नामको थुम्को छ । सो बस्तीको दक्षिणी भाग सोतो परेर गएको छ जसको पुछारमा हनुमन्ते खोला छ । तालाक्वःसंगैको पूर्वपट्टिको टोल ‘इखालाखु’ हो । यहा“बाट पहिले खोला बग्दथ्यो । तालाक्वः+इखालाखुसंगै उत्तरपूर्वमा टौमढीटोल छ । स्थानीय बूढापाकाहरूका अनुसार पहिले यहा“बाट पनि खोल्सो बग्ने गर्दथ्यो । सो खोल्सो तालाक्वः+इखालाखु हु“दै हनुमन्तेमा मिसिन्थ्यो । नेपालभाषामा मुख्य वा खास कुरालाई जनाउन ‘मा’ को प्रयोग भएको जानिन्छ । यसरी अनेक खोला÷खोल्साहरू सहित मुख्य खोलाको मध्यभागमा बसेको डोलबस्ती भएकोले ‘माखोदुलुं’ कहलिएको जानिन्छ । ‘तेखंदुल्’ यस कुराको अपवाद होइन । तर खंदुल्को अघि लागेको ‘ते’ले के कुरा जनाउन खोजेको हो त्यो भने खोतल्न बा“की नै छ । भक्तपुरमा ‘तेखाडो’ नामको बस्ती पनि छ । दक्षिणमा मङ्गलतीर्थघाटबाट उकालो चढी आउ“दा पुगिने माथिल्लो बस्ती यो हो । यसले यहा“नेर यस्तै विशेषता भएको काठमाडौंको विष्णुमती र बागमती दोभानको त्रिवेणी टेकुलाई पनि संझाएको छ । यसरी खोलासहितको यस्तो भौगोलिक विशेषता भएको माथिल्लो भागको बस्तीलाई जनाउन ‘ते’ भनिएको हो कि ? छ यस अभिलेखमा आएको ‘चन्द्रेश्वर’ र ‘दक्षिणेश्वर’ ले यस भेकको मात्र नभएर तत्कालीन नेपाल र भारतकै पनि धार्मिक इतिहासको एक कालखण्डको एक महइभ्वपूर्ण झलक जान्न निकै उपयोगि तुल्याएको छ । उत्तराभिमुख बनेपा–चण्डेश्वरीमन्दिरको सामुन्ने उत्तरमा पश्चिमाभिमुख चण्डेश्वर महादेवमन्दिर छ । शिवदेव+अंशुवर्माको अभिलेखका ‘चन्द्रेश्वर’ यिनै चण्डेश्वर हुन् ।
अभिलेखीय–प्रमाणका आधारमा लिच्छविकालमा विशेषगरी पाँचौं–छैठौं शताब्दीदेखि स्वतन्त्र रूपका योग साधना, तन्त्रमन्त्र र अनुष्ठानतर्फ उन्मुख तान्त्रिक स्वरूपका अनेक शैव पाशुपत÷कापालिक सम्प्रदाय उपसम्प्रदायहरू नेपाल र भारतमा एकसाथ चलेको देखिन आएको छ । मुण्डशृङ्खलिक, शृङ्खलिक, दान, वश, लकुलीश, माहेश्वर, वीरशैव, मिश्रशैव, शिवसिद्धान्त लगायत सोमसिद्धान्त उदाहरणस्वरूप छन् । तन्त्रपद्धतिमा सम्प्रदायभेद गौण हुने र सिद्धिका लागि शक्तिको साथ पनि अपरिहार्य रूपमा रहने हुँदा एक सम्प्रदायको अर्को सम्प्रदायसित सम्बन्ध रही आएको पनि जानिन्छ । कापालिक सम्प्रदायको सान्निध्यता सोमसिद्धान्त सम्प्रदायसित रहेको थियो ।ठ पशुपतिनाथमन्दिरको दक्षिण–पूर्वमा छत्रचण्डेश्वरको प्रस्तरमूर्तिसहितको स्तम्भलेख छ । जिष्णुगुप्तको पालाको सो स्तम्भ–अभिलेखबाट तत्कालीन समयमा एकसाथ अनेक शैव पाशुपत सम्प्रदायहरू (मुण्डशृङ्खलिक, शृङ्खलिक) संगै सोमसिद्धान्त सम्प्रदाय एवं तिनका आचार्य, मण्डली र अनुयायीहरू अस्तित्वमा थिए भन्ने कुरा थाहा पाइन्छ ।ड
ठ ख्।क्। एबतजबप, क्बष्खब ऋगतिक ष्ल ल्यचतजभचल क्ष्लमष्ब, म्च, च्बm ल्बचभकज ख्बचmब, ख्बचबलबकष्स् ज्ञढटण्, उ।घ। ुत्जभ प्बउबष्पिबक बचभ बककयअष्बतभम धष्तज तजभ क्यmब(अगति ष्ल ष्लकअचष्उतष्यलक बक धभिि बक ष्ल ष्तिभचबतगचभ।ु
ड धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पूर्ववत्, पृष्ठ ४२६–२७ । ‘ …आचार्य भगवत्प्रनद्र्दनप्राणकौशिकेन भगवतः श्छत्रचण्डेश्वर …मुण्डशृङ्खलिकपाशुपताचार्यपर्षदि वाराहस्वामि उमसोम–क्रसोमखडुका …शृङ्खलिकपा …वाराहस्वामिप्रभृति …’
ढ ख्।क्। एबतजबप, क्बष्खब ऋगतिक ष्ल ल्यचतजभचल क्ष्लमष्ब, ष्दष्म, उउ। द्दछ। ुपार्वत्त्या ः प्रतिरूपया दयितया सानंदमालिंगितो । मुक्त ः क्रीडति चन्द्रचूडवपुरित्यूचे मृडानीपति ः ु
ज्ञण् ख्।क्। एबतजबप, ष्दष्म, उउ। द्दछ। अहो पुण्यं कापालिकचरितमहो श्लाध्यःसोमसिद्धान्तः ।
…ततःप्रविशति कापालिकरूपधारी सोमसिद्धान्त ।
शिरमा सोम (चन्द्र) धारण गर्ने, पार्वती जस्ती रूपवती शक्तिलाई आलिङ्गगनमा लिइरहेका÷शक्तिसहितका वा भनौं शिवशक्ति स्वरूपका चण्डेश्वर÷चन्द्रशेखरलाई मुख्य देवताको रूपमा पूजा उपासना गर्ने सम्प्रदाय सोमसिद्धान्त कहलिएको थियो ।ढ यस सम्प्रदायको निकट सम्बन्ध कापालिक वा भनौ मुण्डशृङ्खलिकसित रही आएको थियो ।ज्ञण् छत्रचण्डेश्वरको अभिलेख पनि यस कुराको साक्ष छ । साँगाको अंशुवर्माको अभिलेखमा आएको विकट रूपका महादेवको वर्णनले मुण्डशृङ्खलिक सम्प्रदायको अस्तित्वलाई दर्शाएको छ । यताबाट बनेपाभेक सोमसिद्धान्त सम्प्रदाय र मुण्डशृङ्खलिक सम्प्रदायका अनुयायीहरूको मूल थलो थियो भन्ने कुरा निश्चित रूपले जानिन्छ । यसरी यी चन्द्रेश्वर÷चण्डेश्वर तत्कालीन भारतको सौराष्ट्र÷गुजरात लगायत नेपालमा चलेको सोमसिद्धान्त सम्प्रदायका मुख्यदेवता हुन् ।ज्ञज्ञ पाठकले यो सम्प्रदाय ईस्वीको दोस्रो शताब्दीतिर आविर्भाव भएको अनुमान गरेका छन् ।ज्ञद्द काली–सेवक महाकवि कालिदास (ईस्वीको पाँचौं शताब्दी) ले मेघदूत मा महाकाललाई ‘चण्डेश्वर’ भनेका छन् ।ज्ञघ
ज्ञज्ञ ष्दष्म, उउ। द्दछ। ु क्यmबकष्ममजबलतब धबक उचभखबभिलत ष्ल ल्भउब िबलम न्गवचबत।
ज्ञद्द ष्दष्म, उउ। द्दद्ध। ु त्जभ क्यmब कअजयय ितजभचभायचभ mष्नजत जबखभ दभभल यचष्नष्लबतभम दभायचभ कभअयलम अभलतगचथ ब्।म्, ु
ज्ञघ मेघदूतम्÷पूर्वमेघः, श्लोक ३३ ।ज्ञद्ध बनेपाको शिवशक्तिमय चण्डेश्वर+चण्डेश्वरीमन्दिरलाई मूल–आधार मानेर भक्तपुर चण्डेश्वरीको अवस्थानलाई नियाल्दा यहा“ पनि उस्तै गरी चण्डेश्वरीमन्दिरको उत्तरमा चण्डेश्वरमहादेव छन् । अनि यसको पनि दक्षिणमा त्रिवेणी भएर बग्ने हनुमन्ते खोलाको पश्चिमधारको काखमा चूपिंघाटस्थित लौकिकजीवनमा ‘मू दीप’ नामले प्रसिद्ध मूल श्मशान छ । यो इलाका भद्रकाली र उनका पतिभैरव महाकालसदृश आकासभैरवको इलाका पनि हो । यस अर्थमा भक्तपुरमा मनाइने विस्केटजात्रा यथार्थमा श्मशानजात्रा हो भनी मान्न सकिन्छ । आकासभैरव र उनका शक्ति भद्रकाली यहाँका उच्चतम देवता हुन् । शक्तिसहितका यिनै तान्त्रिक देवताहरू भक्तपुरको अवतारमय–तान्त्रिकसंसारमा ‘त्रिपुरसुन्दरी’ शक्तिसहितका ललितमहेश्वर पनि धारण गर्न पुग्छन् । यसैगरी टोखा, ललितपुर पिंबहालका चण्डेश्वर+चण्डेश्वरीहरू पनि श्मशान, खोला÷त्रिवेणी वा खोलाको दोभान, श्मशानभैरव+पीठ+तीर्थसंस्कृतिले समृद्ध रही आएको इत्यादि कुराको चाल पाइन्छ ।
उक्त प्रसङ्गमा अभिलेखीय दृष्टिले बनेपामा चण्डेश्वरीभन्दा पनि पुरानो उनका अधिपतिदेव चण्डेश्वर देखिन आएको छ । स्मरण रहोस् ! अभिलेखको तथ्पपरक÷सही व्याख्या विश्लेषणमा स्थान विशेषको खास महइभ्व रहेको हुन्छ । उदाहरणका लागि पशुपति छत्रचण्डेश्वरको अभिलेख र हाम्रो अहिलेको अभीष्ट विषय बनेको बनेपाको यही अभिलेखलाई लिउँ । उही सम्प्रदायका देवतालाई काठमाण्डौं पशुपतिनाथमन्दिरकोे अभिलेखमा चण्डेश्वर भनिएको छ भने त्यो भन्दा पनि पुरानो बनेपाको अभिलेखमा चन्द्रेश्वर भनिएको छ । शक्तिसहितका चन्द्रेश्वर÷चन्द्रशेखर÷चण्डेश्वरको जुन विशेषता छ, त्यही विशेषता र अवस्थिति बनेपा–चण्डेश्वरीमन्दिर परिसरको भौगोलिक अवस्थान लगायत शिवशक्ति स्वरूपमा एकै स्थानमा अवस्थित काठमाण्डौ उपत्यकाका अन्य चण्डेश्वर+चण्डेश्वरीमन्दिरमा समेत एकसाथ देखा पर्छन् ।ज्ञद्ध प्रतीकवाद नेपाली संस्कृतिको मौलिक विशेषता रही आएको छ । सोमसिद्धान्त सम्प्रदाय वा भनौं यसका मूल देवता चन्द्रेश्वरको विशेषता अनुरूपको भौगोलिक अवस्थानलाई अलिकता मात्र पनि ध्यान दिएर हे¥यौं भने पनि त्यहाँ बनेपा–चन्द्रेश्वर÷चण्डेश्वर र उनका शक्ति चण्डेश्वरी शिवशक्ति स्वरूपमा कसरी रहेका ठछन् भन्ने कुराको रहस्योद्घाटन हुन्छ । त्यहा“ उत्तरमा शिव (चण्डेश्वर) को प्रतीक सेतो कमेरूको पहाड छ जसको काखमा चण्डेश्वर महादेव छन् । अनि शिवको शिरबाट बहने गङ्गा रूपी चण्डेश्वरी खोला सोमरसका प्रतीक छन् जसको पारिपट्टि पूर्वमा पार्वती (चण्डेश्वरी) को प्रतीक रक्तचन्दन वन छ । त्यसैको काखमा चण्डेश्वरीमाइको मन्दिर छ । प्रकृति र धर्म–संस्कृतिको यो जस्तो अनुपम मेल अरू के नै हुन सक्ला र †
लिच्छविकालमा पुरुषदेवता मुख्य रहे र तिनका शक्ति सहायकका रूपमा वा गौण रूपमा मात्र रहे । यसो हु“दा चन्द्रेश्वरको शक्ति छाया“मा पर्न गयो । मध्यकालमा शाक्त सम्प्रदाय मुख्य भएर आयो र तिनका पतिदेवताहरू सहायकका दर्जामा देखा परेर ओझेलमा पर्न गए । यसो हँुदा चण्डेश्वरी मुख्य भएर देखा परिन् । पौराणिक आख्यानहरूको पुनःस्मरणले पनि तिनको महिमा र प्रचार निकै बढेर आयो । लिच्छविकालमा महाकालसदृश उपास्य चन्द्रेश्वर यस कालमा आइपुग्दा देवी चण्डिका÷चण्डेश्वरीले वध गरेका ‘चण्डासुर’ हु“दै तर त्यस्तो खराब एवं दुश्चरित्र–असुर प्रवृत्तिलाई हटाएको हुँदा देवीले वध गरेपछि ज्योर्तिमय देह धारण गर्दै चण्डासुरको चोला त्यागेर पुनः चण्डेश्वरीकै अधिपतिदेव ‘चण्डेश्वर’ हुन आए, गु≈य रूपका जस्तो काली, उस्तै महाकाल भएर † तान्त्रिक शैव वैष्णव एवं बौद्ध सम्प्रदायहरूमा अभिन्न एवं अपरिहार्य रूपले पर्दै गएको शाक्त प्रभाव र मिश्रित रूपले अत्यन्त लोकप्रिय हुँदै आइरेको तन्त्रप्रधान शाक्त धर्मका कारण चण्डेश्वरी ‘सर्वव्यापि सर्वरूपिणि’ देवीका रूपमा अनेक तान्त्रिक अवतारहरू धारण गर्दै देखापर्न थालिन् । यो कुरा यस विषयका मध्यकालीन अभिलेखीय–सामग्री लगायत समकालीन धार्मिक–साहित्यिक सामग्रीले पनि देखाएको छ । तथ्य कुरा त यही हो ।
यस अभिलेखमा आएको दक्षिणेश्वरले बनेपा चण्डेश्वरीमन्दिरसंगै केही दक्षिणको चासुखुसि र भोंखुसि जोड्ने दोभानको उग्रतीर्थ मसानका उग्रेश्वरमहादेवलाई संझाएको छ ।ज्ञछ
ज्ञछ उग्रतीर्थ मसानको दक्षिणपट्टि एक गोलाकार कुण्ड छ । सो कुण्डको माझमा स्वयंभूलिङ्गस्वरूपको एक शिवलिङ्ग छ । यही शिवलिङ्ग बनेपाको धार्मिक–सांस्कृतिक जीवनमा उग्रतीर्थ महादेव÷उग्रेश्वर महादेव भनी प्रसिद्ध छ । यसको संगै पूर्वपट्टि अग्निकुण्ड छ जहा“ शिवरात्रिमा धुनि जगाउने चलन छ । स्थानीय वैकुण्ठ कर्माचार्यका अनुसार भोंखुसिको उत्तरपट्टि नेवारहरूको मसान र त्यसैगरी दक्षिणपट्टि गैरनेवारहरूको मसान छ । विचारणीय कुरा के छ भने दक्षिण दिशालाई पितृको दिशा मान्ने चलन हाम्रो यहाँ चली आएको छ । बनेपा र भक्तपुरलाई नमुनाको रूपमा लिने हो भने अन्यत्र दिशामा मसान भएता पनि मूल मसान भने बस्तीबाहिर दक्षिणपट्टि नै रही आएको अनुमान हुन्छ । शान्त रूपका शिवको उग्र रूप भैरव हो जसको दिशा पनि दक्षिण ः अघोर नै हो । उग्र रूपका अघोरपन्थीहरू श्मशान–साधना पनि गर्छन् । जहाँ श्मशान छ त्यहाँ मसानभैरव पनि छ ड भन्ने कुरा जानिन्छ । भक्तपुरको मू दीपका मसानभैरवलाई उदाहरणको रूपमा लिउँ । यिनै मसानभैरवलाई हामी भक्तपुर टौमढीटोलको प्रसिद्ध भैरवनाथमन्दिरको पहिलो तलाको भित्तामा कसैले छुन नसक्ने गरी झुण्ड्याएर राखेको मान्द्रोचित्रमा प्रत्यक्ष देख्न सक्दछौं । यताबाट हामीलाई प्राचीन बस्तीबसाइको झलक मिल्छ ।
श्यामसुन्दर राजवंशीले दक्षिणेश्वरलाई पनौतीका ‘इन्द्रेश्वर हुन् कि’ भनी अनुमान गर्नुभएको छ ।क तर माथिका प्रसङ्गमा हाम्रो सामुन्नेमा उग्रेश्वर नै अगाडि आउँछन् । भौगोलिक अवस्थानले पनि हामीलाई बनेपाबाट दक्षिणपूर्वमा अवस्थित टाढाको इन्द्रेश्वर नै दक्षिणेश्वर हुन् कि भन्ने आधार दिंदैन । बरू दक्षिण दिशाकै कुरा गर्ने हो भने धनेश्वर त्यो भन्दा पनि समीप पर्न आउँछ । धनेश्वरभन्दा समीपको उग्रेश्वर नै हुन् । इन्द्रेश्वर लिच्छविकालिक होइनन् । पूर्वमध्यकालका एक शक्तिशाली परमशैव राजा इन्द्रदेव (वि.सं.११८१–९३) ले इन्द्रेश्वर बनाउन लाएका हुन् भन्ने देखिन आएको छ ।ख
क श्यामसुन्दर राजवंशी, ‘भोंट देशका सात गाउँ र त्यहाँका अभिलेखहरू’ बनेपा सातगाउँ, २०५३, पृष्ठ १०३ ।
ख पुरुषोत्तमलोचन श्रेष्ठ, ‘जंगममठका अभिलेख’, भ्वाइस अफ हिष्ट्री, १५÷१÷२०५७, पृष्ठ ११५–१६ ।
दक्षिणेश्वरको उल्लेख बनेपाको शिवदेव+अंशुवर्माको अभिलेखको अतिरिक्त देउपाटनको संवत् ३९ को अंशुवर्माको अभिलेखमा शूरभोगेश्वर, लडितमहेश्वर र पशुपतिका साथमा र त्यसैगरी पशुपति वज्रघरको नरेन्द्रदेवको संवत. १०३ को अभिलेखमा पशुपति, परममाहेश्वर र सगरका साथमा आएको छ । हाम्रो यहा“ एउटा लोकोक्ति पूर्वकालदेखि चली आएको छ ः ‘तेल के हेर्नु, तेलको धारा हेर्नु !’ भने जस्तै बनेपाका चण्डेश्वर र दक्षिणेश्वर लगायत साँगाको अंशुवर्माको अभिलेखमा स्तुत्य विकट रूपका विकटेश्वर–महादेवका प्रसङ्गमा यी देवताहरू पाशुपत शैव सम्प्रदाय र उपसम्प्रदायका उच्चतम तान्त्रिक स्वरूपका देवताहरू थिए, सोमसिद्धान्त सम्प्रदाय र मुण्डशृङखलिक सम्प्रदायको केन्द्रको रूपमा रहेको बनेपाभेकका चण्डेश्वर, विकटेश्वर र दक्षिणेश्वर जस्ता उग्र तान्त्रिक देवताहरूसित ती अनेक शैव सम्प्रदायका देवताहरूबीच पारस्परिक सम्बध रही आएको थियो भन्ने कुरा पनि यसै प्रसङ्गमा जानिन्छ ।
मध्यकालका अभिलेखबाट बनेपा–चण्डेश्वरीलाई हेर्दा
समग्रमा यो पूर्व मध्यकालतिर एक स्वतन्त्र देश, मुख्य शहर र सातगाउँको राजधानीनगरको रूपमा विकसित हुँदै गएको पाउँछौं । त्यसैगरी बनेपा–चण्डेश्वरी पनि अनेक उच्चतम तान्त्रिकस्वरूपमा उपास्य हुँदै सर्वत्र मूल–चण्डेश्वरीकै रूपमा सुविख्यात हँुदै गएको पाउँछौं ।
अनेक दृष्टिले बनेपाको महत्व मध्यकालमा पनि कम रहेन । पूर्वमध्यकालमा, भक्तपुरमा त्रिपुर राजदरबार सहितको राजधानी लगायत बनेपा सातगाउँ÷शहर÷देश बसाल्ने श्रेय पाएका राजा आनन्ददेव (ने.सं.२६७–८७) देखि उनका वंशज, नेपालको इतिहासमा सर्वप्रथम ‘श्री ५’ को उपाधि लिनेढ जयार्जुनदेवज्ञट (ने.स.४८१–५०२) हरू ‘भ्वंत’– बनेपाली थिए । सातौं शताब्दीदेखि नै बनेपाभेक चण्डेश्वर+चण्डेश्वरी मत÷संस्कृतिको प्रमुख स्थलको रूपमा रही आएको कुरा माथि गएको लिच्छविकालका अभिलेखका प्रसङ्गले प्रष्ट देखाइसकेको छ । अतः बनेपाका चण्डेश्वर+चण्डेश्वरी नेपालका आदि चण्डेश्वर+चण्डेश्वरी हुन् । चण्डेश्वरी–संस्कृतिको प्रवाहलाई परवर्तीकालका वंशावलीहरूबाट हेर्दा यिनको महिमा एवं उपासना स्वेष्टदेवीकै रूपमा आनन्ददेवको समयदेखि विशेष भएर आएको देखिन्छ । देवमाला वंशावली अनुसार आनन्ददेवले कलिगत संवत् ४१९७ (वि.सं.११५३) मा बनेपा–चण्डेश्वरीमन्दिर बनाउन लगाएका थिए ।ज्ञठ देवमाला लगायत अन्य वंशावलीहरूका अनुसार चण्डेश्वरीको आज्ञा पाएर आनन्ददेवले सोही समयमा बनेपासहित सातवटा देश÷शहर बसालेका थिए।ज्ञड
ज्ञट हरिराम जोशी, ‘बनेपा’, पूर्वोक्त, पृष्ठ ५४ ।
ज्ञठ योगी नरहरिनाथ(सं), देवमाला वंशावली, श्रीपीरमहन्त क्षिप्रानाथ योगिराज, मृगस्थली ः पृष्ठ २४ । ‘कलिगत ४१९७ वर्षमा श्रीराजा आनन्ददेवले बनेपा शहर चण्डेश्वरीका मन्दिर बनाई नित्यपूजालाई गुठिराखी आचार्यबाट नित्यार्चन गरायो ।। वि.सं.१९९० माघ २ गते भुकम्प हु“दा केही भएन ।’ज्ञड
क पं.देवीप्रसाद लम्साल (सं.ं), भाषा वंशावली, भाग २, नेपाल राष्ट्रिय पुस्तकालय, काठमाडौं ः पृष्ठ २० । ‘यी राजाले …चण्डेश्वरीका आज्ञा पाई वनेपुर (र अरू) नाम गरी देशहरू ७ गोटा ठाउं ठाउंमा बनाया ।’
ख. म्बलष्भ िध्चष्नजत, ज्ष्कतयचथ या ल्भउब,ि ीयध एचष्अभ उगदष्अिबतष्यलक, म्भजिष् स् उउ। ज्ञज्ञण्। ु ।।।तजभ च्बवब जबखष्लन यदतबष्लभम तजभ ाबखयगच बलम मष्चभअतष्यलक या ऋजबलमभकधबचष्, ायगलमभम कभखभल तयधलकस खष्श। द्यबलभउगच, लभबच ऋजबलमभकधबचष् एष्तजब स एबलबखबतष्, लभबच तजभ एचबथबनब त्ष्चतजब या ल्भउब,ि अभभिदचबतभम ष्ल तजभ क्जबकतचबक, यल तजभ कष्तभ धजभचभ एबलअजबबि(मभक ायचmभचथि कतययम स ल्बबि, लभबच ल्बबि द्यजबनबखबतष् स म्जबगपजभ,ि लभबच ल्बचबथबलब स प्जबमउग, लभबच म्जबलभकधबचष् स ऋजबगपयत, लभबच तजभ चभकष्मभलअभ या ऋजबपयचब च्ष्कजष् स बलम क्बलन, लभबच ल्बकष्पब एष्तजब।ु
द्रष्टव्य ः गोपालराजवंशावली (३१ पत्र) अनुसार आनन्ददेवको जन्म ने.सं.२१९ (वि.सं.११५६) मा भएको हो । परवर्तीकालका वंशावलीहरूमा यिनले चण्डेश्वरीमन्दिर बनाएको र बनेपा लगायत सात शहर बसालेको कलिगत ४१९७ (वि.सं.११५३) मेल खा“दैन । यी कुरा बेग्लै अध्ययनका विषय हुन सक्छन् ।ज्ञढ धनवज्र वज्राचार्य, कमल प्रकाश मल्ल, गोपालराजवंशावली, फ्रान्ज स्टेनर वेरलाग् वेशवादेन, १९८५ ई.सं., ४१, ४३, ४५, ४६, ४९, ५५, ५८ पत्रहरू ।द्दण् डा.पुरुषोत्तमलोचन श्रेष्ठ, त्रिपुर र युथुनिमम् राजकुल, भक्तपुर नगरपालिका, भक्तपुर ः पृष्ठ १–१५ । जयस्थिति मल्लको पालामा सम्पादन गरिएको गोपालराजवंशावलीले पूर्वमध्यकालको सिङ्गो इतिहास बोकेको छ । तर त्यो घिउ रूपि इतिहास सोझो औंला रूपि अध्ययनले आउ“दैन । त्यसको निमित्त घुमाउरो अध्ययन पनि चाहिन्छ । कुरा भक्तपुर–चण्डेश्वरीकै लिऊ“ । यस वंशावलीमा कतै पनि चण्डेश्वरीको उल्लेख आएको छैन । ‘चनिगल’ को उल्लेख भने अनेक महइभ्वपूर्ण घटना वर्णनका क्रममा आएको छ ।ज्ञढ आनन्ददेवले बनाएको त्रिपुर राजदरबार चनिगल इलाकाभित्र थियो । यो कुरा यस विषयको अन्वेषणले देखाएको छ ।द्दण् भूमिसम्बन्धी तमसूक ताडपत्रहरूमा पनि एकनासले भने जस्तै चनिगलको चर्चा आएको छ । पूर्वमध्यकालमाज्ञण् निकै चर्चामा आएको चनिगलको वर्तमान रूप ‘चासुख्यः’ हो । यहा“ चण्डेश्वरीको मन्दिर छ । भक्तपुरको सांस्कृतिकजीवनले चण्डेश्वरीलाई ‘चासु अजिमा’ भनी पुकार्दै आएको छ । यसरी चण्डेश्वरीको इलाका भएको हुनाले पूर्वमध्यकालको सांस्कृतिक जीवनले यस इलाकालाई ‘चनिगल’ सम्बोधन गरेको कुरा निश्चित रूपले जानिन्छ । यति कुरा थाहा भएपछि चण्डेश्वरीको लोकप्रियता यसकालसम्म आइपुग्दा निकै नै बढी सकेको कुरा पनि खुल्न आउ“छ । भक्तपुर–चण्डेश्वरी र बनेपा–चण्डेश्वरीबीच सांस्कृतिक सान्निध्यता एवं आदानप्रदान आज पनि जीवन्त रूपले चली आएको छ । यताबाट भक्तपुर–चण्डेश्वरीको मूलस्रोत पनि बनेपा–चण्डेश्वरी हुन् भन्ने बुझिन्छ । यसरी यताबाट पनि बनेपा–चण्डेश्वरीको प्राचीनता बोध हुन्छ ।द्दज्ञ
द्दज्ञ चण्डेश्वरी अन्यत्र पनि छन् तर ‘चण्डेश्वरी’ नामले मात्र पनि बनेपा–चण्डेश्वरीको प्रथम–स्मरण एवं मानस–दर्शन भईहाल्छ । चण्डेश्वरी माई भक्तपुरको टिबुक्छे–चासुखेल, ललितपुरको पिंबहाल र काठमाण्डौको टोखामा छन् । यी चण्डेश्वरीस्थानहरूमा हालसम्म प्राप्त प्राचीनतम अभिलेखहरूमा पिंबहाल–चण्डेश्वरीस्थानको ने.सं.७८३ को अभिलेख, टोखा–चण्डेश्वरीस्थानको ने.सं.७९३ को अभिलेख, बनेपा–चण्डेश्वरीस्थानको ने.सं.८३५ को अभिलेख र चासुखेल–चण्डेश्वरीस्थानको ने.स.८४८ को अभिलेख देखिन आएका छन् ।
क स्मरण रहोस् ! यी मध्येका कुनै पनि अभिलेखमा चण्डेश्वरीको स्थापना÷प्रतिष्ठा विषयका कुरा परेका छैनन् । अतः अभिलेखमा आएको संवत्कै भरमा मात्र फलाना स्थानको पुरानो हो भनी व्याख्या गर्नु गलत कुरा हो । एक स्थानका प्रसिद्ध देवदेवीलाई गु≈य तान्त्रिक विधिपूर्वक आव्हान गरी तिनका प्रतिमूर्तिलाई अन्यत्र पनि लगी स्थापना गर्ने प्रवाह खासगरीकन चौधौ“ शताब्दीदेखि निकै चलेर आयो । उपत्यकाका चण्डेश्वरीहरू यस कुराका अपवाद होइनन् । उदाहरण पिंवहालकी चण्डेश्वरीलाई नै लिऊ“ । जनश्रुति अनुसार यी चण्डेश्वरीलाई ललितपुरका प्रख्यात तन्त्रविद् गयोजुजुले बनेपाबाट साधन गरी ल्याई स्थापना गरेका हुन् । सोही अनुरूप चण्डेश्वरीलाई साधन र अनुष्ठान गरी ल्याउने परम्परा आजसम्म पनि चलेकै छ ।
ख बनेपाका विद्वान श्री ज्ञानकाजी मानन्धरज्यूले बनेपाबाट ने.सं.५११ (वि.सं.१४४८) को एउटा महइभ्वपूर्ण ताडपत्र फेला पारी त्यसलाई प्रकाशमा ल्याउनु भएको छ । सो ताडपत्रको तेस्रो पंक्तिमा आएका देवताहरू ‘चंदेश्वर’ र ‘एन्द’ हुन् । उहा“ले सो ताडपत्रको अनुवादमा ‘चन्देश्वरयात नेन्हु’ लाई ‘चण्डेश्वरी जात्राय् निन्हु (चण्डेश्वरी जात्रामा दुई दिन)’ र एन्द यात न्हसन्हु’ लाई ‘इन्द्रजात्राय् न्हयेन्हु’ (इन्द्रजात्रामा सात दिन) पढी ‘चण्डेश्वरी सम्बन्धी आःतक्क प्राप्त जूगु अभिलेखय् थ्व अभिलेख हे दकसिलय् पुलांगु जुयाच्वंगु दु ।’ (चण्डेश्वरी सम्बन्धी आजसम्म प्राप्त अभिलेखहरूमा यो अभिलेख नै सबभन्दा पुरानो हुनआएको छ) भन्नुभएको छ ।
ग तथ्य कुरा के हो भने यस ताडपत्रमा आएका ‘चंदेश्वर’ चण्डेश्वरी होइनन् ‘चण्डेश्वर’ नै हुन् । ‘यात’ ले जात्रा भन्ने अर्थ नलाग्ने होइन । गोपालराजवंशावलीको ६१ पत्रमा आएको ‘सायात कोन्हु’ ले गाईजात्राको दिनमा भन्ने अर्थ जनाएको छ । प्रसङ्ग जात्राको हो तापनि यस ताडपत्रमा जुन आशयमा ‘यात’ आएको छ, त्यसको अर्थ ‘चण्डेश्वरीजात्रा’ ‘इन्द्रजात्रा’ नभएर ‘चण्डेश्वरलाई’, ‘इन्द्रलाई’ भन्ने अर्थमा आएको हो भन्ने मलाई लाग्छ । जे होस् ! यस ताडपत्रमा चण्डेश्वर नै आएका हुन् तापनि चण्डेश्वर सम्बन्धी यो सबैभन्दा पुरानो होइन, आजसम्म प्राप्त सबैभन्दा पुरानो बनेपा दछुटोलको हामीले माथि चर्चा गरिसकेको शिवदेव+अंशुवर्माको अभिलेखमा आएका ‘चन्द्रेश्वर’ नै हुन् भन्ने देखिनआएको छ । गोपालराजवंशावलीको ३९ पत्रमा ने.सं.३५२ (वि.सं.१३०७)ज्ञज्ञ को वर्षका महइभ्वपूर्ण घटना वर्णनका क्रममा, बनेपाको चण्डेश्वरक्षेत्रमा किल्ला बनाउने कुराका क्रममा पनि ‘चण्डेश्वर’को चर्चा आएको छ । मलाई लाग्छ यो चण्डेश्वर बारेको हालसम्म प्रकाशमा आएको दोस्रो अभिलेख–प्रमाण हो । जे होस् ! यस ताडपत्रमा आएको ‘चंदेश्वर’ले पनि प्रकारान्तरमा हामीलाई लिच्छविकालमा मात्र नभएर पूर्वमध्यकालको सांस्कृतिक जीवनमा पनि उत्तरमल्लकालको ललितपुर चण्डेश्वरीस्थानको ने.सं.७८३ को अभिलेखले ‘शिवशक्तिस्वरुपाय व्यापिनि’ भनेर स्तुति गरे झैं शिवशक्तिस्वरूपमा चण्डेश्वर+चण्डेश्वरी अनवरत रूपले उत्तिकै लोकप्रिय रही आएको कुरा निश्चित रूपले जानिन्छ । जहा“ चण्डेश्वर छ, त्यहा“ चण्डेश्वरी पनि छ र जहा“ चण्डेश्वरी छिन् त्यहा“ चण्डेश्वर पनि छन् भन्ने कुरा बिर्सनु हुन्न । बनेपा चण्डेश्वरीमन्दिरलाई नै हेरौं न ! यिनको गर्भस्थानको बाया“पट्टि वा भनौं यिनको हृदयमाझमा (पश्चिमपट्टिको भित्तामा चित्रित भैरव) विशाल रूप लिएर तिनको साथमा उभिन आएकै छन् । हरेक वर्ष पुनःचित्रण गर्ने परम्परालाई आधार मान्दा नेपालमा हालसम्म पाइएका भैरवका प्राचीनतम र सबैभन्दा विशाल भित्तेचित्र पनि यही नै देखिन आएको छ । नील वर्णका यी भैरवलाई चण्डेश्वरीका साथमा सो पीठ+मसान परिसरलाई समेत पृष्ठभूमिमा राखेर हेर्दा त्यहा“ हामी चण्डेश्वर+चण्डेश्वरीलाई महादेव+महादेवी, महाकाल+महाकाली, मसानभैरव+भैरवी जस्ता उच्च तान्त्रिक स्वरूपमा समेत अनुभूत गर्न सक्तछौं । यसो हु“दा मानन्धरले यी भैरवलाई मिनाग भैरव, चण्डेश्वरीभैरव, मसानभैरव, कालभैरव भनी लेखेको कुरा तथ्यपूर्ण लाग्छ ।घ
क श्यामसुन्दर राजवंशी, ‘चण्डेश्वरी पीठहरूसित संलग्न केही अभिलेखहरू’, चण्डेश्वरी, २०५०, पृष्ठ ३१–४७ ।
ख ईश्वरमान सिन्या, ‘ललितपुर पिम्वहालस्थित श्री चण्डेश्वरी मन्दिर’ चण्डेश्वरी, २०५०, पृष्ठ ७१ ।
ग ज्ञानकाजी मानन्धर, मानन्धरतय्गु विषय छुं ख“ …, केन्द्रीय मानन्धर संघ, ये“ ः ने.सं.११३३, पृष्ठ ९०–९१ ।
घ ज्ञानकाजी मानन्धर, बनेपा–स्तवन, सुखवेती मानन्धर, बनेपा ः २०६३, पृष्ठ ३५ ।
द्दद्द यसले हामीलाई चण्डेश्वरीमाईको पुरानो मन्दिरको झझल्को गराउ“छ । मन्दिरका पुजारी न्हुछेलाल कर्माचार्यका अनुसार यो द्वार तोरणले सजिएको थियो ।
चण्डेश्वरीमन्दिरको भित्रपट्टिको द्वार–चौकोसको ने.सं.९५१ को अभिलेख
नेपाली छाने शैलीमा निर्मित तीनतले चण्डेश्वरीमन्दिर उत्तराभिमुख छ । यस मन्दिरको मूलप्रवेशद्वारको भित्रपट्टि अर्को काष्ठनिर्मित द्वार छ ।द्दद्द सो द्वारको चौकोसको शिर्षभागको बीचमा धातुको आलीढ मुद्रामा उभिएकी अष्टभुज देवीको मूर्ति छ । यो भाग सुनको मोलम्मा लाएको धातुको पाताले मोडिएको छ । त्यहा“ १ पंक्तिको, प्रचलित नेवारी लिपिमा कँुदिएको अभिलेख छ ः
ॐस्वस्ति श्री३चण्डेश्वरीदेवताप्रीतिन.श्रीश्रीश्रीमहाराजा राजेन्द्रविक्रम शाहदेवया जय मानय याङागु वन्दिकापुल महानगरया, जेतवण्र्णमहाविहार, न्हुलवहालया, शाक्यभिक्षु बुद्धाचार्य, जयवीर भाजु मनरत्न धनभाजु.पति, हर्ष चुकुटि, मूति, जसलक्ष्मि, ग्यान्दलक्ष्मि, मात्यलक्ष्मि थ्वते भोछिं प्रमुषन सिजल धातुस लुन, सियाओ तोलण दुता जुलो, सम्वत् ९५१ फागुन शुदि १३ लोज ५ शुभ ।। मुनि चाताज्ञद्द ने.सं.९५१ (वि.सं.१८८८) मा बनेपा महानगर, जेतवर्ण महाविहार, न्हुलवहालका शाक्यभिक्षु बुद्धाचार्य, जयवीरहरूले श्री३ चण्डेश्वरीदेवीलाई प्रीति गरी सुनको मोलम्मा लाएको तोरण चढाएका रहेछन् भन्ने कुरा यो अभिलेखबाट थाहा पाइन्छ ।
पछिल्लो कालकै भएपनि चण्डेश्वरीमन्दिरमा यो अभिलेख प्राप्त हुनुले चण्डेश्वरीलाई समन्वयात्मक–धार्मिक दष्टिले बु¤न मद्धत मिलेको छ । यसले पनि बनेपाभेकको महइभ्व र गरिमालाई बढाएको छ । के बौद्ध ! के शैव ! उही देवता ! मध्यम कुरा त मनले हेर्ने,मान्ने भाव र श्रद्धा रहेछ । यो विश्वमा धार्मिक समन्वय र सांस्कृतिक एकताको अतुल्य देश नेपाल नै रही आएको छ । यो पनि नेपाली संस्कृतिको एक वैशिष्ठ्य हो । यस कुराको एक अनुपम नमुना बनेपा–चण्डेश्वरी पनि हुन् ।द्दघ मलाई लाग्छ, यस अभिलेखबाट प्राप्त हुने प्रतीत–सन्देश यो पनि हो ।
द्दघहिन्दूहरूको ‘शिवशक्तिमय’ तान्त्रिक संसारमा चण्डेश्वरी आदिशक्ति महादेवी हुन्, महाकालका शक्ति महाकाली÷चण्डमुण्डहन्ता चामुण्डा हुन्, कुब्जिका÷दुमाजु हुन् । गु≈यश्वरी हुन् । मसानभैरवी हुन् …। महाकाली+महालक्ष्मी+महासरस्वती, दुर्गा, भगवती, कुमारी इत्यादि जुन रूपमा हेर्छौ, त्यही रूपमा पाउ“छौं । चण्डेश्वरीको ‘सर्वव्यापिनी’ मूल विशेषता यही लाग्छ । बौद्धहरूको तान्त्रिक संसार ‘वज्रयान’ को भावदृष्टिले नै हेरौं न ! उनै चण्डेश्वरीमाई एकजटी, तारा, नीलतारा, आर्यतारा, उग्रतारा, वज्रयोगिनी आदि रूपमा दर्शनीय हुन आइपुग्छिन् । यदि त्यसो नहु“दो हो त तत्कालीन बनेपाराज्यका शक्तिशाली शासक मदनरामवद्र्धनले आपूmलाई ‘श्रीएकजटीचरणसेवक’ भनेर गौरवान्वित हुने पनि थिएनन् ।ज्ञघ
चण्डेश्वरीमन्दिरको गर्भस्थानको सानो मन्दिरको ने.सं.८०१ को अभिलेख
चण्डेश्वरीमन्दिरको गर्भस्थानमा आकृति नभएको रूखको फेद नै मूल चण्डेश्वरी हुन् । चम्पक वृक्षभित्र पसेकी देवी भगवतीलाई मार्न भनी चण्डासुर दैत्यले चा“पको रूखमा खड्गले प्रहार गर्दा अष्टभुजा भएकी, सिंहवाहिनी भगवती प्रकट भइन् । तिनले चण्डासुरलाई खड्ग प्रहार गरी मारिन् । यसरी चम्पक वृक्षको फेदबाट प्रकट भएको आख्यान अनुरूप गर्भस्थानको सो फेदलाई नै मूल चण्डेश्वरी मानी पूजा उपासना गर्ने रीतिपरम्परा रही आएको छ ।द्दद्ध
द्दद्ध सूर्यचन्द्र बादे श्रेष्ठ, श्री चण्डेश्वरी माहात्म्य, श्री चण्डेश्वरी मन्दिर पुनःनिर्माण तथा छाना सुधार समिति, बनेपा ः १०६२, पृष्ठ १–९ ।
द्दछ चण्डेश्वरीमन्दिरका पूजारी न्हुच्छेलाल कर्माचार्यका अनुसार यी सर्प ज्यादै शक्तिशाली ‘मीनाग’ हुन् ।
द्दट चण्डेश्वरीमन्दिरका पूजारी न्हुच्छेलाल कर्माचार्यका अनुसार सो मन्दिरभित्र भगवती चण्डेश्वरीको मूर्ति छ । गु≈य रूपमा प्रतिष्ठापित यस मूर्तिलाई तान्त्रिक विधिपूर्वक गु≈य रूपमै दीक्षित कर्माचार्य पूजारीहरूले मात्र पूजा गर्ने परम्परा छ । सो मूर्ति काठ वा धातु के को हो त्यो कुरा जान्न खोज्दा उहाँले ‘भन्न नहुने’ भने पछि यस बारेमा बढ्ता कुरा जान्न सकिएन ।
द्दठ डा.पुरुषोत्तमलोचन श्रेष्ठ, भक्तपुर राजदरबारस्थित राष्ट्रिय कला संग्रहालयका कलाकृति विवरण, राष्ट्रिय कला संग्रहालय,भक्तपुर ः २०६३, पृष्ठ ४०–४१ । ‘चतुर्मुख शिवलिङ्गको मुखस्थिति (नाम, दिशा, आम्नाय र प्रतीक) यस प्रकार रहेको विदित हुन्छ (क) सद्योजात वा महादेव –पूर्व,पूर्वाम्नाय, पृथ्वीतइभ्व (ख) तत्पुरुष वा नन्दीवक्त्र –पश्चिम, पश्चिमाम्नाय, वायुतइभ्व (ग) अघोर वा भैरव – दक्षिण, दक्षिणाम्नाय, अग्नितइभ्व (घ) वामदेव वा उमावक्त्र – उत्तर, उत्तराम्नाय, जलतइभ्व ।’
आकृति नभएको मूल चण्डेश्वरी चार तहको तोरणले सजिएको छ । चण्डेश्वरीको आकृतिविहीन भाग रजतको त्रिनेत्रले युक्त छ । त्यसको शिर्षभागमा रजतमुकट छ । सो मुकुटको मध्यभागमा एक शिर, अष्टभुज भगवतीका पाँचवटा सुनका स–साना मूर्तिहरू कुँदिएका छन् । ती मूर्तिमाथि कलशाकृति पनि छ । गलामा लाएको रजतको सर्पाहारले चण्डेश्वरी सुहाइरहेकी छिन् ।द्दछ त्यसैगरी यिनले जन्त्रमाला, पैसामाला पनि लाएकी छिन् । यसरी वस्त्र आभूषणले सजिएकी यी चण्डेश्वरीमाईको पनि पाश्र्वभागमा करीब सात फिट जति अग्लो खट आकारको तामाको पाताले मोडिएका,े तामाकै छाना भएको दुईछाने मन्दिर छ ।द्दट सो मन्दिरको माथिल्लो छानाका चारै दिशामा चतुर्मुख शिवलिङ्गकै प्रतिमालक्षण अनुसार दायाँ हातले अक्षयमाला र बायाँ हातले कमण्डलु लिएका चार शिव–मुखाकृति देखार्पछन् ।द्दठ चण्डेश्वरीमाई शिवशक्तिस्वरूपिनी हुन्, महादेवी हुन्, भन्ने कुराको प्रतिकात्मक पुष्टि यताबाट पनि मिल्छ । ज्ञद्धसो मन्दिरको शिर्षमा छत्रयुक्त गजुर छ । त्यसदेखि माथि पित्तलको चँदुवा टाँगिएको छ । यस मन्दिरको पहिलो तलाको छानामा मोडिएको ताम्रधातुको पातामा निम्न अभिलेख कुँदिएको छ ः
…भाजुद्दड रा“ भागिराम प्रधानाङ्गया वेरस भोटया पञ्चसमुच्चयनं थ्व रथ दयकरा जुरो ।। ।। श्रीशकराज संवत १६०३, कलिगत ४७८२ श्रीविक्रमादित्य सं १७३८ शु (भं)द्दढ
द्दड यस शब्दका अघिल्तिर पनि केही अक्षर वा शब्द हुनुपर्छ जुन गारोभित्र धस्न पुगेकोले पढ्न सकिएन ।
द्दढ यहां“को पाता उप्किएको छ ।ज्ञछ …भागिराम प्रधानाङ्ग भएको वेलामा बनेपाका पञ्चसमुच्चयले सो रथ (दुईछाने मन्दिर) वि.सं.१७३८ मा बनाएर राखिदिएको कुरा सो अभिलेखबाट जानिन्छ ।
तत्कालीन भक्तपुर राज्यका राजा जितामित्र मल्ल (वि.सं.१७२९–१७५३) का प्रभावशाली प्रधानमन्त्री भागिराम प्रधानाङ्ग थिए । यतिबेला बनेपाभेक भक्तपुर राज्य अन्तर्गग नै थियो भन्ने कुरा यस अभिलेखले देखाएको छ ।घण्
घण्लिच्छविकालमै सांग्रामिक सुरक्षाको दृष्टिले किल्ला रूपमा विकसित बनेपा मध्कालको पूवाद्र्धतिर आईपुग्दा राजनैतिक दृष्टिले निकै सक्रिय, शक्तिशाली एवं प्रभावशाली बन्नपुगेको कुरा यस विषयका ऐतिहासिक सामग्रीबाट विदित हुन्छ । गोपालराजवंशावलीमा, शिवदेवका पालामा भोतान्तदेश (बनेपादेश)ले आक्रमण गरेको (२१ पत्र) र वसन्तदेवपछि भोटका राजा (बनेपाका राजा ) आएर नेपालमण्डलमा राज्य गरेको कुरा (२३ पत्र) परेको छ । भक्तपुरमा त्रिपुर राजदरबारसहित राजधानी बसाल्ने आनन्ददेव लगायत जयार्जुनदेवहरू बनेपाली थिए भन्ने कुराको चर्चा माथि पनि गएको छ । जयार्जुनदेव (वि.सं.१४१८–१४३९) को पालासम्म नेपालमण्डलको शासन र राजनीतिमा बनेपाली राजकुल ‘भोन्तश्री राजकुल’ प्रभावशाली रही आएको देखिन्छ ।क जयार्जुनदेवलाई बनेपा धपाएपछि शक्तिशाली एकराजको रूपमा जयस्थिति मल्लले शासन गरे, नया“ मल्ल वंशको शासन शुरू भयो । तापनि बनेपाको राजनैतिक सांस्कृतिक गरिमा र सक्रियतालाई शक्तिशाली रामवद्र्धन परिवारले कुनै न कुनै रूपमा निरन्तरता दिइरहन सफल भएको देखिन्छ । यक्ष मल्ल (वि.सं. १४८५–१५३९) को मृत्युलगत्तै आएको राजनैतिक विखण्डनले बनेपा रण मल्लको पालामा स्वतन्त्र राज्यको रूपमा देखा प¥यो । त्यसपछि भने यो भक्तपुर राज्यको अधीनमा रही आयो । यद्यपि बेलाबखतमा कान्तिपुर राज्यले आक्रमण गरी बनेपा सातगाउ“माथि अधिकार कायम गरेको पनि देखिएको छ ।
क केदारनाथ प्रधान, बनेपाको ऐतिहासिक रूपरेखा, पूर्ववत्, पृष्ठ ५६ । ‘भोन्तश्री राजकुल प्रष्टरूपमा १२२६ ई.देखि सत्तामा रहेको देखिन्छ । अरिमल्लको समय (१२०७–१२१६ ई.), अभय मल्ल ( १२३०–१२५५ ई.), अनन्त मल्ल (१२७४–१३१० ई.) लाई छोडेर १२१६ ई.देखि १३८० ई. सम्म नेपालको राजनीतिमा भोन्तश्री राजकुल प्रभावशाली रहेको देखिन्छ । ’
निष्कर्ष
बनेपाभेकमा (सातग्रामप्रदेश र वरपरका इलाका) किरातकालतिरै अनेक नामका बस्ती बसिसकेका थिए । लिच्छविकालमा ती बस्तीहरू अझ बढ्ता विकसित हुँदै आए । बनेपाभेक पूर्वकालदेखि नै पूर्वबाट नेपाल–उपत्यका पस्ने व्यापारिक ढोकाको रूपमा रही आएको छ । त्यो प्राचीन गौरव आज पनि वर्तमान छ । बनेपा दछुटोलको शिवदेव+अंशुवर्माको अभिलेखमा बनेपाका तत्कालीन गृहस्थीहरूलाई कुशल मङ्गल सोध्ने क्रममा बनेपाको तत्कालीन नाम अवश्य सो अभिलेखको तेस्रो पंक्तिमा सम्बोधित भएको कुरा निश्चित रूपले जानिन्छ । तर दुःखको कुृरो छ ! त्यहाँ त्यही नाम भएका अक्षर मेटिइसकेका कारण बनेपाको प्राचीन नाम जान्नबाट हामी वञ्चित भएका छौं । त्यसो भए तापनि यहाँ ‘तेखंदुल्’ नामको किरातकालिक बस्ती थियो, ‘गोटन’ नामको क्षेत्र थियो, यहाँ ‘धेलन्ती’ नामको नदी बग्दथ्योज्ञट भन्ने कुरा थाहा पाउनु पनि हाम्रो लागि महइभ्वपूर्ण हुनआएको छ । बनेपाभेकका लिच्छविकालका अभिलेखमा आएका जनभाषाका शब्दले पनि नेपालभाषाको व्यापक प्रचलन किरातकालदेखि नै रही आएको कुरा थाहा पाइन्छ । यहाँ अनेक तैल्यशालाहरू र तिनका मालिक सालमीहरू (मानन्धर) थिए । तेलका लागि यो भेक किरातकालदेखि नै प्रख्यात रही आएको थियो । तेल पेल्ने यन्त्र ‘कोल’ (साल) हो । यसर्थ परम्परित पेशा अपनाउँदै आएका कोलमालिक ‘कोली’ हुन् भन्ने कुरा जानिन्छ । नेपालका प्राचीन, प्रसिद्ध जातिमा कोली पनि पर्दछन् । कोलीग्रामको उल्लेख लिच्छविकालको अभिलेखमा आएको छ । यताबाट प्राचीन कालका कोलीहरू मानन्धरहरू रहेको विदित हुन्छ ।घज्ञ यी परिश्रमी र स्वावलम्बी एवं आत्मनिर्भर जातिको रैथाने थलो काठमाण्डौ उपत्यका मात्र नभएर बनेपा उपत्यका÷बनेपाभेक पनि थियो भन्ने कुरा पनि यसै प्रसङ्गमा जानिन्छ ।घज्ञ प्रसिद्ध विद्वान स्व.ठाकुरलाल मानन्धरको विचारलाई ज्ञानकाजी मानन्धरले बनेपा स्तवनमा प्रस्तुत गरेको निम्न उद्धरण यहाँ प्रासङ्गिक लाग्छ ः ‘सिकन्दर भारतमा हमला गर्न आउँदा मिलान्डरहरू (मानन्धरहरू) अगाडि राखेर युद्ध गर्न आए । उनीहरू युद्धध्वजा लिएर अगाडि बसी युद्धका लागि चाहिने नाप (ःभबकगचझभलत) को हिसाब गरिदिन्थे । पछि सिकन्दर ग्रीसमा फर्के र मिलान्डरको एक समूहलाई त्यहीं छाडिदिए । ती मिलान्डरहरू यहा“ नेपालमा आए । उनीहरू कालिगढ हुन् । ती मिलान्डर भनेका हामी नै हौं ।’ ज्ञानकाजी मानन्धर, बनेपा–स्तवन, पूर्ववत्, पृष्ठ ६८ ।
इतिहासको हरेक महइभ्वपूर्ण कालखण्डमा अनेक पक्षमा बनेपाले राज्यस्तरमै अग्रणी भूमिका निर्वाह गर्दै दूरगामि प्रभाव पार्दै आयो । यस भेकले यस्ता शक्तिशाली ऐतिहासिक व्यक्तित्वहरू पाए जसले सारा नेपाली जनता र शासकवर्ग समेत ऋणि रहेको कुरालाई अतिशयोक्ति मानेर नकार्न सकिन्न । अंशुवर्माले बनेपाकै भूमिबाट सर्वप्रथम ‘महाराजाधिराज’ को राजकीय परम्परालाई चलाए । पूर्वमध्यकालमा नेपालको राजधानी भक्तपुरमा बसाली त्रिपुर राजदरबार बनाउने र बनेपा सातगाउ“ बसाल्ने श्रेय पाएका राजा आनन्ददेव भोन्त थिए । उनकै कारण भक्तपुरले तीनसय वर्ष भन्दा बढी समयसम्म समग्र नेपालमण्डलको राजधानीशहर बन्ने सौभाग्य पाएको थियो । त्यसो हु“दा भक्तपुर राजनैतिक दृष्टिले मात्र नभएर सांस्कृतिक मूल थलोकै रूपमा समेत देखापरेको थियो । यो विद्याकै केन्द्र समेत बन्नपुगेको थियो । अंशुवर्माभन्दा अझ एक कदम अघि सरेर भोन्त जयार्जुनदेवले ‘श्री ५’ को परम्परा नै चलाइदिए । पशुपतिनाथको लिङ्गलाई बंगालका सुल्तान समशुद्धीनका सैन्यहरूले तीन टुक्रा पारेर ध्वस्त पार्दा सारा जनताहरूको मन अवश्य पनि रोएको हुनुपर्छ, आ“सु झरेको हुनुपर्छ । त्यस्तो अवस्थामा पशुपतिनाथको लिङ्ग पुनः प्रतिष्ठापन गरिदिएर उनीहरूको दुखेको मनलाईज्ञठ सुम्सुम्याएर बगेको आँसुलाई पुछि पशुपतिनाथको धर्म संस्कृतिलाई पुनः संस्थापन गर्ने महान व्यक्तित्व अरू कोही नभएर बनेपाका शक्तिशाली शासक जयसिंहरामवद्र्धन नै थिए । बनेपाभेकलाई बिर्सेर न त नेपालको इतिहास नै जानिन्छ न त संस्कृति नै । बनेपाभेकको नालाप्रदेशले काठमाण्डौ उपत्यकालाई कम्तिमा पनि उत्तरलिच्छविकालदेखि नै सुरिलो सल्लाका रूखहरू दिएर सांस्कृतिक कच्चापदार्थ उपलब्ध गराउँदै सांस्कृतिक गुन लगाउँदै आएको छ । यदि त्यो गुनलाई बिर्सने हो भने तीनवटै शहरका विस्केट जात्रा र इन्द्रजात्रा चल्दैन, ठप्पै हुन्छ । यही प्रदेशमार्फत बनेपाभेकले नवदुर्गा–संस्कृति पनि त दिएको छ । त्यही संस्कृतिले पनि विशेषगरी भक्तपुर धनी भएको छ, भक्तपुरलाई चिनाएको छ ।
बनेपाभेक विशेषगरी सातौं शताब्दीदेखि तान्त्रिक स्वरूपका धार्मिक सम्प्रदायहरूको प्रमुख पवित्रस्थलको रूपमा रही आएको विदित हुन्छ । मुण्डशृङ्खलिक पाशुपत र सोमसिद्धान्त सम्प्रदायको मूल थलोकै रूपमा यो भेक देखापरेको थियो । सोमसिद्धान्त सम्प्रदायका मुख्य देवता चण्डेश्वर हुन् । यस सम्प्रदायका अनुयायीहरू चण्डेश्वरलाई उनका शक्ति चण्डेश्वरीसहित पुजाअर्चना गर्दथे । यस सम्प्रदायको मूल विशेषता यो हो । बनेपा–चण्डेश्वरी कति प्राचीन छ भनी हामीले तिनलाई छामछुम गरी फर्केर हेर्दा दछुटोलको शिवदेव+अंशुवर्माको सातौं शताब्दीको अभिलेखमा आएका चन्द्रेश्वरलाई भेट्टाइहाल्छौं । यिनै चन्द्रेश्वर÷चण्डेश्वरमा हामी चण्डेश्वरीलाई पनि निश्चित रूपले अनुभूत गर्न सक्छौं । चण्डेश्वर होस् वा चण्डेश्वरी ! दुबै एक भएर पनि ‘दुई’ भएका छन् दुई भएर पनि एकै हुन् । दुबैको बासस्थान पनि एकै स्थानमा छ जहाँ उनीहरूलाई मनपर्ने श्मशान पनि छ । अभिलेखीय प्रमाणलाई विचार गर्दा पशुपति छत्रचण्डेश्वरभन्दा पनि पुरानो बनेपा दछुटोलका चण्डेश्वर देखिनआएका छन् । यस आधारमा पनि चण्डेश्वर÷चण्डेश्वरी मत वा संस्कृतिको आदिस्थान बनेपा नै रहेको र बनेपाका चण्डेश्वर+चण्डेश्वरी मूल हुन् भन्ने कुरा सिद्ध हुन्छ ।