कवि विमल वैद्यको कविता कृति `युगको तटमा उभिएर´माथि हिमालयन रिडर्स कर्नरमा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले आयोजना गरेको सन्ध्या नायक कार्यक्रममा कवि वैद्यले कविता लेख्दाको पुरानो अनुभव सुनाउँदै कृतिभित्रबाट पाँच कविता वाचन गरेका थिए ।
वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सरुभक्तले वैद्यका कवितामा आजको युगले बोलेका मानवीय र सामाजिक संवेदना पाइने बताए । ´गतिशील समयसँगै परिवर्तन हुँदै आएको समाज, त्यसका प्रवृत्ति र मान्छेले भोगिरहेका अवयवहरू उनका कवितामा स्पष्टसँग झल्किएका छन्,उनले भने,
कविता सिर्जनाकै लागि जन्मेका कवि वैद्यका कविता मानवीय हृदय हल्लाउने खालका छन् ।´
कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले पूर्व (इलाम) बाट घाम मात्र होइन विमल वैद्य जस्ता सशक्त कविहरू उदाएर पोखरासम्म आइपुगेको अर्थपूर्ण सन्दर्भ जोडेका थिए ।