अमेरिकाको न्यूयोर्कमा विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा शुक्रबार बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा एक व्यक्तिले छुरा प्रहार गरेका थिए । न्यूयोर्क प्रहरीका अनुसार एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए । रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ ।आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।
छुरा प्रहारबाट घाइते भएका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीको पहिचान न्युजर्सीका २४ वर्षीय हाडी मातरका रूपमा भएको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ । एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।’
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बनेका हुन् । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर अवार्डसमेत जितेका थिए । ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् ।सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।
पुस्तक आएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित दर्जनौं मानिस मारिएका थिए । ‘द सटानिक भर्सेज’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा उनले संस्मरणसमेत लेखेका छन् । रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास ‘भिक्ट्री सिटी’को कभर सार्वजनिक गरेका थिए ।
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।
सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।
पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।