जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

अध्यात्म

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ३१ भाद्र २०७८, बिहीबार
अनुवाद, निबन्ध भित्र
0
अध्यात्म

हाम्रो गति अध्यात्मसम्म पुग्नु निश्चय नै गौरवको कुरा हो । वास्तवमा अध्यात्म हाम्रै खोजको सुपरिणाम हो । फेरि पनि यो हाम्रा लागि सबै कुरा होइन । अध्यात्मबाट हाम्रा सबै अभावको पूर्ति कहिल्यै हुँदैन किनभने हामी आत्मामात्र होइनौँ, शरीर पनि हौँ । आत्माको अस्तित्वमा त हामीलाई शङ्का हुन सक्छ तर प्रत्यक्षताका कारण शरीर नि:सन्देह छ । अध्यात्मबाट आत्मतुष्टि अवश्य हुन्छ तर शारीरिक सन्तुष्टिको भोक पनि हामीले मेटाउनै पर्छ । हामी मरेपछि चाहे आध्यात्मिक नै किन नहोऔँ तर बाँचेको समयमा त हामी भौतिक नै हौँ । भौतिक जगत्सित हाम्रो पूरा सम्बन्ध छ । हामी भूतजगत्बाट सम्बन्धविच्छेद गर्छौं भने हामीमात्र ‘एक्लो’ रहनेछौँ । संसारको साथमा हाम्रो नाता तोडिने हुँदा हामी ‘हामी’ नभएर केवल ‘ऊ’ हुनेछौँ जुन संसारका दृष्टिमा एक स्वार्थी अथवा पलायनवादी मात्र रहनेछौँ । संसार एक महत्वहीन शून्य कदापि होइन बरु यसलाई वजनदार अङ्कका साथ अगाडि देख्न सक्नुपर्छ । तब हामीलाई अनुभव हुनेछ–शून्य धेरै मूल्यवान् छ । हामीले संसारलाई नै शून्य देख्नु हुँदैन । वास्तवमा शून्य छैन पनि । त्यसमा धेरै अरू अनेक चीजहरू छन् । त्यो अनेक अङ्कहरूको समूह हो । त्यसैले शून्यलाई देख्नका निम्ति हामीले आँखा फुटाउनु हुँदैन बरु एकदम राम्ररी हेर्नका लागि आफ्ना आँखाहरूलाई सदैव खुला राख्नुपर्दछ ।

हामीमा आत्मा होस् वा नहोस् तर हामीमा ‘भूत’ अवश्य छ । यो ध्रुव सत्य हो । आत्मसिद्धान्तलाई सबैले मान्दैनन् तर हामीमा ‘भूत’ छ, हाम्रो निर्माणमा भौतिक तत्व समावेश छ भन्ने कुरामा संसारको मत एउटै छ र यो वैज्ञानिक सत्य पनि हो । त्यसैले भौतिक तत्वमा आधारित भएर भौतिक तत्व अर्थात् संसारकै अवहेलना गर्नु कहाँसम्म बुद्धिमानी हो ? सबै मानिसले समाधि बाँध्न सक्दैनन्, न त यस्तो गर्नाले संसार नै रहन सक्छ । भोक तिर्खालाई पनि त्यागेर आत्माको खोजी गरिरहेर संसारको निर्वाह हुन सक्दैन, न त यस्तो सम्भव नै छ । हामीले अदृश्य आत्मालाई खोज्दाखोज्दै पनि दृश्यमान् आत्मालाई देख्न सक्नुपर्दछ । त्यो हो संसारका सबै प्राणी । बस, तिनलाई नै आफ्नो हृदयमा राख्न सक्नुपर्दछ, यही ‘भूतात्मा’ हाम्रा लागि ‘परम्’ हो । यिनलाई महत्वहीन होइन, महत्वपूर्ण देख्न सक्यौँ भने हामी पनि महत्वका हुनेछौँ ।

गोडसे पनि अध्यात्मको स्नातक हो
तर दु:खको कुरा के छ भने हाम्रा अध्यात्मवादीहरूले संसारलाई मिथ्या झूठो) मान्नमा नै आफ्नो महŒवाकाङ्क्षा ठान्न थाले जुन एकदमै अव्यावहारिक छ । फलस्वरूप तिनका अन्धसमर्थक बनेका हामीलाई यही भयो— ‘माया मिल्यो न राम’ । संसारमा बसेर उसकै निन्दा गर्नु ठीक त्यस्तो कुरा हो जस्तो पानीमा बसेर गोहीसित शत्रुता गर्नु । अध्यात्मको अतिशयताले हामीलाई कतिसम्म पङ्गु बनाइदियो भने हामी व्यावहारिक र साधारण सुखबाट पनि वञ्चित हुन पुग्यौँ । हामी आध्यात्मिक आनन्दमा जति नै मस्त किन नबनौँ, आवश्यकताले हामी सदैव ग्रस्त भई नै रहन्छौँ; अनिवार्यताको समस्या ठडिएकै हुन्छ किनभने हामी मूलत: सांसारिक नै त हौँँ । संसारबाट टाढा त हामी हुनै सक्दैनौँ र यदि हुन्छौँ भने हामीेले अन्याय गर्‍यौँ, घोर अपराध गर्‍यौँ । अध्यात्मप्रति उन्मुखता र भौतिक उन्नति अर्थात् संसारप्रति उदासीनताकै कारण हामी यति पिछडिएका छौँ एवं प्रगतिको दौडमा एकदमै लङ्गडा भएका छौँ । के हामी दावा गर्न सक्छौँ— अध्यात्मवादी भएकाले अथवा अध्यात्ममा विश्वास राखेकाले हामी अन्य भौतिकवादी मानिसहरूभन्दा बढी आनन्दित छौँ, मधुर मजामा छौँ तथा तृप्त छौँ ? के हामी यो पनि दावा गर्न सक्छौँ कि अरू केही नभए पनि अरूभन्दा असल मानिस त हौँ ? रक्तपात, लुटमार, हरामहैरानीका काम त कहिल्यै गर्दैनौँ ? यदि हामी यस्तो दावा गर्छौं भने दुनियाँको आँखामा हामी सरासर झुट्टा ठहरिनेछौँ, आडम्बरी भनिनेछौँ र आत्मश्लाघी हुनेछौँ किनभने अति भौतिकवादी स्कुलबाट महासंहारक हिटलर निस्क्यो भन्ने मानियो भने अति अध्यात्मवादी पाठशालाबाट गान्धीजस्तो अहिंसाको पुजारी र विश्वबन्धु, लोकोपकारीको हत्या गर्ने नाथूराम गोडसे उत्पन्न भयो । के गोडसे अध्यात्मवादको हिमायती थिएन ? के ऊ आध्यात्मिक शिक्षादीक्षाबाट हीन थियो ? यस्तै आध्यात्मिक क्षेत्रमा जन्म भएर त्यसकै वातावरणमा पालिएका–पोसिएका मानिसहरूमा भाइभाइको रगत चुस्ने, नरहत्या र नारीहरण गर्ने राक्षसहरूका हृदयविदारक समाचार पत्रपत्रिकाहरूमा दिनहुँ मिल्दछन् । अचेल मात्र होइन, अध्यात्मवादीहरूका तर्फबाट यस्ता कुव्यवहार पुराणइतिहासमा पनि प्रशस्त मात्रामा भएका देखिएका छन् ।

जब हामी अध्यात्मवादी भएर पनि शुद्ध आत्मा बन्न सक्दैनौँ, सहृदय भएर निस्कन पाएका छैनौँ र भौतिकवादीहरूकै समान हुन गइरहेका छौँ भने हामीमात्र भौतिक सुख र साधनबाट वञ्चित भएर घाटामै परिरहेका छौँ । वास्तवमा हामी न यताका भयौँ न उताका । अध्यात्मवादी भएर हामी कति पवित्र छौँ, भौतिकवादीहरूभन्दा हामी भद्रतामा कति अगाडि छौँ व्यवहारमा, परिवारमा तथा समाजमा ? के हामीले उनीहरूले भन्दा पवित्र काम गरेका छौँ ? हामीले हार्दिक सम्बन्ध कत्तिको राखेका छौँ ? यदि इमानदारीका साथ यी सबै कुराको छानबिन गर्‍यौँ भने हामीमा र तिनीहरूमा केही फरक पाउनेछैनौँ । अझ हामीमै बढी खराबी निस्के भने आश्चर्य मान्नुपर्दैन । अदालतमा हेर्‍यो भने भाइभाइमा साम्पत्तिक लुछाचुँडी, छिमेकहरूमा हेर्‍यो भने तँ तँ–म म, यौनसम्बन्धी अत्याचार आदिका मुद्दाहरूबाट कहिल्यै खाली छैन । घरहरूमा गएर हेर्‍यो भने कतै पतिको अत्याचारले रोइरहेका नारी देखिन्छन् त कतै बुहारीले सासूलाई नोकर बनाएर राखेको भेटिन्छ भने कतै जवान छोरा बूढो बाबुलाई आफ्नो घोडाका निम्ति घाँस कटाइरहेको भेटिन्छ । बजारमा गई निरीक्षण गर्‍यो भने कालोबजारकै बोलबाला देखिन्छ, मठ मन्दिरमा गएर राम्ररी खोजी गर्‍यो भने त्यहाँ पनि दुर्गन्ध आइरहेकै देखिनेछ । के हामीकहाँजस्तै संसारको कुनै भागमा नारीहरूका आँखाबाट गङ्गाजमुना बगिरहन्छ ? आफ्नै जाति, आफ्नै वंश र आफ्नै प्रतिरूप भएर पनि मान्छेले मान्छेलाई छुनसम्म घृणा गर्नु र मर्दाखेरि तिर्खाएकालाई पानीसम्म पिउन नदिने भावना र व्यवहार के संसारको कुनै पनि भौतिकवादी जाति, समाज र देशमा छ ?

भौतिकताबाट टाढा रहन सकिन्न
दृढ अध्यात्मवादीहरूले व्यवहार र जगत्मा फँसिरहनु हुँदैन; जब सांसारिक मायाजालमा टाँसिइरहन्छन् तथा व्यावहारिक लोभमोहमा डुबिरहन्छन् तब तिनका लागि मुक्ति कहाँ ? ती त ‘एटम बम’ नबनाउँदा पनि भौतिकवादी नै हुन् चाहे ती अध्यात्मकेन्द्र आर्यावर्तमा जन्मेका ऋषिवंश नै किन नहोऊन् । जीवनमरणका चौरासी जुनीहरूमा भट्किरहेका ती मूर्ख मानिसहरूका उदाहरण लिएर अध्यात्मको पवित्रतामाथि हिलो छ्याप्न सकिन्न भन्ने तर्क अध्यात्मवादीहरूको छ भने म यस कुरालाई घृणा गर्छु । व्यवहार र जगत्बाट टाढा हुनु नै अध्यात्मको महत्ता हो; गौरव हो भने हामीलाई यस्तो अध्यात्मको आवश्यकता नै छैन, न त यस्ता अध्यात्मवादीहरूबाट माखा नै मर्न सक्छ । व्यवहारलाई, समाजलाई र संसारलाई लात हानेर हामी शून्यमा रहन कहिल्यै चाहन्नौँ । त्यसैले हामी व्यवहार, समाज र संसारलाई मन पराउँदै यसैसँग सम्बन्धित भइरहन चाहन्छौँ । तसर्थ हामी कामिनीलाई पनि चाहन्छौँ, काञ्चन(सुन)लाई पनि चाहन्छौँ, कहाँसम्म भने ‘एटम’लाई पनि चाहन्छौँ । हाम्रा लागि वायुयान सौभाग्यको कुरा हो, रेडियो, वायरलेस, रेल, मोटर सबै हाम्रा सुखका सामग्रीहरू हुन् । हाम्रो मस्तिष्कका करामतहरू र हाम्रो जीवनमा सुख पुर्‍याउन सक्ने सबै कुराहरूलाई नै घृणा तथा तिरस्कार गर्ने मूर्खता हामी किन गरौँ ? यी सबै सुखसाधनका बीचमा रहेर पनि, यति सबै पाएर पनि हामी दु:खी हुन्छौँ, दु:ख भइरहन्छ भने यिनैलाई दु:खको कारण तथा दु:खदायक मान्नु र सम्झनु तथा यिनैलाई घृणा गर्नु र तिरस्कार गरी यिनीहरूबाट भाग्ने प्रयत्न गर्नु हाम्रो मूर्खता हो, कमजोरीमात्र हो । यति हुँदाहुँदै पनि उल्टै हामी दु:ख पाउँछौँ, सुखभागी हुन सक्दैनौँ भने यसको कारण हाम्रै व्यवस्थाको त्रुटि मात्र हो, हाम्रै प्रबन्धको न्यूनतामात्र हो ।

के हामी यस्तो पनि भन्न सक्छौँ— यी सबै चीजहरू नै भौतिक पदार्थहरूको व्यवस्था र प्रबन्धभित्र रहनेवाला छैनन् ? यो सदैव गडबड–घोटाला नै हो । जब यी शान्तिका चीज होइनन् तब यिनीहरूबाट शान्ति कसरी मिल्न सक्छ ? यस्तो होइन व्यवस्था र प्रबन्धमा सबै कुरा बाँध्ने गरिन्छ । सबै कुरालाई संयमित तथा नियन्त्रित बनाएर अनुशासनमा राख्नु नै व्यवस्था अर्थात् प्रबन्ध हो । व्यवस्था अर्थात् प्रबन्धको घेरामा सबै चीजहरू अर्थात् यावत् कुराहरू स्वत: शान्तिदायी बन्दछन्, कहाँसम्म भने ‘एटम’ ‘रकेट’ इत्यादि पनि यसको नियन्त्रण र अनुशासनमा रहने हुन्छन् । यसमा कुनै सन्देह छैन । त्यसैले यी सबै कुराहरूबाट भौतिक चीजहरूबाट भयभीत भएर व्यवहार, समाज अर्थात् संसारदेखि घबराउनु अध्यात्मवादको हास्यास्पद पक्षमात्र हो ।

अध्यात्म पनि सम्माननीय हुन सक्छ
यदि अध्यात्ममा केही सत्य छ, शक्ति छ र प्रयोजनीयता छ भने यसले व्यवहारका बीचमा समाजका वस्तुहरूबीच तथा संसारभित्रै रहेर तिनलाई समेट्न सक्नुपर्छ, व्यवस्था र प्रबन्ध बनाइराख्नका लागि आधारशिला बन्न सक्नुपर्छ । तब अध्यात्म केही मान्नुपर्ने कुराको तत्व बन्न सक्छ । जस्तो कि सन्न्यासप्राधान्य भएर पनि भगवान् बुद्धको सिद्धान्त तथा ईश्वरपरक भएर पनि महात्मा गान्धीको अध्यात्मतŒव जगत् र जीवनसँग पनि संपृक्त, सम्बद्ध र संग्राह्य छ । यिनीहरूको सिद्धान्त अध्यात्म, परलोक, ईश्वर र मोक्ष इत्यादिबाट लुब्ध भएर भौतिक तत्व अर्थात् व्यवहार र संसारको निन्दक छैन । दुनियाँभन्दा बाहिरको कल्पना गरे पनि, सोचे–बिचारे पनि व्यवहार र जगत्को उन्नति तथा प्रगति र तिनको कल्याणका लागि यिनीहरू संसारमा डटिरहे एवं तिनका कठिनाइहरूको सामना गर्नका लागि मोर्चा बनाएर बसिरहे । उनीहरू संसारबाट कहिल्यै भागेनन्; सदा सङ्घर्षशील रहेका छन् । म सम्झन्छु, उनीहरूको अध्यात्म शब्दले जीवनमरणको मोक्षतिर ताकेर पनि लोकसमस्या तथा कठिनाइहरूबाट मुक्तिका लागि अर्थ राख्दछ ।

हुनत ‘अध्यात्म’को अभिप्राय भौतिकतादेखि विरक्ति र मोक्षप्राप्तिको प्रयत्न अर्थात् ईश्वरमा जीवनको विलीनीकरणका लागि जगत्बाट हात खिच्नु, मन मोड्नु हो । अध्यात्मको यही तात्पर्यमा अध्यात्मवादीहरू जिद्दी गरिरहन्छन् भने आजको युग तिनको स्वागत गर्न कदापि तैयार छैन । यस स्थितिमा अध्यात्मले आफ्नो झोलीतुम्बा कस्नै पर्नेछ । हँ, जनतालाई नै ईश्वर सम्झेर, मानवतालाई नै मोक्ष मानेर जगत् र जीवनबाट विरक्तिको बदलामा निजी स्वार्थबाट सन्न्यास हुन्छ र भौतिक उन्नति तथा प्रगतिलाई बढावा दिइरहन्छ भने यस हालतमा अध्यात्मलाई आज पनि सम्मानका दृष्टिले हेर्न सकिन्छ र संसारमा यसको स्वागत पनि हुनेछ । नत्र त जगजीवनसित वास्ता नराख्नेहरू हो ! तपाईं दुईचारजना इनेगिनेका अध्यात्मवादी मानिसहरूआफ्नो अध्यात्मलाई आफ्नै मुट्ठीमा समेटेर जङ्गलतिर जानुहोस् किनभने हामी जगत् र आफ्नो जिन्दगीलाई बेकामको कहिल्यै सम्झन सक्दैनौँ ।

अध्यात्मको आत्मवाद जगत्देखि एकदमै विमुख भएर मोक्षप्राप्तिका लागि ‘ईश्वर’ मा विलीन हुनुको सट्टामा जगत्को सबैभन्दा ठूलो अहम् ‘म’ लाई ‘ऊ’ र ‘तिमी’ मा विलय अथवा समर्पण गर्नमा लक्षित छ भने त्यसलाई स्वागत र ग्रहण गर्न आजको भौतिकवादी जगत् पनि तयार नै छ । तब अध्यात्म भौतिकवादको एकाङ्गिता, उच्छृङ्खलता र अनर्थतालाई संयमित र नियन्त्रित राख्नमा एक राम्रो ‘ब्रेक’ भएर व्यवहार, समाज वा संसारनिम्ति माङ्गलिक तत्व नै सिद्ध हुनेछ ।

अध्यात्म व्यावहारिक वस्तु होइन
महर्षि रमण र योगी अरविन्दको साधना र सिद्धिका कुरा तथा वातावरणबाट पनि हामी अध्यात्म विषयबाट प्र्रभावित हुन सक्छौँ तर यति ठूलो संसारमा मुस्किलले एकदुई यस्ता महापुरुष निस्कन्छन् भनेर के यसलाई व्यावहारिक भन्न सकिन्छ ? न यो सम्भव छ, न त यस्ता इनेगिने एकाध महापुरुषको आलोकबाट मात्रै मानवजगत्को मति र गति नै पवित्र र प्रज्वलित हुनु सम्भव छ । हुन्थ्यो भने त संसारमा दिनदिनै अध्यात्मको महŒव किन घट्दै आयो र यस्तो सिद्धिप्राप्त तथा सफल साधक महात्माहरू हुँदाहुँदै पनि संसारको मतिलाई सुधार्न र विकसित गर्नमा तिनीहरू किन सफल हुन सकेनन् ? हेर्ने हो भने र निरीक्षण गर्ने हो भने हामीलाई थाहा हुनेछ—संसारमा पहिलेपहिले नेतृत्व अध्यात्मवादकै थियो र अध्यात्मवादले नै संसारमा प्रशस्त प्रतिनिधित्व गर्दै आएको छ । फेरि किन यसले संसारलाई प्रभावित पार्न पनि सकेन ? यसको ज्ञानगङ्गामा निरन्तर स्नान गर्दै र डुबुल्की लगाउँदै आउँदा पनि मान्छेको बुद्धि मलरहित हुन किन सकेन ? किन ऊ गतिहीनताको किनारमै लागिरहन्छ ? यसको एकमात्र उत्तर हुन सक्छ— यो व्यावहारिक छैन, न त सम्भावनायुक्त नै छ । यदि साधनामा लागेका सिद्धहरूलाई मात्र यसको सिद्धि मिल्न सक्छ र अन्य मानिसलाई यो सिद्धि बाँड्न सकिन्न भने भौतिक सिद्धिको उपभोग मिलेजस्तै अन्य मानिसलाई मिल्ने कुरा नभएको हुँदा अध्यात्मवादलाई अनिवार्य विषय मानिनु हुन्न, बरु यसका विशेष इच्छुकका लागि यो एक इच्छाधीन विषयमात्र मान्न सकिन्छ ।

भौतिक सिद्धि र वैज्ञानिक सफलता कुनै यस्तो एकाधिकारको वस्तु होइन । यसको श्रेय कुनै एउटालाई मिल्दा पनि उपभोक्ता सबै मानिस तथा संसारलाई हुन जान्छ अर्थात् भौतिक सिद्धि र वैज्ञानिक सफलताको सुखसमृद्धि र सम्पत्तिको अनुभव गर्ने अवसर सबैलाई मिल्दछ । यो कुनै आध्यात्मिक सुख वा मोक्षजस्तो कुनै एक व्यक्तिविशेषको मात्र अधिकार हुने चीज होइन । त्यसैले सांसारीका लागि भौतिक सिद्धि र वैज्ञानिक प्रगति अनिवार्य विषय हुन् । कुनै न कुनै रूपमा यिनलाई प्राप्त नगर्नु सांसारीका लागि अन्याय हो । मनुष्यले शिक्षित र सभ्य हुनु आफ्नो लागि मात्र होइन, शिक्षित र सभ्य हुनुबाट उसको सम्पर्कमा आउने सबै मानिसहरूलाई सुख प्रदान गर्न सक्ने क्षमता उसमा आउँछ । शिक्षित र सभ्य हुनु अनिवार्य छ किनभने उसद्वारा अरूलाई पनि उपभोग गराउने कार्यमा आदानप्रदान हुन जान्छ । अत: संसारलाई बनाइराख्नुपर्छ र सांसारी हुनुका लागि प्रत्येक मानिसले भौतिक उन्नति र वैज्ञानिक प्रगति गर्नु नै पर्छ । तर हँ, संसार एउटा विश्वविद्यालय पनि हुनुको नाताले संसारमा प्राप्त हरेक विद्याको पनि विद्यमानता र अस्तित्व रहनु र हुनुपर्दछ । त्यसैले अध्यात्मवादका सिद्ध महर्षि रमण र योगी अरविन्दजस्ता सफल साधकहरूको पनि आवश्यकता अवश्य छ । यस्ता आध्यात्मिक प्राध्यापकको अभावमा अध्यात्मवादको लोप हुन जाने खतरा छ । समाज र संसारका लागि अध्यात्मवादका यस्ता विशेषज्ञ र साधकको अस्तित्व रहन दिनु नै पर्छ ।

अध्यात्ममा समष्टिसम्म पुग्ने शक्ति छैन
अध्यात्म मानसिक उन्नतिका लागि अवश्य प्रयोजनीय छ, त्यसबाट मन पवित्र बन्न–बनाउनमा सहायता मिल्दछ । त्यसैले यो ग्राह्य पनि भयो । तर व्यक्ति विशेषको मनको पवित्रतामात्र अत्यल्प व्यक्तिसमूहको हृदयशुद्धिमात्र यति ठूलो संसारका लागि पर्याप्त छैन । सामूहिक र समष्टिरूपमा यो मनुष्यमा व्याप्त हुनै सक्दैन । त्यसैले अध्यात्म व्यष्टिसम्म सीमित शक्तिमात्र हो, त्यसमा समष्टिसम्म पुग्ने सामथ्र्य छैन । नत्र आफ्नो युग, नेतृत्व र अभिभावनको प्रतिनिधि, नेता र अभिभावक भएर पनि संसारमा किन आफ्नो प्रभाव जमाउन सकेन ? यसमा संसारमा रहेर त्यसका समस्त चीजहरू र व्यवहारहरूलाई वहन गरिरहने कुदरत नै छैन । त्यसैले यो एकान्त र एकाङ्गितामा लुक्न र भाग्न मन पराउँछ । तब यो संसारका लागि निश्चय नै लाभदायक भएर कसरी क्रियान्वित हुन सक्छ ?

अध्यात्म सर्वोपरि हो, आज पनि यसको प्रतिष्ठा छ, मान्यता छ भने म सम्झन्छु— कुरा गर्नमा नै यसको महतत्व सीमित छ । यथार्थमा खालि जित्नलाई तक गर्नमा मात्र यसको चमत्कार प्रज्वलित छ र मान्छेलाई विश्वासमा रोकेर दिवास्वप्नको आनन्द दिलाउनमा मात्र यो सशक्त छ । त्यसैले अध्यात्मलाई म भन्न चाहन्छु— यो मात्र एउटा गोरखधन्धा हो । भलै व्यक्तिविशेषलाई यसबाट केही लाभ होस् तर सामूहिक रूपमा अथवा संसारलाई अगाडि बढाउनमा र त्यसलाई व्यवस्थित बनाइराख्नमा अध्यात्मवादलाई पूर्णत: सफल साधन मान्न सकिन्न । नत्र त हामी अध्यात्मवादी नै थियौँ र अहिले पनि छौँ । अत: हामी आपूmलाई अध्यात्मवादी भन्न सक्छौँ ? शान्ति र मानवताको व्यवहार तथा वातावरण हाम्रोमा धेरै हुन्छ र हत्या हरामको कार्य हुँदैन भनेर के हामी दावा गर्न सक्छौँ । सक्दैनौँ भने के हामी अध्यात्मपुत्र हौँ ? अध्यात्मपुत्र हुनुको हाम्रो के गौरव र महत्व छ ? हामीमा पैतृक प्रभाव किन पर्न सकेन ? यति ठूलो क्षेत्रमा के रमण, अरविन्द आदि एकदुई अध्यात्मविभूति हुनुले र भइरहनु नै हाम्रा लागि पर्याप्त छ ? यस्ता एकदुई अध्यात्मआदर्शको अस्तित्वकै भरमा के हामी माटो नभएर सुन हुन्छौँ ? तिनीहरूको अङ्गुलीनिर्देश गर्दै तिनकै समाधिको माटो टाउको र छातीमा हालेर खालि कुरा गर्न जान्नुबाहेक अरू उनको कुन प्रभाव हामीमा परेको छ ? उसो त एकदुई यस्ता अध्यात्मवादी विभूतिहरू भौतिक तत्वबाट प्रभावित जगत् तथा क्षेत्रमा प्रादुर्भाव भई नै रहन्छन् । उदाहरणका लागि एमर्सन, रस्किन आदिको नाम लिन सकिन्छ । जबकि अध्यात्मवादी जगत्मा पनि अध्यात्मको नाम जप्दै महात्मा गान्धीजस्ता विश्ववन्द्य, सत्यवादी र अहिंसकको छातीमा छुरी घोप्ने व्यक्ति पनि छन् तथा ब्रह्मको दुहाई दिँदै रामनामको दुपट्टा ओढेर डाँका हाल्दै घुम्छन् । यसो त खोज्ने हो भने प्रत्येक जमानामा र क्षेत्रमा अनकूल र प्रतिकूल हरेक कुराका उदाहरण मिल्छन् । रामबाट प्रभावित जमाना र क्षेत्रमा हनुमान, सुग्रीव आदि आफ्नो विचारधारा र सिद्धान्तका व्यक्ति मिल्छन् भने आश्चर्य के भो ? जबकि रावणबाट प्रभावित दानवक्षेत्र लङ्कामा उनैको प्रतिकूल तत्वव विभीषणजस्तो देवताको उदाहरण मिल्यो । आफ्नो स्वतन्त्रता आफ्नो प्रभुसत्ता अर्काको हातमा जाओस्, यस्तो भावना कसैमा पनि हुनुहुन्नथ्यो तर जयचन्द्रको उदाहरण हामीलाई मिल्दछ । पाण्डवहरूले आफ्नी धर्मपत्नी द्रौपदी जसलाई आपूmले जूवामा सम्पूर्ण कुरा हारिसकेपछि दाउमा लगाएका थिए तब जित्नेवाला कौरवहरूले द्रौपदीलाई भरिएको सभामा नङ्ग्याउनेसम्मको सोख गरेका थिए । आज पनि जूवामा एउटा यस्तै घटना घट्यो । “बहराइचको नजिकै एउटा गाउँमा एकजना व्यक्तिले जूवामा सबैकुरा हारिसकेपछि आफ्नी पत्नीलाई नै दाउमा लगाइदियो । दुर्भाग्यवश उसले आफ्नी पत्नीलाई समेत गुमायो । आफ्नो कुरामा पक्का त्यस मान्छेले आफ्नी पत्नीलाई घरबाट ल्यायो र विजेतालाई सुम्प्यो । पत्नी उसको साथमा घरसम्म गई तर विजेताले साँझ नै त्यस आइमाईलाई नयाँ साडीमा उसकै पतिसमक्ष ल्याइदियो ।”ज्ञछ के यो कम प्रशंसनीय कुरा हो ? यस्तो घोर कलियुगमा पनि भद्रताको कति उज्ज्वल उदाहरण ! जबकि अध्यात्मवादको प्रखर छत्रछायामा र उसैको वातावरणमा कौरवहरूले जूवामा जितिएकी द्रौपदीमाथि अमानवीय अत्याचार गरेका थिए, ती द्रौपदी जो कौरवहरूकी भाउजू पनि थिइन् र वधू (बुहारी) पनि थिइन् ।

मेरो भनाइको तात्पर्य के हो भने अध्यात्मवाद त्यति व्यावहारिक चीज होइन जो हाम्रो समस्या समाधान गर्न पर्याप्त छ र एकमात्र छ । त्यसैले त्यसको ‘ब्रह्मसत्यं जगन्मिथ्या’ सिद्धान्तलाई हामी कहिल्यै मान्यता प्रदान गर्न सक्दैनौँ । जब ‘जगन्मिथ्या’ भाव नै अध्यात्मवादको सारतŒव हो र परलोकतर्फको उन्मुखता नै त्यसको मर्मको भने त्यो लोजीवनका लागि स्वागतयोग्य कदापि हुन सक्दैन । त्यसैले त त्यो संसारमा उपेक्षित हुँदै आयो—भलै त्यसबाट कुनै व्यक्तिविशेषको जीवन सुध्रेको होस् र कोही जीवनमरणबाट मुक्त भएको होस् । जब अरूको सुख र अधिकार हनन गर्ने/खोस्ने कौरवहरूको जन्म संसारमा, त्यसमाथि अध्यात्मको केन्द्र भारतमा हुन्छ, जब अरूको स्वतन्त्रता लुट्ने व्यक्ति, जाति र देश शिर ठाडो पाररे बस्छन्, जब शोषण र उत्पीडन गर्ने शक्ति विद्यमान रहन्छ र जब राष्ट्रियता एवं विश्वबन्धुत्व खतरामा परिरहन्छन् तब अध्यात्मवादको नारा बिडम्बनामात्र हो, त्यसको शक्ति र प्रभावको कुरा भ्रम र मिथ्याभास मात्र हो र त्यसबाट प्राप्त हुने मुक्ति वा मोक्षको कुरा कथित मात्र हो ।

भलै अध्यात्मवाद मान्छेका लागि स्पृहणीय छ र त्यसबाट मानवको उद्धार हुन सक्छ; फेरि पनि त्यो व्यावहारिक र सार्वजनिक भएर मानवजगत्मा विकसित हुन सकेन । वास्तवमा अध्यात्मवादबारे यस्तो भनियो भने अत्युक्ति हुनेछैन— यो कुनै वियोगी र वियोगिनीको वियोग शान्त पार्नका लागि एउटा माध्यममात्र हो । एकदुई पति तथा पुत्रनिधनबाट अनाथ र असहाय भएका व्यक्तिहरूले वेदना बिर्सनका लागि एक उपाय मात्र हो, त्यस्तै संसारका दु:खीदरिद्रताबाट त्रस्त तथा सांसारिक सुखदु:खप्रति रुचि नराख्ने स्वभाव भएका दुईचार वैरागीहरूले खुट्टा अड्याउने आधारमात्र हो । सबैभन्दा ठूलो कुरा, यो लोभ, मोह, क्षोभ इत्यादिको अतिशयताबाट लुब्ध, मुग्ध र क्षुब्ध भएर अति दु:खित भएको वेला मानसिक शान्तिका लागि एक साधनमात्र हो । संसारको तिरस्कार र भत्र्सना गरेर सत्यानन्दका लागि अध्यात्मका पछाडि दगुर्नु ठीक त्यस्तो कुरा हो जस्तो नदीको किनारमा बसेर तिर्खाले छट्पटाइरहनु । यो तृप्तिका लागि नदीको पानी नपिएर सुदूरमा चम्किरहेका बालुवाका कणहरूलाई मीठो जल सम्झी त्यसलाई पाउनका लागि दगुर्ने मृगतृष्णामात्र हो ।

अध्यात्मका आधारमा ठडिएको ‘जगन्मिथ्या’को एउटा प्रभावशाली नारा हो–“तृष्णा न जीर्णा वयमेव जीर्णा ।” आफ्नो, आफ्नी धर्मपत्नीको तथा आफ्नो संसर्गमा आएका र दुईचार व्यक्तिहरूको दुर्बल मानसिक तथा चारित्रिक स्तरलाई नै जगत्का मानकस्तर एवं मानचित्र ठानेर संसारदेखि विरक्त हुने राजा भर्तृहरिले यो नारालाई बुलन्द गरेको थियो ।ज्ञट के ती दुईचार व्यक्तिहरूको मानसिक दुर्बलता र चरित्रहीनता नै संसारको सच्चा स्वरूप अर्थात् प्रतिरूप हो अथवा हुन सक्छ ? किनभने संसारमा सच्चरित्रताको उदाहरण पनि त प्रशस्तमात्रामा पाइने गर्छ । त्यस अवस्थामा संसारमा सुखको अनुभव हुन सक्छ र तृष्णामा पनि मिठास पाइने गर्छ ।

भर्तृहरिको भनाइमा तृष्णा कहिल्यै मेटिन्न ? उल्टै तृष्णाले सदा आशक्त व्यक्तिको उमेर नै घट्दै जान्छ अर्थात् जिन्दगी नै खत्तम हुन जान्छ । त्यसो हो भने त तृष्णा सत्य हो, प्राकृतिक हो । जो सत्य र नैसर्गिक छ त्यो मेटिँदा पनि मेटिन्न र त्यसको आविर्भाव बन्द पनि हुन सक्दैन । त्यसैले तृष्णा चिर, सनातन र शाश्वत छ । अस्थिर र अशाश्वत उमेर जीर्ण हुन जान्छ भने तृष्णा कसरी अपराधी ? म त के देख्छु भने तृष्णाको प्रवाहले नै संसारलाई बनाइराखेको छ; तिर्खाको स्रोतबाट नै जगत् रसमय बनी हराभरा भएको छ । तृष्णा मरेर जान्थ्यो, प्यास मेटिन्थ्यो र त्यसलाई तिरस्कार गरिन्थ्यो भने जीवनमात्र होइन, जगत् नै मरिसक्थ्यो । वास्तवमा तृष्णाकै कारण जीवनमा आकर्षण रहन्छ र तिर्खाकै कारणले जगत्मा रसोद्रेक हुन्छ अनि त्यसैबाट नै सृष्टिको क्रम चलिरहन्छ ।

म त तृष्णा वा तिर्खाको पनि सम्मान गर्दछु किनभने सृष्टि एक कर्म वा कारण हो भने तृष्णा वा तिर्खा सञ्चालन हो । त्यसैले म तृष्णा वा तिर्खाको निन्दा गर्नेछैन बरु त्यसलाई मेट्न वा तृप्त पार्न अर्थात् त्यसलाई जिउँदै राखिरहनका लागि सय वर्षभन्दा पनि धेरै म जिउँदो रहन चाहन्छु । साथै त्यसलाई राम्ररी अङ्कमाल गरिरहनका लागि आफ्नो जिन्दगीभरि म जवानी बनाइराख्ने प्रयत्न गर्नेछु, स्वास्थ्य तथा यौवनलाई झन्झन् ताजा राख्ने चेष्टा गर्नेछु । भर्तृहरिको कुन कुरा ठीक हो भने हजार वर्ष बाँची भोग गरिरहेर पनि तृष्णा मेटिन्न र त्यसको तृप्तिको चाहना बनी नै रहन्छ । फेरि पनि म त्यसको स्वागत गर्ने कुरामा वाक्क हुनेछैनँ । मेरो उमेर जीर्ण भएर म नरहँदा पनि आफ्ना पुत्र, पौत्र आदिका सिलसिलामा प्रवाहित भएर भए पनि तिर्खा मेटाइरहनेछु । अर्थात् तिर्खालाई सत्कार गरिरहनेछु किनभने पुत्र नै पिताको पुनर्जन्म हो, म पुनर्जन्म मान्नेछु त यसैलाई मान्नेछु । तृष्णाको आकाङ्क्षा नै अतृप्तिको प्रवाह हो । बस, यही अतृप्तिको चिरप्रवाह नै संसार हो र सृष्टिधाराको मूल हो ।

तिर्खा अथवा तृष्णा विशेषत: काम र अर्थ अर्थात् कामिनी र काञ्चन (सम्पत्ति) बाट अभिप्रेरित छन् जुन जगत्का मूलतत्वव हुन् । जगत्प्रिय हुनुको नाताले म तिनलाई विशेष चीज मान्दछु । त्यसैले म कामिनीलाई सप्रेम आलिङ्गन गरेर काञ्चन(अर्थ)लाई सादर स्वागत गर्दछु । तर के कुरा साँचो हो भने कामिनी अर्थात् नारी स्त्रीमात्र होइन, आमा पनि हो, बहिनी पनि हो र छोरी पनि हो । त्यसरी नै काञ्चन अरूको हकको कुरा पनि हो र त्यो अरूको पनि हुन्छ । बस, यसैलाई मैले ध्यानमा राख्नु पर्नेछ एवं विचार गर्नु पर्नेछ । यदि यसमा विशेष विचार राखिएन र मर्मलाई नसम्झीकन म हिडेँ भने तृष्णा मेरा लागि प्रेरणा नभएर रोग मात्र हो तथा काम र अर्थ अर्थात्—कामिनी र काञ्चन वरदान नभएर अभिशापमात्र हो ।

तिर्खा, तृष्णा, मद, मोह आदि चीजहरूलाई मानसिक विकार उत्पन्न गर्ने सांसारिक दुस्तत्व अथवा भौतिक पदार्थ सम्झेर अध्यात्मक्षेत्रमा तिरस्कार गर्ने गरिन्छ । यो प्रवृत्ति त अध्यात्मवादीहरूको परम्परा नै भइसकेको छ र यो त्यसको विधान तथा घोषणा—पत्रमा सिद्ध तथा पारित गरिएको कुरा हो । यिनै कुरा र यिनै वस्तुहरूका आधारमा आजका वैज्ञानिक वस्तुहरू जस्तो कि रेडियो, रेल, तार, ट्याङ्क आदिलाई पनि अध्यात्मवादीहरूको लोकसभामा सर्वसम्मतिले भूलभुलैया तथा कुप्रवृत्तिकारक ठहराउने गरिन्छ । आजको वैज्ञानिक भौतिक जगत्को सबैभन्दा महान् चीज र उपज अणुउद्जन, रकेट इत्यादि हातहतियारहरूलाई देखेर त संसारको ध्वंस हुने भविष्यवाणी पनि गरिसकेका छन् । त्यस्तै संसारमा चलिरहेको अशान्तिको मूलकारण भनी अध्यात्मवादीहरूले पनि यिनै पदार्थहरूमाथि आरोप लगाएका छन् । अध्यात्मवादीहरूले मात्र होइन, दिनप्रतिदिन यी अस्त्र–शस्त्रहरूको प्रगति देखेर राजनीतिज्ञ तथा अरू बुजुर्गहरू पनि भयभीत भई चिच्याउन थालेका छन् । बस, अब संसारको मञ्चमा अध्यात्मवादको नारा बुलन्द हुन लागिरहेछ । भारतका त कुनाकुनामा यत्रतत्रसर्वत्र आध्यात्मिक प्रसारका साथ अध्यात्मको दुहाई भइरहेको छ । अध्यात्मकै पृष्ठभूमिमा सम्पूर्ण संसारबाट शान्तिको आह्वान र पुकार भइरहेछ ।

विज्ञानलाई तिरस्कार गर्ने तिकडमबाजी
के कुरा अवश्य साँचो हो भने प्रत्येक पछिल्ला दिनहरू भौतिक जगत्मा वैज्ञानिक उन्नति, सुखसुविधा र निर्माणको सृष्टिबाट पनि विध्वंसको विकासमा अगाडि बढिरहेका छन् । अस्त्रशस्त्र निर्माणको होडबाजीले कति जोड पक्डेको छ भने वैज्ञानिकहरूलाई निद्रा लाग्दैन, न त राष्ट्रनायकहरूलाई चैन नै छ । दुनियाँका तमाम दिमागी वैज्ञानिकहरूको दिमागका सम्पूर्ण कलपुर्जाहरू नयाँनयाँ हातहतियारहरूको आविष्कारका लागि खर्च भइरहेका छन् र मुलुकका अगुवा मानिसहरू पनि यिनैलाई उत्साह र प्रेरणा दिनमा ध्यानस्थ छन् । फलस्वरूप संसारले जताततै नयाँनयाँ विध्वंसक शस्त्रहरूको खनखनाहट नित्य सुन्न लागिरहेछ । हतियारहरूको आडमा धेरै टाढाका देशहरूमा मात्र होइन, छिमेकका मुलुकहरूमा पनि मेलमिलाप र विश्वासको ठाउँमा तनाव बढिरहेछ , तनावका कारण शीतयुद्ध चलिरहेछ । दुनियाँको आकाशमा चारैतिर युद्धका बादलहरू छाइसकेका छन्, मुलुकका सीमाहरूमा सेनाहरू लाम लागेर उभिइरहेका छन् एवं तिनलाई देशरक्षाको नाममा खुङ्खार बनाउनका लागि रगत उमालिँदै छ । यताउताबाट बराबर बिजुली पनि चम्कन लागेको छ र कहिलेकहिले मेघगर्जन पनि सुनिँदै छ । यथार्थमा अचेल संसारमा कतै मौनरूपमा, कतै स्पष्टत: र कहीँ प्रतिध्वनिका रूपमा पनि चारैतिर जेहादको नारा गुन्जिरहेछ ।

आफ्नो शान र भलमनसाहट देखाउनका लागि अचेल प्राय: राष्ट्रहरू एकअर्कालाई धम्की दिन्छन्, चेतावनी दिन्छन् र सद्भावनाका प्रस्ताव प्रस्तुत गर्छन्, फेरि हरेक एकअर्कासित कति डराउँछ भने मानौँ सर्पले सुँघिरहेको छ । विशेष गरी आज दुनियाँमा रूस र अमेरिकाको प्रतिद्वन्द्विता चलिरहेछ । पहिले अमेरिका केही अगाडि थियो तर अहिले रूस त्योभन्दा पनि अगाडि निस्कँदै छ । रकेटको प्रगतिका साथसाथ दुई महिनाभित्रमा रूसले जब कृत्रिम उपग्रह (स्फुतनिक) छाडेर सफलता प्राप्त गर्‍यो त्यस समयदेखि अमेरिका अरू बढी चिन्तित हुन थाल्यो र ऊ पनि त्यसतर्फ सबै शक्ति लगाएर प्रयास गर्दै छ । तर अहिलेसम्म अमेरिका असफलतामा नै शिर ठोकिरहेछ ।ज्ञठ फेरि पनि ऊ प्रयासमा कुदिरहेको छ र हैरानीले नाकमा दम लिँदै दुवै हातहरूले अणु र उद्जन बम आकाशमा फालीफालीकन कसरत गर्दै आफ्नो शक्तिको परिचय दिइरहन्छ । रूस र अमेरिका दुवै महारथी हतियारहोडका साथै जहाँसम्म हुन सक्छ त्यहाँसम्म अन्यअन्य सानातिना राष्ट्र र राज्यहरूलाई मित्रको बहानामा आफ्ना टाङमुनि राखिरहन स्वरसाधना गरिरहेछन् जसबाट आफ्नो मुख र वाणीमा मिठास र मोहनी आउन सकोस् । उसका साथमा वरिपरिका सानातिना मुलुकमाथि तरबार र सहयोगको बलमा नेतृत्व र हस्तक्षेप गर्ने चालबाजीहरू पनि चलिरहन्छन् । वास्तवमा हतियारहरूको होड र गुटबन्दी कतिसम्म भयानक रूपमा अगडि बढ्दै छन् भने दुनियाँमा युद्ध र विस्फोट अब आज कि भोलिको स्थितिमा पुगिसकेको छ ।

यस्तो परिस्थितिमा दुनियाँमा हाहाकार किन नहोस् र भयबाट त्रस्त मानवजगत् त्राण तथा ‘त्राहिमाम्’ बाट बच्नका लागि चिच्याउनु, कुनै उपाय सुझाउनु र शान्तिस्थापनका लागि कुनै विश्वासको शरणमा जानु एवं आफ्नो विश्वासको प्रचारप्रसार गर्नु त स्वाभाविक नै हो । कुन चीजले, कुन कुराले, कुन उपायले शान्ति होला, के गर्नाले दुनियाँमा तनाव घट्ला र युद्ध टल्ला ? मान्छेलाई चिन्ता हुन थाल्यो र चिन्ताग्रस्त मनुष्यले सदासर्वदा सोच्न थाल्यो ।

युद्धबाट भयभीत र अस्त्रहरूको आविष्कारहरूले आतङ्कित मान्छे उपग्रहजस्तो अद्भुत चीज आविष्कार गरेर चन्द्रमामाथि विजय पाउनुको आसन्न सफलता पाएर पनि प्रसन्न हुन सकेन । ती उपलब्धीहरूप्रति सन्तुष्ट भएर हाँस्नुको सट्टा मान्छेको मन त्यसमाथिको पनि आशङ्काले ग्रस्त हुन थाल्यो र विज्ञानपुत्रका ती आविष्कार तथा सफलताप्रति स्वागत तथा पुरस्कारको ठाउँमा मनुष्यमा घृणा र तिरस्कार पनि हुन थाल्यो । तब नै मुनि सुशीलकुमार चिच्याउन थालेका थिए— “रूसले आकाशमा नक्कली चन्द्रमा चढायो भने हामी आध्यात्मिक चन्द्रमा चढाउनेछौँ ।” उनको कथनमा भलै ईष्र्या र द्वेषको भावना लुकेको होस् तर यथार्थमा यो विध्वंसक अस्त्रविकासको चिन्ताको प्रतिध्वनि मात्र हो र त्रस्त मनको चीत्कार हो एवं हिंसाको सम्भावना वा सम्भावित हिंसाप्रतिको विद्रोह मात्र हो । आजको भौतिक उन्नति र वैज्ञानिक प्रगतिमा विध्वंस र संहारको तातो रूप देखेर अनेक सहृदय मानिसहरूलाई भविष्य बनाउनका निम्ति अतीतप्रति स्वागत र वर्तमानप्रति विद्रोह हुन लागेको छ । यस्तै नै मुनि सुशीलकुमारमा पनि वर्तमानप्रति विद्रोह छ । यस्तो हुनु स्वाभाविक पनि छ ।

बारम्बार अणु उद्जन बमहरूको परीक्षण सुनेर, आकाशमा रकेटहरूको उडान देखेर र संसारका सबै भूमिमाथि चक्कर लगाइरहेको कृत्रिम उपग्रहलाई प्रत्यक्ष देखेर अब मानवजगत्मा वैज्ञानिक प्रगतिबाट घबराहट उत्पन्न भइरहेको छ । मानवजगत्को पनि आध्यात्मिक क्षेत्रमा— त्यसमा पनि आध्यात्मिक केन्द्र हुनुको नाताले भारतमा त विज्ञानप्रति झन् बढी विश्वास हटेको छ । बढी अध्यात्मवादी भएकाले भारतलाई त पहिलेदेखि नै यस्ता भौतिक चीजहरूमाथि आस्था थिएन; कहाँसम्म भने यी कुराहरू विध्वंसक नहुँदा पनि यिनीहरूबाट अलग हुन राम्रो ठान्दथ्यो । एटम, रकेट इत्यादि त प्रत्यक्ष रूपमा विनाश गर्ने भौतिक चीज हुन्, प्रेम र सेवा गर्ने देखेर पनि स्त्री, पुत्र इत्यादिसमेतलाई भौतिक वस्तु सम्झेर भारतको सच्चा ‘लाल’ शुभ सम्झँदैनथ्यो । एटम, रकेट आदिको परीक्षण भई नै रहेको छ, शस्त्रअस्त्रहरू बनी नै रहेका छन्, ठूलाठूला र गुटबन्दीमा आएका सानासाना मुलुकहरू पनि प्राय: देशका सीमानाहरूमा पल्टनहरूका लेफ्टराइट पनि सुन्न थालेका छन् र तँ–तँ म–मको तनावमा आएर एकअर्कामाथि आँखा तर्दै गुर्राइरहेका छन् । यस्तो हालतमा मानवजगत्लाई दु:ख किन नहोओस् ? झन् शान्तिप्रिय एवं अध्यात्मप्रधान भारतलाई त स्वाभाविक रूपमा अझ चैन हुनेछैन र चिन्ता हुनेछ । यसमाथि पनि अध्यात्मको तपोभूमिमा बसेर लोकल्याणका लागि शुद्ध मनले वैदिक ऋचाहरूको पठनपाठन गर्ने शान्तिप्रिय साधुसन्तहरूलाई झन् नीद कसरी आउँछ होला ? तिनीहरूलाई खासमा आफ्नो लागि चिन्ता पनि छैन किनभने अमेरिकादेखि आइजनहावरले रूसको ख्रुस्चेव–बुल्गानिनले अमेरिकाको आइजनहावरमाथि फालेको रकेट उनीहरूको ठाउँमा निसाना बदलेर सोभैm आफ्नो टाउकोमा आई खस्यो भने पनि जीवनमुक्त भएर आफ्नो लक्ष्यप्राप्ति गरी नै हाल्नेछन् । उनीहरूको विश्वासअनुसार मोक्षप्राप्त गरेर उनीहरू ईश्वरमा विलीन भई नै हाल्नेछन् । उनीहरूको बाटोमा एटमले के पो हानि गर्न सक्छ र रकेटबाट उनीहरूलाई के पो डर छ ? तिनीलाई त चिन्ता छ भने संसारको मायजालमा फँसेका अज्ञानी र अर्धज्ञानी मानिसहरू जो अचानक मर्नेछन् तिनीहरू कुनै मुक्ति, गति, अवसर नपाएर कुकुर–बिरालोजस्ता ८४ लाख जुनीहरूको नरकमा घुम्न विवश हुनेछन् भन्ने कुराको पो चिन्ता छ त ! बस, यसै लोकचिन्तामा डुबेर हाम्रा अध्यात्मवादीहरू शान्तिको उपाय सोच्न लागिरहेका छन् ।


अघिल्लो पोष्ट

गीतकार आरपी. दाहालका केही गीतहरु

पछिल्लो पोस्ट

पश्चाताप

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
पश्चाताप

पश्चाताप

समानताको पक्षमा शान्तिको ग्रिन टावेल

समानताको पक्षमा शान्तिको ग्रिन टावेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

छटपटी

छटपटी

१० बैशाख २०८१, सोमबार
‘वेदना’ सँगको साहित्यिक यात्रा

‘वेदना’ सँगको साहित्यिक यात्रा

१० बैशाख २०८१, सोमबार
देवकोटासँग एउटा साँझको कायान्तरण

देवकोटासँग एउटा साँझको कायान्तरण

९ बैशाख २०८०, शनिबार
नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक