रात निस्पट्ट अन्धकार र सुनसान भइसकेको थियो । सबै मानिसहरु निद्रादेवीको काखमा मस्तले निदाई सकेको थियो । मोहनको कोठामा जिरो वाटको बत्ती मधुरो बलिरहेको थियो । छेउमा बाबुचाहिं अर्को खाटमा सुतिरहेको थियो । मोहन क्यान्सरको रोग बोके ओछ्यानमा सुति रहेपनि कतै दुखाईको कष्ट सहेर पनि निदाउने गथ्र्यो । तर आज उसलाई साह्रै छटपटी र छाती गह्रुंगो भइरहेछ । जति निदाउन प्रयत्न गथ्र्यो उति नै उसको निद टाढा भागिरहेथ्यो । कहिले कोठाको चारैतिर नियालेर हेथ्र्यो, कहिले लामो सुस्केरा हाल्थ्यो, कहिले मुख सुकेर पानी पिउँथ्यो । उसको अगाडि बितेका जीवनका दिनहरु फिल्म हेरेझैं अगाडि आउन लाग्यो ।
ग्रेजुयेट गरेपछि अमेरिकामा गएर काम गर्दै पढ्छु भनेर घरमा बाजे, आमाबाबुसंग भन्न लागे । अमेरिका जान पनि त रुपियाँ नै चाहियो । जान्छु भनेर साहै्रं जिद्दी गरेपति बाजेले जग्गा बेचेर रुपैयाँ दिने वचन दिनु भयो । काठमाडौंमा म र नविना आएका थियौं । तर यो कुरा घरमा कसैलाई थाहा थिएन । हामी दुवै जनानै अमेरिका जाने प्लान थियो । यहाँ आएर भिसाको लागि दौड धुम गर्यौं । ५–६ महिनापछि भिसा पनि मिल्यो । बाजेले पनि जग्गा बेचेर रुपैयाँको बन्दोबस्त गरी दिनुभयो ।
७–८ महिनापछि हामी काठमाडौं आएर दुवैजना अमेरिकाको लागि एयरपोर्ट गएर प्लेन चढ्यौं । त्यतिबेला हामी दुइजनाको खुशिको सिमा नै थिएन । हामी नौलो ठाउँ अमेरिकामा पुगेर हामी धेरै कुरामा संघर्ष गर्नु परेतापनि हाम्रो प्रेम र मायाले हरेक कुरामा संघर्ष गर्दै जाँदा पढाइ र काम पनि गर्दै गयौं । हाम्रो आफ्नै जिन्दगीमा रमाउँदै गर्दा घरका मानिसहरु बाजे आमा बुबा पनि टाढिंदै गयो । कहिले काहिं बुबा आमा सम्पर्कमा भएतापनि बाजे बजै टार्ड भयो । संसारमा हामी दुइजनाकै मात्र संसार सम्झेछुं । मोहनले फेरि लामो सुस्केरा हालेर कोल्टे फक्र्यो । निद्रा त उ देखि परपर गइरहेछ । फेरि उसको विगतको जिवनको सम्झनाले पछ्याउन लाग्यो । शायद, दश वर्ष जति सम्म हामी दुवैले काम गर्दै जाँदा आर्थिक अवस्था पनि राम्रो हुँदै गयो । सधैं हांसीखुशीले जिवन व्यतित गर्दागर्दै आफ्ना मानिसहरु टाढा भएको पत्तै पाइन । साथै नविना पनि विस्तार विस्तार बदलिएको पनि थाहा पाएनछु । उसको हाउभाउ, कटाक्षले म मन्त्रमुग्ध भएर म उसमा समर्पित भइ सकेकोले उसलाई विश्वास नगर्ने कुरै भएन ।
भित्र भित्र उसले मेरो दुखले आर्जेको सम्पत्ति मेरो आँखा छलेर आफ्नो गरी सकेकी रहिछ । त्यसैले मसंग अलि ठाकठुक हुन लाग्यो । मैले गरेको कुरालाई उल्टो फर्काउने भइन । जहिले पनि निहुं खोजेर झगडा गर्न लागिन । उसले स्वयं मसंग टाढा हुन निहुं खोनेकी रहिछिन् । मैले पत्तै पाइन ।
एकदिन मलाइ टाट पल्टाएर अब म तिमीसंग बस्न सक्दिंन भनेर बाइ बाइ गरेर निस्किन् । मैले केही भन्न सकिंन । पछि मेरो सर्वस्व लुटेर गएको थाहा भयो । म मर्माहत भएं, मु डुबें, मेरो सर्वश्व लुटियो, म एक्कासी चिच्याएँ भनेर विगतको जिन्दगीमा डुवेर आफुलाई बिर्सेर सुतिरहेको मोहन एक्कासी चिच्याउँदा सुतिरहेको बाबु के भयो भनेर आत्तिएर उठेर छोर।लाई सुम्सुम्याउन पुग्यो । मोहन पसिनाले निथ्रुक्क भएको थियो । आमा पनि के भयो भनेर आइपुगिन । अगाडि आमा बुबालाइै टुलुटुलु हेरिरह्यो । मोहनले अनि भित्तामा भएको बाजेको फोटोमा उसको आँखा गाये । आँखाबाट बलिन्द्र धारा आँसु बगाउनु बाहेक उसको अर्को सामथ्र्य भएन । बाजेको फोटोलाई आँखा झिमिक्क नगरी हेरी रह्यो हेरिनै रह्यो ।