नेपाल भाषाका प्रख्यात कवि पुर्ण वैद्यको आज निधन भएको छ । उहाले नेपाल भाषामा लेख्नु भएको कविताको गगन दिप सर्वले अनुवाद गरिएको कविको कोठा उहाको सम्झनाको रुपमा राखेका छौं ।
मध्यरातमा
भूइँमा लेसेर
मैनबत्ती बल्छ
आफ्नै उज्यालोमा हाँसेर
आफ्नै ज्योतिमा पौडेर
उसको मनमा
अन्धकार भष्म हुँदै गइरहेछ
उज्यालोको शक्त कफ्र्यूभित्र
अर्कोतिर,
कुनाकाप्चामा
प्रत्येक वस्तुको छायाँमा लुकेर
अन्धकारले चियो गइरहेछ
ऊ हेरिरहेछ,
मैनबत्ती पग्लेर गइरहेको
आफ्नै औंलाले त्यसको आयु नापिरहेछ
एक कवि
कति हतपतमा
कति हतपतमा गुनगुनाएर
केही रेखा कोरिरहेछ
झुत्रो सुकुलमा लेसेर
निःशब्द रातमा
सुनसान जमिनमा डटेर
मैनबत्ती बलिरहेछ
आफ्नै उज्यालोमा हाँसेर
आफ्नै प्रकाशमा पौंडेर ।
(अनुवाद ः गगनदीप सर्व)