यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज
र,
उसले कुल्चिएर गएको
पाईतलाको खत कसरी
हरायो
कतै ,
समुन्द्रको तुफान भएर
पीरले पोतिएको उसको
कालो अनुहार
पृथ्वीको कुन सपमामा
पर्छ ?
सपनाको निख्खर सेतो
घोडा चढेर हुत्तिएकी थिई
तुफान जस्तो जंगलका
यी चोर बाटाहरुमा
हिजो जस्तो केही छैन
लोग्नेको मृत्युुसंगै
आफ्नो भन्नू
ट्यारलिङको रातो साडी
छ
जसलाई जतनसाथ
राखकी छ काठको
पुरानो बाकसमा
धर्ममन बांधिएर कसरी
मानिस दास बन्छ
र ,
पुरै ¬, पुरै जीवन
स्मृतिजस्तो
लोग्नेको धुमिल तस्बिर
हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी न २११५०३१७
गोर्खा ईन्जिनियरको
बिधुवा पत्नी
मनमाया लिम्बू
मूलढोकाको शिरमा
सजिएको केही पुरानो
तक्मा
अब, उसको आूखाको
क्षितिज भएको छ ।
रातो सिन्दुरसंगै
उसको आफ्नो
छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागरजस्तो
कालो जीवन भोगेर
कसरी उभिरही ऊ एक्लै
यो ठाउूमा
छातीमा दोस्रो
विश्वयुद्धको पुरानो चोट
लिएर
कसरी बाूची यस
समयसम्म ?
उसको पीरले पोतिएको
यो वनजंगल
पृथ्वीको कुन सपमामा
पर्छ ?
भन्छे
यो मन पथ्थर भैसकेको
छ
तर, यस धर्तीमा
पहिलोपल्ट आूखा
खोल्दा
यस धर्तीमा पहिलोपल्ट
पाउ राख्दा
कसैको सपनाको सुन्दर
छोरा थिई
र,
जीवनको साठी बर्ष
आर्मी नं २११५०३१७
गोर्खा ईन्जिनियरको
विधवा पत्नी भएर बिताई
जवाफ देऊ
जवाफ देऊ, उसको
पीरको
जवाफ देऊ, उसले भोग्न
नपाउूदै गुज्रिएर गएको
जवानीको
उसको रहरलाग्दो
पग्लिएर कसरी अरुण
बग्यो यो पहाडको
खोँचमा ?
धेरै प्रश्नहरु उसलाई
पछ्याउँदै टक्क
अडिएको छ
र,
मनमाया उभिएकी छे
यो राज्यव्यवस्थाको अघि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न
भएर ???