जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

रक्तपातबाट जमाना कहिले खाली थियो ?

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित २९ श्रावण २०७८, शुक्रबार
अनुवाद भित्र
0
रक्तपातबाट जमाना कहिले खाली थियो ?

प्राचीन काल
अध्यात्मको सर्वाधिक बोलबाला उपनिषद् र पुराणको जमानामा थियो । के त्यस समयमा लडाइँझगडा थिएन ? के त्यस समयमा शस्त्रास्त्रका टङ्कारहरू थिएनन् ? के तब अपहरण र हिंसा हुँदैनथे ? हिरण्यकशिपु दैत्य थियो, रावण राक्षस थियो, कंस दुष्ट थियो र कौरव कुलाङ्गार थिए, त्यसैले यिनीहरूबाट दुव्र्यवहार भए भनेर छुटकारा मिल्न सक्दैन । अध्यात्मज्ञानले किन केही असर पारेन ? त्यसबेला किन हात बाँधेर रह्यो अध्यात्मवाद ? यदि तिनीहरूले अमल गरेनन् भने त्यो दोष तिनीहरूको होइन, बरुअध्यात्मत्वकै कमजोरी हो ।

त्यसैले ती अध्यात्मवादी बुजुर्गहरूलाई म सही विचारक मान्न सक्दिनँ जो अत्यधिक भौतिक उन्नतिको कारण नै हरदिन लडाइँझगडा र तनाव भइरहेको सम्झन्छन् । जतिखेर ईश्वरवाद वा आध्यात्मिक उन्नति शिखरमा पुगिरहेको थियो त्यतिखेर पनि युद्ध भइरहन्थे, तब पनि हिंसा र हरण थिए नै । वैदिककालदेखि आजसम्म संसारमा युद्धको दुन्दुभी बजिरहेकै छ; शोषणको स्रोत बढिरहेकै छ । यो कार्य इसाको जगत्मा पनि र मोहम्मदको दुनियाँँमा पनि भइरहेकै छ ।

कृष्ण अध्यात्मजगत्का अत्यन्त प्रभावशाली पुरुष थिए । आजको भौतिक उन्नतिलाई यस्तो–उस्तो भनेर उपहास गर्नेहरूका अनुसार कृष्णको जमाना अध्यात्मकै युग थियो । यसका साथै कृष्ण अध्यात्मका एक प्रबल प्रवर्तक पनि थिए । त फेरि किन महाभारतको लडाइँ भयो ? त्यो लडाइँ उनकै जमानामा उनकै अगाडि मात्र भएको थिएन, उनकै नेतृत्वमा भएको थियो । कृष्ण पाण्डव र कौरव दुवैका नातेदार थिए । दुवैतिर उनको आवतजावत थियो । किन अध्यात्मज्ञानको असर महाभारतवालाहरूमा पर्न सकेन ? कौरवको पक्षमा लड्ने भीष्म, द्रोण आदि पनि अध्यात्मज्ञानका विभूति थिए; मनीषी थिए । यी सबै हुँदाहुँदै पनि किन त्यति भीषण युद्ध भएर भयङ्कर मात्र होइन, आज पनि कुख्यात छ ? ।

देवताहरूका पनि गुरु एवं धर्माधिकारी वृहस्पति के अध्यात्मवादी तथा धर्मप्रचारक थिएनन् ? अध्यात्मशिक्षा र धर्मप्रचारद्वारा प्रभावित गर्नमा के उनलाई पनि सफल भन्न सकिन्छ ? उनी आफ्नै संसर्गमा रहने चेलाहरूको मन र संस्कारलाई पवित्र पार्नमा पनि सफल हुन सकेनन् । बिचराकी धर्मपत्नीमाथि नै आफ्नै अध्यात्म र धर्मको पाठ पढ्नेवाला, आफ्नै शिक्षादीक्षाबाट सिञ्चित तथा सदैव आफ्नो आध्यात्मिक तथा धार्मिक प्रवचन सुन्नेवाला आफ्नै चेलो चन्द्रले व्यभिचार ग¥यो । वृहस्पतिजस्तो अध्यात्मको समुद्र नै जब आफ्नो पति छ भने उनकी धर्मपत्नी तारा के अध्यात्मज्ञानबाट सिञ्चित थिइनन् होला र ? स्वयं वृहस्पतिले नै आफ्नी गर्भवती भाउजू ममताका साथ बलात्कार गर्नमा अगाडिपछाडि हेरेनन् भने बिचराकी पत्नी तारा व्यभिचारिणी हुनुमा के आश्चर्य ? प्रबल प्रवर्तक तथा विख्यात नेता कृष्णलाई नै हेर्नुहोस्— एउटी नारीमा अडिन सकेनन् । अध्यात्मज्ञानको सबैभन्दा ठूलो विद्यार्थी जसका माध्यमबाट गीता बगिरहेको छ, त्यस अर्जुनलाई हेर्नुहोस् जसले आफ्नी भान्जीदिदी सुभद्राकै अपहरण ग¥यो । त्यो पनि आपूmसँग विवाहिता पत्नी छँदाछँदै ! भारतवर्षमा अनेकौँ क्षत्रिय जातिहरूमा मामाफुपूका भाइबहिनीसँग वैवाहिक कार्य चलिरहेछ । यो सायद अर्जुन सुभद्राकै उदाहरण ‘महाजनो येन गतःस पन्था’को प्रतिफल हो । अध्यात्मवादमा आधारित सामाजिक नीतिनियम, विधिविधानमा पतिव्रता धर्मकै जस्तो पत्नीव्रत धर्मको पनि महŒव हुनुपथ्र्यो ।

हरेक पछिल्ला दिनहरूमा संसारका चारैतिर युद्धका बादलहरू मडराइरहेको देखेर र शस्त्रास्त्रको होडबाजी देखेर एवं उत्तरोत्तर वैज्ञानिक उन्नति अर्थात् भौतिक उन्नतिप्रगतिलाई देखेर अध्यात्मवादीहरूका मण्डलमा, मण्डपमा, आँगनअखाडाहरूमा र पञ्च अर्थात् हरेक क्षेत्रएकत्रमा के चर्चा चलिरहेको छ भने विज्ञान र भौतिकवादले संसारलाई नष्ट गरिरहेछन्, जगत् ध्वंसतर्फ जाँदै छ । बस, विज्ञान र भौतिकवादबारेमा निन्दा, टीकाटिप्पणी र आलोचनाले कति जोड पक्डेको छ भने यो नै एउटा अलग्गै झगडाको विषय बनिरहेको छ । आफ्नो विचारका आधारमा यो सबै अध्यात्मवादीहरूलाई जगत्प्रति सद्भावना र शुभकामना अवश्य हो, यसलाई अस्वीकार गर्न सकिन्न । यिनका लागि म पनि धन्यवाद नदिई रहन सक्दिनँ । तर विज्ञान र भौतिक उन्नति सरासर हेय छ, अस्पृहणीय छ र अध्यात्ममात्र सबै कुरा हो, मात्र त्यसैमा मानिसले लीन हुनुपर्छ भन्ने किसिमको उनीहरूको सल्लाह विचारलाई म जिद्दी सम्झन्छु । अध्यात्मवादका प्रारम्भदेखि आजसम्म, सृष्टिको आदिदेखि अहिलेसम्म अर्थात् अध्यात्मयुगमा अर्थात् अध्यात्मबाट प्रभावित समयकालमा के अपहरण, हिंसा र व्यभिचारविभीषिका केही भएनन् ? हुँदैनन् ? के रक्तपात र आक्रमणअत्याचारबाट कुनै समय खाली छ ? के कुनै त्यस्तो उदाहरण पाइन्छ ? कौरवको पाण्डवहरूप्रतिको व्यवहार के आक्रमण होइन, जेहाद होइन ? द्रौपदीको चीरहरण र बेइज्जती के व्यभिचार होइन ? हिंसा होइन ? रावण, बाली, कंस, शिशुपाल, जरासन्ध आदि के आक्रमणकारी र अत्याचारी होइनन् ? यदि अध्यात्मवादी मानिसहरू यी सबै त देवता र मान्छे होइनन्, दानव हुन् , राक्षस हुन् भनेर पन्छिन्छन् भने भौतिकवादी वा वैज्ञानिक व्यक्तिहरू भन्न सक्छन्— हिटलर, मुसोलिनी आदि व्यक्तिहरू पनि देवता भनिएका छैनन् । अध्यात्मयुगमा कौरव, कंस आदिको जेजति निन्दा र भत्र्सना छ त्यति नै निन्दा र घृणा आजको भौतिक युगमा हिटलर, मुसोलिनी आदि आक्रमणकारीहरूको छ ।

पुराणयुगमा त अझ धेरै यस्ता आक्रमण–अत्याचार–व्यभिचार आदि आततायी काम भइरहन्थे । वैदिक युग पनि यस्ता कुकर्मबाट मुक्त थिएन । के इन्द्र सामन्ती र साम्राज्यवादी थिएन ? के कसैलाई माथि उठ्नका निम्ति उसले कहिल्यै कुनै अवसर दिएको थियो ? आफ्नो आधिपत्य गुम्ने डरले उसलाई अर्काको उन्नति देखेर सदैव डाहा हुन्थ्यो र कुनै न कुनै तरिकाले प्रहार वा आक्रमण गरी त्यस्तो उन्नति रोक्न खोज्थ्यो । कुबेरलाई के शोषक पुँजीवादी भन्न सकिन्न ? ऊ चाहन्थ्यो भने आफ्नो जमानामा एउटालाई पनि दीनहीन बन्नबाट रोक्न सक्थ्यो । के दशरथ विलासी थिएन जसले छोरा पाउने निहुँमा तीनतीनपटक बिहे ग¥यो ? आज भौतिक युगमा पनि कुनै न कुनै बहानामा अनेक स्त्री राखिन्छन् । अध्यात्मयुगकी नारी र अध्यात्मज्ञानी स्त्री भएर पनि कैकेयी किन त्यति दुष्टा बनी ? महाभारत र पुराणका रचयिता वेदव्यासका पिता पराशरले एक नाविककी छोरीमाथि मुग्ध भएर कामवासना मेट्न कुहिरोको सृष्टि गरी दिनलाई नै रात बनाइदिएको थियो, त्यो पनि नाउमा बसेर गङ्गामा सैर गर्दागर्दै, के त्यो अध्यात्मयुग थिएन ? एक पाउबराबरको पेट भएर पनि तीन आचमनमा समुद्रै सुकाइदिन सक्ने अगस्त्य र वशिष्ठ तथा द्रोणाचार्य आदि धेरै ऋषिमुनिले पनि हुन सक्छ, यस्तै भद्रताको आडमा गुप्त व्यभिचारहरू जन्माएका हुनन् । नत्र घैँटो, माटाको भाँडोजस्ता कुराबाट मानिसको उत्पत्ति हुनु सम्भव छैन । अवश्य नै तिनलाई जन्मनासाथ लोकलाजको डरले घैँटा आदि भाँडाहरूमा फालिएको होला । पाण्डवहरूकी आमा कुन्ती विवाह हुनुभन्दा पहिले कुमारी अवस्थामा छँदै आमा भइसकेकी थिइन् । त्यसैले कर्णलाई जारपुत्र भन्ने गरिन्छ । सत्यकाम जाबालीले आफ्नो बाबुको नाम भन्न सकेन किनभने ऊ वेश्यापुत्र थियो । रुद्रदेवको छोरो मरुतले आफ्नी आमा रोदसीलाई स्वास्नी बनाएको थियो । के यी सबै व्यभिचार थिएनन् ?

उता इस्लामी अध्यात्मवादका सर्वोच्च नेता र पैगम्बर मोहम्मदलाई हेर्नुहोस्, उनी कति धेरै स्त्रीका पति छन् ! आफ्नै धर्मपुत्र जाइदकी स्वास्नीका साथ उनले बिहे गरे । एकजना यहुदीलाई युद्धमा मारेर उसकी स्वास्नी सफियासित उनले विवाह गरे । विवाहिताका अतिरिक्त उनी रखैल पनि राख्दथे ।



अघिल्लो पोष्ट

आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने

पछिल्लो पोस्ट

पारिजात स्मृति सभा – २०७८

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
पारिजात स्मृति सभा – २०७८

पारिजात स्मृति सभा – २०७८

शकुन्तलाको चिन्तन

शकुन्तलाको चिन्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

ग्रीष्मको नीलो बतासले फैलाएको शीतल र शक्तिशाली तरङ्ग

४ जेष्ठ २०७९, बुधबार
सफल नियात्राकार घनश्याम राजकर्णिकार

सफल नियात्राकार घनश्याम राजकर्णिकार

४ जेष्ठ २०८०, बिहीबार
मौनताका बहुल बोली

मौनताका बहुल बोली

४ जेष्ठ २०७८, मंगलवार
डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक