जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

मेसिनको आवाज

दुवईको एउटा होटलबाट  नाइट ड्युटी सकेर विहान डेरामा फर्केपछि अर्जुनले अल्कालाई धेरैचोटी फोन गर्दा पनि नउठाएपछि उसलाई क्रोध र शंकाको सर्पले डस्दै जान्छ ।

भागीरथी श्रेष्ठ भागीरथी श्रेष्ठ
प्रकाशित ३१ असार २०७८, बिहीबार
कथा भित्र
0
मेसिनको आवाज

art by: sujan bir bajracharya


दुवईको एउटा होटलबाट  नाइट ड्युटी सकेर विहान डेरामा फर्केपछि अर्जुनले अल्कालाई धेरैचोटी फोन गर्दा पनि नउठाएपछि उसलाई क्रोध र शंकाको सर्पले डस्दै जान्छ । डाहाले यति छटपटिन्छ कि मानौ सर्पको विष उसको शरीरभरी फैलिएको छ । 

आखिर अल्काले फोन किन उठाइन ? कता उ ब्यस्त भई ? यतिखेर उ लुगा  सिउने मेशिन चलाइरहेकी हुन्थी । के उसलाई यो बेला मेरो फोन आउँछ भनेर थाहा छँदै छनि  । कता गर्ई त ? के केटा साथी सँग फिलिम हेर्न गइ कि । यो सोच्दा उसको दिमागलाई कोेदालिले खनेकोे जस्तो लाग्छ । उ नभएपछि अल्का वेललगाम घोडा जस्तै  भई होलि नि । कसको डर ? के कोे लाज? यसको अनुपस्थितिमा अल्काले स्वतन्त्र भएर वेपर्वाह जीन्दगी विताइरहेकी होली । विकृत मानसिकता र नकारात्मक सोचले उसको मुटुमा चस्का पस्दै जान्छ । अल्काले मेसिन चलाएको र वाहिर गएको प्रमाण स्वरुप उसले जहिले पनि फोन गर्दा मेसिन चलाएको आवाज सुनेपछि बल्ल फोन बन्द गथ्र्यो ढुक्क भएर । आज कति पटक फोन गर्दा पनि अल्काले फोन नउठाए पछि उसको मथिङ्गल घुम्न थाल्छ, जाँतो भैंm ।

ऋणधन गरेर श्रीमतीले आफ्नो गर–गहना विक्री गरेर उसैकोे सरसल्लाह, सहयोग ढाडस पाएर दुई वर्ष अघि उ दुवई गएको थियो । होटलमा किचेन हेल्पर काम गरेर कमाएको पैसाले श्रीमतीले जोरपाटिको गाउँमा सानो टुक्रा जग्गा किनेकी थिई । अर्जुनको सपना थियो आफ्नो देशमा फर्केपछि किनेको जग्गामा घर बनाउने, केही व्यवसाय गर्ने र स्वदेश मै बस्ने योजना थियो । सो जग्गा अल्काले आफ्नै नाउँमा पास गरेकी थिई । आज फोन नउठाउँदा अर्जुनको मनमा अल्का प्रति शंकाको तिखो काँडा रोपिंदै गयो । उसले सोच्यो ५ वर्षको सानो छोरालाई आफ्नी आमाको जिम्मा लगाई अर्कै केटासंग पोेइल जान के बेर भयोे र ? कुवेतमा गएको उसको साथीले कति दुःखले कमाएको पैसा श्रीमतीलाई पठाउँथ्यो । शहरमा राम्रो घर पनि ठड्याइसकेको थियो । श्रीमतीले उसलाई नाङ्गै बानाएर अर्कैै केटासंंग विवाह गरेको घटना उसको मनमा ताजै थियो । यस्तै–यस्तै अरु घटना सुनेकाले उसको मनलाई सँधै डरले कम्पित गथ्र्यो । अल्कालाई  मायाँ गर्दा गर्दै पनि वेला वेला उ भित्र अविश्वासको डढेलो लाग्थ्यो । त्यसैले श्रीमतीलाई पैसा पठाउँदा सँधै भगवानसँग प्रार्थना गर्दै भन्थ्यो “हे भगवान ! यो पैसा सुरक्षित होस्, श्रीमती कसैसँग नभागोस् ।”

श्रीमतीप्रति यस्तै फोहर विचारहरु वग्न थाल्छ, अर्जुनको मनमा । फेरि फोन गर्छ । यसपाली अल्काले फोन उठाउँछे । अर्जुनको गर्जना गर्जिन्छ “अहिलेसम्म किन फोन नउठाएकी ? कति पटक गरिसकें । कहाँ गएकी थिइस् ? यो समयमा मेरो फोन आउँछ भन्ने थाहा छैन ? फोन नउठाउँदा मलाई पर्नु पीर पर्यो ।” 

सँधै एकैनास हुन्छ र ? कहिले विरामी भइन्छ, कहिले सामान लिन बाहिर जानुपर्छ, छोरा विरामी भएर अस्पताल गएकी थिएँ । कसरी फोन उठाउँ ? झर्किन्छे अल्का ।

खै मेसिनको आवाज सुनाउ । मलाई विश्वास छैन तिम्रो कुरा । अर्जुन अत्तो थाप्छ । अल्काले सोच्छे लोग्ने त साह्रो ज्याद्रो भएछ । उ पनि कुर्लन्छे “के म माथि विश्वास छैन ? जहिले पनि मेसिनकोे आवाज सुन्नुपर्ने ! के म केटासंग घुम्न गएको भनेर शंका गरेको? म जस्ती इमानदार सोझी स्वास्नीमाथि शंका गर्नु त तपाईलाई पापै लाग्छ । तपाइले सुन्नुभएको छ ? पन्ध्र दिन अगाडि कुवेतमा गएको एउटा केटाले फोन गर्दा धेरै दिनसम्म नउठाएपछि स्वास्नीमाथि नानाभाँती शंका गरेर कुवेतदेखि यहाँ आउँदा स्वास्नी मोटर दुर्घटनामा परी अस्पतालमा कोमामा रहेको देखेपछि पश्चातापले अहिले कुवेत नफर्की स्वास्नीको सेवा टहलमा जीवन विताइरहेछ ” यस्तै होला तपाईको अवस्था पनि । बुझ्नुभयो ? अति अनविश्वास गर्नु हुदैन के । उसले च्याँठ्ठिएर मोवाईल स्वीचअफ गर्छे । 

अर्जुनको आक्रोस पुरुषदम्भ शंकाको लस्कर एकाएक थामिन्छ । कतिपल्ट फोनगर्दा पनि अलकाले उठाउँदिन । अर्जुनलाई श्रीमतीको धम्कीले वेचैन बनाउँछ । धेरै दिनसम्म फोन गर्दापनि अल्का बोल्दिन तर फोन उठाएर मेसिनको आवाज मात्र सुनाउँछे । अर्जुनले फोनबाट चिच्याइरहन्छ “अल्का फोन उठाउ ! अल्का फोन उठाउ! प्लिज नरिसाउ न । अल्काले सोच्छे किन मेरो स्वर सुन्नु पर्यो अर्जुनलाई । मेसिनको आवाजमाथि पो विश्वास रहेछ उसको । कति दुःखले सिलाइ बुनाइ गरेर शहरमा एक्लै एउटा वालख छोरासंग जीवन  विताइरहेकी छु । लोग्नेले पठाएको पैसा एक–एक जम्मा गरेकी छु । अझ लोग्नेले मलाई चियो गर्ने । म भएको नभएको मेसिनको आवाज सुनेर ढुक्क हुने । कस्तो अनविश्वासी र वेवकुफ लोेग्ने । मलाई के ठानेको होला उसले? उ आफैले पनि त कमाइ गर्दै छे । अव फोन पनि नउठाउने वोल्दापनि नवोल्ने मात्र मेसिनको आवाज सुनाउने । यहि सोच्छे ।

दिनहुँ अर्जुृनले फोन गर्ने र अल्काले मेसिनको आवाज मात्र सुनाउने गर्दा अर्जुनलाई हुन सम्म भयो । एक दिन भर्भराउँदो स्वरमा अर्जुनले अनुनय गर्छ “अल्का ! मलाई अव धेरै सजाय नदेउ । बोल तिमी बोल । मलाई अव मेसिनकोे आवाज सुन्न मन छैन । भयो भयो अति भयो । मलाई माफ गर । अव तिम्रो  मायालु आवाज सुन्न मन छ । यदि तिमीले फोन उठाउँदिनौ भने म दुईचार दिनमा आइहाल्छु त्यहाँ । अल्का भन्छे “मन मनै हाँसेर ल ल बोल्दै छु म । पुग्यो मेसिनको आवाज सुन्न? म प्रतिको तपाईको मनमा उब्जेको शंकाको पहाड ढल्यो ?

फोन बाट अर्जुनको खित्का सुनिन्छ । मायालु स्वरमा भन्छ “मेरी सानु ! अवदेखि मलाई मेसिनको आवाज नसुनाउ हे ।”


Tags: मेसिनको आवाज
अघिल्लो पोष्ट

चाबी

पछिल्लो पोस्ट

नवराज लम्साल र ‘धरा’ महाकाव्य(सिर्जनात्मक समालोचना)

भागीरथी श्रेष्ठ

भागीरथी श्रेष्ठ

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
नवराज लम्साल र ‘धरा’ महाकाव्य(सिर्जनात्मक समालोचना)

नवराज लम्साल र ‘धरा’ महाकाव्य(सिर्जनात्मक समालोचना)

डब्लुहरु

डब्लुहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

४ जेष्ठ २०८०, बिहीबार
सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो  – नीलम कार्की “निहारिका”

विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो – नीलम कार्की “निहारिका”

४ जेष्ठ २०७८, मंगलवार
आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक