जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

सूर्यग्रहण

अनिता तुलाधर अनिता तुलाधर
प्रकाशित ४ श्रावण २०७८, सोमबार
आख्यान, कथा भित्र
0
सूर्यग्रहण

म यो शहर छोडेर जाने कुरा नियमित रूपले सोच्छु । तर छोड्न मन लाग्दैन । यी गल्ली–गल्लीहरूको, शहरको दुवै छेउमा उभिएका घरहरूको, यी अट्टालिकाका छायाँहरू आदिको मोह शायद म बिर्सन सक्दिनँ हुँला । बिर्सन सकेको भए म यो शहर छोडेर गैसक्थे हुँला । झ्याल खोलेर हेर्दा बाहिर बाक्लो कुहिरो लागेको छ – अब घाम नलागी बाहिर निस्कने सामथ्र्य ममा छैन । हिजो–अस्ति भन्दा पनि आज बढी कमजोर भएको अनुभव हुँदैछ । बाहिर सडकको पेटीमा बसेर चिया खान मन लागेको थियो – तर हिजो अस्तिकै चियाको थुप्रै पैसा बाँकी छ । घाम नलाग्नु चियाको पसलमा पैसा बाँकी हुनु ठीकै भइरहेछ । हैन चिया खानुपर्ने सम्झनाले मलाई बारम्बार घोचिरहेछ । जे सोच्न थाले पनि चिया नै मात्र सम्झिरहन्छु । डाक्टरले चिया धेरै नखानु भनेको छ तर मलाई यस्तो लागिरहेछ – चिया धेरै खाएर नै म बाँचिरहेछु । अब त यस्तो पनि लाग्छ – बाँच्नु जस्तो कठोर लाञ्छना भोग्दैछु ।


कस्तो अनौठो मान्छे जाति ! जुन शहरमा मेरो आफन्त कोही छैन मेरो भन्नु केही छैन त्यसप्रति नै मेरो हार्दिक माया–प्रीति छ । कहाँसम्म भनुँ– ‘यो मेरो देश हो’ भनी एक मुठी माटो लिएर निर्धक्क छातीमा टाँस्न सक्तिनँ । शङ्का लाग्छ । यो मेरो अपराध भइजाला कि भन्ने सन्त्रास उम्लिन्छ । फेरि म बाटो बिराएर यहाँ आइपुगेको पनि कदापि हैन, खोजी खोजी नै आइपुगेको हुँ । केही केही नभएर आएको पनि त हैन मसँग स्वास्नी, छोराछोरी, आमा–बा अटाउने सानो घर पनि थियो, खान पुग्थ्यो, प्रशस्त नभए पनि अलि अलि खेत–जग्गा थियो, एकान्तमा पीर मान्ने हाँस–ख्यालठट्टा गर्ने एउटा आँगन पनि नभएको हैन – थियो, आँगनको वरिपरि मेरा आफ्नै हातले रोपेका बोट–बिरुवाहरू पनि थिए । एउटा साधारण जिन्दगी बिताउन यति भए पुग्दैन र ? अहिले सोच्छु मलाई यति भए पुग्थ्यो । तर म त्यहाँ नअटाए जस्तो आएँ – यो शहरको कुना र काप्चीमा बिलाउन आएँ । यसैमा मलाई सन्तोष छ । अनन्त सन्तोष प्राप्ति भए झैं लाग्छ । कहिले कहिले मेरो कोठाका पत्र–पत्रिका, किताब आदिको सम्झना आउँछ – उनीहरूले पनि त्यसलाई देखेर मलाई नै सम्झने गरेको होला । यस्तो लाग्छ – जिन्दगीको अरु भाग सम्झनै सम्झनामा बित्ने हो कि ? यही कोठाभित्र बसेर एक कप तातो चिया खान पाए पनि त हुने हो । स्वास्नी र छोरीहरूले बनाएको चियाको स्वादलाई सम्झन्छु – चिनी थोरै भन्दाभन्दै बढी राख्दा जङ्गिएको कुरा सम्झन्छु । यसरी पनि यत्तिकै भएर पनि जीवन चल्न सक्दोरहेछ । अलिकति झ्यालको खापा खोलेर, म फेरि चिया पसललाई नियाल्ने प्रयास गर्छु – कुहिरो जस्ताको तस्तै छ – चिया पसलमा पनि भीड भएको जस्तो लाग्छ । झल्यास्स सम्झन्छु – उर्मिलाको कोठामा जाउँ कि ? तर निराशा, मात्र निराशा देखिन्छ – किनभने एक हप्ता अगाडि नै उर्मिलाले मलाई आफ्नो कोठामा नआउने कुरा बताएकी थिइन् । मसँग हिँडेकोले टोल छिमेकका मान्छेहरूले उसलाई नराम्रो कुरा गरे रे । कति आश्चर्य ! मलाई त उर्मिला बहिनी जस्तै लाग्छे । बिचरी उसको पनि एउटा भाइभन्दा बढी अरु कोही छैन । कुरा यति नै हो – कहिले उर्मिला मेरो कोठामा आएर गफ गरी बस्छे भने कहिले म नै उसको कोठामा गइराख्थेँ । तर यत्तिकैमा धेरै लामो कुरा गर्नु पर्ने पनि केही छैन । उसको कोठामा बारम्बार तातो चिया उम्लिरहेको होला ।त्यहीँ पुग्न पाए – त्यो चियापसलको भीडलाई पर्खनु नै पर्दैनथ्यो ।


हैन अब हीराप्रसादकहाँ नै जानुपर्ला । त्यहाँ गए समय अलि छिटो बित्छ । तर म आउने कुरा हीराप्रसादलाई मनपर्न छोडिसक्यो । पहिले त ऊ आफैले मलाई तानी तानी लिएर गएको थियो । त्यसै बेलादेखि काम–कुरा नपाएको दिन म त्यहीँ जान्थेँ, उसकी स्वास्नीसँग बसेर घण्टौं गफ गथ्र्यौं । हीराप्रसाद बाहिरबाट आउँदा दुई चारपल्ट हामी दुईमात्र कोठामा गफ गरिराखेका थियौं । हीराप्रसादले लाएको अनुहार सम्झन्छु – अहिल्यै मलाई आङ्ग जुरुङ्ग भएर आउँछ । ऊ एउटा कुर्सीमा बसेर निकै बेरसम्म झोक्राइरह्यो – उसकी स्वास्नीले यति कुरा गर्दाखेरि पनि उसले एक शब्द बोलेन, मुण्टो मात्र हल्लाइरह्यो । त्यहाँ अप्ठ्यारो किसिमको वातावरण सृजना भएको मैले अनुभव गरेँ । त्यसपछि म उठेर आउन लाग्दा उसले एकछिन बस्ने आग्रह पनि गरेन । परिस्थिति ननिको लाग्यो । शायद उसले उसकी स्वास्नीसँग एकान्तमा बसेर कुरा गरेको अर्थ अर्कै लगायो होला । यस्तो नसोचे पनि त हुने । तर यस्तो सोचिदिएर मित्रताको एउटा राम्रो सफा गोरेटोमा झारपात उमार्ने कोशिस उसले ग¥यो । गल्ती मेरै भइजाला भन्ने डरले त्यसपछि पनि एकचोटि गएँ । दुवै लोग्ने स्वास्नी खाटमा बसेर कुरा गरिराखेका थिए । मलाई देख्नेबित्तिकै हीराप्रसादले अनौठो अनुहार बनायो – न खुशी थियो न उत्साह–उमङ्ग थियो । मलाई भित्रैदेखि घृणाजस्तो भावनाले सताउन थाल्यो । त्यहाँ म धेरै बेरसम्म बस्न सकिनँ, तुरुन्तै फर्कन पनि मिलेन । दुई चार कुराहरू गरेर मन बुझाएँ । तर हीराप्रसाद मसँग उतिसारो खुलस्त हुन नसकेको कुरा मैले बुझिराखेको थिएँ । म फर्कनलाई ओर्लें । स्वास्नीचाहिँ ठिङ्ग छिँडीमा उभिराखेकी रहिछ । चिया नखाई जाने ? भनेपछि म झसङ्ग भएँ । चिया खानुपर्ने मैले – चिया नखाए पनि हुन्छ अब – मैले दुवै कुरा एकैचोटि सोच्न भ्याइसकेको थिएँ । ऊ भन्दै गई –‘नरिसाउनुस् है उहाँको स्वभावै यस्तै, लोग्नेमान्छेसँग हेलमेल बढाएको उहाँलाई मन पर्दैन । मेरो मनमा केही थिएन, यस्तो भावनाको एक छेउ पनि पलाएको थिएन, तर सोच्दै नसोचेको कुरा यति लामो भइसकेको रहेछ ।’ आश्चर्य लागेर आयो । बाटोभरि मैले आफैंलाई धेरैचोटि धिक्कारेँ तैपनि मन बुझेन । त्यो दिन पनि मैले घर सम्झेँ । धेरै सम्झेँ । बेकाममा भएका जहान–परिवार छोडेपछि यस्तै हुनुपर्ने होला । अब मैले सराप सहेर बाँच्नुपर्ने भयो त ? कोठामा पुग्दा नपुग्दै मस्तिष्कमा त प्रलय नै होला जस्तो भइदियो ।
घामको लोभ नगरी नै चिया खान जाने विचारले फेरि सताउन थाल्यो । जाडो निकै पो होला बाहिर । यसपालीको जाडो भर्खर शुरु हुँदैछ । एउटा बाक्लो स्वीटर किन्नपर्ने भइसक्यो । तर किन्नलाई चाहिने पैसाको समस्या ! हो समस्या समाधान हुने कुनै सम्भावना छैन । ज्वरोले होला यति धेरै जाडोको अनुभव भएको । त्यो कोट !!! त्यो त मैले हराएँ । भित्री जम्मै फाटिसकेको त्यो कोट अस्तिको दिन मैले कहाँ छोडेँ–हराएँ केही सम्झना छैन । कहीँ छोडेको भए त्यो हराइहाल्नु नपर्ने हो किनभने त्यो फाटेको कोट अरु कसैलाई काम लाग्दैन मलाई मात्र काम लाग्छ । स्वीटर किन्न सक्दिनँ म, कोट किन्न सक्दिनँ म, यहाँको जाडो खपेर कसरी बाँच्नु ! हैन ज्वरो कति छ बरु त्यो थाहा पाउन पाए हुने । निधार छाम्छु । हात तातो हो कि निधार तातो ठम्याउन पनि सक्तिनँ । देखाउन जानु पर्ने हो कि ! दशवटा रोग बताएर ल्याउँछ – कहाँ पाउनु औषधि किन्नलाई पैसा ? न्यानो हुने गरी कपडा लगाउन पाए, तातो चिया र भात खान पाए शायद यो ज्वरो निको हुने हो कि ? हैन निको हुनुपर्ने भन्ने केही छैन ननिको पनि हुनसक्छ । आफूलाई झन् झन् रोगग्रस्त हुन थालेको जस्तो हुन्छ ।

ए, अब त बाहिर घाम लागिसकेको छ । तर त्यति उज्यालो घाम भने हैन । कमीज लाउन थाल्छु । निकै मैलो भैसकेको रहेछ । होस् यतिकै ठीक छ । पसलमा भीड पनि कम भैसकेको रहेछ । भित्र बसेर अझै एक हुल केटाहरू ठूलो–ठूलो स्वरले गफ हाँकिरहेका थिए । भित्र गुम्सिएको ठाउँमा बस्न मन लागेन र बाहिर बसेर चिया खान थालेँ । अलि पर बसेर लामाभाइ साइनबोर्ड लेखिराखेथ्यो । उसको कामै यही हो । लामा भाइले मुसुक्क हाँसेर भन्यो –“दशैं आइपुग्न आँटिसक्यो, दाइ घर जानु हुन्न ?” मलाई त यादै भएन दशैं आउन लागेको पनि । अचानकै पोहर सालको दशैंपछि आएको चिट्ठी सम्झन्छु, श्रीमतीले लेखेकी थिई –“यसपाली त पक्कै आउनु हुन्छ भनेर केटाकेटीहरू रमाइराखेका थिए तर दशैं बितिसक्दा पनि तपाईं आउनु भएन ।”


लामाभाइतिर हेर्छु, ऊ तन मन दिएर बोर्डमा लेख्न व्यस्त भैसकेको थियो । “तिमी घर नजाने त” – म सोधिहाल्छु । “जानुपर्छ दाइ अलिकति किनमेल गर्नुछ त्यसपछि निपर्सितिर जानुपर्ला, बसको टिकट पाउनै कस्तो समस्या ।” ऊ एकैचोटि कुरा भनिसिध्याउँछ ।

कुनै नेल हतकडी बिना नै म बाँधिएको छु । म थुनिएको छु यो शहरमा । यो पाली पनि मलाई जाने फुर्सद छैन । कहिले जान्छु होला त्यो पनि थाहा छैन । चिया खाइसकेर म कतै नगएर एउटा पत्रिका उधारो लिएर कोठैमा फर्कन्छु । झ्याल खोल्छु अलिकति घाम ओछ्यानमा पोखिन्छ । मलाई लोभ लाग्छ र गएर त्यहीँ बस्छु । वातावरण अलिकति हलुङ्गो भएर आउँछ । पत्रिका पढ्नुभन्दा बढी मनमा कुराहरू खेल्न थाल्छन् । जीवनले भोग्नुपर्ने परिधि यति मात्रै हो र ? बाँच्नुको मूल्य यति सस्तो हो त ? जीउ अलि अलि न्यानो हुँदै आइरहेको अनुभव हुन्छ । अहिले घाम अगिको भन्दा चर्किसकेको छ । पत्रिका पल्टाउँदै जान्छु तर फेरि पनि– “यसपालि त पक्कै आउनुहुन्छ भनेर केटाकेटीहरू रमाइराखेका थिए । तर दशैं बितिसक्दा पनि तपाईं आउनुभएन ।” यही नै पंक्तिको झझल्को आउन थाल्छ । मैले जान नपर्ने हो कि जान नखोजेको हो कि– अन्योलमा पर्छु, कुनै निर्णय लिन सक्तिनँ । शायद आफैभित्रको विश्वास पनि धमाधम पग्लिंदै गइरहेछ । मनभित्र अर्को कुनै विश्वास र आस्था पनि भित्रिन सकेन न त मैले भिœयाउने कोशिश गर्छु होला ।
यतिकै यो शहरमा म किन थुनिन आइपुगेँ ती कुराहरू अहिले मैले बिर्सिसकेको छु भनुँ भने यो शहरलाई मैले यति धेरै माया गरिसकेको रहेछु कि म हतपति यसलाई छोडेर जान पनि सक्तिनँ । एक किसिमको मोहले लट्ठिएको छु म । यति धेरै माया भइकन पनि न त मैले यहाँ व्यवस्थित भएर रहन सकेँ न त सुविस्तासँग एक छाक खान पाएँ ।
भनिन्छ यात्रा शुरु गर्दा गर्दै केही गरी सूर्यग्रहणको दिन कुनै ठाउँमा पुगिन गएको खण्डमा त्यो मान्छेले जिन्दगीभर त्यहीँ छटपटाउनु पर्छ, उम्कन पनि सक्तैन त्यो मान्छे त्यो ठाउँबाट । यो कुरा मलाई तीन वर्ष अगाडि एकजना मेरो मिल्ने साथीले भनेको हो । तीन वर्ष अगाडि म यहाँ आइपुगेकै दिन सूर्यग्रहण परेको रहेछ, त्यसैले होला आकाश पनि धुम्म परेको थियो त्यतिबेला वातावरण एक किसिमले उराठलाग्दोे नै थियो । त्यही दिन साथीसँग भेट भएपछि दुःखित भएर उसले यिनै कुराहरू भनेको थियो तर मैले हाँसोमा उडाइदिएँ । मलाई विश्वासै लागेन । यस्तो हुनु प्रकृतिको नियम हो – हुनुपर्ने भैजान्छ योभन्दा बढी अरु केही हैन ।


तर विनाकाम विना माम यो शहरमा रुमल्लिरहनु पर्ने बोध भएपछि म सूर्यग्रहणको दिनलाई सम्झन थाल्छु – शायद म यसकारणले नै घुमिरहेछु । सम्पूर्ण दुःखीहरूको ग्रहण ममाथि नै परेको छ । सूर्यग्रहणको कुरा सम्झेपछि मनमनै सोच्न मन नलागी नलागी सोच्छु । म कुन साइतमा यहाँ पसेछु – थाहै नपाई म अन्धविश्वास गर्न थाल्छु । यी दिनहरूलाई सम्झँदा नियाल्दा विश्वासको मात्रा अझ बढ्न थाल्छ । घामलाई छेकबार लगाएर थुनेजस्तै सुटुक्क थाहै नपाई भागेर जाने इच्छा प्रबल हुन्छ । हैन गए त ठाउँ छ नि मेरो । तर जाने इच्छा उम्रन सकेन । सोच्छु – जीवन यतिकै भएर त कसरी बाँँच्न सकिएला र ? तर हैन बाँच्न सकिंदो पनि रहेछ । मैले सोचेको भन्दा बढी दुःख भोग्दा पनि जीवनका क्षणहरूमा म थाकिनँ । अब मलाई थाक्नु अत्यावश्यक पनि भैसकेको छ ।

सूर्यग्रहणलाई सम्झेपछि नै म शिथिल हुनजान्छु, अब यहीँबाट मेरो थकान शुरु भैजाने हो कि ? सूर्यग्रहणको मैलो दिनको सम्झना झल्झली आउन खोजिरहेछ । ग्रहणले मलाई मात्र छोए जस्तो म विक्षिप्त भैसकेको छु । तैपनि अखण्ड माया यो शहरप्रति छ, अखण्ड प्रीति यी मूल्याङ्कन हुन नसक्ने परिस्थिति र बाध्यताहरूसँग छ । तिनीहरूलाई श्रृङ्खलाबद्ध गराएर बाँध्न चाहन्छु । त्यस्तो पनि हुन सकिरहेको छैन । एउटा स्थापित मूल्य भन्दा पनि कता हो कता घटिसकेको छ जीवनको मूल्य । मूल्य बढाउने कुरामा सम्झौता कोसँग गर्ने ? कसरी गर्ने ? आदि कुराहरूले, सोचाइहरूले नीलकाँढाको रूप लिन्छु – नीलकाँढाको घोचाइ सहनु पर्ने बाध्यता । यसैलाई जीवनको अन्तिम मोड भनुँ भन्दा पनि चित्त बुझ्दैन – अलिकति हिँडिहालेँ भने त कुनै सुगम घुम्ती भेट्टाइहाल्छु कि भन्ने उत्साह पनि आउँछ मनमा, तर यो भन्दा अगाडि कुनै घुम्ती छ÷छैन – त्यो पनि थाहा छैन । अत्यास लागेर आउँछ, दृष्टिहरू एकचोटि फाल्छु पर……निकै निकै परसम्म…… ।


अघिल्लो पोष्ट

कम्पन

पछिल्लो पोस्ट

मधुशाला

अनिता तुलाधर

अनिता तुलाधर

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
मधुशाला

मधुशाला

शहर

शहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्राचीन १५ लिपिको एउटै तालिका

प्राचीन १५ लिपिको एउटै तालिका

४ जेष्ठ २०७९, बुधबार
त्यस पछि तिमीले पनि भुल्नेछौ

त्यस पछि तिमीले पनि भुल्नेछौ

४ जेष्ठ २०७८, मंगलवार
अग्रजका बिम्बहरु

अग्रजका बिम्बहरु

४ जेष्ठ २०७९, बुधबार
परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक