लड्नु छ हामी
अझै धेरै छन् यहाँ
वरिपरि चुनौतीहरू
चढ्नु छ खुड्किला
अनि पहाड
उकालीहरू
जहाँ तेर्सिरहेका छन्
अभाव आक्रान्त बनेर
नैराश्यताहरू
गतिशील बनेका छन्
बिकराल, खोक्रो बन्दैछ
मानबता !
रोग, भोक
गरिबीसँग पनि
युद्द लड्नु छ
र
जित्नु छ युद्ध
फहराउनुछ ऐश्वर्यको झण्डा !
सङ्घर्षको मैदानमा
कहिले पनि
हुनु छैन बिचलित
शिखर चढ्नु छ
उत्साहको, उमङ्गको
फेरि पनि डटेर
लडिरहनु पर्छ हामी
विजय उत्सवका खातिर
एकजुत भएर !
विगत र वर्तमान बीच
जसरी ठूलो खाडल छ
वर्तमान र भविष्य बीच पनि
रहने छ फरकपन
त्यो भिन्नता
समानताको, सहभावको
अनि सद्भावको
सङ्घर्ष त चल्दै गर्छ
बिचारको
मूल्य र मान्यताको
तर हामी
विवेकले चलिसकेका हुने छौं
नयाँ सोच र प्रबृत्तिले
बढिसकेको हुने छौ
हामीले त धेरै उंचाइ
नापिसकेको हुने छौ
रूपान्तरणको यो युद्धमा
बिभेदका अवषेशहरू
खरानी बनिसकेका हुने छन्
र हामी धेरै अगाडि पुगेका हुने छौं ।
०००