२०७३ साल मङ्सीर दोश्रो हप्तातिरको कुरा हो । एकदिन साहित्यकार जलेश्वरी श्रेष्ठले फोन गरेर भन्नु भयो । “२४ गते तपाईलाई फुर्सद छकि छैन ? बन्दीफुरमा एकदिने साहित्यिक कार्यक््रम छ । एकरात त्यहि बस्नु पर्छ । भोली फल्ट कार्यक््रम सकेर फर्किन्छौं ”।
बन्दीपुरको नाम सुन्ना साथ म औधि खुसी भएँ । त्यसपछि दायाँ वायाँ कतै नसोची आँखा चिम्लेर हुन्छ , भनिदिएँ । किनभने तीन वर्ष अघि देखिनेै जलेश्वरीले तँपाईलाई पनि बन्दीपुर लैजाउँला भन्नु भएको थियो ।त्यो बेला देखि मनमा बन्दीपुरको सपना पालेकी थिएँ ।त्यसकारण यो मौक कुनैपनि हालतमा गुमाउन चाहन्नथें ।“ ल.. मैले तपाईको नाम टिपें है ? ”भनेर उहाँले फोन राख्नु भयो ।
मलाई झट्ट आफू केटाकेटी उमेरमै छँदा रेडियो बाट प्रसारण हुने “बन्दीपुरे ऊकाली लामो …बोलको गीत याद आयो । २०१५ सालमा मविवि शाह (तत्कालिन राजा महेन्द्र बीर बिक््रम शाहदेव) द्वारा रचित उक्त गीतले निकै चर्चा पाएको थियो त्यो बेला । बुझेर होस् वा नबुझेर मलाई पनि त्यो गीतले खुवै मन छोएको थियो । किनभने म पनि त्यस्तै उकाली ओरालीलाई आफ्ना साना साना कलिला हात पाउहरुले दिनहुँ सुम्सुम्याउँथें । त्यहि भएर पनि होला सायद ।
हुनत अधिकांश पहाडि भूभागले बनेको हाम्रो देशमा बसोवास गर्ने नागरिकहरुको दैनिकी उकाली ओरालीमै वित्ने गर्दछ । ती सबै उकाली ओरालीका गीत लेखिएनन् तर बन्दीपुरको चाँही लेखियो । के छ त्यस्तो बन्दीपुरको खास विशेषता ? एकपटक् त्यहाँ गएर प्रत्यक्ष आँखाले हेर्न पाए हुन्थ्यो भनेर मनमा एक प्रकारको कौतुहलता पनि जाग्यो । त्यसपछि २४ गते आउने दिन गन्दै क्यालेण्डरमा चिन्ह लगाउँदै गएँ ।
बन्दीपुर जानु दुईदिन अगाडि पोखराबाट बिमला बहिनीको छोराको बिबाहको कार्ड आयो । बिबाह पनि मङ्सीर २४ गतेनै रहेछ । बिहामा जाने कि बन्दीपुर जाने ? दोधारमा फरें म । मेरो लागि दुबै कार्यक््रम उत्तिकै महत्वपुर्णका थिए । बास्तावमा बिहा जिन्दगीमा एकपटक् गरिन्छ । त्यस्तो अवसरमा उपस्थित भएर बर वधुलाई आशिर्वाद दिनु मेरो कर्तब्य हो । फेरि धेरै वर्ष देखि भेट हुन नसकेका आफन्तजन सँगको भेटघाट रमाइलो पनि त हुन्छ नि । एका तर्फ त्यो छ भने अर्का तर्फ बल्ल बल्ल बन्दीपुर जान पाएको मौका कसरि उम्कन दिनु ? बडो असमन्जस्यमा परें म । आफै निर्णय गर्न कठिन पर्यो मलाई त्यसकारण श्रीमान सँग सल्लाह मागें ।
उहाँले “ अहिले तिमी साहित्यमा समर्पित भएकी छौ त्यसैले बन्दीपुर जानै उपयुक्त होला । बहिनी र उनको परिवारलार्इृ पछि पोखरा जाँदा भेटे पनि भइहाल्छ ”भने पछि मैले ढुक्क सित बन्दीपुर जाने निर्णय गरें ।त्यसरि मेरो फारिवारिक कार्यक््रमले झन्दा साहित्यिक कार्यक््रमले प्राथमिकत पायो ।
२०७३ साल मङ्सीर २४ गते विहान आठ बजे म बालुवाटारस्थित जलेश्वरीको निवासमा पुगें । मलाई देख्ने वित्तिकै वरिष्ठ कवि द्वारिका श्रेष्ठ दाई नजिकै आउनु भयो र बडो स्नेह पूर्वक कुर्चि तिर हातले सङ्केत गरि बस्न आग्रह गर्नु भयो । मैले उहाँलाई दुईकर जोडी अभिवादन गरे । घर अगाडि प्राङ्गणमा १२ओटा कुर्चिहरु लहरै राखिएका थिए । मैले एउटा कुर्चि रोजेर त्यसैमाथि थ्याच्च बसें । त्यसपछि उहाँ आफ्नोकाममा लाग्नु भयो । मैले द्वारिका दाईकै विषयमा सोच्न थालें कति सरल हुनुहुन्छ द्वारिका दाई , धन दौलत , इज्जत, मान सम्मान , प्रतिभा के छैन उहाँसँग ? तापनि अभिमानको हावाले कत्तिपनि छुन सकेको छैन उहाँलाई । सफा , निर्मल स्फटिक जस्तो मन भएको मान्छे हुनुहुन्छ उहाँ । साहित्य र साहित्यकार लाई औधी माया गर्ने हामी सबैका आदरणिय, प्रिय दाई हुनुहुन्छ कवि द्वारिका श्रेष्ठ ।
एकछिन पछि प्रभा भट्टराईजी टुप्लुक्क आइपुग्नु भयो । एकलै भएको बेला उहाँ आउँदा खुसीले मन बुर्लुक्कै उफ्रियो शिष्टाचार स्वरुप नमस्ते आदान प्रदान पछि म सङ्गैको कुर्चिमा बसेर “दिदी कती चाँडै आईसक्नु भएछ, ”भन्नु भयो ।
‘ हो तनी , म त बोलाएको ठाउँमा जहाँ पनि निर्धारित समय भन्दा अगाडिनै पुगेर सबै भन्दा पहिला हुन्छु नि ‘ भनेर यसै त मेरो ठूलो नाक , फुलाएर झन् ठूलो पारें ।मलाई हेर्दै प्रभाजी मुसुमुसु हाँसरिहनु भएको थियो । त्यहि बेला घर भित्रबाट माया ठकुरी दिज्यु बोलेको आवाज बाहिर निस्केर मेरो कानमा ठोकियो । त्यसपछि त मेरो फुलेको नाक स्वाट्टै घटेर चाउरिएको महशुस गरे मैलें । किन भने माया दिज्यु म भन्दा टाढाबाट सबैभन्दा पहिला आईसक्नु भएको रहेछ ।
बन्दीपुर जान थप स्रष्ठाहरु आऊने क््रम जारि थियो । तुलसीहरि कोइराला, सुशीला प्धानाङ्ग, अपूर्व न्यौफाने, अनिता श्रेष्ठ, रश्मी खागी आएर लाइनै कुर्चिमा बसे । हामीलाई बोकेर लाने बाहन लग्जरि कोच(ठूलो माइक््रोबस) सररर्र आएर हाम्रै अगाडि टक्क रोकियो । ८।४५ बजिसक्द फनि कार्यक््रम सयोजक कार्तिकेय घिमिरे आइपुग्नु भएन । उहाँलाई पर्खेर बस्दा समय लम्बीएझै लाग्यो । प्रतिक्षा.को एकपल.पनि लामो हुन्छ भनेको साँच्चै रहेछ । हामी सबैका आँखा बाटो तिर तानिए । उहाँ बिना हाम्रो यात्रानै रोकिएझै लागेको बेला बाइक चढेर कार्तिकेयजी हस्याङ् फस्याङ् गर्दै आइपुग्नुभयो । त्यसपछि सबैजना खुसी भएर आ आफ्नो झोला बोकेर गाडि भित्र छिर्योैं । मसङ्गैको सिटमा सुशीला प्रधानाङ्ग हुनुहुन्थ्यो । बिहानको ९ बजे हामीले बालुवाटार छोड्यौं । शनिवारको दिन त्यसमा पनि विहानको समय भएर होला अघिपछि भिडभाड हुने सडक त्यस दिन होलो थियो ।
गाडी रत्न पार्क तिर नगएर सोह् खुट्टेको बाटो लाग्यो ।ताहाचलमा पुगेर गाएक रमेश सुवेदी(दृष्टि विहीन) र उनका छोरा मौलीक सुवेदी ( वर्ष १०) थपिए । अब गाडि भित्र डाईवर बाहेक हामी १२ जना भयौं । प्राय पूर्व परिचित साहित्यकाहरुनै भएकाले रमाईलो अनुभूत भईरहको थियो ।हामी आपसमा गफिदै र विच विचमा चकलेट, निम्की, लप्सी पाउँ चुस्दै अगाडि बढिरहेका थियौं । गाडिले पनि हामीलाई समयमै बन्दीपुर पुर्याउने प्रयास गरिरहेको थियो ।
यो बाटो भएर अर्थात् पृथ्वी राजमममार्ग भएर म धेरै पटक् ओहर दोहर गरि सकेकि थिएँ । तर यस्पाली साहित्यिक यात्रा भएर होला अघिपछि भन्दा सजिलो र रमाईलो लागिरहेको थियो मलाई । कानले स्रष्टाहरुका कुरा सुनिरहेका हुन्थे भने आँखाहरु गाडिको झm्यालबाट देख्न सकिने सम्मको दृश्यावलोकन गरिरहेका हुन्थे ।यसै क््रममा पहिला सङ्लो बग्ने गरेको त्रिशुली नदी धमिलो लेदो बगेको देखें । बिना वर्षा, बाढी पहिरो नदी किन धमिलो भनेर मेरो मनमा खुलदुली मच्चीयो ।सङ्गैको सिटमा बसिरहनु भएकी साथीलाई सोधे । उहाँले मास्तीर पानी परेर होला नि भन्नुभयो । म चाहीं उहाँको जवाफबाट सन्तुष्ट हुन सकिन । मनमनै पछि कसैसँग सोधुँला भनेर त्यताबाट आफ्नो ध्यान हटाई बसभित्र आँखा डुलाएँं । स्रष्टाहरु आआफ्नै धुनमा मस्त गफ गरिरहनुभएको थियो झने माइक््रोबस पनि आफ्नै गतिमा गुडिरहेको थियो ।समय कटेको पत्तै नपाई मलेखु पुगिएछ । त्यहि खाना खाने ब्यवस्था गरिएकोले सबैजना गाडीबाट ओर्लेर होटल भित्र पसे । म चाहिं आफ्नो मनको खुल्दुली मेटाउन होटल अगाडि उभिएको एकजना अधबैंशेलाई सोधे ‘त्रिशुली नदी धमिलो बगेको देखें किन होला तपाईलाई थाहा छ ? र्।
मेरो प्रशन सुनेर ऊ पहिला फिस्स हास्यो र भन्यो “ए ’त्यो त्रिशुली ! ठेकेदारले बालुवा प्रशोधन गर्याभएर धमिलो भएको हो” ।
उसको जवाफ सुनेर मेरो दिमाग नराम्ररी रन्थनियो । किनभने बालुवाकै निम्ति यसरी नदी प्रदुषित पार्नु कहाँ सम्मको अन्याय हो? जतिबेलै धमिलो लेदो पानीले नदि भित्रका जलचरहरुलाई कति असर पर्दोहो, यस्तर्फ न स्थानिय बासीन्दाहरुको न सरकारको कसैको ध्यान पुगेको देखिएन । मानिसहरुले काठमाडौ उपत्यकाकों नदीनालाजति ढल बनाई सके ,हुँदाहुँदा उपत्यका बाहिरका स्वच्छ पवित्र नदीलाई पनि विटुलो पार्न छोडेनन् । बास्ताबमै मानिसहरुले प्राकृतिक स्रोत साधनको चरम दुरुपयोग गरिरहेकाछन् यतिखेर । जसरि भएपनि पैसा थुपार्न उद्दत देखिन्छन् मान्छेहरु । आखिर मरेर जाँदा लाने केहिछैन । नाङ्गै जन्मीयौ नाङ्रगै जानेहो फेरि किन पैसाको लागि विनास निम्त्याइरहेकाछन् मान्छेहरु? बुझ्नसकिरहेकी छैन मैले । यस्तै कुराहरु मनमा खेलेर खाना खाउन्जेलपनि मन शान्ति भएन ।
मलेखु बाट गाडि अलि तिव्र गतिमा गुड्न थाल्यो । मेरो अशान्त मन सँगै आँखाहरु पनि गाडिको झ्याल बाहिर सडकमा कुद्दै थिए । दायाँ साइडमा बन्दीपुरमा यहाँहरुलाई हार्दिक स्वागत छ भनि लेखिएको एउटा बोर्ड देखें । मैले सोचे. बन्दीपुर यसैको आसपासमा हुोला भनेर यता उता हेरें पनि तर त्यहाँ ओरिपरि नजिक बस्ती देखिएन । गाडी पनि रोकिएन । यत्तीकैमा डुम्रे बजार आई पुग्यो । त्यसको एक किलोमिटर पर पिप्ले भन्ने ठाउँमा पुगेपछि गाडि दायाँ तर्फ मोडियो । यहिंबाट पृथ्वीराजमार्ग सँग बन्दीपुर जाने बाटोछुट्रटीने रहेछ । त्यसपछि कतै अलि तर्पायाँ , कतै अलिकति तेर्सो, कतै उकालो हुँदै २५ मिनेटमा बन्दीपुर बजार पुगीयो ।
मलाई भने त्यहि गीतमा गुञ्जीएको बन्दीपुरे उकाली लामो … हेर्न मन थियो त्यसकारण जलेश्वरीलाई सोधे. । उहाँले “बन्दीपुर प्रवेश मार्ग तीनओटा छन् । एउटा डुम्रे बजारको पूर्वि छेउ (अघि आउँदा देखेकोबोर्डको अपोजिट ) बाट पैदल जानेपुरानो बाटो । अर्को विमल नगर बाट पैदल बाटो । यो चाहिं नयाँ मोटर बाटो भएकाले गीतमा भएको उकालो यहाँबाट देखिदैन” भन्ने जानकारी पाएँ । त्यसपछि बन्दीपुरे उकाली…हेर्ने रहरलाई त्यहि छोडेर त्यहाँकाअन्य प्राकृतिक सौदर्य अवलोकन गर्न थाले ।
गाडिबाट ओर्लन नपाउँदै बन्दीपुरमा सबैभन्दा पहिला युवा समाजसेवी रोज गार्डनजीले हाम्रो स्वागत गर्नुभयो । त्यसपछि उहाँ पनि हामीसँगै बसेर डाईवरलाई होटलसम्म गाइड गर्नुभयो । हामी आआफ्नाझोला सहित होटलको कोठाभित्र पस्यौं । सुशिला प्रधाङ्ग र मेरो कोठा एउटै थियो ।भरखर दिनको तीन मात्र बजेकोले बाँकी समय बजार र आसपासका रमणीय दृश्याअलोकनका लागि हामी सबै जना होटल बाट बाहिर निस्कीयौं ।
टमक्क ढुङ्गा छापेका सफा फराकिलो बाटा े, बाटोको दायाँबायाँ सटरविनाका काठकै ढोका भएको लहरै मिलेका एकनासे पुराना कलात्मक घरहरु , घरैपिच्छे आँगन देखि कौशीसम्म लहरिदै गएर ढकमक्क फुलेका बेगमबेली फूलहरु देखेर मेरो मन पुलकित भयो र मुखबाट फुत्त ब्यटिफुल बन्दीपुर भन्ने शब्द निस्कीयो ।म सङ्गै हिंडिरहनु भएकी सुशीलाजीले “हो तनी , त्यहि भएर त बन्दीपुरलाई पहाडकी रानी भन्छन् नि ”भन्नुभयो । मैले उहाँको भनाइमा सतप्रतिसत सहमति जनाएँ । त्यसपछि दायाँवायाँका सौन्दर्यहहरु नियाल्दै दुइतले पुस्तकालय भवन अगाडि पुगियों । उक्त पूस्तकालयले बन्दीपुर बजारको शोभा बढाउनुको साथै त्यहाँका जनतामा चेतना जगाउन ठूलो भूमिका खेलेको पाइन्छ । ।त्यतिमात्र काहाँ होर थुप्रेै साहित्यकारहरु पनि जन्माएको रहेछ भन्ने कुरा बन्दीपुरबाट बर्सेनी प्रकाशित हुने स्मारिकामा पढ्न पाईन्छ । त्यसको अलावा बरिष्ट साहित्यकार मोहन बाहादुर कायस्थ र शिव रेग्मी द्वारा सङ्रकलित सम्पादित बन्दीपुरका कविहरु शिर्षकको पुस्तकमा त्यहाँका कवि लेखकहरुको अभिलेख तयार पारि प्रकाशित गरिएकोदखिन्छे ।
दुई पाङ्ग्रे , चार पाङ्ग्रे (साइकल , बाइक , मोटर )कुनैपनि सवरी साधनलाई बजारमा प्रबेश निषेध गरिएको रहेछ त्यहाँ । त्यसकारण ढुक्कले हिंडीरहेका थियौं हामी । लगभग बजारको पुछारमै पुगेपछि प्रभाजीले “यहाँबाट अलि पर तीनधारा छ , जानेहो?”भन्नासाथ अपूर्व न्यौपाने,अनिता श्रेष्ठ, रश्मी खागी र मौलीक अघि लागि हाले । अरुहरु कोहि पुस्तकालयमा कोहि बजार तिरै अलमलिए । प्रभाजी सुशिला प्रधानाङ्ग र म सङ्ग थियौं । मलाई तीन धारा जान मन लाग्यो किनभने यहाँसम्म आएपछि हेर्न लायकका ठाउँहरु छोड्नुहुन्न मेरो मनले भनीरहेको थियो । त्यसैले म जान्छु भनेर तम्सीएँ । सुशीलाजी अलिपरको नोस्टेडम स्कूलसमम पुग्नु भयो त्यसपछि सिंढींनै सिंढीं भएको अलि ठाडो बाटो देखेर होकि “ भो म त नजाने ”भनेर त्यहिं छेउको पेटीमाथि थुचुक्कै बस्नु भयो । अपूर्व र रश्मीहरु अगाडि गइसकेका थिए । उमेरको कारणले होला ती भरखरका ठिटा ठिटीहरु हामीसित त्यति कुरा गर्दैनथे र सङ्गै पनि हिंड्देनथे ।
अब प्रभाजी र म मात्र बाँकी रह्यौं । हामी ढुङ्गा छापेको सिंढी उक्लीएर विस्तारै तीनधारातिर लाग्यौं । असजिलो बाटोमा प्रभाजीले मलाई हात समातेर भर दिने गर्नुहुन्थ्यो । अलि पर पुगेपछि तेर्सो बाटो हिड्दै थियौं प्रभाजी टक्क रोकिनु भयो र ”म जन्एिको घर ”भनेर एउटा घर देखाउनु भयो । बाटोमै उभिएर घरको चारैतिर आँखा डुलाएँ मैेले । पुरानो डिजाइको बार्दली भएको त्यो घर रङ्रोगन लाएर सफा चिटिक्क पारेर राखिएको थियो ।मान्छे भने देखिएनन् । तीन धारा पुगेर फर्कन ढिला होलाकि भनेर हामीले घरभित्र पसेर कोसैलाई बोलाउन चाहेनौ ।त्यसपछि सरासर अघि बढ्यौं । मलाई त्यो घर प्रति मनै देखि श्रद्धा जाग्यो । किनभने नेपाली भाषा साहित्यको बहुआयामिक ब्यक्तित्वका धनी प्रभा भट्रटराई जन्माउने त्यो घर कस्तो भाग्य मानी रहेछ । फेरि यतिका वर्षसम्म पनि त्यो घरको संरचना जस्ताको तस्तै देखेर अझ बढि खुसी लाग्यो मलाई ।
प्रभाजीले आफ्नो बिगत संझदै भन्नु भयो “जागिरको सिलसिलामा । बुवालाई घरि कता घरि कता गइरहनु पर्थ्यो। बुवा संगै हामी पनि जान्थ्योै । त्यसकारण हाम्रो परिवारको घरमा भन्दा बाहिर जिल्लमा बढि समय वित्ने गर्दथ्यो । बुवाको जागिर बन्दीपुरमा भएको बेला म यहि जन्मीएको रे । मैले थाहा पाउँदा बुवा यहिंको जिल्ला शिक्षा.अधिकारी हुनुहुन्यो ।पहिला तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरमा थियो । बन्दीपुरबाट दमौलीमा त पछि सरेकोहो”। यसरी कुरा गर्दै हिंडेर हामी तीनधारा (ढुङ्गे धारा) पुग्यौं ।
बजार देखि एककिलो मिटर जतिनै पर पूर्व दक्षिण तिरको गहिराइमा रहेछ तीन धारा ।जाँदा जाँदै बाटो देखि अलि पर बायाँ साइडमा राधाकृष्णको मन्दिर रहेछ । मन्दिर देखि ५००मिटर जति तल चारैतिर हरियाली ,नजिकै वर पिपलका दुईओटा चौपारी ,चौपारी सँगै पुरानो पाटी( पहिला पैदल यात्रुलाई बास बस्न बनाएको ढोका नभएको कोठा) ले शोभायमान धाराको निर्मल पानी देख्नासाथ एक प्रकारको शीतल र आनन्द महशुस भयो ।त्यतिपरदेखि हिंडेर आउँदाको थकान पनि मेटियो मेरो । अंजुलीमा पानी थापी घट्घटी पिएर धेरै बर्ष देखिको प्यास समेत मेटीयों । नढाँटी भन्नुपर्दा २०३४ सालमा बिबाह भइ स्याङ्जा बाट काठमाडौं भित्रिए देखिनै यसरि पाकृतिक धाराको पानी खान पाएकै थिइन । पेट भरिएपनि मन नभरिने जति खाए पनि खाइरहुँलाग्ने तीनधाराको पानी मेरो लागि अमृत भयो । किनभने पानी खाए पछि शरिरमा शक्ति सन्चार भएर फुर्ति बढेको महशुस गरें मैले । त्यस क्षणमा प्राप्त आनन्दलाई म कहिल्यै विर्सन सक्दीन ।
हामी तीन धाराबाट फर्किएर बजार आइपुग्दा एउटा चिया पसल आगाडि बाटोकै छेउमा राखिएका कुर्चिमा बसेर जलेश्वरी ,माया दिज्यु ,तुलसीहरिजी र कार्तिकेय घिमीरे गफिदै गरेको भेटियो । उहाँहरुले ललआउनुहोस् तपाईहरुलाइनै पर्खिएको..भनेपछि सबैजना ग्रुपै बसेर स्वच्छ , शान्त वातावरण , चिसो बढ्दैे गरेको साँझमा तात्तातो चिया र मिठो सेलरोटी खायौं ।पाल्पाको झिलिङ्गा रोटी जस्तै बन्दीपुरको सेल रोटी प्रशिद्ध रहेछ ।
खाँदै गर्दा मैले झट्ट काठमाडौलाई सम्झें ।अनि केहि दिन अगाडि कौेशिमा सुकाएको मस्यौरा पकाउँदा किरकिर लागेर खानै नभएको पनि सम्झें । त्यसपछि मन मनै भने. त्यहाँ भएको भए यसरि बाटोछेउमा बस्दा धुलोले छपक्कै छोपेर खाने कुरा त के मान्छेपनि चिन्न नसकिने हुन्थ्यो होला ।त्यस्तोमा पनि बाटो छेउ छाउमा खानेकुरा बेच्ने पसलको कमि छैन । खानेले पनि श्वस्थ्य प्रति चेतना नभएर हो वा सस्तो पाइने लोभले हो स्टीट फास्ट फुड को बजार बढिरहेकै छ काठमाडौंमा । यहाँ जस्तो स्वच्छ वातारण भएको भए त मान्छेहरुले घरको चुल्हो सडकमै बनाउथे होलन् , भनेर मनमनै हाँसो पनि उठयो ।
झमक्क साँझ परेपछि हामी होटलमा फर्कियौं र रमेश सुवेदीको कोठामा जम्मा भएर आआफ्ना रचना सुनाउन थाल्यौं । सुवेदीजीको सुरिलो स्वरमा जलेश्वरी, प्रभा भट्टराई र कार्तिकेय घिमिरेले लेख्नुभएको गीतहरु सुन्न पाउँदा मन्त्रमुग्ध भएँ म त । तुलसीहरिजीको ब्यङ्ग्य कविताले सबैको मन छोएको थियो भने सुशीलाजीको कुखुराको पोथीको अभिनयले पेट मिची मिची हँसाएको थियो ।
अरुसँगको यात्रा र साहित्यकारहरुसँगको यात्रामा यहि फरक हुन्छ । दुईचार जना साहित्यकारहरु भेट भएपछि सुरुभैहाछ कविगोष्टी । अनि एकप्रकारको छुटटै रमाइलो साहित्कि माहौल खडा हुन्छ त्यहाँ । अनि त्यसबाट ज्ञान आर्जनका साथै लेखनमा थप उर्जा मिल्ने गरको मेैले महसुश गर्ने गरेकी छु ।
राती आठ बजे खाना खाएर हामी आआफ्नो कोठामा पस्यौं । सुशीलाजी र म निद्रा नपरुन्जेल बन्दीपुरकै सौन्दर्यका बारेमा कुरा गरि रह्यौं । मेरो लागि बन्दीपुर विलकुल नौलो भएपनि उहाँको बहिनीको बिबाह यहीको स्थानिय ब्यक्तिसँग भएकोले पहिला पनि बन्दीपुर आईसक्नु भएको रहेछ । त्यसैेले उहाँबाट बन्दीपुरको विषयमा थप जानकारी पाएँं ।
२५ गते विहान बदीपुरको स्थानिय शक्तिशाली देवी खड्गमाईको दर्शन गर्न गयौं । बन्दीपुर बजार देखि पूर्व तर्फको अग्लो भूभागमा रहेछ मन्दीर । ढुङ्गा छापेर बनाएको सिंढी , दुबै तर्फ फलामको डण्डीको बार भएकोले बार समात्दै उक्लेर माथि गएँ ।पहिला त टाढै छकि भनेर अलि आत्तीएकी थिए तर जममा १५ मिनेट लागेछ मन्दीर पुग्न । मन्दीर प्राङगणमा पुगेर टाउको ठाडो पारि मन्दीर लाई नियाल्न थालें । ढोका बन्द भएकोले भित्र के छ? कस्तो छ थाहा भएन । बाहिर बाटै हेरेर प्राचिन बास्तुकलाले भरिपूर्ण प्यागोडा शैलीको ऐतिहासिक खड्ग माइको मन्दीरलाई हृदय देखिनै नमन गरें । त्यो ऐतिहासिक मन्दिर आज भन्दा ५००बर्ष पहिले राजा मुकुन्द सेन बन्दीपुर आएको बेला मुच्चुक बागथल भन्ने ठाउँमा बसेको र मुकुन्द सेनकै खड्गलाई भित्र राखेर देवीको स्थापना गरि बनाएकोले सो मन्दीरको नाम खड्गमाई रहेको भन्ने कथन पाइयो । हरेक बर्ष दशैंको फुलपातीकोदिन मात्रै खुल्ने रहेछ मन्दीर । त्यसदिन जात्रा लाग्ने र खड्ग प्रदर्शन गर्ने चलन पनि रहेछ ।
मन्दीरको प्राङ्गण बाट देखिने चारैतिरका सुन्दर दृश्यहरुलाई मैले आँखाको माध्याम बाट हृदयमा कैद गरें । हाम्रो ग्रुप(माया दिज्यु, जलेश्वरी, प्रभा भट्टराइ, सुशीला म र तुलसीहरि कोईराला ) आ आफ्नो मोवाइल क्यामरामा फोटो खिच्न ब्यस्त भयौं । केहिबेर बसेर हामी पुन बजार तिरै फर्किदा वरिष्ट कवि द्वारिका श्रेष्ठको जन्मघरलाई राम्ररी नियालेर हेरें । हुनत अगी मन्दीर जाँदा खेरि जलेश्वरीले हाम्रो घर भनेर चिनाउनु भएको थियो । तर मन्दीर पुग्ने हतारले यसरी हेर्न पाएकी थिइन । पुराने डिजाइनको तीनतले त्यो घरलाई मैले हृदय देखिनै सलाम गरें किनभने बरिष्ठ कवि द्वारिका श्रेष्ठ जस्तो मनकारी ,समासेवीलाई जन्माउने त्यो घर ,बरिष्ट कथाकार , साजसेवी जलेश्वरी श्रेष्ठलाई बुहारीको रुपमा भित्र्याउने त्यो घर पक्कै पनि अरु घर जस्तो सामान्य घर होइन । उ बेलामा त्यो घरमा कति चहलपहल थियो होला । घरभरि अटाइ नअटाइ मान्छेहरु थिए होलान् तर अहिले सुनसान छ । मानव विहिन छ ।स्याहार ,सम्भार विहिन छ । अझ भन्नु पर्दा बेवारिसे अवस्थामा देख्दा मेरो मन साह् ैखिन्न भयो ।जलेश्वरी सँग घरको हालत किन यस्तो? भनेर प्रश्न गरें. । उहाँले ”भाइअंश लगाउँदा त्यो घरको पनि अंश लाग्यो । अंशीयारसँग कुरा नमिल्दा एक्लैले केहि गर्न मिलेन । त्यसैको परिणाम हो यो “।
उहाँको जवाफ सुने पछि मैले एउटा घटना सम्झीएँ । हाम्रा माइतको घर नजीकैको एकजना छिमेकीका तीनभाई छोरा थिए । बुवाको मृतु पश्चात ् आमा सहित चार अंश लाग्यो । तीनै भाइले आफ्नो भागको कोठाभाडामा दिएर अन्तै बस्न गए । आमालाई कसैले लगेनन् । बुढी आमाको भागमा परेको एउटा कोठामा राखनधरन, भान्छा, पूजाकोठा,सुत्ने कोठा सबै एकै ठाउँमा अटाएको थियो । विस्तारै त्यो खरको छानो भएको घर चुहिन थाल्यो । तर कसैले छानो मरमत गरेनन् । भाडामा बस्ने मान्छेहरु पनि एकएक गर्दै निस्केर गए । बुढी आमाले कतै जाने ठाउँ पाइनन् । आखिर ३१सालको साउने झरिमा घर ढलेर बुढी आमालाई घरकै गहेले किच्यो ।हाम्रोबुवाले थाहा पाएर हार गुहार गरी भत्कीएको घरको गाहे पन्छाएर हेर्दा बुढीआमाले यो संसार छोडि सकेकी थिइन् । एउटै घरमा धेरै जनाको स्वामित्व भएपछि त्यस्तो पो हुँदो रहेछ ।
हामी सित समय अझै बाँकी रहेकोले टुडीखेल घुम्न जाने सल्लाह भयो । हामी( जलेश्वरी ,माया ठकुरी दिज्यु , प्रभाभट्टराई , सुशीला प्रधानाङ्ग ,तुलसी हरि कोईरालाजी र म बजार देखि उत्तर तर्फ लाग्यौं । अरु फटाफट हिंडेर अघिगए । म ढिलो हिड्ने भएकोले पछाडी थिएँ र ं पनि सुशीलाजीले साथ दिइरहनु भएको थियो । हामीले टुँडीखेल जाँदा बाटोमा पर्ने घरहरु नियाल्दै गयौं । बढारी कुँडारी सफा पारिएका आँगनहरु, लिपपोत गरिएका घरका दैलोहरु ,दलानमा सजाइएका हस्तकलाका सामानहरु ,वरण्डामा झुण्ड्याइएका मकैका झुत्ता , पालीमाथि राखिका पाकेका फर्सिहरुले भरपुर नेपालीपन झल्काइरहेको थियो । त्यसै गरि छपक्क ढुङ्गा छापेका गल्ल्िीका सफाबाटाहरुले बन्दीपुरको थप पहिचान दिइरहेका थिए ।कुनै कुनै घरमा बिदेशी पाहुनाहरु पनि देखिन्थे । मैले सुनेको त्यहाँ अरुको नाममा घर किनेरकेहि वर्ष देखि विदेशीहरु बसिरहेका छन् रे । यहाँको सुन्दरताले मोहनी लाएर त होलानी त्यसरि बसेका ।
बजारदेखि उत्तर तिर झण्डै एककिलोमिटर जतिनै पर रहेछ टुडिखेल ।त्यस्तो उँचाइमा पनि त्यतीठूलो, फराकिलो ठाउँ देख्दा मलाई पाल्पाको टुडिखेलको याद आयो । टुँडीखेलको माझमा उभिएर चारै तिर हेरे.। पूर्व तर्फ हरिया रुखसहितको अग्लो डाँडा , पश्चिममा लाइनै देखिने हिम श्रृङ्खंला, उत्तरमा विशाल फाँट , दक्षिणमा बन्दीपुर बजार प्रवेशद्वार सहितको अग्लो डाँडा देखियो । हामी टुँडीखेलको पश्चिम छेउमै गयोैं । त्यहाँ एउटा रेशोर्ट पनि रहेछ । मैले त्यहाँका एकजना कर्मचारीसँग हिमालको नाम सोधे । उसले हातका औलाले हिामालतिर देखाएर भन्यो उ…त्यो माछापुच्छ्र्र्र्रे, अन्नपूणं, धौलागिरी,निलगिरी, मनास्लु, लाङ्टाङ्, भनेर चिनायो । उसले भनेझै मैले राम्ररी ठम्याउन चाँहि सकिन । किनभने हिमालकाचुचुराहरु उस्तैउस्तै लाग्यो मलाई । तापनि एकपछि अर्को नामले यहि होला भनेर अन्दाज गरी ती चाँदी जस्तै टल्कीएका हिमालहरुको सौन्दर्यलाई आँखाको लेन्समा कैद गरें ।
जाँदा अघिपछि भएपनि टुडिखेल पुगेका हामीसबैजना एकैठाउँमा भेला भएर त्यहाँबाट देख्न सकिने थप मनोरम दृश्यहरु अबलोकन गर्न थाल्यौं । पर पर सम्म देखिने हरियाली बनपहाड , सेती, मादी मर्स्याङ्दी जस्ता नदीहरुबाट बनेका उर्वर उपत्यकाका फाँटहरु एकै ठाउँबाट हेर्न पाउँदा मन पुलकित भयो । जता हेर्यो उतै प्राकृतिक सैदर्यले भरिपुर्ण देखेर मैले फेरि पनि भने“ब्यटिफुल बन्दीपुर”।
टुडिखेलको उत्तरी छेउबाट तल हेर्दा विशाल फाँटमाथि भुई कुहिरोले टमक्कै ढाकेर बादलको सागरै जस्तो देखीयो । यस्तो दुर्लभ मनमोहक दृष्य कमै देख्न पाइन्छ । उक्त दृष्यबाट मोहित भएर माया ठकुरी दिज्युले“ लौ है यस्को विषयमा स्रष्टाहरुले नलेखि हुन्न” भनेर हामीलाई हौस्याउनु भयो । एकछिनपछि मर्निङ् वाकको सिलसिलामा बन्दीपुरका प्रशिद्ध साहित्यकार मोहन कायस्थ पनि टुप्लुक्क त्यहि आईपुग्नु भयो । उहाँसँगको भलाकुसारिमा हामिलाई कस्तो लाग्यो त बन्दीपुर ? भनेर सोध्नु भयो । “राम्रो लाग्यो ”सबैको मुखबाट झट्ट निस्कन सक्ने सामान्य शब्द थियो त्यो । बास्ताबमा सौन्दर्यको बयान गर्न सकिन्छ जस्तो लाग्दैन मलाई । किनभने यो अन्तर हृदयले महशुस गर्ने कुरा हो ।
बिहान भरिको हिँडाई अलिअलिथकाई अनि पेटमा मुसा कुदिसकेकोले अरुठाउँ हेर्न बाँकीनै राखेर टुडिखेलबाट हामी सरासर होटलतिर हान्नियौं । खानातयार भइसकेको रहेछ लोकल कुखुाराको मासुको तात्तातो झोल मसिनो चामलको भात त्यसमाथि बास्नाआउने घीउ के चाहियो र ?मैले त हाँसले दाना निल्दाझैं स्वाल्स्वाल्ती निलेर डम्म पेट भरीहालें । त्यपछि त आलस्य पो लाग्न थाल्यो । नखाउन्जेल बोल्न नसक्ने , खाएपछि चल्न नसक्ने भनेझैं भयो मलाई ।चउरमा गुन्द्री ओछयाएर पल्टीइरहँजस्तो ।
ऊता मुख्य कार्यक््रम त बाँकीनै थियो ।कोठामा गएर छिटो छिटो लुगा फmेरेर कार्यक््रमस्थल भानु माविको प्राङ्गणमा भेलाझईहाल्यौं । अनि कार्यक््रम संयोजक कार्तीकेय घिमीरेले जलरिका साहित्य सेवा बुद्धि रेशम बाल साहित्य लेखन पुरस्कार वितरण समारोह २०७३(विसं २०७१ र २०७२ मा विजयी विद्यार्थीहरुलाई फुरस्कार वितरण कार्यक््रम ) लेखिएको तुल बिद्यालयको भित्तामा टाँग्नुझयो ।
कार्यक््रममा स्थानिय ब्यक्तित्व बरिष्ट साहित्यकार श्री भीष्म श्रेष्ठ अध्यक्ष बन्दीपुर सामाजिक विकास समिती , समाज सेवी श्री चीजकुमार श्रेष्ठ संस्थापक अध्यक्ष बन्दीपुर सामाजिक बिकास समिती ,श्री दिलबाहादुर खत्री प्रधानाध्यापक श्री भानु उच्च मावि , श्री रोज गार्डेन युवा समाजसेवा समिती । लगाएत थुप्रै गन्यमान्य ब्यत्तित्व , स्कूलका बिद्यार्थीहरुको बाक्लो उपस्थिती थियो । प्रमुख अतिथि बरिष्ट साहित्यकार नारी साहित्य रत्न माया ठकुरीबाट दिप फ्रज्वलन गरि कार्यक््रमको उद्घाटन पछि रोज गार्डेले स्वागत भाषण गर्नुभएको थियो ।
समारोहमा बन्दीपुरका माविस्तरका बिद्यार्थीहरुमा मनोवाद शिर्षकमा निवन्ध र विविध शिर्षकमा बालकथा लेखन प्रतियायेगिता गराइसकिएको रहेछ । त्यसैको नतिजा स्वरुप पहिला, दोस्रा, तेस्रा हुनेहरुलाई पुरस्कार दिने रहेको थियो त्यो कार्यक्रम ।
पहिलो पुरस्कार सन्तोष सुनुवार (कक्षा१० पवित्र उच्च मावि बन्दीपुर)ले प्राप्तगरे,त्यसफछि क््रमस — अभिेषक पन्त( नोटेडम उचचमावि बन्दीपुर) , जैनबुल गजाली (कक्षा१० श्री पवित्र मावि बन्दीपुर) प्रेजिना गुरुङ्, प्रिया श्रेष्ठ,र मनिस थापामगर पुरस्कृत भएका थिए ।
उक्त पुरस्कार साहित्यकार द्वय द्वारिका श्रेष्ठर उहाँकी धर्म पत्नी जलेश्वरीश्रेष्ठका नाममा स्थापना गरिएको जलरीका फाउण्डेशन संस्था मार्फत द्वारिका श्रेष्ठका मातापिता बुद्धि—रेशमको नाममा पुस्कार ब्यवस्था गरिएको थियो । कार्यक्रममा काठमाडौंबाट गएका हामी स्रष्टाहरुले आआफ्ना रचना बाचन गरी सुनाएका थियौं भने स्थानिय ब्यक्तित्वहरुवाट शुभकामना मन्तब्य , संस्थापक जलेश्वरी श्रेष्ठबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।कार्यक्रमका संयोजक ,सन्चाकलक र्कािर्तकेयघिमिरे निर्धारित समय अर्थात् दिनको तीन बजेनेै कुशल फूर्वक कार्यक््रम सम्पन्न गर्नु भएको थियो ।
यस्प्रकारको कार्यक्रमले बिद्यार्थीहरुलाई भविष्यमा बालसाहित्य लेखनमा थप प्रेरणा प्रदान गर्दछ भने हामी स्रष्टाहरुलाई पनि नयाँ उर्जा प्राप्तहुन्छ । हाम्रो समाजमा धन भएका मानिसहरु धेरैछन् तर मन भएका मानिसहरु कम छन् । धन र मन दुवैभएका द्वारिका श्रेष्ठ दम्पतिले आफ्ना स्वर्गिय माता पिताको नाममा पुरस्कार स्थापना गरि उहाँहरुलाई अमर बनाउन आफ्नो जन्मस्थानमा ,जहाँ कहिल्यै अन्त्य नहुने पितृ पुराण लगाई रहनुभएको छ । त्यहाँ गएर मैले पनि अक्षर रुपी पुषाञ्जली अर्पण गर्न पाउँदा मनमा अपार आनन्द महशुस गरिरहेकी छु ।यो अवसर जुराइदिने जलरीका फाउण्डेशन परिवारमा हृदय देखिनै धन्यबाद ।