जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

नेपालभाषा साहित्यका महान् कवि सिद्धिदास अमात्य

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १४ आश्विन २०८०, आईतवार
सर्जक बिशेष भित्र
0
नेपालभाषा साहित्यका महान् कवि  सिद्धिदास अमात्य

नेपालभाषा साहित्यमा सिद्धिदास अमात्य महान् साहित्यकार तथा महाकविका रुपमा प्रख्यात छन् । नेपालभाषा साहित्यलाई उच्च स्थानमा पुर्‍याउने कार्यमा यिनले पुर्‍याएका योगदानहरु उल्लेखनीय छन् । वि.सं. १९२४ असोज १ गते माता हर्षलक्ष्मी र पिता लक्ष्मीनारायण अमात्यका छोराका रुपमा सिद्धिदासको जन्म केलटोलमा भएको हो । पुर्खौली घर भक्तपुर क्वाछेँटोलबाट यिनका बाजे रामनारायण केलटोलमा बस्न थालेपछि यिनी केलटोलमा जन्मे र हुर्के । यिनका बाबु लक्ष्मीनारायणले नै यिनलाई ५ वर्षको उमेरमा अक्षराम्भ गराएको देखिन्छ । सिद्धिदासले आफ्नो विद्याअभ्यासमा आफ्नो आत्मकथामा यसरी लेखेका छन् –“नमोवागीदेखि एकएक अक्षर गरी खरीले लेखेर सिकाए । त्यो सिकाएको अक्षर चाँडै चिनेँ । घरैमा बसेर अक्षर लेखेँ । धुलौटे पाटीमा अक्षर लेख्दा मेरो मन सधैं रमाउँथ्यो किनकी मलाई त्यसैमा अक्षर चिनाउँदथे र म ती सबै अक्षर चिन्दथेँ । मैले अक्षर चिनिसकेँ, एकएक गरी सबै जानिसकेपछि मलाई चाणक्य–नीति पुस्तक पढाइयो ।” घरैमा आफ्नै बुबाबाट दीक्षित हुँदै आएका यिनी पछि त्यही टोलमा बस्ने लक्ष्मीनाथ पण्डितको घरमा पढ्न गएको देखिन्छ । यसैगरी यिनी २१ वर्षको उमेरसम्ममा भारस्वती, पञ्चाङ्ग गणित, चिन्तामणि ज्योतिष पढेर पछि रत्नमान नायव मुखियाको अड्डा थापाथली नगदी तहविलमा अक्षर लेख्न गएको पाइन्छ ।

१६ वर्षको उमेरमा यिनी केही दिनपछि कलकताबाट फर्केर थापाथलीमा सिपाहीमा भर्ती भएर जागिर खाए र राणा घरबारभित्रको झैं–झगडा र चलखेलले गर्दा यिनी सिपाहीमा टिकिरहन सकेनन् अर्थात् केही महिनापछि नै सेवाबाट बर्खास्त भएको देखिन्छ । त्यसपछि बुबा लक्ष्मीनारायणले केलटोलकै कपडापसलमा यिनलाई राखे । यसै समयताका यिनले घरबुना लुगा बुन्ने, धागो बुन्ने कल बनाउने काममा पनि यिनी लागे । निकै परिश्रमी र जे काम पनि सिक्न खोज्ने यिनको बानी थियो । कपडा कलकताबाट ल्याउने यिनीहरुको व्यापारिक सम्बन्ध रहेकोले वि.सं. १९५७ देखि वि.सं. १९६३ सालसम्ममा यिनी करिव ७ वर्षसम्म कलकता आउने–जाने गरिरहे । स्वास्थ्यस्थितिले साथ नदिएको कारणले यिनी पछि कलकता जान छोडे । अध्ययनशील सिद्धिदास खराब काममा सानैछँदादेखि लागेनन् ।खराब सङ्गतमा लागेर यिनले कहिले पनि खेलवाड गर्ने, जात्रामात्राको हूलमा गएर हेर्न जाने, तमाखु–चुरोट खाने यिनको स्वभाव र बानी बनेनन् ।सुखसागर, रामायण, हितोपदेश, चिन्तामणि ज्योतिषसारको अध्ययन गरेर यिनले आफूलाई परिमार्जित मात्र तुल्याएनन्, अध्ययनबाट आफूलाई खार्न लगाएर थुप्रै ज्ञानका पुस्तकहरु कलकताबाट झिकाएर पनि अध्ययन गरे ।

निकै अध्ययनशील सिद्धिदास भारतबाट समेत पुस्तक, पत्र–पत्रिका झिकाएर पढ्ने, एकसुरमा पढेर मात्र बस्ने बानीले यिनले भाषा–साहित्यमा आफ्नो दख्खल बनाउँदै लगे । काठमाडौंको मखनटोलमा रहेको पुस्तकपसलमा दिनको एकचोटी पुग्ने र मन परेको पुस्तक किनेर ल्याएर पढ्ने यिनको बानी बस्यो । यसरी अध्ययन गर्ने बानीले गर्दा भाषा–साहित्यप्रति यिनको मोह बढ्दै गयो । त्यसताका निकै चर्चामा रहेको प्रेमसागर पुस्तक मछिन्द्रबहालका मित्र मोतीलालसँग मिलेर अनुवाद गर्न खोजे । १ वर्ष लगाएर प्रेमसागरको पुस्तक अनुवाद गरे पनि । यसैताका चक्रपाणि चालिसेसँग यिनको चिनाजानी भयो । चक्रपाणिले श्लोक लेखाउन सिकाए पछि यिनमा पनि काव्य लेख्ने साहस बढेको देखिन्छ । भानुभक्तको रामायणले यिनलाई थप प्रेरणा थपिदियो । वि.सं. १९६४ तिर उनले पनि सिद्धिरामायण लेखि सिध्याए । श्लोक बनाउन जानेपछि छन्दमा लेख्न सिके । सर्वप्रथम आफ्नो मौलिक कृतिका रुपमा सत्यसती नामको काव्य लेखी सिध्याए ।

अध्ययनशील सिद्धिदास अमात्य आधुनिक नेपालभाषा साहित्यका आदिकविका रुपमा पनि प्रख्यात छन् । केही कविताहरु यिनले नेपालीमा पनि लेखेका छन् । उनका कविताहरु सुन्दरी पत्रिकामा वि.सं. १९६३ मा नै प्रकाशित छन् । यिनी ६३ वर्षसम्म बाँचे अर्थात् यिनको अवसान वि.सं. १९८७ मा भएको देखिन्छ । संस्कृत भाषामा पनि दख्खल रहेका यिनी ज्योतिषशास्त्रमा पनि पारङ्गत थिए । तर पनि यिनले नि:स्थार्थभावले भाषाप्रति गरेको सेवाभाव, साहित्यिक सिर्जना ऐतिहासिक रहनुका साथै अत्यन्त आदर गर्न लायकका छन् । यिनका प्रकाशित कृतिहरुबारे आफ्नो आत्मकथामा यसरी अगाडि लेखेका छन् –“बनारसबाट सुन्दरी पत्रिका ल्याइपुर्‍याएका थिए । मैले नजानी नजानी सिलोक बनाएर चक्रपाणि बाजेलाई देखाउँदै बनारस पठाइरहेँ । त्यसबेला कोठामा एउटा धुलौटो र खरी पनि राखिछोडेको थिएँ तर मैले सलाई खोज्दा भेट्टाइन । अँध्यारोमै राखेको ठाउँबाट खरी लिएर धुलौटोमा त्यो पद लेखेछु; त्यो लेखेपछि निद्रा लागेकोले फेरि सुतेछु, बिहान जागा भै हेर्दा बनिया कन्हैया मौर नन्दलाल भनेर लेखेको रहेछु । त्यही कुरा चक्रपाणिलाई सुनाउँदा राम्रो कुरा रहेछ भनेर उनले श्लोक बनाउन सिकाउँदा ममा साहस आयो । ती बाजेले भनेको श्लोक नै बनाउँछु भनेर अभ्यास गर्ने हो भनी १९६३ साल आषाढ बढी ११ रोजमा भानुभक्तले बनाएको रामायण एउटा किनेर ल्याएँ । त्यो पढेर दिनदिनै एकदुई श्लोक बनाउने बानी गरेँ ।” यसरी चक्रपाणि कविको निर्देशनमा, भानुभक्तको रामायण पढेर यिनले श्लोक लेख्न सुरु गरेको पुष्ट्यार्ईं हुन्छ । परिश्रमी सिद्धिदासले अध्ययनमा निकै समय दिए । पुस्तक पढ्न पाएपछि दङ्ग पर्ने यिनी भारतसम्मबाट पनि पत्र–पत्रिका मगाएर पढ्न पाउँदा खुसी हुने गर्दथे ।यिनले आत्मकथामा लेखेका छन् –“मैले पहिले लेखी राखिछाडेको प्रेमसागरमा भाखा श्रीकृष्णचरित्र पनि अब त सिध्याउनै पर्‍यो भनेर १९६४ साल पुग्दा त्यसमा पनि ९० अध्याय पुर्‍याएर लेखिसिध्याएँ । अनि त्यसैलाई सिद्धिरामायण नाम राखेँ ।” यसरी कठिन परिश्रममा कविता लेख्दै आएका सिद्धिदासले छन्दमा राम्ररी श्लोक पछि लेख्न सिके । यसरी यिनको समर्पण र सिर्जना काव्य विधामा निरन्तर हुन थालेको देखिन्छ ।सज्जन हृदयाभरण, सत्यसती खण्डकाव्यपछि सिद्धिरामायण किष्किन्धा काण्ड (महाकाव्य), शुकरम्भा संवाद व रम्भा शुकसंवाद, सज्जन कथा भरन, त्यसपछि स्वँग ऋण, सरल श्रुतवोध, शारदा भजन, सुख दु:ख, संगदोष आदि माथि उल्लेख भएका सबैजसो काव्यकृतिहरु वि.सं. १९७२ सालसम्ममा लेखेका हुन् । १९७२ मा नै साधारण धर्म, सर्वभक्ति, सदोलिला काव्यिक भाषामा विभिन्न नैतिक ज्ञानका पुस्तकहरु लेखेर आफूलाई सर्वज्ञानले सम्पन्न लेखकका रुपमा चिनाउन प्रयास गरेको पाइन्छ ।सतनीति, सप्तविवाद पछि संवाद (सकतां श्लोक) लेखेको कुरा यिनले लेखेका छन् । १९७५ र १९७६ मा साधारण धर्म, सल्हा साहुति, संग सुमन, स्वंगुगुणयी आदि माथि उल्लेख भएका पुस्तकहरु सिद्धिदास ५२ वर्ष ८ महिना पुग्दासम्ममा लेखिएका हुन् ।

त्यसताकाका सिद्धिदास साथीभाइहरुमाझ निकै अध्ययनशील व्यक्तिका रुपमा सुपरिचित भएको सन्दर्भहरु धेरैले उल्लेख गरेका छन् । अङ्ग्रेजी, संस्कृत, हिन्दी, नेपाली, नेपालभाषाका पनि ज्ञाता सिद्धिदासले नेपालभाषा साहित्य र भाषामा आफूलाई समर्पित तुल्याएर आधुनिक साहित्य सिर्जना गर्ने महान कार्य गरेर नेपालभाषा साहित्यको ढुकुटी भरिदिने महत्वपूर्ण कार्य–कर्म गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ – सिद्धिदास अमात्य नेपालभाषा साहित्यका महान आधुनिक आदिकवि हुन् । यिनी त्यस युगका प्रतिनिधि महाकवि हुन् ।


अघिल्लो पोष्ट

महाकवि सिद्धिदास जन्मजयन्ती मनाइयो

पछिल्लो पोस्ट

के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

के तिमी पनि मलाई म जस्तै मन पराउछौं !

कवि मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’

कवि मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
भृकुटीमण्डपमा दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

भृकुटीमण्डपमा दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

२४ फाल्गुन २०८०, बिहीबार
सूक्ष्मदर्शी आँखो

सूक्ष्मदर्शी आँखो

२३ फाल्गुन २०७८, सोमबार
‘बाह्रखरी कथा लेखन प्रतियोगिता’को पाँचौँ संस्करणका लागि कथा आह्वान

‘बाह्रखरी कथा लेखन प्रतियोगिता’को पाँचौँ संस्करणका लागि कथा आह्वान

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक