जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

हाँस्दा हाँस्दै रोकिएर प्रश्न गरें

बाटोभरि बाँधेर ल्याएको आँखाको डिलको बाँध निर्धक्क भत्काइदिएँ, तँछाडमछाड गर्दै आँसु गालाभरि नागबेली गोरेटो बनाउँदै कुदे्र 

रीता ताम्राकार रीता ताम्राकार
प्रकाशित १३ बैशाख २०७८, सोमबार
कथा भित्र
0

आँखाभरि उर्लंदो छाल लिएर घर फर्कें म , सधैं हिडेको बाटो पनि बिरानोबिरानो लाग्यो, गेटबाहिरैबाट एकनजर घरलाई हेरें, एकछिनअघिको आफन्तले परायापनकोमुखुन्डो ओढेजस्तैदेखें, बत्तासिंदै पसें र ओछ्यानमा पछारिएं,

बाटोभरि बाँधेर ल्याएको आँखाको डिलको बाँध निर्धक्क भत्काइदिएँ, तँछाडमछाड गर्दै आँसु गालाभरि नागबेली गोरेटो बनाउँदै कुदे्र 

उफ्! किन पटकपटक झरी बनेरबर्सन्छयस्ता क्षणहरू मेरो जीवनमा, के साँच्चै म यतिसम्म अवहेलना र उपेक्षाको हकदार छु ! म कहिले मान्छेबाट काम नलाग्ने रद्दी वस्तुमा रूपान्तरण हुन पुगें, थाहासम्म छैन मलाई,

अनायासै डेट एक्सपाएर भएर फाल्न राखिएका औषधीका सिसी, ढुसी परेका केही खानेकुरा राखिएको दस्टबिनमा आँखा ठोकिन पुग्छन्, झसँग बन्छ मन, एकोहोरो हेरिरहन्छु केहीबेर त्यसमा,

बिस्तारै ती सामानहरु चलमलाएझैँ लाग्छ, लौ न! मुस्कुराउँदै बिस्तारै अट्टहास पो गर्न थाले, त्यसैत्यसै आङ् बडेमानको भएर फुल्छ मेरो,

“ तिमीपनि हामीजस्तै काम नलाग्ने रद्दी ! उपेक्षित, अवहेलित, तिरस्कृत! हाम्रोजस्तै तिम्रोपनि कुनै औचित्य छैन , हामीलाई अवान्छित सम्झेर फाल्न हतारिए जस्तै तिमीलाईपन्छाउन वा तिमीबाटटाढिनहतारिन्छन्मान्छे्र तिमी पनि हामीजस्तै अनावश्यक! बिरालाको घाँटीको घन्टी .. !! हा… हा.. हा.. !! “ डस्टबिनका सामानहरूको सामूहिक अट्टहासले पसिनैपसिना बनाउँछ मलाई, म ती आवाजहरूलाई पन्छाउन कान थुन्दै चिच्याउँछु्,

“ त्यस्तो कदापि हुन सक्दैन, हुनै सक्दैन, यो भ्रम हो  फगत एक भ्रम मात्र भ्रम, “ जुरुक्क उठ्छु र डस्टबिन लगेर पछाडि नदेखिने ठाउँमा राख्छु, भित्र पस्दापस्दै भित्ते घडीमा आँखा ठोकिन्छन्, नौ बज्ने लागेछ, अफिस त जानु छ, तयारीमा लाग्छु , खान त केही मनै छैन,

कस्तो संयोग आज नै सहयोगीले बिदा लिएको, काम त गर्दैछु जसोतसो, दिमागभरि बिहानको भोगाइ ताण्डव नृत्य गरिरहेछ्र आँखाभरि दृश्य सलाबलाइरहेछ, आत्मा बिनाप्रहार छियाछिया रक्ताम्मे छ,

कामकोचाप , हृदयको ताप ! मनसँग आत्माको मौन वार्तालाप , मस्तिष्क फुट्ला झैं भयो दिउँसोसम्ममा्र बाथरुममा पसें , बेसिनको धारा खोलेर पानी छ्यापेंछ्यापछ्याप! अगाडिको ऐना हेरें ! आँखाको परेलामा बगिरहेको पानीको धाराले आफ्नै अनुहार अस्पष्ट भो आफैंलाई,

अनायासै प्रतिबिम्बित अस्पष्ट आकृति बोल्यो “ अनुहारजस्तै जीवन र भाग्य पनि अस्पष्ट बनाउन चाहन्छौ तिमी ? “

मभित्र कोही बोल्यो “ अँह चाहन्नं.. पटक्कै चाहन्नं! “ 

“ तब हरेक प्रहारमा घायल नबन, अप्ठ्यारा समयसँग कायल नबन, लड .. आफैंभित्रको कमजोर आफूसँग एउटा युद्द, र जित आफैंलाई, “ अस्पष्ट आकृति सिंहजस्तै गर्ज्यो,

“ तर कसरी ? कोमल हृदय आफ्नाको परायापनले घायल बनिदिन्छ, अप्ठ्यारो परिस्थिति र समयसँग त्यसैत्यसै कायल बनिदिन्छ , “ मभित्रको कोही अवरुद्द कण्ठमा बोल्छ,

“ त्यसोभए मर तिमी, बेनामे मृत्यु ! हृदयघात खपेर मर ! मस्तिष्कघात भएर मर ! मरेनौ भने पागल बन र सडकसडक भौंतारिएर हिंड नाङ्गै! गर्जन आक्रोशित बन्यो,

“ नाईं नाईं… म चाहन्नं त्यसरी मर्न अनि बहुलाउन ! “ मभित्रको कोही कहालिन्छ,

“ त्यसो भए युद्द गर आफैंसँग र जित आफैंलाई, केहीसीमित मान्छेको तिरस्कार ,उपेक्षा र अवहेलना जीवनयात्राका सबै बाटाहरु होइनन् , आशा, विश्वास, अपेक्षाका बाटो समातेर बढ्न खोज, एक पाइला साहस गरेर बढाऊ, अर्को पाइला आफैं उठ्नेछ्र लड्ने हिम्मत गरेर लड आफैंसँग र जित, आफूले आफैंलाई जितेको जीत नै असली जीत हो, आफूलाई जित्न सक्ने लडाकु नै बिरयोद्दा हो, युद्दगरतिमी, आफैंसँग युद्द गर ! “

पानीको बहाव रोकिएर आँखा छ्यांग भएछ मेरो, चिसो पानीको स्पर्शलेताजा बनेको आफ्नै अनुहार मन प(यो मलाई, अगिसम्म टन्केर दुखिरहेको टाउको पनि सन्चो भयो, बाथरुमबाट निस्कँदा आफूभित्र भिन्दै स्फूर्ति भरिएको आभास भयो, लाग्यो, एउटा युद्द त जितिसकें, अब अरू लड्नु छ,

अफिसबाट साँझ घर फर्कंदा अप्रत्याशित खुसीको मीठो झट्का लाग्यो, झट्का यस अर्थमा कि , करिब दुई वर्षपछि बाल्यकालकी साथी घर आइपुगेकी रहिछ,

“ अरे! बाफ रे तिमी ? कतिबेला आएकी ? केहि खबर पनि गरेनौ त ! “ उसको अंगालोमा बाँधिदै भने,

“ सरप्राइज दिऊँ भनेर नि ! खबर गरेर आएकी भए , तिमी यसरी खुसी बन्न पाउँथ्यौत? कस्तो लाग्यो प्यारी ! मेरो सरप्राइज? “ उसले हाँस्दै भनी्,

“ कतिबेला आएकी ? नक्कली! कम्ती बाठी छौ र !! “ उसको हत्केला समातेर भनें,

“ तिमी जानासाथ आएकी! आमासँग दिनभरि तिम्रो कुरा काट्न मन थियो नि मलाई दिनभरि आमाछोरी गफिंदै , आमाको हातको मीठोमीठो परिकार खाँदै बसें, चिन्ता नगर न! आज यतै बस्छु, अब रातभरि तिमीसँग गफ गर्ने हो ! “ उसले मेरो हत्केलामाथि आफ्नो हत्केला खप्ट्याई्र साथीको न्यानो आत्मीयतापूर्ण स्पर्शले मनको कुनो सुटुक्क रोइदियो मेरो आँसुले आँखाको गोरेटो समात्न नपाउंदै लुगा फेर्ने निहुँले आफ्नो कोठामा पसें म,

साथीको आगमनले मन त्यसैत्यसैफुरुङग बनेको छ, दङ्ग छ, मैले पनि हतारहतार मकै उसिनेर तात्तातो कलिला मकै दुई घोगा उसको अगाडि राखिदिएं, असाध्यै मकै मन पराउने ऊ, भुटेको, पोलेको, उसिनेको जस्तो पनि,

“ वाउ!!!! बदला लिएकी सरप्राइज दिएर, जहिले आउँदा भुटेर खुवाउने , आज उसिनेर ? कताबाट ल्यायौ यो बेसिजनमा? “ 

“ ल्याएँ नि जहींबाट भए नि, खाऊ न चुपचाप अहिलेलाई यो, एकछिनपछि घ्यूमा फूलमकै र बदाम भुटिदिन्छु है ! “ म किचनमा खाना पकाउने तरखर गर्दै भन्छु,

“ अचम्मैपा(यौ नि यार आज मलाई, अगि सोध्नै बिर्सेकी , कतिदिनको छुट्टीमा आएकी ? कति वर्षपछि हाम्रो घर बस्दैछौ याद छ तिमीलाई ? स्कुलमा पढ्दा नै हो बसेकी, अहिले हाम्रा छोराछोरीले कलेज सक्न लागिसके्र नक्कली! कताबाट घैंटोमा घाम लागेर यो बिचार आयो हँ ? नत्र त … बसन भनेर मरिहत्ते गर्दा नमान्ने मान्छे ! “ हातको काम रोकेर उसतिर फर्कन्छु म,

ऊ मकैबाट उठिरहेको बाफमा निमग्न रहिछे, मैले पनि एकछिन हेरें, बाफ अमूर्त चित्र बनाउँदै अकासिंदै थियो्र उसले कौतुहल र जिज्ञासाका थुप्रो आँखाभरि भरेर मतिर हेरी, मैले मनमनै गुने आमाले मनभरिको दुखेसोको भारी बिसाउनुभएछ,

“ के हेरेर बसेकी , सेलाउँछ ,खाऊ न, सेलाएपछि मीठो हुँदैन, “ नबोली मकैको घोगो टिपी र दुईचार दाना खाई र भनी्र

“ अहा!! बेसिजनको भए पनि कति मीठो रहेछ, तिम्रो माया मिसिएर हो कि कसो ? तिमी पनि खाऊ न,“ 

“ हो र मकै कुमारी ! म अहिले खान्नं , बेलुका खान्छु , तिमी खाऊ, म खाना बनाउँछुहै! “ उसको आँखाको कौतुहल जिज्ञासालाई नजरअन्दाज गर्दै मैले भने,

साथी मनभरि कौतुहल र जिज्ञासाको गुजुल्टो र मकै बोकेर आमासँग माथिल्लो तलामा उक्ली, खाना बनाउँदै गर्दा झुलुक्क दुइवर्षअघि तमोर नदीमा गएर फर्कंदाको दृश्य झुल्क्यो आँखामा,

“ भविष्यमा म विश्रान्ति मन्दिरको वृद्दाश्रममा हुन सक्छु्र त्यस बेला पनि आऊ है तिमीहरु मलाई भेट्न, “ अनायासै भनिपठाएछुँ,

“ जहिले यस्तै नचाहिने कुरा गरिहाल्छौ तिमी, घर, बहिनी, छोराछोरी सबै छोडेर बस्छौ आश्रममा? बहिनी र छोराछोरीले पठाउँछन् तिमीलाई ? तिमी सक्छौ उनीहरूलाई छोडेर एक्लै यहाँ बस्न ? “ तीनवटी साथीमध्ये पुष्पान्जली बम्की,

“ त्यही त के कुरा गर्छ गर्छ्र त्यत्रो बच्चाबेलादेखि व्यवहार धानेर बसेकी साहसी मान्छे, कत्रोकत्रो अप्ठ्यारो छिचोलेर जीवनपथको गोरेटो सहज बनायौ, बिचरा, ती छोराछोरी आफ्नी आमालाईभन्दाबढी माया गर्छन् तिमीलाई ! तिमीले नजन्माए पनि यशोदा आमा हौ तिमी उनीहरूको, चट्ट छोडेर हिंड्छौआश्रममा बस्न ? यस्तो कुरा आइन्दा नगर , हामीलाई रिस उठ्छ बुझ्यौ ? वाहियात कुरा ! “ नीलान्जना मज्जाले रिसाई,

म जिल्ल परेर हाँसिरहें, त्यहाँ मैले यसै विषयमा बोल्नु भनेको साथीहरूलाई बेस्वाद पार्नु हुन्थ्यो, यद्दपी दिमागभरि कहिले पशुपतिको , कहिले देवघाटको, कहिले बराहक्षेत्रको र कहिले भरखरै हेरेर आएको आश्रम फनफनी घुमिरहेकै छ,

“ तिमी यहाँ बस्न आएको थाहा भयो भने , हामी तीनैजना फर्काउन आउँछौ तिमीलाई्र मानेनौ भने यिनीहरूलाई दुईतिर पाखुरा समात्न लाउँछु्र मचाहिं मज्जाको सिर्कना ल्याएर तिम्रो खुट्टैखुट्टामा हान्दै घिसार्दै लान्छु, के सोचेको छौ ? त्यस्तो माया गर्ने बहिनी , छोराछोरीसँग चट्ट तोडिन दिन्छौं हामी? फेरि  के हामी साथीहरू मरेका छौं र ! “ कुन्जलाले भनी, अरु दुईले होमा हो मिलाए,

म मरीमरी हाँसे, हाँस्दाहाँस्दाआँसुसरी भएं , थाम्नै सकिनं निक्कैबेर हाँसिरहें, पटकपटक आँखा पुछिरहें, कतिबेला हाँसोको आँसुसँग वेदनाको मोतीहरू गाँसिएछन् , पत्तै भएन्र

“ होइन, हाँसेर नै निस्केको आँसु हो कि रोएकी तिमी ? ऋत्तिका गुरुआमालाई साथीहरूले कुट्दै , घिसार्दै आश्रमबाट गृहस्थी जीवनमा फर्काएका केही झलकहरु भनेर फेसबुकमा फोटो राख्दा कति भाइरल बन्ला, “ कुन्जलाले हाँसो गरी, हामी सबै गाडीको सिसानै फुटाउंला झैं हाँसेछौं, चालक भाइ पनि नहाँसी रहन सकेनन्

कुकरमा फूलमकैपट्ट पड्कन थालेको आवाजले म वास्तविकतामा ओर्लें, मौका पायो की कल्पनामा बिनाप्वाँख उड्न थाल्छ मन , हैट !! 

अघिल्लो पटक त्यसो भन्ने मान्छेले यसपटक के भन्ली त ? मलाई थाहा छ त्यसै वास बस्नेगरी आएकी छैन साथी, अप्ठ्यारो समय र पीडादायक परिस्थितिमा , आफूलाई सम्हाल्दा(सम्हाल्दै त्यस्ता केही शब्दहरु लेख्न पुग्छु म्यासेजमा म, जसले साथीको मनभरि प्रश्न जन्मन पुग्छ र ऊ आतुर बन्न पुग्छे वस्तुस्थितिमाथि स्पष्ट बन्न,

“ मकै बदाम भुटेर ल्याएकी छु , खाऊ्र म यो उसिनेको खान्छु, मनभरि गुजुल्टेको कौतुहल र जिज्ञासाले होला तिमीलाई एकोहो(याएको? “ म गहिरो नजर उसको मुहारमा तेर्स्याउँछु्,

“ तिमीले बेलाबेला लेख्ने म्यासेज , आमाको हृदयको सुसाइ, अनि अहिलेको तिम्रो व्यवहार ! सबैले मलाई अस्पष्टताको भासमा न्याकिरहेको छ, यदि तिमी अन्यथा सोंच्दैनौ भने , म स्पष्ट हुन चाहन्छु ऋतिका ! “ उसले च्याप्प हात समाएर भनी्,

“ अन्यथा किन सोंच्ने हो मैले फेरि! के लुकेको छ र तिमीसँग मेरो ? मेरो जीवनको सबै नभए पनि धेरै आरोह अवरोहको साक्षी नै हौ नि तिमी ! होइन र? “ उसको असहजलाई सहज बनाउँदै भने्र

“ लुकेको त केही छैन, बाल्यवस्थामा चरम गरिबीले गर्दा तिमीले भोग्नुपरेका अभावहरु! किशोरावस्थामा परिवारको जिम्मेवारी काँधमा उठाउन तिमीले गरेका शृंखलाबद्ध संघर्षहरु! सामाजिक र आर्थिक रूपले असाहय बनेपछि तिम्रा आफन्तहरूले गरेका तिरस्कार , अवहेलना र उपेक्षा ! त्यतिले पनि विचलित विखण्डित नबनेपछि , तिमीलाई समाजबाट उखेल्न तिमीमाथि लाएको चरित्रहीनताको आक्षेप ! सबैसबैतस्बिर बनेर मेरो मस्तिष्कमाअङ्कित छ ऋतिका ! “ ऊ अर्थात् मेरी साथी कुन्जला अश्रुपूर्ण नजरले पुलुक्क मलाई हेर्छे र विस्मयले आँखा ठूला बनाउँछे, म भने आँसुको सागर पिएर ओठभरि मुस्कान पोतेर बसेकी छु, गाह्रो , अचम्मै गाह्रो छ , आँसु पिएर मुस्कुराउनु ! 

“ केले बनेकी छौ तिमी हँ ? कस्तो मन छ तिमीसँग ? कुन हदसम्म सहनशक्ति भरिएको हृदय छ त्यस मनभित्र ? अविचलितको पराकाष्ठा नाघ्नसक्नेमस्तिष्क कुन तन्तुले बनेको छ ? म छक्क पर्छु ! पुष्पान्जली र निलान्जना भन्छन्, ऋतिकाले जस्तो सहन र भोग्न परे हामी कि मर्थ्यौ , कि बहुलाउँथ्यौं, मचाहिँ  त्यसो भन्दिनं, तर गर्व गर्छु तिमीमाथि ्र र तिम्रो साथी हुन पाएकीमा सौभाग्यशाली ठान्छु आफूलाई! “ निक्कै भावुक बनी कुन्जला , घ्वाप्पै मलाई अँगाली र सुँक्कसुँक्क गरी्,

मैले बाँध लगाइराखेको आली भत्किछोड्यो मेरा आँखाबाट, निर्बाध, निर्धक्क बग्यो , बग्दै गयो , बगिरह्यो्र हामीलाई निहारिरहनुभएकी आमाको आँखामा पनि गङ्गाजमुना उर्लेर आयो ! तीनजोर आँखाको वर्षामा समय साँच्चै ओसिलो बन्न पुग्यो,

“ तिमीले मलाई भन्नैपर्छ साथी ! संसारकै उत्कृष्ट र उदाहरणीय जोडी तिमी दुई दिदीबहिनीको ! त्यो अटुट प्रेम , अगाढ विश्वास, अवर्णनीय समर्पण , अतुलनीय आस्थामा चिरा कसरी पर्यो ? तिम्रो म्यासेजको साँकेतिक शब्दहरू पढेर मनमा उब्जेको शङ्का आमाको आँसुले विश्वासमा बदलिसक्यो, तर पनि म तिम्रै मुखबाट सुन्न चाहन्छु , कसरी घट्न गयो यो असम्भव घटना ? कसरी र किन तिमी दुई बहिनी नदीका दुई धारमा बग्न थाल्यौ ? कुन त्यो अप्ठ्यारो मोड आयो , जसले जीवन यात्राको हरेक आरोह(अवरोहमा साथसाथैचालिनेपाईला दोबाटामा बाँडियो? सबै भन मलाई ! मेरो मनको छट्पटी र खुलदुली मेटिदेऊ साथी प्लिज ! “ उसले हातैजोडी! च्याप्प उसको हात समातें र डुबुल्की मार्न थालें केही समयअगाडिको विगतमा,

हरेक वर्षजस्तै यो वर्ष पनि मेरी बहिनी सपरिवार दसैं मान्न मूलघर गएकी छ, बहिनी र छोराछोरी गएपछि साह्रै शून्य लाग्छ मलाई ! छुट्टीको बेला दिन काट्नै मुस्किल! जे गर्दा पनि , जता हेरे पनि , जे पकाउँदा पनि उनीहरुकै याद मात्र आउने, पटकपटक फोन गरिरहनुपर्ने , उताबाटसाँझ(बिहान फोन आएन भने चिन्तित बन्ने बेइमान मन,

एकदिनसाँझ बहिनीको फोन आयो, भलाकुसारीपछि उसले भनी“ मामाको छोराहरू ठूलादाइ र कान्छादाइले फोन गर्नुभएको थियो, दिदीले पनि उनीहरुलाई कहिलेकाहीं यसो फोन गर्ने गर्नू है ! उनीहरुलेगरेनन् भनेर टेक लिएर बस्नु हुन्न ! मान्छे भनेको कहिले चाहिन्छ कहिले ! “ 

म तीनछक्क परें, बहिनीलाई सबै थाहा छ, मलाई याने की उसकी दिदीलाई पटक्कै गन्दैनन् ती भाइहरू! कहिले सोध्दैनन् , पुछ्दैनन्, भलाकुसारी गर्दैनन् ! उनीहरूको व्यवहारले म अत्यन्तै दुस्खी छु , कुण्ठित छु ! मलाई उनीहरूसँग गुनासो छ, म वर्षौंदेखि उनीहरूको पराया गन्ध बोकेको व्यवहारले आजित छु, फेरि पनि त्यति टाढाबाट फोनमै फोन गर भनेर अर्डर गर्ने ? कतै नभएको रिस उठ्यो,

“ अहँ गर्दिनं! किन गर्नु मैले फोन ? मबाट तर्कने र मलाई आफ्नोपनको घेराबाट पन्छाउन खोज्नेहरुलाई ? तँलाई बारम्बार फोन गर्नेहरूले मलाई एकपटक गर्न सक्दैनन् ? मूलघर थामेर , बूढाबुढीस्याहारेर को बसेको छ , तँ कि म ? टन्न घरजम , छोराछोरी,श्रीमान्लेभरपुर तँलाई सोधखोज गर्नुपर्छ्किबूढाबुढीस्याहारेर बसेकी मलाई गर्नुपर्छ ? “ रिसले चर्को स्वर पार्दै भने,

“ गर्नु त दिदीलाई नै पर्ने , नगरेपछि के भन्नु त त्यस्तालाई ! उनीहरूले जानेनन् भनेर आफू पनि नजान्ने हुनुभएन नि  ! “ बहिनीका शब्दले शीतल बनाएन , मलाई डाह दियो मनमा,

“ नजानेका होइनन् ! यति त तँ पनि बुझ्छेस्! म एक्ली , मसँग हेलेमेल बढायो भने म दुस्ख दिन सक्छु , गाह्रो अप्ठ्यारोमा सहयोग माग्न सक्छु भनेर तर्कन्छन् उनीहरू्र नत्र मैले स्याहारेका बूढाबुढी उनीहरूका कोही होइनन् र ? उनीहरूलाई सोधखोज गर्नु उनीहरूको कर्तव्य र दायित्वका घेराभित्र पर्दैन र ? तँलाई गर्छन्, किनकि तँ भरिपूर्ण छेस् , तँबाट उनीहरुलाई फाइदा र सहयोग हुन सक्छ, मलाई गर्दैनन् , किनकि म खोक्रो छु , मबाट केही फाइदा र सहयोग हुन सक्दैन , बुझिस् ? “ रिस र क्षोभले गला नै अवरुद्द बन्यो मेरो,

“ खै! केके भन्नुहुन्छ तपाईं पनि , मलाई त त्यस्तो लाग्दैन , “ बहिनी तर्कन खोजी,

“ तँलाई लाग्नु(नलाग्नु तेरो कुरा, तर वास्तविकता त्यही हो , जो म भन्दैछु, आज भनिहालिस्, आइन्दा नभन मलाई यस्तो कुरा , बुझिस् ! “ फोन काटें मैले,

औडाहा भयो मनमा, सम्झें मामा र फुपूका छोराहरुको निठुरपना ! उनीहरूले गर्ने पराइपन भरिएको व्यवहार, र सम्झन पुगें , केही समयअघि घरमा मराउ पर्दा ननिभाएका कर्तव्यहरू ! जबजब आफू कोरामा बस्दा बाहिरका मान्छेले“ तपाईंहरूका आफ्ना शाखा(सन्तान , आफन्त छैनन् ? “ भनेर सोध्थे, मलाई दोहोरो साइनोले गाँसिएका ती दुईभाइसँग उत्तिकै साह्रो रिस उठ्थ्यो,

मैले तेह्रदिन फुपूको क्रियाकर्ममा कोरा बस्दा नै निर्णय गरेकी थिएँ बाँच्दा मात्र होइन , मर्दापर्दा समेत काम नलाग्ने आफ्ना र आफन्त केका लागि ? मेरो मनको भाव र सबै वस्तुस्थितिसँग विज्ञ मेरी बहिनी आज उनीहरुलाई नै मान्नुपर्ने कुरा अह्राउने मलाई !! 

ब्रह्माण्ड घुम्ने गरी रिस उठ्यो, न भोक, न निद्रा! बेमौसमी पसिना चिटचिट निधारमा्र टाउको टनटनी फुट्ला जस्तो, सायद त्यसलाई पनि मेरो कुराले त्यस्तै भयो कि ? ठ्याप्पै पाँच दिन फोन गरिन, मैले पनि छोराछोरीसँग मात्र बोलें,

उनीहरू फर्केर आएपश्चात् , सम्बन्ध सम्पर्क रह्यो , तर थोरै कोल्टे परेर, दुवैको मनमा अनावश्यक तुस छोड्यो फोनको कुराले, सायद एकहप्तापछि ती भाइहरूले हामी सबैलाई आफ्नो घर बोलाएछन् खाना खान , सबै जाने परे , मबाहेक,

मेरो मस्तिष्कमा एउटा कुराले निक्कै विद्रोह गरिरहेको थियो, किन मेरा मान्छेहरू मलाई हेप्ने मान्छेहरूसँगमिल्छन् र गहिरो सम्बन्ध गाँस्छन्? किन अरूले मलाई गरेको नमीठो खस्रो व्यवहारले यिनीहरूलाई नछोएको ? किन यिनीहरुको मन मेरो मनसँग नदुखेको ?

पाहुना जाने दिन बिहान बहिनी आई ्र दुवैजनाले गफसंगै चिया बिस्कुट खायौं, करिब एकघण्टापश्चात् पुनस् कुरा उठ्यो त्यही फोनको,

“ मलाई मान्छे नगन्ने , नपुछ्ने , हेप्ने ती आफ्ना भनाउँदा मान्छेहरूसँग तिमीहरू सबै झन् भन्दा झन् नजिकिंदा उनीहरूले मलाई अझ हेप्ने मौका पाउँदैनन् र ? “ मैले यति भन्नु मात्र के थियो बहिनी उग्र बनिहाली,

“ तपाईं पो एक्ली मान्छे , कोही चाहिंदैन होला, म त बालबच्चावाला मान्छे , सबै चाहिन्छ, तपाईं मिल्नुभएन भनेर म पनि नमिल्ने? अरूले के गर्यो मात्र किन हेर्ने, आफूले के गरेको छ त्यो पनि सम्झनू्र एक हातले ताली बज्छ र ? म मन पराउँदिनं , तँ पनि मन नपरा भन्ने अधिकार तपाईंलाई छैन ,बुझ्नुभो ! “ अचम्म तरिकाले जीवनमा पहिलो पटक बहिनीले मसामु जवाफ फर्काई,

छन्द्रंग मभित्रभित्रैफुटें र जोडिएं“ मैलें त्यसो भनें र ? मलाई मन पर्दैन , म सम्पर्क राख्दिनं , उनीहरुले बाँच्दा मात्र होइन मर्दापर्दा पनि हामी काम लाग्दैनौ भन्ने प्रमाण पेस गरे व्यवहारबाट्र कोही नहुँदा पनि परेपछि टर्दो रहेछ, अस्तिट(यो, फेरी पनि टर्ला ! “ म पनि आवेशमा आएछु , स्वरको भोलुम बढ्यो, 

“ एक्लै बाँच्न मन छ भने ठीकै छ , मान्छेले आफू खुसी बाँच्नु पाउनुपर्छ, एक्लै बाँच्नू् आमाको र दिदीको पनि मन मिल्दैन , त्यो पनि व्यवस्था गर्नुपर्छ, सधैंको किचकिच सुनेर दिक्क भएकी छु म, “ अर्काको फोनबाट उठेको कुराले आफ्नो घर समात्यो,

“ ठीक छ , गर व्यवस्था , बस्छु एक्लै ! आमाकै काखमा बसेर पनि पटकपटक टुहुरी बन्न परेकै छ मैले ! एक्लै जन्मेको , एक्लै बाँच्छु ! “ गला अवरुद्द बन्न खोज्दै थियो बल गरेर सहज बनाएँ,

“ तपाईं मान्छे अड , तपाईका कुरा अड ,व्यवहार नै अड ! सामान्यभन्दा भिन्दै ! “ आफूलाई संसारमा सबैभन्दा नजिकबाट बुझ्ने बहिनीको यस्तो आरोपले हृदय छियाछियापा(यो्र असह्यपीडा उठ्यो मनमा , ओहो!! जो मेरो सबैभन्दा नजिक , जो मेरो जीवनको एकमात्र आधार , जो मेरो हरेक उतारचढावको एकमात्र छाया ! उसको नजरमा मेरो स्थान यति पो रहेछ ! ऊफ्!! 

“ हो, म अड नै हुँला सायद ! किनकि मैले भोगेको जीवन नै अरूको भन्दा भिन्दै, मैले होस सम्हाल्दादेखि निभाएको कर्तव्य र दायित्वको परिधि अरूको भन्दा एकदमै भिन्दै, मेरो दिनचर्या पनि अरूको भन्दा निश्चय नै बेग्लै, त्यसैले म अरूभन्दा बेग्लै, अड!! तर जे छु ठीक छु , जसरी बाँचेकी छु केही डर , लाज र गुनासो छैन, “ मैले यति भन्दाभन्दै बहिनी रिसले आगो भएर हिंडी्रसम्बन्धबाट न्यानोपन हराउंदै गयो , चिसोपन बढ्दै गयो र बढ्ने क्रम निरन्तर रहिरह्यो,

छोरो होस्टल फर्कने दिन , आफ्नो स्वाभिमान आत्मसम्मान पैतालामा राखेर उसलाई बिदाइ गर्न धेरैदिनपछि बहिनीको घर गएँ, बहिनीलेअनुहारै हेरिन, बोल्दैबोलिन्र जान त म छोराको मायाले तानिएर गएँ , तर त्यो तिरस्कार , अवहेलना र उपेक्षा त यति विकराल उभियो , माया पनि छायामा पारिदियो, मेरोनिम्ति यो असह्य थियो,सम्हाल्नै सकिनं र आफूभित्र निर्णय गरें आफैंसँग युद्द गर्ने, त्यहीनिर्णय अनुरुप मैले आफैंसँग गरेको संघर्ष र युद्धको परिणाम हो मेरो आजको अवस्था तर आफैंलाई जितेको जीतमा पनि मूल फुटेजस्तै आँसु रसाई दिन्छ हृदयको कुनामा, 

वर्षौं छोराछोरी र बहिनीसँग छायाँसरी हेलिएर पारिवारिक वातावरणमा रम्ने बानी परेको मन अहिले एक्लिएर बस्नुपर्दा बाहिर शान्त बसे पनि भित्रभित्र निस्सासिंदै कहालिन्छ र दिनको उज्यालो भींडमा ओठ हाँसिदिए पनि रातको अँध्यारो एकान्तमा रोइदिन्छ मन,

अहो!! रोक्दारोक्दै साँच्चै रुनपुगेंछु म “ सुनि हाल्यौ चिरा पर्नुको कारण , मनमा एउटा निर्णय गरेकी छु र आमा रहुन्जेल स्याहार्छु , त्यसपछि यो घर र व्यवहारहरू त्यागेर ज्येष्ठ नागरिक बस्ने ठाउँमा बस्न जान्छु् मागेर खाने ठाउँमा होइन , आफूले पैसा तिरेर बस्ने ठाउँमा, जहाँ म आफ्नो स्वाभिमान र आत्मसम्मान बचाएर नै मर्न पाऊँ “ भन्दैआँशु पुछेर म मुस्कुराएं

साथी निक्कै गम्भीर बनी्र खै केके सोंचेर आँखा तन्काउने खुमच्याउने गरिरही, सायद म ओल्ड एज होम बस्दाको कल्पना पो गरी कि? वा हामीले मूलघाटबाट फर्कंदा गरेको वार्तालाप पो सम्झी कि ?

“तिम्रो विचारको सधैं विरोधी म, तर आज भन्न मन लागिरहेछ, सायद तिम्रो निर्णय एकदम सही छ साथी, “

“ सायद होईन प्रिय , एकदम सही छ र किनकि म यो काम बहिनी र छोराछोरीसँग सल्लाहले नै गर्छु, मन आत्तिंदा दुईचार दिन आएर भेटघाट पनि गर्छु, सधैं संगै बसेर मन , व्यवहार, ममता खुम्च्याउनु भन्दा कहिले काहिंको भेटघाट र बसाइ मिठो र फराकिलो हुन्छ साथी, त्यसैले आफूभित्रको संवेदशील , भावुक, पिन्चे ,पिलन्धरे आफैंलाई जित्दै निर्णय लिएकी, जसले बाँच्न सहज भएको छ “ म मज्जाले हाँसे,

ऊ दंग परेर हेरिरहेकी छे मलाई, म अझै हाँसे र हाँसीरहें ऊ अविश्वासिलो नजर टिकाईरहिछे ममाथि, हाँस्दाहाँस्दैरोकिएर प्रश्न गरें,

“होस सम्हाल्दादेखि मलाई बिझाउने , रुवाउने, हेप्ने, खसाल्ने मान्छेसँग झगडा नै गर्न पुग्ने मेरी बहिनीले किन यसरी मलाई झुकाउन चाही साथी ? के स्वाभिनान र आत्मसम्मानकासाथ बाँच्न खोज्नु मेरो गल्ती हो ???? “


Tags: आँखाभरिहाँस्दा हाँस्दै
अघिल्लो पोष्ट

आधा हक

पछिल्लो पोस्ट

मोहन विक्रम सिंह : जीवन–प्रसङ्गहरू

रीता ताम्राकार

रीता ताम्राकार

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
मोहन विक्रम सिंह :  जीवन–प्रसङ्गहरू

मोहन विक्रम सिंह : जीवन–प्रसङ्गहरू

मातृभूमि

मातृभूमि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

४ जेष्ठ २०८१, शुक्रबार
मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात (२) 

४ जेष्ठ २०८१, शुक्रबार
बेवकूफतन्त्र

बेवकूफतन्त्र

३ जेष्ठ २०७८, सोमबार
प्रश्नोत्तरमालामा  भानुभक्तलाई छाम्दा

प्रश्नोत्तरमालामा भानुभक्तलाई छाम्दा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक