जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

परिचित अभिनय

मातृका पोखरेल मातृका पोखरेल
प्रकाशित २५ असार २०७८, शुक्रबार
आख्यान, कथा भित्र
0
परिचित अभिनय

त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुबैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुनेखाने परिवार भए पनि गाउँमा काम गर्नै पथ्र्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गाईवस्तु पनि हेरेका छौं । पहाड भए पनि नजिकै विद्यालय भएकोले हामीलाई हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुबैले द्वितीय श्रेणीमा पास ग¥यौं ।

हामी दुबैका दाजुहरू काठमाडौंमै बसेर पढ्थे र जागिर पनि खान्थे । एस.एल.सी. पास गरेपछि हामी आई.ए. पढ्न काठमाडौं आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आई.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।

गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझ्ी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढी मुखाले र इष्र्यालु स्वभावकी थिई । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झ्गडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलाई त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊ सँगको मेरो घनिष्ट मित्रताका कारण कयौं साथीहरू मसँग पनि आत्मीय व्यवहार गर्नलाई हिच्किचाउँथे ।

हाम्रो विवाह भएपछि श्रीमान्हरूको सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्लातिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।

पाँचथरबाट मेरा श्रीमान्को मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौंमै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपल्टै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिई । बालककाल देखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलाई भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।

रमिला ! म त दुईतीन हजार कमाएर नल्याएको दिन बूढालाई साफी गाली गर्छु – एकदिन दिउँसो सबैरै आएर शान्ताले अहङ्कार र बहादुरीको स्वरमा मसँग भनेकी थिई । काठमाडौंमा सरूवा भएर भर्खरभर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिन । यसका विरूद्धमा बोलुँ भने योसँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालाई प्रश्रय दिए जस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहीन भएर चुपचाप बसेँ ।

त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झ्नै ऊभित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।

रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमान्दारीता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमान्दार मान्छे हुन्छ भन्ने कुरामा मलाई विश्वासै छैन – मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहो¥याएकी थिई ।

संसारमा राम्रा र इमान्दार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुराप्रति म सहमत हुन् सक्दिनँ – अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरोे कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।

त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलाई त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलाई राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छेनै होइन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिई । उसलाई प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झ्मक्कै साँझ् प¥यो । त्यसदिन म उसको घरबाट विदा भएर हिँड्दा ऊ मलाई विदा गर्न ढोकासम्म पनि आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ् परेपछि पनि बसौं भनिन । मलाई त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझ्ेकी थिएँ – शान्ता त्यसदिन मसँग साह्रै रिसाएकी थिई ।

त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलाई टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइन । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुसमुकुस पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुईचार महिना हुने बित्तिकै उसले छिमेकीहरूसँग ईष्र्यालु व्यवहार गर्न थालीसकेकी थिई । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलाई भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउथ्यो ।

त्यसैताका शान्ताहरूले बत्तीसपुलतीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहङ्कार र बडप्पनले शान्ता झ्न् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाटे भई ।

उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलाई टेलिफोनमा सुनाई र घर हेर्न आउन निम्तो गरी । म पनि खुसी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशालाचोकमा ऊ मलाई लिन पर्खिरहेकी रहिछ ।

भाग्यको खेल हो बुझ्स् िरमिला ! मेरो बूढो र तेरो बूढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको – घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरि त्यही कुरा दोहो¥याई ।

जुन कुरासँग मलाई कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहो¥याइरहनु राम्रो होइन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नुपर्छ । खान पुगेकै छ । मलाई अनावश्यक सम्पत्तिको मोह छैन – अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरें ।

खुलेको आकाशलाई एकाएक कालो बादलले गाँजेझ्ैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाँहिदो काम त गरिन । उसको स्वभाव मलाई थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भए पनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्याएर डेरामा फर्केकी थिएँ ।

मेरो पनि तीनताक कुनै जागिर थिएन ।हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँगै प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्पर्क पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले वृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलाई पनि त्यो योजना राम्रो लाग्यो । छोरा छोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने वाध्यता मसँग त्यसबेला बाँकी थिएन ।

मैले साथीहरूसँग शान्तालाई पनि वृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखेँ । उसलाई नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलाई रूचाएका थिएनन् । तर धेरै जसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाए ।

एकदिन साँझ् पर्ने बेलामा म शान्ताको घरमा पुगेँ । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलाई उसले बैठक कोठामा लिएर गई । यत्ति अबेर किन आइस तँ ! – शान्ताले आश्चर्य मानेर सोधी ।

मैले भनेँ – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।

के प्रस्ताव ? – म सोफामा बस्न नभ्याउँदै उसले मलाई सोधेकी थिई ।

हामीले एउटा वृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौँ । कामचाहिँ केही गाह्रो छ आखिर तँलाई पनि फुर्सदै छ । त्यसैका लागि आएकी – मैले आफ्नो योजनालाई फटाफट राखिदिएँ ।

आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु र जान्नुका बुढाबुढीलाई स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु – शान्ताको ठाडो जवाफसँग मलाई भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्याएर ऊसँग विदा मागेर फर्कें ।

त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झ्नै प्रिय थिएन ।

केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलाई घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनेँ । समाचार सुन्ने वित्तिकै शान्तालाई मैले टेलिफोन गरें । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने वित्तिकै रिसिभर राखिदियो । मैले शान्ताको घरै जान उपयुक्त ठानेँ ।

शान्तालाई मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझ्ेँ । उसको अनुहार पूरै निन्याउरो थियो । उसले मलाई घरभित्रै लगिन र बाहिरै ढोकाबाटै विदा गरी ।

हेर न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलाई फसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिई ।

शान्तालाई मप्रति कुरै अरूची भएपछि उसकोमा गइरहन मलाई पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि विक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा स¥यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।

बीस वर्षपछि आज मैले त्यही शान्तालाई पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटेँ । तर मलाई पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छु – त्यो त्यही शान्ता हो । उसले मलाई नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलाई नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरँं । त्यो उही मेरी साथी शान्ता नै थिई । म उसलाई हेर्दै हिँडे । ऊ अर्कैतिर फर्केर बसी ।

साँझ्मा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलाई यो कथा लामो समय लगाएर सुनाई ।


अघिल्लो पोष्ट

गजल

पछिल्लो पोस्ट

एयरपोर्टछेउको ढुङ्गो

मातृका पोखरेल

मातृका पोखरेल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
एयरपोर्टछेउको ढुङ्गो

एयरपोर्टछेउको ढुङ्गो

ध्वंस र निर्माण

ध्वंस र निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म

२५ फाल्गुन २०७८, बुधबार
मुरर्मुराई

मुरर्मुराई

२५ फाल्गुन २०७७, मंगलवार
उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

२६ फाल्गुन २०८०, शनिबार
साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

२५ फाल्गुन २०७८, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक