जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २४ भाद्र २०८०, आईतवार
सर्जक बिशेष, स्मृतिमा स्रस्टा भित्र
0
उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

 
कथा, उपन्यास र आत्म कथ्यमा विशिष्ट स्थान बनाउन सफल साहित्यकार हुन् वी.पी. कोइराला । राजनीतिमा आफ्नै दृष्टि–बिम्ब राखेर प्रजातान्त्रिक आन्दोलनका शिखर–पुरुष भएकै कारणले राजनीतिमा जति चर्चा परिचर्चा भए उनी त्यति साहित्यमा चर्चा भएको देखिँदैन । तर पनि साहित्य लेखनमा यिनले छोडेर गएका सिर्जना कृतिहरु मार्फत् यिनको विश्लेषण र मूल्याङ्कन गरिँदा भन्न सकिन्छ यिनी साहित्य सिर्जनामा पनि होचा देखिँदैनन् ।मनोविज्ञानका अनेकौँ पक्षहरूलाई आफ्नो आख्यानमा भर्न सिपालु भएकै कारणले यिनको साहित्यमा मानवीय मनोविज्ञान छताछुल्ल छन् । पात्रहरूको चरित्र–चित्रणमा पनि ज्यूँदोपन ल्याउन यिनी सफल छन् । यौन मनोविश्लेषण गर्न खप्पिस भएकै कारणले यिनी यौनवादी साहित्यकारका रूपमा परिचित जस्तो देखिएता पनि यिनका आख्यानहरूमा पोखिएका सामाजिक जीवनका यथार्थहरू प्रभावकारी र हृदयस्पर्शी छन् ।

उपन्यास लेखनमा आफ्नै पहिचान छोड्न सफल उपन्यासकार कोइरालाले आफ्ना सबैजसो उपन्यासमा इतिहास पृष्ठभित्रका क्रमहरू, सामाजिक परिवेशसँग गाँसिएका मर्म कथाहरू, मानवजन्य यौन भावनाका उन्मादहरू कथाका पात्र–पात्राहरु मार्फत् सम्प्रेषित छन् ।तीन घुम्ती मान्छेहरूले भोग्ने घुम्तीका क्रमहरूबाट सिर्जित कथा प्रसङ्गका उपन्यास हुन् ।नरेन्द्र दाई मान्छेकै जिजीविषाका कथा क्रमहरू हुन् ।सुम्निमा किराँती संस्कृतिभित्रकी जिउँदो पात्रा हुन् ।बाबु, आमा र छोरा भिन्न प्रकृति बोकेर लेखिएको वातावरणभित्रको कथा हो । हिटलर र यहुदी तथा मोदि आइनमा अर्कै खालको मानसिक धरातलका कथा–व्यथाहरू चित्रित छन् ।

वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मेका वी.पी. कोइरालाका पुर्ख्यौली घर दुम्जा हो । पिता कृष्णप्रसाद कोइराला र माता दिव्यादेवीको कोखबाट जन्मेका चूडामणि नै विश्वेश्वरप्रसाद कोइराला हुन् । उनका पिता सामाजिक चेत् भएका चेतनशील नागरिक भएकै कारणले समाजमा खटिरहन रुचाए । स्कुल खोल्ने, अस्पताल स्थापना गर्ने, गरिब–दुु:खीजन प्रति सहानुभूतिपूर्वक भावना राख्ने यी आदि कार्यहरूले गर्दा उनी समाजका बलिया पथप्रदर्शक साबित भए । त्यसताका समाजको भलाई गर्न रुचाउने व्यक्तिहरू राणा शासकहरूका आँखाका कसिङ्गर हुन्थ्यो । यही स्थितिबाट राणाजीहरूले देश निकालाको आदेश दिए अन्यथा जेल–जीवन भोग्नुपर्ने अवस्थामा पुर्‍याए । त्यसपछि उनी काशीमा रहन गए । भारतमा चल्दै गरेको आन्दोलन र पिताको समाजसेवा र राजनीतिप्रतिको लगावबाट वी.पी.ले आफू सानो छँदा नै आफूभित्र राजनीति चेतना भर्ने मौका प्राप्त गरे । सानै देखिको यस खालको वातावरणले वी.पीले राजनीतिमा आफ्नो छवि बनाउन सफल रहे । भारतमा धेरै वर्ष निर्वासनसम्म हुन बाध्य बनाइएका यिनका जीवनका धेरैजसो क्षणहरु त्यतै बितेको पाइन्छ । गान्धी, नेहरुको राजनीतिक प्रभाव र प्रेम चन्दको साहित्यिक सिर्जनाका प्रभाव यिनमा परेको देखिन्छ ।
दोषी चस्मा यिनको चर्चित कथासङ्ग्रह मानिन्छ ।श्वेत भैरवी पछिल्लो चोटि प्रकाशित कथासङ्ग्रह हो । पहिलो प्रकाशित कथासङ्ग्रहजस्तो यो कृति त्यति चर्चामा आएको देखिँदैन । राजनैतिक नेता भइकन पनि कथा, उपन्यासमा अर्थात् आफ्नो सिर्जनामा राजनैतिक आदेश र आग्रह अस्वाभाविक ढङ्गले सम्प्रेषित गरेको देखिँदैन । भारतका प्रसिद्ध कथाकार प्रेम चन्द यिनका कथा लेखनका प्रेरणा दिने गुरु मानिन्थ्यो । भारतमा छँदा बस्दा प्रेम चन्दसँग निकै नजिक हुने र सम्पर्क भएकै कारणले कथामा यिनको प्रभाव पर्नु अस्वाभाविक थिएन । १९३१ मा वी.पीले चन्द्रवदन कथा शारदामा प्रकाशित गराएर आफूलाई सर्वप्रथम कथाकारका रूपमा चिनाएका हुन् । चेखबबाट विशेष प्रभावित रहेका कथाकार कोइरालाले यिनकै प्रभावमा परेर उच्च वर्गको आडम्बर पूर्ण जीवन र अन्तर्विरोधका क्रमहरू आफ्नो कथाका विषयवस्तु बनाएका हुन् ।कर्णेलको घोडामा यस खालका दृष्टि–बिम्ब सम्प्रेषित छन् । कथाका सम्बन्धमा उनले एक ठाउँमा यसरी उल्लेख गरेका छन् –“मेरा कथाबाट अरूले जे माने लगाउन त्यो त उनीहरूको आफ्नो दृष्टिकोण हो । तर मैले जैले पनि आफ्ना कथाबाट सामाजिक कुनै एक बिन्दुलाई लिएर त्यसमा आफ्नो दृष्टिकोण राख्न चाहेको छु ।”

सुन्दरी जलमा जेल जीवन नबिताएको भए यस खालका कालजयी कृतिहरू अवश्य लेखिने थिएनन्, यो त अहोभाग्यजस्तो भयो वी.पीका लागि । एक जना लेखक भई आफूलाई चिनाउन जेलजीवनले वी.पीलाई साथ दियो । लेखक हुन एकान्त समय चाहिने रहेछ । त्यही समय प्राप्ति भयो वी.पीका लागि जेल जीवन । एक जना विशिष्ट राजनीतिज्ञ । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जस्ले जीवनभर राजनीतिमा आफ्नो व्यथा–कथा गाँसे । त्यस्ता राजनीतिज्ञले आफूलाई साहित्यमा चिनाउन पनि सफल रहे । कृतिगत ढङ्गले विवेचना गर्दा भन्न सकिन्छ आफ्नै पहिचान र बिम्ब देखाएर आफूलाई शक्तिशाली लेखकका रूपमा चिनाए ।

साहित्यमा आफूलाई अराजकतावादी र राजनीतिमा समाजवादी भन्न रुचाउने यिनले राजनीतिमा सुन्दर खालको विशिष्ट अनुहार फ्रेममा सजाएर गएका छन् त्यस्तै साहित्यिक पोट्रेटमा पनि यिनले आफ्नो अनुहार चम्किला र हँसिला बनाएर गएका छन् । एक खालको विचार बोकेर नेपालको प्रजातन्त्रको आन्दोलनमा नेतृत्व लिएर प्रजातन्त्रवादीका शीर्षस्थ नेताका रूपमा आफूलाई उभ्याउन सफल यिनले आफ्नो रचना–कृतिहरूलाई उल्लेखयोग्य साहित्यिक कृतिहरूमा स्थापित गर्न सफल छन् । विचार आ–आफ्नो ढङ्गको, रोजाइ आ–आफ्नो किसिमको भनेझैँ वी.पीले रोजेको राजनीति दृष्टिमा मेरो पनि मत्यैक्यता होला अथवा भिन्न नै छ भनौँ । तर साहित्यिक दृष्टिले भन्नुपर्दा भन्न सकिन्छ उनीद्वारा सिर्जित सिर्जनाहरू साहित्यका उत्कृष्ट पानाहरू हुन् ।

वी.पी.ले कवितामा पनि कलम चलाएका छन्, त्यस्तै निबन्ध, प्रबन्धमा पनि लेख–रचना लेखेका छन् तर कथा र उपन्यासमा जति अन्य विधामा चर्चा चलेनन् । उनको मृत्युपछि निस्केका आत्मसंस्मरणका पुस्तकहरूमा आफ्नो कथा, मेरा जीवन कथा, जेल जर्नलले वी.पी.लाई एक जना सफल आत्मसंस्मरण लेखकका रूपमा यी ग्रन्थहरूले चिनाए । राजनीति र साहित्यका सम्बन्धमा उनी लेख्ने गर्छन् –“राजनीति साहित्यको विषय हुन सक्छ तर तिनमा कुनै सम्बन्ध छैन । ढुङ्गा र कलामा कुनै सम्बन्ध छैन यद्यपि कलापूर्ण कुनै मूर्ति ढुङ्गाको हुन सक्छ ।” त्यस्तै उनले लेखे –“सुन्दर कृतिलाई इतिहासले छुँदैन, काल निरपेक्ष हुन्छ ।’ साहित्यमा वी.पीको अराजकतावादी सोच यस्तो रह्यो –“कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । अरुलाई हिँडिसकेको बाटोमा खुट्टा हाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ । समाजभन्दा व्यक्तिलाई महत्त्व दिन्छु । जे कुरामा पनि मानिस पक्षलाई समर्थन गर्छु । नियम, कानुन व्यवस्था या कुनै प्रकारको अङ्कुश पनि कुनै धर्म, वाद र रीतिस्थितिका नाउँमा सहन सक्तैन । खतराको उसलाई आकर्षण छ । भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ ।” आफ्नै तर्क र आफ्नै विचार दृष्टिमा साहित्य लेखन गर्दै आएका यिनले साहित्यको संवेदनशीलता यसरी लेखेका छन् –“कलाको उद्देश्य मानव अनुभूतिको विस्तार गर्नु हो, हाम्रो संवेदनशीलतालाई परिवर्द्धित पार्न हाम्रो भावनाको क्षमतालाई व्यापक पार्नु हो । साहित्यको अभिप्राय शाश्वत हुन्छ । मानिसको विकास बौद्धिक क्षेत्रमा ज्ञानको अभिवृद्धिको प्रक्रियाद्वारा र भावनात्मक क्षेत्रका सहानुभूति र संवेदनशीलताको अभिवृद्धिद्वारा हुन्छ ।” दृष्टिमा दार्शनिकता राखेर साहित्यिक सिर्जनामा मन दिएर गएका वी.पी.ले आख्यान साहित्यमा आफ्नै खालको आयाम निर्माण गरेर गएका छन् । यिनका आत्मवृत्तान्तहरू साहित्यिक दृष्टिले पनि उल्लेख योग्य छन् ।

आधुनिक नेपाली साहित्यकारहरूमा वी.पी. कोइराला बहुमुखी प्रतिभाका धनी साहित्यकार मानिन्छन् । सिर्जना र शिल्पकारितामा आफ्नैपन भएका लेखकका रूपमा यिनको गणना गर्न सकिन्छ । तर पनि यिनका साहित्यिक स्वरहरू विसङ्गतिवादी र अस्तित्ववादी भावनाले अभिपे्ररित छन् । शिल्पचेत भएकै कारणले विश्वेश्वरप्रसाद कोइराला अर्थात् वी.पी. कोइराला साहित्यिक इतिहासमा स्मरणीय नाम बन्न सफल छन् । उपन्यास र कथामा मात्र होइन आत्मसंस्मरणका पुस्तकहरूमा पनि बौद्धिकता र तार्किकता प्रयोग गर्न कोइराला सिपालु छन् । उनको कृतिमा फ्रायदवादी मनोविज्ञानको प्रत्यक्ष प्रभाव रहेका भए तापनि नेपाली परिवेश र घटना परिघटनाहरू स्वाभाविक किसिमले प्रकट भएका छन् ।

राजनीतिमा आफ्नो खालको संसार बनाउन सफल राजनीतिज्ञ भएर पनि साहित्यमा उत्कृष्ट कृतिहरू लेख्न सफल साहित्यकार भएकै कारणले उनी प्रसिद्ध साहित्यकारका रूपमा प्रख्यात छन् । उनी आफ्नो आत्मसंस्मरण यसरी लेख्छन् –“मलाई प्रेम चन्दद्वारा साहित्यमा आकर्षित गरिएको हो । पछि सूर्यविक्रम ज्ञवालीले, जो तिनताक दार्जिलिङमा शिक्षक तथा नेपाली साहित्य सम्मेलनका कर्ता–धर्ता थिए, मलाई नेपालीमा लेख्नका लागि उत्साह दिए र उनको आग्रहले नै मैले काठमाडौँको शारदा मासिक पत्रिकामा जसको सम्पादक कवि सिद्धिचरण थिए, चन्द्रवदन भन्ने कथा लेखेँ । ……… सबभन्दा बढ्ता मलाई चेखव मन पर्छ । त्यसपछि मोपाँसा, टाल्सटाय, गोर्की र बनार्ड शा पनि मलाई मन पर्छ । नेपाली साहित्यमा प्रभावित भएको त भन्न सकिन्न, तर देवकोटा र सम मलाई मन पर्छ ।” उनी प्रस्ट आफ्नो राजनीतिक विचार–गुरुका सन्दर्भमा र साहित्यिक दृष्टि–बिम्बका बारेमा यसरी लेख्छन् –“म प्रथमतः महात्मा गान्धी र त्यसपछि कार्ल माक्र्स औ अन्त्यमा सिग्मण्ड फ्रायडबाट प्रभावित भएको हुँ । तर गान्धी र मार्क्सलाई साहित्यमा प्रयोग गर्न सकिँदैन किनभने उनीहरू सामाजिक छन् । फ्रायडमात्र वैयक्तिक भएकाले मैले त्यही क्षेत्र चुनेँ ।”

राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी चिन्तनबाट प्रभावित विश्वेश्वरप्रसादका साहित्यिक आयामहरू अविस्मरणीय र उदाहरणीय छन् । उनका आफ्नै खालका मान्यताहरू छन् । साहित्यमा आफ्नै प्रकारका शैलीहरू छन् । उनका मान्यताका यी हरफहरू मनन गर्न लायकका छन् –“……… समाजमा प्रत्येक व्यक्तिको आ–आफ्नै इच्छा, आकाङ्क्षा, दुःख–सुख, विचार आदिमा आफैले निर्णय गर्नुपर्छ । एउटाको अवस्थामा अर्कोले विचार गर्न सक्दैन । के गर्नु, नगर्नु प्रत्येकले आफै सोच्नुपर्छ । मैले बुझेको अस्तित्ववाद यही हो ।” यही त हुन् वी.पी. कोइरालाका साहित्यिक आयामहरू ।


Tags: विश्वेश्वरप्रसाद कोइराला
अघिल्लो पोष्ट

बीपी महोत्सवमा चार सत्र

पछिल्लो पोस्ट

प्रथम बिपी साहित्य महोत्सव आजदेखि

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
प्रथम बिपी साहित्य महोत्सव आजदेखि

प्रथम बिपी साहित्य महोत्सव आजदेखि

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साधना र सिर्जनामा समर्पित रमा शर्मा

साधना र सिर्जनामा समर्पित रमा शर्मा

६ फाल्गुन २०८१, मंगलवार
कविताप्रतिको न्याय : सपनाका मेघमाला

कविताप्रतिको न्याय : सपनाका मेघमाला

४ जेष्ठ २०७८, मंगलवार
अन्धकारभित्रको अन्धकार – १५

अन्धकारभित्रको अन्धकार – १५

४ जेष्ठ २०७९, बुधबार
परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य

परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक