जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

सम्झनाको वर्षात्मा भिजेको मन

सुकुम शर्मा सुकुम शर्मा
प्रकाशित १ पुष २०७८, बिहीबार
निबन्ध भित्र
0
सम्झनाको वर्षात्मा भिजेको मन

अचानक सम्झना बर्सन्छ । सम्झनाका आकाश बादलरहित भए पनि बर्सिएको सम्झनामा मन छर्छराउँछ । सम्झना बर्संदा सम्झनाको वर्षात् भन्न मन लाग्छ । सम्झनाका वर्षात्मा भिज्दा स्फूर्ति साटिन्छ । त्यस स्फूर्तिमा समययात्राको छाप देखिन्छ । यसमा उनको जिज्ञासा सहायक भएको छ । जिज्ञासाका आँखाभरि म सत्य र स्पष्ट भएर छरिन चाहन्छु । मेरा सामुन्नेमा आफन्तीहरूका सद्व्यवहार र दुव्र्यवहारको प्रतिबिम्ब बस्तछ । ती प्रतिबिम्बसँगसँगै उर्लिएको मनको स्वाद बेग्लै छ । म त्यो स्वाद उनीसँग साट्न उत्प्रेरित हुन्छु । त्यस उत्प्रेरणाभित्र जीवन अनुभवको खास्टो ओढेर सम्झनाको वर्षात्मा समय भिजिरहन्छ । अनि स्मृतिमा लहड नभई यथार्थको भक्कानो फुट्छ । भक्काना भरिँदा र पीडा थिल्थिलाउँदा आङ नै जुरुङ्ग हुन्छ । वर्तमानमा समयको तरङ्गलाई छोप्न समयको धारलाई समाउन सजिलो छैन, र पनि सम्झनाको वर्षात्मा भिजेको मन उनीसँग निर्धक्क हराउन रुचाएको छ ।

आँखाभरि सपना दगुर्छ । सपना समाउन सजिलो छैन । सपनाको बेग र स्मृतिको बेग नमिले पनि सपना समाउन उत्साह साटिन्छ । सपना सँगालेर वर्तमानको रेखा भविष्य भनिन्छ र स्मृति सँगालेर वर्तमानको रेखा विगत भनिन्छ । सपना भविष्य हो, यसका मोहमा निद्रालु याद हुन्छ । स्मृति विगत हो, यसका जरामा मुटु बचाउँदै जीव जीजिविषामा हेलिएका क्षणहरू रहेका हुन्छन् । मुटु फुटाएर बचाइमा हेलिएका क्षणहरू भ्यागुताझैं फुत्तफुत्त उफ्रेर सम्झनाको वर्षात्मा रमाउन खोज्छन् । त्यतिखेर पीर लुकाएर हाँसेका अवस्थाहरू, मर्म छोपेर मुस्कुराएका परिस्थितिहरू र पेट काटेर सफल पारिएका कार्यहरू मुखामुख गर्छन् । जीवन काट्न सजिलै भए पनि बाँच्न त कठिन रहेछ । जीवन भोग्न सजिलै भए पनि भन्न त अप्ठेरो रहेछ । कस्तो अप्ठेरो रहेछ ए ! यथार्थमा लेखिन पनि ! पसिनाहरू रङ बन्दैनन् न त मसी नै । तर परिस्थितिहरूसँगै गाँसिएको जीवनकथा सम्झनाले भिजाउँदा पसिनापसिना भएर व्यङ्ग्य गर्दछ । अभावका दपेटाइहरू, हेयताका लपेटाहरू र परिस्थितिका चपेटाहरूमा मन हराउँछ र वर्तमानसँग साटिन रुचाउँदैन । मन आँखाभरि सर्लक्क पोखिन खोज्छ, मनमस्तिष्कभरि स्पष्ट लेखिन खोज्छ र हृदयभरि टमक्कै भरिन खोज्छ तर यथार्थ लहडजस्तो सजिलो छैन । मनका बिम्बहरू सजिला छैनन् र प्रतिबिम्ब साट्न अप्ठेरो छ ।

इमान सभ्यताको सत्य भए पनि पीडैपीडाले रङ्गिएको छ । पीडाको रुनझुन, रङ र अस्मितामा बचाइको चमक जिउँदो बन्छ । त्यसैले इमानको पीडाभरि खुसी भरिन्छ । इमानका मर्महरूमा स्वाभिमान मुस्कुराउँछ । इमानको आकाङ्क्षामा पसिनाको विश्वास मर्दैन । इमानका यात्राहरूमा जीवनको अस्मिता चम्कन्छ । इमानका ज्वारहरू अहम्का तुष्टि होइनन् । इमानमा जीवनबोध गर्न लगनशील र परिश्रमले भरिएको अठोट चाहिन्छ । मानवचेतना र सभ्यताको अर्थ उज्ज्वल बन्न इमानको पौरख चम्कनुपर्छ । इमानमा पीडा बिर्सने र इमानको अस्मितामा स्वाभिमान पढ्ने साहस थोरैमा मात्र हुन्छ । त्यसैले त म इमानका शब्दहरूमा आफ्नो ज्यालादारी पौरख नापजोख गर्दैै छु । आफ्नो अनुहारको प्रतिबिम्ब हेरेर दारीको अनुप्रास मिलाउने रहर लेखनमा अर्थयुक्त बन्दैन । मात्र सम्झनाको वर्षात्मा भिजेको मन उनीसँग साट्न खोज्दा आफ्ना प्रस्तावनालाई प्रस्तुत मात्र गरेको हुँ । इमान र वर्तमानको पीडा मुखामुख गरेर प्रश्न सोध्छन्, उनीसँग जीवनयात्रा साट्न सजिलो छ त ? म रनभुल्ल पर्दै अचानकको संयोग भन्न रुचाउँछु ।

ईश्वरको विश्वास ममा छैन तर संस्कारको छाप भने छ । ईश्वरले मानवबचाइ दुःखसुखपूर्ण बनाउँछ भन्ने भ्रमले मानवमेधा विषालु भएको छ । भाग्यको खास्टो ओढेर लीलामा मुस्कुराएका ईश्वरअवतारले मान्छे भ्रमराज्यमा विचरण गरिरहेको छ । यस भ्रमलाई च्यातेर मानवको कार्य, पसिना, परिश्रम र मिहेनत नै जीवन ऊर्जा र दुःखसुखको यात्रा हो भन्ने कुरो अझै स्पष्ट भएको छैन । यसलाई हुर्काउन मानवबस्तीमा सङ्घर्ष पनि नभएका होइनन् । यस सङ्घर्षमा मानवकै कार्यले पीडा उमारेको छ । मानवबाटै मानव डसिएको छ, हेपिएको छ र पछारिएको छ । मानवकै मेधाले मानवयात्रामा बाधा पारेको छ । यस सामाजिक अन्तक्र्रियामा विच्केर प्राकृतिक पीडामा ईश्वरको अर्थ पोत्नु उपयुक्त होइन । यात्राका प्रत्येक स्पन्दनमा यथार्थलाई उभ्याउन सजिलो छैन । सङ्घर्षको यात्रा पीडाबाट पृथक् हुँदैन । व्यक्तिव्यक्तिका मर्महरू, पीडाहरू र वास्तविकताहरू नै समूहका गीत बन्छन् । त्यसैले त म समयलाई समाएर जीवनगीत गाउन रुचाउँछु ।

उफ् ! के भनूँ ? छातिभरि वर्तमान भरिन्छ । वर्तमानमा सम्बोधनकी उनी साहित्यसंसारमा प्रश्न बन्छिन् । अनि, मन वर्तमानको पीडामा साटिन खोज्छ तर सम्झनाको वर्षात् विगततिरै लहरिएको छ । मेरा अगाडि मेरो विगत अप्ठेरो, कहालीलाग्दो, उराठ पहरोझैं बसेको छ । मैले यस पहराको कथा उनीलाई थुपै्र पटक सुनाइसकेँ । त्यसमा आफ्नो अर्थ थुप्रै पटक बिम्बित गरिसकेँ तर पनि पहराको छेउटुप्पो भेटिएको छैन । पहराको अर्थ स्वाभिमान पनि हो, भण्डार पनि हो र उजाडको विपर्यास पनि हो । विगत भनिए पनि यो पहाड वर्तमानहरूको कथा हो । वर्तमानसित साटिएको ममता र तिरस्कार हो । यसैले जति भने पनि, पोखे पनि मनको पेटारो रित्तिएको छैन । मेरो जीवनयात्राको बकबक उनीभित्र कस्तो प्रतिबिम्बमा लेखिदै छ कुन्नि ? मलाई त्यसको चासो भएर पनि खाँचो भने छैन ।

तपाईंलाई लाग्ला उनी को हुन् ? उनी त मेरी गफकी साथी हुन् । दुःख–सुखका क्षणमा सर्लक्क मन ओछ्याएर मर्म बिर्सने साथी हुन् । उनी हृदयका उत्ताल छालमा मनको बात सुनेर मख्ख छन् कि छैनन्, सोच्नै पाएको छैन । समय अनुकूल छ कि छैन कुन्नि उनीसँगको गफ ? तर पनि म अर्थ भए पनि आफ्नो बकबकलाई छोप्न सकेको छैन । सायद उनका मानसबिम्बभरि एउटा उराठलाग्दो पहाडमा धस्किएका पहिरोजस्तो पो छ कि ! ठीकै छ, आफ्नो अनुहारको प्रतिबिम्ब यसरी नै कोरियोस् । उनका साथमा म बकपत्रलाई साहित्यिक उच्चता सम्झेर गौरवको फेटा गुथ्न उत्सुक छ ।

ऊ भनिएको औंलोजस्तो सम्बन्ध र टाढाका स्थितिलाई लेख्न अप्ठेरो छ । अप्ठेरोमा नै मन भरिन्छ र पोखिन्छ । पोखिएको मन सम्हाल्न सजिलो छैन । पोखिएको मनसित पीडा बगेको छ । पीडामा मर्म लहरिएको छ । विवशतामा आँसुको मोल आँसुमा भर्न पनि उनीसँग साटिएको होइन । विवशता बुझ्न त सहयोगी मन चाहिन्छ । सहयोगी मन सफल सिर्जनाभन्दा पनि उत्तम हुन्छ । सहयोगी मनले दुःखान्त बिर्साउँछ । त्यसैले विवशताको आँसु सहयोगी हातहरूले पुछ्छन् । मर्महरू बाँड्न पनि सहृदयी मन नै चाहिन्छ । मर्महरूका माझमा प्रगाढ ममता फक्रियो भने नै त अर्थ हुन्छ काँडाहरूको माझमा फूलको आभा उज्यालो भएझैं । यस्तै भावमा हराउँदा लेख्न मन लाग्छ – मुटुको ढुकढुकीमा जीवन सार्थक हुन्छ । थुप्रै उमङ्गहरूले सहयोगमा फुल्न पाउँछन् । वसन्तका उत्साह, शिशिरका उमङ्ग नै सहयोगका स्पन्दन हुन् ।

एउटा अप्ठेरो बिर्सेर उनीसँग विगत लिएर वर्षात्झैं बर्सन मन छ । उनीसँग हिउँदको घामझैं बस्न मन छ तर अर्थहरू दूषित भएका छन् । दूषित आँखामा सँगालिएका दूषित अर्थका कारण हामीबीचमा पर्खाल बढ्दै छ । पर्खाल लगाउन मानिसहरू सक्रिय भएका छन् । उनीहरूका सिर्जनशील हातहरू किन यति विषालु भएका हुन् ? बरु ती हातहरू आफ्नो नैतिक आदर्श र सत्यताको पर्खाल ठड्याउन जुटेमा नै सार्थक बन्छन् । सार्थक यात्रा हिँड्दा नै अर्थ भरिन्छ । अपशोच त यसमा छ ती हातहरू त साटिएको ममताको क्यानभासमा कालो पोत्न पो क्रियाशील छन् । नीलो आकाशमा क्रमशः भरिएको बादलजस्तो वर्तमान भएर रोपिएको छ ।

ऐनामा अनुहार हेरेर जीवन बुझ्न सकिँदैन । अनुहार पढ्न अनुहारमा नै केन्द्रित हुनुपर्छ । भन्नेहरूले जे भने पनि आफ्नो कथा आफ्नै हो । बुझ्नेले बुझ्न चाहेन भने जति तस्वीर खिचाए पनि, मन खोले पनि त्यसको अर्थ रहँदैन । समयको बाँधलाई भत्काउन अठोट चाहिन्छ । अठोट सजिलो छैन र हँुदैन पनि । अठोटमा त्याग हुन्छ । त्यागमा पराजय होइन सन्तोष भरिएको हुन्छ । सन्तोषका ओठहरू सिर्जनात्मक हातमा फक्रन्छन् । अनि जीवनमा अर्थको मुस्कान साटिन्छ । अर्थमा पाइन लगाउन जे जसो गरे पनि म जीवनकथा लेखिएको हुँ । फेरि कथा जतिपटक भनिए पनि सङ्क्षेपमा भने यही हो –

आमाको अनुहार सम्झ“दा
आ“खामा गा“ठो पर्छ
बाबाको अनुहार सम्झ“दा
आ“खामा फाटो पर्छ
खोई कसरी बिर्सने हो
तिहारमा बैनीको अनुहार
प्रत्येक सयपत्रीको सुकुमार थु“गामा
आ“सुको टाटो पर्छ ।

ओहो ! कथामा पीडा छ । आफ्नै भोगाइ पनि कति छिटो कथा भएछन् है । आफ्नै यात्रामा जीवनबोध भएर हराउँदा मन छक्क पर्छ । यात्राको घामछायाँले दगल्चाएको मुटुको बोललाई स्मृति गर्दा पनि भावुकता भरिन्छ । भावुक हृदयमा लेखिने भावुक क्षणलाई सम्झनाका तरेलीमा उनीसँग साट्दा मन हलुङ्गिएको छ । वर्तमान हलुङ्गो मन लिएर आँखाको नानीभित्र बस्न चाहन्छ । अनि थुप्रै बिम्ब–प्रतिबिम्बका कथाहरू, आँखामा नअटाएका भावहरू छरपस्ट भएर जीवन–तरेलीमा तरङ्गिन खोज्छन् । तरङ्गका छालहरूको गति तलमाथि भएर पीडासित हाँसो साट्छ । पीडामा हाँस्न सक्नेले नै जीवनमा सफल कार्य गर्दछ ।

औंसीको अँध्याराले तर्साउँछ । वर्तमानको गति त्यही हो र पनि अँध्यारामा रुमल्लिएको यात्राजस्तो भएको छ । उनीसँग आत्मीयता साट्न चाहेर पनि परिस्थिति मिलेन । प्राप्तिका सन्दर्भ छलफल गर्दा नै ममता टुसाएको हो । ममता हुर्काउन खोज्दा वा आत्मीयतामा मन साट्न खोज्दा उनीलाई लाग्दो हो, म विपरीत संसारमा बढी आकर्षित भएको छु । त्यसो होइन, पटक्कै होइन, मात्र एकान्तमा उच्छवासहरू र पीडाका मर्महरूलाई बिर्सन मात्र कुराकानी बढाएको मेरो मत छ । त्यसैले त म आफ्ना थुप्रै अभाव र पीडाहरूलाई उनीसँग सविस्तार साट्न चाहन्छु । कमजोरी त अर्कै हुन्छ । त्यो आवेग भएर पोखिन्छ, लाज उघारेर मन छरपष्ट हुन्छ र समाजमा बुझ पचाएर डुल्छ ।

अंशअंशमा हराएर म सिर्जनाको समष्टि व्यक्तित्व बन्छु । यसमा म सिर्जना र सहयोगका हातहरूलाई सम्मान गर्दछु । सिर्जनामा सुन्दरता हुन्छ । त्यो सुन्दरता मानव–सभ्यताका लाथि पथनिर्देश हुन्छ । मानवसभ्यताको उत्कृष्ट प्राप्ति नै सहयोगीपन हो । मानवले मानवका पीडामा उत्सव नमनाई सहयोगको स्पर्श दिँदा नै सभ्यताले गति लिएको हो । सहयोगका लागि त्याग चाहिन्छ । त्यागमा दुष्टता होइन ममता रोप्नुपर्दछ । यो आग्रह होइन न त आदर्श नै । मलाई सहयोग मनपर्छ र सहयोगमा रमाउनेलाई सम्मान गर्न मन लाग्छ । सम्मान र आकर्षण फरक कुरो हो । सम्मानमा ममता हुन्छ भने आकर्षणमा स्वार्थ पनि रहेको हुन्छ । आकर्षण र स्वार्थ क्षणिक हुन्छ तर सहयोग र ममता दीर्घकालीन बन्दछ । ममतामा मन पग्लन्छ तर स्वार्थमा कष्ट हुन्छ । स्वार्थीहरू स्वार्थ छउन्जेल असल देखिन्छन् किनकि एक दिन काग र कोइली छुट्टिनैपर्छ । त्यस्तै सहयोगीहरू टर्रा र ठसन्से पनि हुन सक्छन् तर त्यहाँ स्वार्थ नहुँदा अन्ततः ममता मात्र रहन्छ । ममता र स्वार्थ नछुट्याउँदा नै समाजमा पीडा फुटेको छ, सिर्जना मरेको छ र स्वार्थको घृणा समाजमा फैलिएको छ ।

अनि सपना हुन्छ कि हुँदैन ? जतनले हुर्काएको ममता टुक्रियो भने सम्पूर्ण युग रुन्छ । आँसुले भिजाएको माटो मलिलो हुँदैन । जरुरी रगतले भिजेको माटो उर्बर बन्दैन । समय हिँड्न खोज्नेले युगलाई बिर्सन हुँदैन । युगका जराजरामा वर्तमानको बिम्ब लेख्न सजिलो छैन । सम्झनामा भिज्दा आफ्नो गोरेटोले यसै भन्छ । सम्झनामा हिँड्दा ईख पलाउँछ । ईखले भन्छ – साहस नै यात्रा हो । साहसीको पदचापले नै युग कोर्दछ । युगका आँखामा जीवनयात्रा पढ्न सजिलो छैन । युग दूषित भएर कोपर्छ । दूषित युगलाई सच्याउन कहाँ सजिलो छ र ? जतनले हुर्काएको अठोटमा दूषित रङ्गको धब्बालाई मेट्न पनि समय आउनुपर्छ । समय पीडा भएर नथाकोस् । थुप्रै परिस्थितिका प्रतिकूलतामा जुधेको मन पीडा भएर नपाकोस् ।

आज सहयोगी मनको नकाब च्यातेर लेखिन मन छैन । सहयोग जति नै घातक भए पनि त्यसलाई बिर्सन मिल्दैन भन्ने पक्षमा म छैन । किनकि सहयोग घातक त्यसैबेला मात्र हुन्छ जब स्वार्थको प्रवेश हुन्छ । स्वार्थ परको यात्रा नै आत्मीय हुन्छ । मेरो विगत बचाइ साधक छ तर घातक छैन । उत्साहले हुत्याएको समय केही निराश भए पनि जीवनप्रति नकारात्मक भाव पलाएन । सत्य त्यही हो जो बचाइको यथार्थमा घातक बन्दैन । यसमा पनि शोषकप्रति सहानुभूति राखेको ठहरिएला, पटक्कै त्यसो होइन ।

आ–आफ्नै बचाइ र यात्रामा जीवनबोध गर्नु ठूलो उपलब्धि हो । त्यस उपलब्धिलाई सार्थक पार्न थुप्रै असफलता र कुरूपता भरिएका छन् । के छ र ? ती कुरूपतामा सुन्दरताको रङ पोत्न म उत्सुक छु । उत्सुकताले नै बचाइलाई रसिलो र सार्थक बनाउँदो रहेछ ! होइन र ?


अघिल्लो पोष्ट

भू–स्वर्ग रारा !

पछिल्लो पोस्ट

छेउको बधशाला

सुकुम शर्मा

सुकुम शर्मा

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
छेउको बधशाला

छेउको बधशाला

नितीमाथि परिचर्चा

नितीमाथि परिचर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

२३ फाल्गुन २०७८, सोमबार
प्रतिफल

प्रतिफल

२३ फाल्गुन २०७७, आईतवार
विलोम अभ्यास – १ सम्पन

विलोम अभ्यास – १ सम्पन

२३ फाल्गुन २०७९, मंगलवार
शिक्षा परिषद् र रमा शर्माको पसिना

शिक्षा परिषद् र रमा शर्माको पसिना

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक