१३ सय ३६ मिटर कलात्मक धागोमा मेयरदेखि स्थानीयसम्म बेरिएर प्रतिस्थापन कला प्रदर्शनी गरिएको छ ।
बिहीवार विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले अवधारणामा बनेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटनढोकाबाट ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए ।
समुदाय कला अन्तर्गत ‘हेरिटेज वाक’मा ललितपुर वाणिज्य संघका पदाधिकारीदेखि दुई सयभन्दा बढी स्थानीयहरु सहभागी थिए ।
कलाकार श्रेष्ठले ‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंलाई केन्द्रमा राखेर कलाको अवधारणा बनाएका हुन् ।
जसले काठमाडौंको सांस्कृतिक तथा सामाजिक विविधतामा एकता ल्याउने श्रेष्ठको भनाइ छ ।