जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

कलम र भोका शब्दहरु

कलम– गजबको छ ! आजभोली नै हुनुपर्ने कार्य मुल्तबीमा राखिदिन्छ ।

आत्माराम खरेल आत्माराम खरेल
प्रकाशित ३१ जेष्ठ २०७८, सोमबार
निबन्ध भित्र
0
कलम र भोका शब्दहरु

कलम– गजबको छ ! आजभोली नै हुनुपर्ने कार्य मुल्तबीमा राखिदिन्छ । हतारोहीन पत्र ‘बैना’ स्वरुप नै लेखिदिन्छ । लेखन पनि फटाफट ! हिजोको लेखन– ‘गणेश–फास्ट’ हुन्थ्यो, सुन्दर अक्षरमा । आजको लेखन– ‘सुपरफास्ट’ भइरहेछ, कम्प्युटरमा । हिजोको ‘पेनम्यान’– आज ‘कम्प्युटरम्यान’ भइरहेछ । हिजो भाव लिपिबद्ध गरिन्थे– कागतमा । आज लिपिवद्ध गरिन्छन्– ‘माई डकुमेन्ट्स’मा ।  कागतमा ढुसीमात्र लाग्छ, कम्प्युटरमा त भाइरस नै लाग्छ । ह्याकरले रचना हात पार्छ । र, मूल लेखकलाई लात मार्छ । उफ् ! जति सम्झँदै जान्छु,उति अत्यास पो लाग्छ । साथै मेरो वरिपरि गुञ्जिरहन्छ एउटा अमुक आवाज– जीवन थोरै साँचो र धेरै झूठो भई चलिरहन्छ ।  

कलम भन्छ– ‘इतिहासका कैयौँ कालखण्ड लुकेका छन् । शब्द हराएका छन् । कतिपय प्रसङ्ग त उल्टापाल्टा नै पारिएका छन् । थुप्रै अभियुक्तहरुप्रति स्तुतिगान भएका छन् । कतिपय निर्दोषहरुको घरखेत नै उठीबास  भएका छन् । कतिपय लेखिनै पर्ने प्रसङ्गहरु थन्किरहेका छन् । नक्कली कलमहरु त स्तुतिकार भई मञ्चासनमा रमाइरहेका छन्  ।’ सायद आजकल थुप्रै कलमहरु बिक्रीमा छन् । आफूलाई ‘ठूलो’ बनाउनेहरु नै ‘आफू अनुकूल’को कलम छानी–छानी किन्न चतुर छन् । र, आफ्नो इच्छाबमोजिमको  मसीमा आफूलाई भिजाउन आतुर छन् । कलम पनि त आखिर कलम नै हो; उसले स्रष्टा मनोभावलाई ‘रिलिज’ गर्न पाउनुपर्छ । मनोभाव पोखिन नपाउँदा त लेखकका औंलाहरु सकसकाइरहन्छन् । मस्तिष्क थर्थराइरहन्छन् । ह्रदय चर्चाइरहन्छन् । सकारण कलमका लागि हरेक दिन ‘गुड फ्राइडे’ हो । ‘ब्ल्याङ्क पेपर शिट’मा रिलिज हुन पाउनु उसको प्राकृतिक अधिकार हो । कलम पहिले मेरो ज्ञान, विवेक र चैतन्य क्षितिजमा पस्दोरहेछ । क्रमशः भिज्दै जाँदोरहेछ । अनि तिनलाई ब्ल्याङ्क पेपर शिटमा लिपिवद्ध गर्दोरहेछ । तिनै लिपिवद्ध शब्दमध्ये कुनै बन्छन् मुस्कान, कुनै बन्छन् आँशु पनि । मेरो जीवनको यस उत्तराद्र्धमा कलम नै भइरहेको छ– मानसिक लौरो पनि । 

अब केहीबेर कफीसँगै कलम–गफ गरौं । हेर्नोस् त ! यो कलम धस्सिँदै–धस्सिँदै जाँदा भावनाहरु क्रमशः लिपिबद्ध हुँदै जान्छन् । हरेक शब्दले केही न केही अर्थ राख्छन् । कतिपय वाक्यले जिन्दगीकै अर्थ पनि राख्छन् । त्यसो त यहाँ छन्– कलम थरिथरिका । तिनका चरित्र छन्– थरिथरिका । र, ती चरित्र पनि छन्– विचित्रका । बेलाबखतमा झोंकैझोंक देखाउने यिनै कलमले ‘पेन डाउन’का घोषणापत्र लेख्छन् ! खुलेका केही फाइल पनि कलम समाजद्वारा बन्द हुन्छन् । र, कलम आफै पनि चुपचाप हुन्छन् ।  जनतालाई सुविस्तापूर्वक सास फेराउनु पर्ने यिनै कलमले बेलाबखतमा जनतालाई सास्ती पनि खेपाउँछन् । जनता भोकाउँदा यी पनि त भोकाउनुपर्ने हो । जनतालाई दुख्दा यिनलाई पनि त दुख्नुपर्ने हो । तर, बेलाबखतमा आन्दोलनकारी बन्दै यी ‘पेन डाउन’ नै भइदिन्छन् । 

हेर्नोस् त ! यी कलमपिच्छे भाव छन्– फरक–फरक । शब्द एउटै हो तर ठाउँअनुसार अर्थ हुन्छन्– अलग–अलग । अभिव्यक्ति कला छुट्टाछुट्टै । गुनासा पनि भिन्दाभिन्दै । कलम भन्छ– शब्दलाई हसाउँन खोज्छु, रोईमात्र रहन्छ । रुवाउन खोज्छु,  हाँसिमात्र रहन्छ । धाराप्रवाह  हुन खोज्छु, अड्किमात्र रहन्छ । योसित ऐन छ, कानून छ । वेद र पुराण मात्र हैन रामायण, महाभारत र गीता पनि छ । योसित विधान र संविधान छ । अ, आ, इदेखि क्ष, त्र, ज्ञसम्मको शब्दसागर पनि छ । टाईवालका निम्ति यो एउटा ‘पेन’ हो । र, उसका निम्ति यो एउटा  ‘सिग्नेचर’ हो । अनि यो हो ‘रफ’ र ‘म्यानुस्क्रिप्ट’ पनि । टोपीवालको निम्ति यो एउटा कलम हो । र, उसका निम्ति यो एउटा हस्ताक्षर हो । अनि उसका निम्ति यो हो खेस्राक्षर र पाण्डुलिपी पनि । साथै सिफारिसकर्ता र भर्तीकर्ता पनि । कलम त ‘वायोडाटा’ मात्र हैन  ‘इन्साइक्लोपेडिया’ पनि हो ।  आत्मकथा मात्र हैन विश्वकथा पनि हो । अनि यो हो– लेखनकर्ता र आदेशकर्ता पनि । कलम हाम्रो सभ्यता मात्र हैन जीवन मान्यता पनि हो । र, मानवलाई सभ्यतातिर डो¥याउने महत्वपूर्ण माध्यम पनि हो । 

कलम न हो बेलाबखतमा बडो सन्काहा भइदिन्छ । ठेगान छैन; कतिबेला यो म्याराथुनमा लाग्छ,       कतिबेला चिप्लेकिराझैं घस्रिन्छ । बेलाबखतमा यसले विविध चरित्र नै देखाउँछ । एउटा स्वरुप–  सरोगेसी । यो भाडामा लाग्छ । पुस्तक जन्माइदिन्छ । तर एउटा कुरा, आजकल मै पनि कलमको उपयोग कम गर्छु । सम्पादकका इच्छा, प्रकाशकका चाहना र पाठकका राय पनि त्यस्तै–त्यस्तै छन् । अर्थात्, भन्छन्– ‘कलमले ढिलो हुन्छ, कि बोर्ड थिच्नोस् !’ मायालाग्दा थुप्रै प्रीतिकर फन्टहरु छन् । तपाइँ त्यही ‘प्रीति’सित साइनो गाँस्नोस् । आग्रह हुन्छन्– हुलाकबाट हैन कम्प्युटरबाट । मेलबाट हैन, इमेलबाट । हिजो अक्षर कोरिन्थे– सेता कागतमा । कलम च्यापिएका हुन्थे– तीन औंलाका बीचमा । आज ठिक उल्टो छ । कहिले एउटा हातले की बोर्ड र अर्को हातले माउस सुमसुम्याइरहेको हुन्छ । र,  कहिले दसै औंलाले राज गरिरहेको हुन्छ– कीबोर्डमा । 

हिजोआज कलम टोलाइरहेका छन् । आफू पाखा लाग्दै गएकोमा हीनताबोध गरिरहेका छन् । तर पनि कतिपय कलमले स्वार्थी बर्को ओढिरहेका छन् । आफूलाई कुनै न कुनै ‘साइनबोर्ड’ले छोपिरहेका छन् । यिनले ओढ्ने बर्को पनि रङ्गविरङ्गका छन् । जस्तो–  आग्रह–रङ्ग, पूर्वागं्रह–रङ्ग र दूराग्रह–रङ्ग । र, थाहा छैन कुन–कुन कलमले कहाँ–कहाँ काखे आश्रय पाइरहेका छन् । हिजो मेरा लागि ‘क’ माने कलम थिए । तर आज ‘क’ माने कम्प्युटर भए । फलतः कलम त क्रमशः सुकुम्बासी बन्दै गएका छन् । 

आजकल कलम बेरोजगार हुँदै गएका छन्– कागतको अभावमा हैन, कागतको प्रयोग नगरिनुमा । आज म पनि धेरै पर छु त्यो कलमबाट; जसमा निब थियो, जिब्री थियो । निब र जिब्रीको सहारामा कलमले ¥याल चुहाउँथ्यो । शैक्षिक परीक्षामा कसैलाई उत्तीर्ण गराउँथ्यो त कसैलाई अनुत्तीर्ण । लोकसेवाका परीक्षाहरुमा कसैको मानो पकाउँथ्यो त कसैको मानो गुमाउँथ्यो । कहिले कसैलाई पदमुक्त गराउँथ्यो त कसैलाई पदभार ग्रहण गराउँथ्यो । तर पनि, म र कलमचाहिँ एक अर्कादेखि कहिल्यै वाक्क भएनौं । एक अर्कादेखि कहिल्यै दिक्क पनि भएनौं । किनकि आधुनिकतालाई हामीले कहिल्यै नकारेनौं । सायद यसैको परिणती हो– न मैले कलमको साथ कहिल्यै छोडें, न कलमले मेरो साथ कहिल्यै छोड्यो । 

कलमले अर्थ र राजनीति पोख्छ । यसले सुरादेखि सुन्दरीसम्म र ब्रेकफास्टदेखि डिनरसम्म, सबै पोख्छ । नपोखेको त आफ्नै वेदना मात्र हो । यो जस्तै अरु कलम पनि देखेको छु । जसका विविध चरित्र थिए । तीमध्ये एउटा चरित्रले अरुको घरखेत आफ्नोमा नाउँसारी गथ्र्यो, ऐलानी जग्गा आफ्नै भनि लेख्थ्यो । मृतकको औंठा छाप लगाएर, निजको श्रीसम्पत्ति आफ्नै नाममा दर्ता गथ्र्यो । हरेक फुलस्केपको साँध–साँध (दायाँबायाँ, अगाडि पछाडि) पनि सक्दो मिचमाच गथ्र्यो । यही कलम हो जसले नाङ््लो जत्रो कागतमा निफननाफन गथ्र्यो । केहीलाई चिरफार गथ्र्यो । केहीलाई केरकार गथ्र्यो । निर्णय गरें भन्दै रातो ¥याल चुहाउँथ्यो । यस्तै परिवेशमा त हो नि यसले तथ्याङ्क लेख्थ्यो– अरुको यथास्थितिबारे । तर मिथ्याङ्क सार्वजनिक गथ्र्यो आफ्नै गतिविधिबारे । कुनै तथ्याङ्कले त रातारात भोटो नै फेथ्र्यो । र,  बिहानीसम्ममा त्यो मिथ्याङ्क बन्थ्यो । त्यसैले त इतिहास  लेखिएका छैनन्, लेखाइएका छन् । यहाँ खेती गरिएका मात्र छैनन् गराइएका पनि छन्– शहीद खेती, लेखन खेती, हिसाब मिलान खेती । यही कलम हो जसले मृत्यु लेख्छ र आममाफी पनि । यो प्रगतिशील छ र स्तुतिवादी पनि । दहीच्युरे बन्छ र काइते पनि । कहिले बुद्धिको भाँडोबाट खन्याउँछ त कहिले ‘प्लेरिज्म’को झ्यालबाट चियाउँछ । कहिले मौन बस्छ त कहिले दार्शनिक बन्छ । कहिले ‘खुकुरिम् शरणम् गच्छामि’ भन्दै वीर गोरखालीको परिचय दिन्छ । कहिले ‘बुद्धम् शरणम् गच्छमि’ भन्दै बौद्ध धर्मावलम्बीको परिचय दिन्छ । तर बेलाबखतमा बडो बेइमानी पनि गरिदिन्छ– टोलै साघुँरो हुने गरेर छिमेकीसित अनावश्यक  सम्झौता पनि गरेर । 

एउटा टेबुलको फाइल अर्को टेबुलमा सर्दै नसर्ने रोगी कार्यालयका ‘काली र राती’ कलम त श्रीमान्को खल्तीमा ‘कलरफूल पेन शो’मात्र बनिदिन्छन् । त्यस्तै कतिपय कलम– घरमा घोकाउँछन् । परीक्षामा चोराउँछन् । कल्पनामा नचाउँछन् । भावनामा बगाउँछन् । कहिँ व्यङ्ग्य त कहीँ हाँसो । योजनादेखि आयोजनासम्म । परियोजनादेखि गुरुयोजनासम्म । यो परिचित छ– डाक्टरी अक्षरदेखि अदालती अक्षरसम्म । पढ्दा पटक्कै नबुझिने, हेर्दा मन नै खुम्चिने अक्षरदेखि हेरिरहुँजस्ता लाग्ने सुनौला अक्षरसम्म पनि । हेर्दै जान्छु– कलम राखिने कतिपय खल्ती त भूसका थैलाझैं रहेछन् । तिनले कलमको त भाउ नै नगर्ने रहेछन् । दुनो सोझिएपछिका ती ‘खल्तीम्यान’हरु त कता हो कता हराउँदारहेछन् । कलम भने चुपचाप ‘मुटुमाथि ढुंगा राखि’ हाँस्दारहेछन् । 

म बेलाबखत शून्यमा टोलाउँछु । त्यतिबेला यो कलम नै शून्यता चिर्ने माध्यम भइदिन्छ । र, यो अभिव्यक्तिको आधारशीला मात्र हैन जीवन साथी नै बनिदिन्छ । तर पनि यसले, कहिले आक्रोश पोख्छ– मसि सकिएको झोंकमा । कहिले यो आफैमाथि खनिन्छ– लेखन रफ्तार नबढेकोमा । देख्छु– कोरिएका प्रत्येक अक्षरमा हाँसो र आँशु टुप्लिकिएका छन् । ठान्छु– यी शब्द–शब्दले मेरा कथा–व्यथा बनेका छन् । जसले फरक–फरक परिवेशका अलग–अलग मनोभाव बोकेका छन् । 

कहिलेकाहीँ आफूलाई कल्पनामा डुबाइरहेको हुन्छु । लेखन हार्मोन ब्यूँझदा भने मनोभाव हराउँदै गइरहेको हुन्छु । मनोभाव खोज्दाखोज्दै लेखन हार्मोन हराउँदै गइरहेको हुन्छु । फलतः म त्यसै–त्यसै  निराश हुन थाल्छु । निष्कृय हुँदाको हार्मोन (मुड) त डोल्पाली गाउँको नून भन्दा महङ्गो ठान्छु । यस्तै परिवेशमा अर्को गनगन सुन्छु– लेखनदास हुँ भन्छ, कलम माग्छ । ‘तरबारभन्दा कलम  बलियो’ भन्ने गर्छ तर उसैले कलम.(शब्द)को सेन्सर गर्छ । सचिव हुँ भन्छ– दस हजार थमाउँछ तर सही भने बीस हजारको गराउँछ । भन्छ– ‘स्वास्नी छोराछोरी पाल्नै प¥यो !’ र, अन्तावार्तामा भन्छ– ‘देशभक्त हुँ !’ जब अन्तर्राष्ट्रिय उडानबाट ‘उता’ उत्रिन्छ तब पीआरको फर्म भर्छ । आफ्नै गाउँमा रोजगारको सिर्जना गर्दैन । बरु ‘फलानो ठाउँ’मा काम गर्न नपाएको भन्दै ‘उफ्रिपाफ्री’ गर्छ । अनि उसैले लेख्छ– ‘त्यो भोटेताल्चा हटाई पाउँ । प्रवेशद्वार खुलाई पाउँ । मैले र मेराले काम गरी खान पाऔं ।’ यी र यस्तै कलम हुन् जसले प्रत्येक बिहान टेबुलमा सजिन आइपुग्ने हट कफीसँगै लेखकको घुम्टो उघार्छ र प्रत्येक रात लेखकले पिउने हट मिल्कसँगै आफूलाई घर्राभित्र विश्राम दिन्छ । ओहो ! यो मसिआन्द्रे कलम एकाएक रोकिन्छ । किन रोकियो हँ ? हेर्दै जान्छु … नियाल्छु …र, थाहा पाउँछु– बलपेन त एकदमै भोकाएछ … थाहै नपाई रिफिल नै रित्तिएछ । 


अघिल्लो पोष्ट

धनले बिर्साएको बुढ्यौली

पछिल्लो पोस्ट

आहार, विहार र प्रत्याहार

आत्माराम खरेल

आत्माराम खरेल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
आहार, विहार र प्रत्याहार

आहार, विहार र प्रत्याहार

यौटा मान्छेको ….

यौटा मान्छेको ....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म तिमीलाई खुला आकाश दिन्छु

म तिमीलाई खुला आकाश दिन्छु

४ जेष्ठ २०७८, मंगलवार
पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

५ जेष्ठ २०८१, शनिबार
सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

४ जेष्ठ २०८०, बिहीबार
विनायकपुर

विनायकपुर

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक