कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरु
बादल जस्तै बदल्दो रहेछ क्षणभर मै रंगरुपहरु
चोटमाथि चोट थपेर आशै मारिदिनेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु ।
बुझ्नै सकिएन जालीहरुका झेली दाऊहरु
कति गहिरो छ कसरी देखाउँ पिठका घाऊहरु
दोषी चस्मा लगाएर नजर लुकाउनेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु ।
झुकेर आए झुक्याएर कोही कोठा र चोटाहरु
भत्काएर कम्जोर दलिन घरको लागे आ-आफ्नै बाटाहरु
साँचेको एकमुठ्ठी श्वासपनि लुटी लानेहरु
चिन्नै सकिएन आफैलाई विष पिलाउनेहरु ।
कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरु
बादल जस्तै बदल्दो रहेछ क्षणभर मै रंगरुपहरु
श्रीजन ताम्राकार , हाल बाल्टिमोर अ्मेरिका