जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

जनमत जनमत
प्रकाशित १९ चैत्र २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले अर्पण गर्दै आएको ७५ हजार राशिको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ लेखक गीता रेग्मीलाई दिइएकाे छ । काठमाडौँमा बुधबार आयोजित एक विशेष समारोहबीच ‘प्रशान्तको तीरैतीर’ नियात्रासंग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई पुरस्कार दिइएकाे हो । रेग्मीको ‘प्रशान्तको तीरैतीर’ २०७८ सालमा प्रकाशन भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्यले नियात्रा लेखनमा निरन्तर क्रियाशील रहेकाले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको जनाइन् । ‘कुनै पनि विधामा निरन्तर क्रियाशील रहने स्रष्टा एवम् लेखकलाई यो पुरस्कार दिने गरिएको छ,’ उनले भनिन् ।

पछिल्लो समय नियात्रा विधामा पनि धेरै पुस्तक आइरहे पनि तुलनात्मक रुपमा नाटक विधाका लेखक नै कम भएको उनले बताइन् । त्यसमा पनि नारी लेखक अत्यन्तै कम भएको आचार्यको भनाइ छ ।

कुनै पनि लेखकले निरन्तर एउटै विधामा कलम चलाइरहनु ठूलो उपलब्धि रहेको र त्यसमाथि उत्कृष्ट लेख्नु झनै महत्त्वपूर्ण रहेको प्रतिष्ठानका कोषाध्यक्ष एवम् लेखक गोपी सापकोटाले बताए ।

‘एकातिर हामीले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहेको व्यक्तिलाई पुरस्कार अर्पण गरेका हौं,’ उनले भने, ‘अर्काेतिर गीताजीको नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ अब्बल छ । रेग्मीलाई पुरस्कृत गर्न पाएकामा संस्था नै गौरवान्वित भएको मैले महसुस गरेको छु ।’

कार्यक्रममा समीक्षक हेम भण्डारीले नियात्रा मात्र नभएर कविता, कथा र उपन्यास लेखनमा पनि गीता रेग्मी सक्रिय रहेको जनाए । नियात्राकृति ‘प्रशान्तको तीरैतीर’ काठमाडौँबाट सुरु भएर काठमाडौँमै आएर टुंगिएको भए पनि अस्ट्रेलियाका विविध घटना र सन्दर्भ धेरै रहेको भण्डारीले बताए । पुस्तकमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रुपमा उठान गरिएको उनको भनाइ छ ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व गीता रेग्मीले यति महत्त्वपूर्ण पुरस्कारका लागि आफूलाई योग्य देखेकामा अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतलाई धन्यवाद व्यक्त गरिन् । पुरस्कारले आफूमा चुनौती थपिदिएको र त्यसको जिम्मेवारी आफूले वहन गर्न सकुँला, नसकुँला, त्यो चुनौती र दोधारपूर्ण रहेको उनको रेग्मीको भनाइ छ ।
प्रतिष्ठानले सन् २०१३ मा तत्कालीन सांसद शान्ता चौधरीलाई ‘कमलरीदेखि सभासद्सम्म’ कृतिका लागि यो पुरस्कार अर्पण गरेको थियो ।

सन् २०१५ मा ‘युवा पत्रकार’ का रूपमा समाजमा पुर्याएको योगदानका लागि नारायण अमृत र लेनिन बञ्जाडेलाई, सन् २०१६ मा ‘करोडौं कस्तूरी’ का लागि लेखक अमर न्यौपानेलाई र सन् २०१९ मा अंग्रेजी कृति ‘गोर्खा’का लागि कैलाश लिम्बूलाई यो पुरस्कार अर्पण गरिसकिएको छ । सन् २०२२ मा भने ‘प्रशान्तको तीरैतीर’का लागि गीता रेग्मीलाई अनेवा नक्षत्र पुरस्कार अर्पण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिवका रुपमा जयालक्ष्मी राई छन् । प्रतिष्ठान सन् २०१२ मा बेलायतमा स्थापना भएको हो । यसले विभिन्न साहित्यिक कार्यक्रमका अतिरिक्त विभिन्न विधामा पुरस्कार र सम्मान अर्पण गर्दै आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


अघिल्लो पोष्ट

चिन्नै सकिएन !

पछिल्लो पोस्ट

जनमतको ४० औं वार्षिकोत्सव सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
जनमतको ४० औं वार्षिकोत्सव सम्पन्न

जनमतको ४० औं वार्षिकोत्सव सम्पन्न

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म चोर होइन

म चोर होइन

२३ फाल्गुन २०७७, आईतवार
सिलिगुडीमा गुन्जिए रञ्जित

सिलिगुडीमा गुन्जिए रञ्जित

२४ फाल्गुन २०८०, बिहीबार
अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

२४ फाल्गुन २०८०, बिहीबार
ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक