जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न साहित्यकारहरू तथा कलाकारहरु लाई प्रदान गरिने भएको छ ।
यस वर्ष २०७९ सालको दीपा–जनमत सम्मान – प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ) लाई, गणेश/ खिलकुमारी दुवाल – जनमत सम्मान प्रमोद प्रधान (मोरङ) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान – डा. अभि सुवेदी (तेह्रथुम) लाई, जनमत–जनक प्रधान सेवा सम्मान – राजेश खनाल (काठमाडौँ) लाई प्रदान गरिनेछ ।
त्यसै गरी केवलपुरे–जनमत सम्मान – नर्मदेश्वरी सत्याल (सङ्खुवासभा) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान – रवीन्द्र श्रेष्ठ (भक्तपुर) लाई, कमला सैंजू – जनमत सम्मान – लक्ष्मी माली (काठमाडौँ) लाई, जनमत–राजभाई सहयात्री सम्मान – बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौँ) लाई प्रदान गरिनेछ ।
जनमत–केदार/सुदर्शना बाल साहित्य सम्मान – गङ्गादेवी कसजू (बागलुङ) लाई, जनमत–सिचि धर्म/संस्कृति सम्मान – रामकृष्ण कर्माचार्य (ललितपुर) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – महेश पौड्याल (काठमाडौँ) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. सिर्जना श्रेष्ठ (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
यसै गरी जनमत–ज्ञान रत्न/मंगलतारा राष्ट्रिय सम्मान – दिनेश गुप्ता (पर्सा, भोजपुरी भाषा) र जनमत – पूर्णमान/लुचि समाजसेवा सम्मान – रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गरिनेछ ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४० औँ वार्षिकोत्सवका अवसरमा आगामी २०८० चैत्र १७ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । उक्त सम्मानमा प्रत्येक सम्मानित प्रतिभाहरूलाई रु.१०,०००।– नगद पनि प्रदान गरिनेछ ।
जनमतकाे महान कार्य भित्र पर्नु हुने महान सर्जकहरूमा हार्दिक बधाई सँगै माेहन दुवाल सर र उहाँका परिवारलाई पनि उच्च बधाई ।