सम्झनामा गाउँको पानी
उनी नाच्न थालिन्, मैले ए नानी भने
उनी हाँस्न थालिन्, मैले ए सानी भने
यसरी हामी हुक्र्यौं खेल्यौँ र बढ्यौँ पनि,
ओठ चाट्न थालिन्, मैले ए रानी भने !
®
जिन्दगानी
गाडीको सफरमा थाकेर, कसैका जवानी छुटेछ
सुक्खा बन्दरगाह पौडेर, कसैका पानी छुटेछ
यात्रा अनगिन्ती मिलन र बिछोडका जोडेर हेर्दा,
आफ्नो त बाटैमा बेहिसाब जिन्दगानी छुटेछ !