जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

घोडा

माधव पोखरेल गोज्याङ्ग्रे माधव पोखरेल गोज्याङ्ग्रे
प्रकाशित १२ कार्तिक २०८०, आईतवार
कथा भित्र
0
घोडा

गाउँमा आज निकै कोकोहोलो मच्चिएको छ । सबै अचम्मित भएका छन् । रामविलासको घोडी हरायो भन्ने हल्लाले गाउँ नै त्रस्त छ । कोही पुलिसमा निवेदन देऊ भन्दै थिए त कोही हराएको घोडी भेटिदैन के निवेदन दिनु भन्दै थिए । घोडीका बारेमा धेरैले धेरै कुरा भने तर रामविलासको चम्पा नाम गरेको घोडी कसरी हरायो भन्ने कुरामा धेरैले आश्चर्य प्रकट गरे ।

छिमेकी किशारीले ‘साँझसम्म त तबेलामै देखेको थिएँ चम्पालाई’ भन्दै हराउनुको कारण सोध्यो रामविलाससँग ।

अँध्यारो मुखलाएर बसेको रामविलासले जवाफ फर्कायो ‘राती हामी सबै सुतेपछि हराएको हो ।’

तबेलामा सबैले हेरे । बाँधेको दाम्लो छँदैछ । खुट्टामा बाँध्ने खुट्टे डोरी पनि छ । तर दाम्लो र डोरी किलोमा खुकुलो थियो । गाईवस्तु बाँध्दा जसरी किलोमा डोरी नखुस्किने तरिकाले बाँधिन्छ त्यसरी बाँधिएको थिएन ।

पहिले रामविलासको बुबाले पनि घोडी पालेका थिए । सोही घोडीबाट जन्मिएको रामविलासको घोडी करीव २८ वर्षको थियो होला । रामविलासको उमेर नै अहिले ६० नाघेको होला भने ऊ ३२ वर्षको हुँदा जन्मिएकी चम्पाले अहिलेसम्म ३ वटा बछेडा र १ बछेडीलाई जन्म दिएर हुर्काइसकेकी थिई । आफ्ना सन्तान आफूसँग नहुँदाको पीडा भोगेकी चम्पाले जीवनमा धेरै भारी बोकेर रामविलासको व्यापारको यात्रामा सहयोग गरेकी थिई । रामविलास पनि चम्पाको सहयोगका कारण गाउँकै सबैभन्दा धनी व्यापारीमा परिणत भएको थियो । आफू सम्पन्नताको शिखरमा पुग्नुको कारण चम्पा नै प्रमुख हो भन्ने कुरा रामविलासले बुझेको थियो । त्यसैले पनि रामविलासले चम्पालाई आफ्ना छोराछोरी जतिकै माया गरेर पालेको थियो । चम्पा पनि रामविलास र उसका परिवार सबैलाई स्नेहताको दृष्टिले हेर्थी ।

चम्पाको स्वभाव सबैसँग मिल्ने र घुलमिल गर्नै खालको थियो । मानवसँग होस् वा अन्य कुनै पशुपन्क्षीसँग होस् चम्पाले कहिल्यै हिनहिनाउनु परेन । प्राय घोडाघोडी आफू विपरितका पाल्तु जनावर देखेमा हिनहिनाएर खपिनसक्नु गर्छन् । तर चम्पाले भने त्यसो गरिन । घोडासँग भेट हँुदा पनि घोडीले जुन प्रकारको चरित्र देखाउँथे त्यो चरित्र देखाइन । घोडासँग भेट हुँदा शान्त र भद्र भएर नजिकै गएर चुपचाप उभिएर बस्थी । घोडा आफू नजिक आएमा केही पर सर्थी र स्नेहता प्रकट गर्थी । भनौँ चम्पामा घोडाघोडीमा हुने चञ्चलपन र उच्छृङ्खलता देखिदैनथ्यो । यही कारणले पनि चम्पालाई रामविलासको परिवार बाहेकका गाउँका अन्यले पनि निकै मायालु दृष्टिले हेर्दथे । गाउँका सबैलाई चम्पाको आनीबानी थाहा थियो र चम्पाको शालिनता, भद्रता र सौम्यताकै कारण हिजोको गरिब रामविलास आजको साहु भएको थियो ।

पहिले गाउँघरमा पसल सञ्चालन गर्नेहरुले कि घोडाबाट कि बयलगाडाबाट सामान ओसार्ने चलन थियो । पछि गाउँ गाउँमा बाटो पुगेपछि भने गाडीका माध्यमबाट पसलका सामान आउन थाल्यो । तर रामविलासले प्राय घोडीबाट नै सामान ढुवानी गर्दथ्यो । चम्पा गर्भिणी भएका समयमा भने रामविलासले बयलगाडाबाट सामान ढुवानी गर्‍यो । चम्पा बिरामी भएका समयमा, खाने कुरा मन लाएर खाइन भने, गर्भिणी अवस्था र सुत्केरी पछिको तीन चार महिनासम्म रामविलासले बयलगाडाबाट नै सामान ढुवानी गर्दथ्यो ।

‘मानव शरीर जस्तै हो पशुको शरीर पनि यसको हेरचाह गर्‍यौँ भने भोलि हामीलाई नै काम लाग्छ’ भन्दै चम्पाको माया र दयाका साथ स्याहार सुसार, औषधी उपचार, खानेकुरामा ध्यान दिन्थ्यो रामविलास । साँच्चै भन्ने हो भने रामविलास र चम्पा बीचको प्रेम समाजका लागि अनुकरणीय थियो । रामविलास बाहिर जाँदा चम्पा निन्याउरो अनुहार लाएर बस्थी भने चम्पालाई नदेख्दा वा बिरामी भएका बेला रामविलास नुन खाएको कुखुरा जस्तो भएर बस्थ्यो । रामविलासले दिएको तालिम र शिक्षाले चम्पामा मानवीय गुण देखा पर्दथ्यो भने चम्पालाई गाउँलेहरु लक्ष्मीको संज्ञा दिन्थे । रामविलास पनि ज्यादै नम्र भद्र र शालिन थियो । कसैसँग नमिठो बोली नगर्ने । सुमधुर सम्बन्धमा रमाउन चाहने, सबैसँग हाँसेर बोल्ने, सबैलाई माया दया देखाउने स्वभावको थियो । भनौँ चम्पा र रामविलासको स्वभाव आनी बानी एउटै थियो । गाउँलेहरु चम्पाको स्वभाव देखेर चकित थिए भने रामविलासको व्यवहारबाट निकै प्रभावित थिए ।

एकदिन रामविलास बिरामी भयो र ऊ उपचारका लागि बाहिर जानुपर्ने भयो । चम्पालाई दिनमा तीन चारपटकसम्म मुसार्न पुग्ने रामविलास बिरामी भएका कारण तबेलामा पुग्न सकेन । तर चम्पा हिनहिनाउन थाली । विचरा चम्पालाई के थाहा रामविलास बिरामी भएको कुरा र चुपचाप बस्नु । पछि चम्पा हिनहिनाएको सुनेर रामविलास तबेलामा पुग्दा चम्पा आँखाभरी आँशु पारेर रोइरहेकी थिई । रामविलासले म बिरामी भएँ भन्दै सुमसुम्याएपछि चम्पा हिनहिनाउन छाडी । सुम्सुम्याएर रामविलासले चम्पालाई दानापानी हरियो घाँस दिएपछि चम्पा आनन्दले बसी ।

चम्पाले आफ्नो २८ वर्षे उमेर भरिमा चार सन्तान पाई । पछिल्लो पटकसमेत ४ बछेडा र १ बछेडी पाएर सुत्केरी अवस्थामा ज्यान फाली । रामविलासले आफ्नै दाजुभाइलाई दिएको थियो चम्पाका पहिलेका छोराछोरी । घर नजिकै भएकोले चम्पासँग दिनहुँ भेट हुन्थ्यो उसका छोराछोरीको । फेरी चम्पाका छोराछोरीको स्वभाव पनि आमाकै जस्तो थियो शान्त भद्र । उच्छृङ्खलता वा चञ्चलता थिएन छोराछोरीमा पनि । चरणमा गएका बेला आमा छोराछोरीसँगै हुन्थे र एकापसमा माया साटासाट गर्दथे । सधैँ झैँझगडा र बाझाबाझ गर्ने गाउँलेहरुका लागि चम्पा र उसको छोराछोरी उदाहरणीय बनेका थिए । पशुबाट पनि शिक्षा लिन सकिन्छ भन्ने कुराको उदाहरणका रुपमा चम्पा र उसका छोराछोरी बनेका थिए ।

कतै चम्पा पोइला गएकी त होइन ? भन्ने कुरा पनि आयो । मान्छेको २० वर्षे उमेर र चम्पाको उमेरको तुलना गर्ने हो भने फरक हुन्छ । मान्छेको बैंशालु उमेरसँग चम्पाको उमेर तुलना गर्न सकिंदैन र चम्पाको पोइला जाने समय नभएको कुरा घोडा पालन गर्ने अन्यले विश्लेषण गर्दथे । रामविलासले भने चम्पाको बैंश मर्दै गएको कुरा गर्‍यो । चम्पाको चिल्लो शरीर, चम्किला आँखा, छुँदा पनि मैलो होला जस्तो निख्खुर सेता रौँ, मिलेका दाँतका पङ्ती, हँसिलो लाम्चो अनुहार, लामो छोटो मिलेको गर्धनको यालले चम्पालाई निकै सुन्दरी झैँ लाग्दथ्यो । यति सुन्दरी चम्पालाई पाउँदा अन्य घोडाहरु उसलाई पाउन मरिहत्ते गर्दथे । तर चम्पा रामविलासको कब्जामा बसेकी थिई, हिड्नु भन्दा पहिले ।

रामविलास लगायतका सबै गाउँलेहरुले चम्पाको धेरै खोजी गरे । प्रहरीमा निवेदन दिए । कतै चोरले लगेको त होइन भन्ने शंका पनि भयो । तबेलामा धेरैले निकै गहिरिएर अध्ययन गरे । यतिसम्म कि रामविलासले घोडाको मनोविज्ञान बुझ्ने विज्ञ समेतको सहारा लियो । हुन् त रामविलास आपूm पनि घोडाका विषयमा अरुभन्दा कम जानकार थिएन । तै पनि केही कुरा पत्ता लाग्छ कि भन्ने उद्देश्यले विज्ञलाई बोलाएको थियो । तर पत्ता लाग्न सकेन । रामविलास चम्पाको पीरले चिन्तित भयो । खाना पनि रुच्न छाड्यो उसलाई । खोजी कार्य जारी राखेको छ । आफूले चिने जानेका सबैतिर चम्पा हराएको जानकारी गरायो । प्रहरीले पनि आफ्नो सबै निकायमा खबर गर्‍यो । पन्ध्रदिन भयो तर चम्पाको कुनै खबर पाउन सकेन रामविलासले ।

भारतीय सीमावर्ती क्षेत्रमा समेत निगरानी बढाइएको थियो चम्पाको खोजीका लागि । रामविलास बिरामी हुँदा रोएर बस्ने चम्पा आज यसरी हराउनुको कारण पत्ता लाग्न नसक्नु प्रहरी र गाउँलेका लागि चुनौतीको विषय बन्दै गयो । रामविलासले आफूले चिनेजानेका सबैलाई चम्पा हराएको खबर दिएको थियो । उसका साथीभाइ इष्टमित्र नाता कुटुम्ब सबैले निकै चासो दिएर खोजी गरिरहेका थिए ।

यता रामविलास चम्पाको चिन्ता र मायाले चिन्तित बन्दै जाँदा उसको चिन्ता रोगमा परिणत हुँदै गएको थियो । मानसिक चिन्ताले बढी सताउन थाल्यो रामविलासलाई । रामविलास कहिले चम्पालाई बाँध्ने तबेलामा पुगेर रुन्थ्यो त कहिले टाउकोमा हात राखेर आँखाबाट आँशु झार्दै बस्थ्यो । यसैबीचमा रामविलासको दिमागमा ज्योतिषीलाई सोध्नुपर्‍यो भन्ने सोंच पलायो र गाउँभन्दा केही परको ज्योतिषी बस्ने गाउँमा गयो । सो गाउँका सबैले रामविलास साहु आयो भनेर मान सम्मान गरे चिया खाजा खुवाउने कुरा गर्न थाले तर रामविलासले चियाखाजा खाने कुनै कुरै गरेन । उसले चम्पा हराएकोले आफू चिन्तामा परेको र ज्योतिषी बाजेकोमा हेराउन आएको भनेर चियाखाजा इन्कार गरेर ज्योतिषी बाजेका तिर लाग्यो ।

जोखाना र आर्जे हेराउनेको भिडभाड थियो ज्योतिषी बाजेकोमा । रामविलास साहु आएको देखेर सबैले नमस्कार गरे । ज्योतिषी बाजेले कुर्सी देखाउँदै रामविलासलाई बस्न आग्रह गरे । रामविलास कुर्सीमा बस्न नपाउँदै एउटाले सोध्यो ‘साहुजी तपाईको चम्पा नामको घोडी हराएको थियो फेला पर्‍यो त ?’

रामविलासले सटिक जवाफ दियो ‘छैन ।’
ज्योतिषी बाजेलाई रामविलासले आफ्नो कुरा राख्न नपाउँदै बाजेले भने ‘तपाईको चम्पा हराएकी छैनन्, तपाईको घरमा चम्पा जोडी बाँधिएर आउँछिन् । तपाई ढुक्क भएर बस्नुस्’ भने । ज्योतिषी बाजेको कुरा सुनेर रामविलास झल्यास्स भयो र भन्यो ‘हो र गुरु कहिले सम्ममा आउँछिन चम्पा मेरो घरमा ?’

ज्योतिषी बाजेले कापीमा केही लेख्दै भने ‘केही दिन समय लाग्छ । तबेलाबाट चम्पालाई घोडाले नै लिएर गएको हो र त्यो घोडा चम्पाकै स्वभावको छ । आफ्नो साथी बनाउन लिएर गएको हो । तर चम्पाले त्यो घोडालाई जङ्गलतिर लिएर गएकी छे । चम्पाले आफ्नो साथीलाई समेत तपाईको घरमा लिएर आउँछे र सधैंका लागि बस्छे ।’

ज्योतिषी बाजेको कुरा सुनेर रामविलास खुसी भयो । तर उसको मनमा एउटा कुराले भने अड्डा जमायो । त्यो केहो भने ‘त्यति भलाद्मी चम्पा अब बिग्रेर आउने भै’ भनेर ।

रामविलासले ज्योतिषीबाजेलाई प्रश्न तेस्र्यायो ‘बाजे चम्पालाई म कहाँ भेट्न सक्छु ? र म आजै जान सक्छु कि सक्दिन चम्पालाई भेट्न ?’

‘भेट्न त सक्नु हुन्छ तर जङ्गलतिर जानुपर्छ । चम्पाले मानिन् भने ल्याउन सक्नुहुन्छ ।’ बाजेले सटिक जवाफ दिए ।

ज्योतिषी बाजेले भने अनुसारको ठाउँमा पुग्यो रामविलास चम्पालाई भेट्न । चारकोसे जङ्गलको मध्यभागमा आनन्दले जोडी भएर चरिरहेको अवस्थामा देख्यो रामविलासले चम्पालाई र ‘चम्पा’ भनेर बोलायो । रामविलासको आवाज सुनेर चम्पा चनाखो भै र यताउता हेर्न थाली । रामविलासले फेरि बोलायो चम्पालाई । चम्पाले रामविलासलाई आफूतिरै आउँदै गरेको देखी र हिनहिनाउँदै रामविलास भएतिर गई । रामविलासले चम्पालाई अँगाल्यो र रुँदै सुमसुम्याउन थाल्यो । चम्पाले पनि गहभरी आँशु पारी । रामविलासले ‘चम्पा हिँड घर जाउँ’ भन्यो तर चम्पाले साथीतिर हेरी र हिनहिनाई । चम्पाको हिनहिनाइले साथी घोडा चम्पा भएतिर आयो र चम्पालाई चाट्न थाल्यो । चम्पाले पनि घोडालाई चाटी । यो देखेर रामविलासको मनमा चिसो पस्यो र चम्पालाई सुम्सुम्याउँदै भन्यो ‘चम्पा तिमीलाई यही साथीको खाँचो रहेछ मैले बुझ्न सकेको थिइन । बुझेको भए तिमीले यसरी मलाई छाडेर हिँड्नुपर्ने थिएन’ भन्यो । प्रत्युत्तरमा चम्पा पुन: हिनहिनाई र रामविलासको काँधमा आफ्नो घाटी राखिदिई ।

रामविलासले चम्पालाई साथै लिएर जान अनेक उपाय निकाल्यो तर चम्पाले मानिन् । हार खाएर रामविलास असिन पसिन हुँदै फर्कियो । ज्योतिष बाजेले चम्पा साथी लिएर घर फर्कन्छे भनेकोले बाजेले भनेको कुरा मिल्छ भनेर विश्वासका साथ रामविलास घर फर्किएको थियो ।

रामविलास घर पुग्यो । चम्पा भेटिएको र चारकोसे जङ्गलमा घोडा साथी लिएर बसेको खबर सुनायो सबैलाई । उसले ज्योतिषी बाजेले भनेको कुरा पनि गाउँलेहरुलाई सुनायो । चम्पा भेटिएपछि रामविलासको चिन्ता केही घट्यो । ऊ आफ्नो ब्यापार व्यवसायमा बिस्तारै फर्कियो । चम्पा हिँडेपछि रामविलासको व्यापार व्यवसायमा धक्का लागेको थियो । पहिलेको त्यो रुपले भने चल्न सकेको थिएन व्यापार । बिस्तारै उसको पसलमा चहल पहल हुँदै गएको थियो ।

समय बित्दै गयो । रामविलासको दिनचर्या पहिलेको जस्तो थिएन । चम्पा हिँडेपछिको अवस्था र पहिलेको अवस्थामा धेरै फरक थियो । भनौँ चम्पा रामविलासका लागि लक्ष्मीको अवतार भएकी थिई । रामविलासले पनि चम्पालाई लक्ष्मी नै मानेर राखेको थियो । चम्पा हिँडेपछि रामविलासको घर व्यवहार र पसल समेत लथालिङ भएको थियो । चम्पा भेटिएपछि भने केही सुधार हुँदै गएको थियो ।

रामविलासले चम्पालाई भेटेको दुई महिनापछिको कुरो हो । रामविलासका परिवार रातीको खाना खाएर सुतिसकेका थिए । बाहिर एक्कासी घोडा हिनहिनाएको आवाज आयो । चम्पाले साथी लिएर आएकी थिई । रामविलासलाई उठाउन चम्पा र उसको साथीले तीन चार पटक नै हिनहिनाए । चम्पाको स्वर सुनेर रामविलासका सबै परिवार उठेर बाहिर आए । चम्पा र अर्को घोडा देखेर सबै छक्क परे । रामविलासका अगाडि आएर चम्पा रोई । निकै बेरसम्म चम्पा निहुरमुन्टी लाएर रोई । सायद चम्पाले रामविलाससँग माफी मागेको हुनु पर्दछ । रामविलासका परिवारका सबै सदस्यका अघिल्तिर चम्पाले आँखाबाट आँशु झारी । रामविलासले भोक लागेको होला भनेर चम्पा र अर्को घोडालाई दानापानी घाँस दिएर सुत्न गयो । रामविलाससँगै उसका परिवारका सबै सदस्य सुत्न गए ।

रामविलासलाई रातभरी निन्द्रा लागेन । चम्पा र अर्को घोडाका बारेमा हरेक कुरा सोच्न थाल्यो । सोच्दा सोच्दै रामविलासको मनमा चम्पा त लक्ष्मीको अवतारको रुपमा छिन भने नयाँ घोडालाई विष्णुको अवतार मानेर दुबैको विवाह गर्नु उचित हुने तर्कना आयो । जव चम्पाले आफैले खोजेर मन पराएर साथी लिएर आएकी छ भने त्यसलाई मैले फर्काउनु हुँदैन र ससम्मान घरमा पाल्नु पर्छ भन्ने निष्कर्षमा पुुग्यो रामविलास ।

चम्पाले साथी लिएर आएपछि रामविलासको व्यापार व्यवसाय पहिले झैँ चल्न थाल्यो । केही वर्षपछि रामविलासले अन्य ठाउँमा पनि आफ्नो व्यवसाय विस्तार गर्न थाल्यो । व्यवसायको कामका लागि गाडी किन्यो । गाडी किनेपछि चम्पा र उसको साथीको काम कहिलेकाहीँ मात्र हुन्थ्यो । गाडी नचल्ने ठाउँमा वा नजिकमा कसैले सामान माग गरेका बेला घोडाका माध्यमबाट पठाउँदथ्यो रामविलास ।

ज्योतिषी बाजेले भनेको कुरा पुरा भएको र आफूले सोचे अनुसारको व्यापार व्यवसाय फस्टाउँदै जानमा चम्पाको साथ रहेकोमा विश्वस्त थियो रामविलास । अझ चम्पाले साथी लिएर आएपछि व्यापार व्यवसाय विस्तार हुँदै गएकोमा खुसी भएको रामविलासले सोचे अनुसार चम्पा र साथी घोडाका बीच विवाह गरिदिने निधो गर्‍यो । ज्योतिषी बाजेकामा विवाहका लागि लगन हेर्न गयो । ज्योतिषी बाजेले पनि शास्त्रका पुस्तक तथा पात्रो हेरेर उत्तम साइतमा बिहेको लगन जुराइ दिएका थिए । चम्पाकै कारण रामविलास आफू यो ठाउँमा आएको र उसको साथी थपिएपछि आफ्नो अवस्था झन माथि उठेको कुरा रामविलासले बुझेको थियो । आफूले सोचेको आटेको काममा पनि रामविलासले सफलता पाउँदै गएको थियो । यी सबै कुरा सोचेर बुझेर नै रामविलासले घर छाडेर हिँडेकी चम्पा साथी लिएर पुन: फर्किएकी हुनाले उसको भावना बुझेर विवाह गरिदिने तयारीमा जुटेको थियो । भनौँ चम्पा रामविलासको जीवनमा परिवर्तनकारी भूमिकामा देखापरी भने साथी घोडा पनि परिवर्तनको सारथीको रुपमा देखा पर्‍यो रामविलासको जीवनमा ।

ज्योतिषी बाजेले जुराएको तिथि मिति र लगनमा चम्पा र साथी घोडाको शुभ विवाह सम्पन्न गर्‍यो रामविलासले । सयाँै मानिसको उपस्थितिमा भएको सो विवाह हेर्न रामविलासले धेरैलाई निम्ता गरेको थियो । भनौँ विवाह ऐतिहासिक रुपमा सम्पन्न भयो । नाम विनाको चम्पाको साथी घोडाको नामाकरण वा भनौँ न्वारान पनि विवाहकै दिन भयो । ज्योतिषी बाजेको सल्लाह अनुसार घोडाको नाम हृदय राखेको थियो ।

यस्तो तरिकाको विवाह अहिलेसम्म सो क्षेत्रमा भएकै थिएन भन्नेहरुको जमात पनि निकै थियो । भोज भाज पनि राम्रै थियो । निम्तालुहरुले चम्पा र घोडासाथीलाई टीका लगाएर, लेखाएर दक्षिणा र जिन्सी सामान उपहारसमेत दिएका थिए । जुन उपहार र नगद रकमले रामविलासको कोठा नै भरिएको थियो । भनौँ यो विवाह कुनै राज घराना वा अर्बपति धनाढ्य परिवारको हो जस्तो भान हुने खालको थियो । आफ्ना छिमेकी नाता कुटुम्ब अन्य आफन्त साथीभाइ मात्र नभएर विदेशी पाहुनासमेत विवाहमा सरिक भएका थिए । भनौँ एउटा व्यापारीले आफ्नो व्यावसायिक सोच अनुसार गरेको कर्म सफल भएको थियो ।

रामविलासले चम्पाको र उसले लिएर आएको साथीको विवाह धुमधामसँग सम्पन्न गर्‍यो । विवाहपछि रामविलासले चम्पाको श्रीमान घोडालाई हृदय भनेर बोलाउन थाल्यो । तबेलामा चम्पा र हृदय रमाएर बस्थे । एकापसमा मुखामुख गरेर चाटेर, मुन्टो जोडेर बस्थे । एकापसमा जँुध्ने, झगडा गर्ने, कराउने, अरु पशु देखे लम्की झम्की गर्ने स्वभाव थिएन चम्पा र हृदयमा । अत्यन्त भद्र थिए दुबै । भनौँ चम्पाले आफ्नो स्वभाव बानी व्यहोरा अनुसारकै श्रीमान् खोजेर ल्याएकी थिई रामविलासको घरमा । पशु भए पनि घाँस खान मान्दैनथे । दानापानीमा रमाउँथे दुवै । यो दृश्य रामविलासलाई औधी रमाइलो लाग्थ्यो । दानापानी घाँस दिने बेलामा रामविलास नै अघि सर्दथ्यो । रामविलासका परिवार व्यापार व्यवसायमै व्यस्त हुन्थे । रामविलास व्यापार सम्बन्धी बाहिरको काम र तबेलातिर ध्यान दिन्थ्यो । त्यही तबेलाकी चम्पाका कारण उसको हैसियत माथि उठेको थियो भने पछिल्लो समयमा चम्पाले हृदयलाई लिएर आएपछि रामविलासको हृदय पनि पुरै तबेलातिर केन्द्रित भएको थियो । उसकोे व्यापार व्यवसायले फस्टाउने अवसर पाएको थियो । ज्योतिषी बाजेले रामविलासलाई प्रत्येक दिन बिहान तिमीले चम्पा र हृदयलाई विष्णु र लक्ष्मीका रुपमा पूजा गर्नु भनेका थिए । बाजेकै भनाई अनुसार रामविलासले पूजा पनि गर्दै आएको थियो ।

समय बित्दै गयो चम्पा र हृदयको जीवनयापन सुखद् नै थियो । रामविलासको पनि व्यापार व्यवसायले शिखर चुम्दै थियो । चम्पा गर्भिणी भएकी थिई । चम्पा गर्भिणी भएको रामविलासले विचारै गरेको थिएन । एकदिन चम्पाले दानापानी खान मन गरिन । चम्पा र हृदयसँगै दानापानी खान्थे तर चम्पाले नखाएको देखेर हृदयले आँखाबाट आँशु झार्दै हिनहिनायो । हृदय हिनहिनाएको सुनेर रामविलास तबेलामा पुग्यो । चम्पा निन्याउरो अनुहार लाएर बसिरहेकी थिई । रामविलासले चम्पालाई सुम्सुम्यायो र विचार गर्‍यो । चम्पा दुई जिउकी भएको थाहा पायो । यसपछि रामविलासले चम्पालाई दिने दानापानीको मात्रा बढाउँदै लग्यो र पोषिलो दानापानी खुवाउनतिर ध्यान दियो । हृदयलाई पनि चम्पाकै दानापानी खुवाउन थाल्यो । पोषिलो खाने कुराले दुबै मस्त भए ।

आजभोलि भन्दा भन्दै चम्पाको सुत्केरी हुने दिन नजिकिंदै गयो । रामविलासले पनि चम्पा सुत्केरी हुन्छे भन्ने जानेर नै सुत्केरी अवस्थामा खुवाउने पोषिला दानापानी, भिटामिन ल्याएर राखेको थियो । महिना पुरा भएपछि चम्पा सुत्केरी भई । बछेडा (छोरा) पाई, ठ्याक्कै हृदयको अनुहार जिउडालसँग मिल्ने । चम्पाले बछेडा पाएपछि हृदय खुसीले हिनहिनायो गाउँ नै थर्किने गरी । यसरी घोडा हिनहिनाएको सुनेर सारा गाउँलेहरु रमिता हेर्न रामविलासको घरमा जम्मा भए । चम्पा सुत्केरी भएको थाहा पाए । त्यहाँ आउने धेरैले बछेडालाई पैसा चढाए । यसपछि चम्पा सुत्केरी भएको हल्ला धेरै ठाउँमा फैलियो र मानिसहरु हेर्न आए । हेर्न आउनेहरुले पनि पैसा चढाउँदै हिँड्दै गर्न थाले ।

केही दिनपछि सुत्केरी चम्पा बिरामी भई । रामविलासले धेरै उपचार गर्‍यो । पशुसेवा सम्बन्धी विज्ञ बोलाएर देखायो । तर पनि चम्पाको बिरामी सुधार भएन । हृदयले चम्पा बिरामी भएदेखि नै खान छाडेको थियो । यता रामविलास पनि चिन्ताले ओइलाउन थाल्यो । बछेडाको विजोग भयो । सुत्केरी चम्पाले बछेडालाई दूध खुवाउन सकिन । रामविलासले बछेडालाई सिसीमा दूध हालेर खुवाएको थियो ।

रामविलास चिन्तामाथि चिन्ता लिएर चम्पाको उपचारमा जुटिरहेकै थियो । केही गर्दा पनि चम्पालाई ठीक भएन । उसले देह त्याग गरी । चम्पाले देह त्याग गरेपछि हृदयले पनि लामो हिनहिनाहटसँगै बुरुक्क उफ्रेर पछारियो र चम्पासँगै आफ्नो जीवनलाई त्यही समाप्त गर्‍यो । रामविलासलाई ठूलो चोट पर्‍यो । दूधे बछेडाको स्याहारमा रातदिन खटिरह्यो । चम्पा र हृदयको नासोका रुपमा बछेडालाई नै हृदय भनेर बोलाउँदै शोकलाई शक्तिमा परिणत गरेर आफ्नो व्यवसाय गर्दा गर्दैको अवस्थामा रामविलासले पनि हृदयघातका कारण यस संसारबाट सदाका लागि विदा लियो । रामविलासको व्यवसाय र घोडाबीचको सम्बन्धलाई बछेडा हृदयले रामविलासको छोराहरुलाई साथ दिइरहेको थियो ।


अघिल्लो पोष्ट

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

पछिल्लो पोस्ट

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

माधव पोखरेल गोज्याङ्ग्रे

माधव पोखरेल गोज्याङ्ग्रे

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

चिया बगानको माटोमा

चिया बगानको माटोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वरिष्ठ  नाट्यकर्मी अशेष मल्ललाई गणेश खिलकुमारी दुवाल–जनमत सम्मान

वरिष्ठ  नाट्यकर्मी अशेष मल्ललाई गणेश खिलकुमारी दुवाल–जनमत सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
यो मन ढुंगा भए

यो मन ढुंगा भए

२३ फाल्गुन २०७८, सोमबार
रातो कर्णाली

रातो कर्णाली

२४ फाल्गुन २०८०, बिहीबार
मायाको गन्तव्य

मायाको गन्तव्य

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक