जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

चिया बगानको माटोमा

स्नेह सायमि  स्नेह सायमि 
प्रकाशित १२ कार्तिक २०८०, आईतवार
कविता भित्र
0
चिया बगानको माटोमा

मेरो पनि उमेर थियो
उमेरसँगै सपनाहरू थिए
जस्तै—बाबा आमाको आँखा छल्दै
बीच सडकमा खेलेर हिँड्ने
बिहानै आमाले लगाइदिनु भएको
सफा युनिफर्म लगाएर स्कूलमा पढ्न जाने
खेल्दा खेल्दै धुलाम्य भएर फर्कने
अलिकति उपद्रो गर्ने
साथीसँग जिस्की हिँड्ने
मिठो चकलेट खाने
बाँसको बोक्रामा बसेर
घाँसे भिरालोमा चिप्लेटी खेल्ने
तर ती वर्जित सपनाहरू सपनै रहे ।

जसरी खस्रा हातका औँलाहरूले
टिप्छन् कलिला चियाका मुनाहरू
त्यसरी नै टिपेर त्यही र त्यस्तै सपनाहरू
चुँडेर मेरो जस्तै कलिला बालापनहरू
राखिदिनु पर्नेरहेछ डोकोमा
र कुहाइदिनु पर्नेरहेछ यस माटोमा
पेलेर हाम्रो बैँस
बगान मालिकको मेसिनमा
प्रत्येक ढुकढुकीलाई
प्याक गरेर पठाइदिनुपर्ने रहेछ
सुन्दर बट्टाहरूमा
मिठो र सुगन्धयुक्त चियापत्ती बनाएर
कि मानिसहरू सजिलै
सस्तोमा किन्न सकून्, पिउन सकून् ।

मेरो पनि उमेर थियो
उमेरसँगै सपनाहरू थिए
आफैसँग लाज लाग्ने
साथीसँग बात मार्ने
त्यसैत्यसै हाँस्न मन लाग्ने
बिनाकारण जिस्किन मन लाग्ने
हतार–हतार कलेज जाने
आमालाई थर्काउने बाबासँग लाडिने
रङ्गीन उमेरलाई
चियाबोटको काँडाले क्षतविक्षत पारेर
रक्ताम्य बनाएको छु
कोचेर जुटका बोराहरूमा सपनाहरू
गुन्दु्रक बनाएको छु
र
पठाइदिएको छु
कलकत्ताको लिलामीमा कि
मेरो बगान मालिकले राम्रो कमाइ गर्न सकून् ।

यो सयौँ बर्ष लामो
हरियो पहाडको कालो इतिहास भोगेपछि
उमेर र सपनाहरू पारि डाँडामा ढल्किसकेपछि
अहिले लाग्दैछ – यो
चिया बगान हो कि मेरो चेतनाको चिहान ?
यो हरियो पहाड हो कि
बालापनको तिहाड ?
मैले बुझ्नु छ
किन गर्भमै मर्छ मेरो सपना
किन झुकेर झर्छ
कञ्चनजंघा मेरा आँखामा
र, निस्कनु छ अलग लामो यात्रामा
अर्थात्
आजै हिँड्नुछ
चिया बगान सङ्ग्राममा ।


अघिल्लो पोष्ट

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

पछिल्लो पोस्ट

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

स्नेह सायमि 

स्नेह सायमि 

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने 

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा ‘म्लेच्छ’ मञ्चन हुने 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

स्वयम् वार्ता

स्वयम् वार्ता

२३ फाल्गुन २०७९, मंगलवार
बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

२३ फाल्गुन २०७९, मंगलवार
संसाक सम्मान २०७९ को घोषणा

संसाक सम्मान २०७९ को घोषणा

२३ फाल्गुन २०७८, सोमबार
नालापानी र वीर बलभद्र कुँवरको बहादुरी

नालापानी र वीर बलभद्र कुँवरको बहादुरी

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक