नक्कली भुटानी शरणार्थीबारे राष्ट्रिय चर्चा चलिरहेका बेला दीपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थीको इतिहास समेटिएको पुस्तक बजारमा ल्याएका छन् ।
पुस्तकमा भुटानी शरणार्थीहरू पहिलो पटक आउँदादेखि तेस्रो मुलुकमा पुनर्वास हुँदासम्मको विषय समेटिएको छ । पुस्तकमा नेपाली भाषी भुटानी कसरी भुटानबाट लखेटिए ? नेपाल आएर माइखोलाको बजारमा उनीहरूको कष्टपूर्ण बसाइ, स्वदेश फिर्तीका लागि उनीहरूले गरेको आन्दोलन समेटिएको छ । पुस्तकलाई तिम्सिनाले इतिहास, भाषा तथा साहित्य, संगीत र खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ खण्डमा विभाजन गरेका छन् ।