नेपाली साङ्गीतिक क्षेत्रका अमर स्रष्टा गोल्डन भ्वाइस प्रेम ध्वज प्रधानको नाममा स्थापना गरिएको गोल्डन भ्वाइस प्रेम ध्वज प्रधान स्मृति प्रतिष्ठानले प्रेम ध्वज प्रधानको ८७ औैं जन्म जयन्तिको अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्याउनु हुने स्रष्टाहरूको सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।
ज्येष्ठ २७ गते जन्मदिनको अवसरमा प्रतिष्ठानले पहिलो पटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गदै छ । यस वर्ष सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूको नाम सार्वजनिक गरिएको छ । जसमा प्रेम ध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मानद्वारा गीतकार किरण खरेल , प्रेम ध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिंह तुलाधर यसै गरी प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संङ्गीत पुरस्कार गायिका मिलन नेवारलाई प्रदान गरिने जानकारी प्रतिष्ठानले दिएको छ ।